पुष्कर लोहनीका नौ हाइकु

~पुष्कर लोहनी~

१
सिउने बानी
मुजा पार्दै सपना
मुठी बटार्दा ।
२
धुजा नपार्दै
च्यात्तिएको सपना
आँखामा फुलो ।
३
टुक्रुक्क बस्छ
सपना खेलाएर
फोहोरी हात ।
४
सपना निल्दा
बोकिरहेको हुन्छ
भरिँदो गाग्री ।
५
कोट्याऊँ भन्दा
घिनै लागेर आयो
छुँदै छोइनँ ।
६
भिजेको लुगा
सपना हल्लिएर
बाँस बाङ्गिँदा ।
७
कालो सपना
उत्ताउलो टोकाइ
खुट्टाको छाया ।
८
निभेको धूप
काँधमाथि सपना
पर्सेको बोको ।
९
सपना उम्क्यो
समाउने रहर
फिँज फालेर ।

This entry was posted in हाइकु and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.