गीत : चिरेर मुटु यो तिमीले

~म. बि. बि. शाह~

चिरेर मुटु यो तिमीले के पायौ
कित मेरो भन्नु पर्छ के आई हेरिदियौ
चिरेर मुटु यो तिमीले के पायौ

नचुंडी हाल्यो नजोडी हाल्यो Continue reading →

Posted in नेपाली गीत | Leave a comment

नाटक : महर्षि व्यास

~आकाश अधिकारी~

पात्रहरू:
१) पराशर ऋषि
२) माझी-(मत्स्यगन्धाको बाबु)
३) माझीकी श्रीमती
४) मत्स्यगन्धा
५) वेदव्यास
६) चेदी देशका राजा
७) चेदी देशकी रानी
८) सिपाहीहरू

दृश्य:-(१)

( मनोरम हरियाली वातावरण र वरपर नदीको सुसाहट छ! कलकल पानी बगेको आवाज, चराचुरुङ्गीको Continue reading →

Posted in नाटक | Tagged , | Leave a comment

कविता : म धेरै कुरा बुझ्दिन………….

~मिजास तेम्बे~

म आफूलाई हेर्न भ्याएसम्म हेर्छु,
धेरै कुरा आफ्नै पनि छेलिदो पो रहेछ,
कति कुरा आफ्नै पनि नबुझिदो रहेछ

म र मेरा पुर्खा कताबाट आए ?
बंशावलीको लहरोले भ्याउँछ ?
म पुग्न चाहन्छु धेरै पछिल्तिर…….. Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : एक्काइसौं सताब्दीमा पनि मेरो गाउँ

~जे पि राई~

भरखर आज माघको तश्रो हप्ता जाँदैछ
धेरै धेरै माघहरु यसरीनै आए गए
मैले खुद भोगेको छु अनि देखेको पनि छु
कि माघको चिसो ठिहीसंग
विवशतावस पौठे जोरी खेलेको छु
अनायास महाभारत लडाइ लडेको छु
टालेको लुगा त्यो पनि उध्रिएको ठाँउबाट Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : कस्ले हाल्यो सानु ?

~वाग्ले प्रकाश ‘बगर’~

हामी दुई बिच काडे, तार कस्ले हाल्यो सानु ?
नछुट्टीने माया प्रितमा बार कस्ले हाल्यो सानु ?

हररात बाहुपासमा कसिएर बस्छु भन्थ्यौ,
फेरी दुर-दुर लाने कर कस्ले हाल्यो सानु ? Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : प्रेमाक्षा

~अज्ञात~

उसले सान्त्वनाका भावुक शब्दजाल ओछ्यायो- “उसको सोचाइ आफैँमा गलत थिएन, ऊ आफ्नो ठाउँमा ठीक छे ।”

अरूणिमाप्रति उसको सान्त्वनाको चाङ थपिँदै थियो- “हो ! वास्तवमा ऊ ठीक छ । उसको सोचाइ पनि विल्कुलै सही छ तर मैले त्यसतर्फतत्काल केही सोचेको छैन …” फिस्स हाँस्यो । अघिपछिको भन्दा अलि खल्लो, चिनीबिनाको खल्लो चियाझैँ । फेरि त्यस तारलाई जोड्यो “… तँलाई थाहै छ, म यहाँ एक्लै छु । मेरा आफन्तहरू जसले मेरा बारेमा सोच्छन्, उनीहरू हाम्रो पुरानै ठाउँमा छन् । म उनीहरूको चित्त दुखाउन चाहन्न ।”

ऊ थोरै गम्भीर भएको हो कि – तर मैले ठम्याउन सकिनँ । चियाको एक घुड्को निल्यो, चिया चाहिँ गुलियै थियो । मतिर एक हल्का दृष्टि फ्याँक्यो र जबरजस्ती हाँस्यो । सायद ऊ गम्भीर हुन चाहँदैनथ्यो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

बाल कथा : डोल्माको साहस

~नेत्र तामाङ~

नागबेली घुम्तीमा मोटरसाइकलले एकजना बटुवालाई ठोक्यो । ‘ऐया’ भन्दै बटुवा ढल्यो । उसले बोकेको दाउराको भारी उछिट्टिएर बाटोको छेउको भीरमा गुल्टियो ।

डोल्मा बुवासँग मोटर साइकलमा घर फर्कँदै थिइन् । उनी आठ कक्षा पास भएर नौमा पुगेकी थिगइन् । यसैले बुवासँग शहरमा गएर किताब किनेर घर फर्कँदै थिइन् ।

“धत्तेरी, कुवाघरे हजुरआमा पो रैछिन्,” डोल्माका बुबा साँग्येले मोटरसाईकल रोक्दै भने । डोल्मा ओर्लिन् Continue reading →

Posted in बाल कथा | Tagged | 1 Comment

कविता : चिया र चिन्तन

~निकेश लिम्बु~

उहिले बाजेको पाला देखि नै
सुन्दै आएको
‘सुनको बोट’ भन्दै
षडयन्त्र र शोषणको जाल
बुन्दै आएको।

यो कथा यो व्यथा, मर्मको व्याकुलता
धेरै पुरानो छ
डरले काल्लेको, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : ‘दशैंहरु’ पछिको दशैं

~डा.मधु माधुर्य~

…..
कहिले थिएन र यहाँ दशैं ?
र दशैं आयो भनेर रमाउने गर्छौं
हामी “बोका”हरू ??
…..

* * * * *

….रातो टीका, हरियो जमरा र मायालु घाम Continue reading →

Posted in कविता | Tagged | Leave a comment

संस्कृति परिचय : मिथिलाका चाडपर्व र तिनको वैशिष्ट्य

~धीरेन्द्र प्रेमर्षि~

परिचय :

कुनै पनि संस्कृतिको आश्रयस्थलबारे अनुसन्धान गर्नलाई त्यहाँका चाडपर्वहरू केलाउनुपर्ने हुन्छ । हाम्रा सोच, शैली, संवेदनाहरू मुख्यतया चाडपर्वमै मुखरित भइरहेका हुन्छन् । यसकै माध्यमबाट समाजमा स्नेह, सौहाद्र र सद्भावलाई निरन्तरता दिने र नवीकरण गर्ने काममा मानिसले सफलता पाउँदै आएको देखिन्छ । स्थानीय कला र उत्पादनको प्रदर्शन, प्रवर्द्धन तथा उपभोगमा पनि चाडपर्वले विशिष्ट भूमिका निर्वाह गर्दछन् । संस्कृतिको अजस्र भण्डारका रूपमा सुपरिचित मिथिलामा अनेकौँ चाडपर्व मनाइन्छन् । मिथिलामा चाडपर्व नमनाइने कुनै महिना नै छैन । यस दृष्टिले मिथिलाञ्चललाई पर्व-प्रदेशका रूपमा पनि चित्रित गर्न Continue reading →

Posted in संस्कार - संस्कृति परिचय | Tagged | Leave a comment

कविता : किनारको बोधि छैन

~इश्वरवल्लभ~

किनारको अतिरिक्त
नदीको दायाँ बायाँ केही छैन,
नदी बग्छ त्यसैले किनार बग्दैन
त्यो स्थिर स्थापत्य जस्तो
नदी हेरिरहन्छ ।

अनेकौं युगहरुदेखिन्को यो क्रम,कहिल्यै परिवर्तन भएन,
त्यो अग्लो विश्वास जस्तो
नदी हेरिरहन्छ। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : अन्तर्मन

~मधुश्री~

म खोजेर रोएँ मेरो शान्त मन
म रोजेर रोएँ अशान्त जिवन

नदेखेर रोएँ प्रतिबिम्ब आफ्नो
म देखेर रोएँ ज्ञान कुँञ्ज सानो Continue reading →

Posted in गीति कविता | Tagged | Leave a comment

चिन्तन : कसरी जगाउने आफूभित्रको मानवलाई ?

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~

कुनै चीज गलत हो भन्ने जान्दाजान्दैपनि त्यसलाई त्याग्न नसक्नु विवेकको, ज्ञानको अनादर हो । कसैले हामीलाई दुःख-कष्ट दियोभने हामीलाई अपि्रय हुन्छ र सुख मिलेमा पि्रय हुन्छ -तरपनि मान्छे बारम्बार अरुलाई दुःख-कष्ट दिइरहन्छ । युद्ध मानव समुदायकालागि त्याज्य छ भन्ने जान्दाजान्दै पनि बारम्बार युद्ध छेडिरहने प्रवृत्ति छ मान्छेमा । शान्तिको कुनै विकल्प छैन भन्ने जान्दाजान्दै पनि अशान्ति मच्चाइरहन्छ मान्छे । अधर्म असत्य अन्याय अपराध आदिमा मान्छेको प्रवृत्ति अज्ञानताको कारणले होइनकि बरु ज्ञानको अनादरको कारणले हो । Continue reading →

Posted in विचार मन्थन|चिन्तन | Tagged | Leave a comment

कविता : तिमी हिमाल झै अटल हुनु

~पल हिरा~

तिमी हिमाल झै अटल हुनु
म सेती झै भासिए पनि
तिमी फूल झै फक्रिनु
म नुन खाए झै ओइले पनि
तिम्रो लागि सिङो जिबन हारी दिन्छु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : एउटा हराएको गन्तव्य

~शिशिर पराजुली~Shishir Parajuli

भाग : १

“तिमी आखिर यस्तो किन छौ ?”

“तिम्रो मुटु अरुको भन्दा फरक किन छ ?”

“यस्तो पापी सन्सारमा तिमी कसरी अरुको मुहारमा हाँसो ल्याउन खोज्ने बन्यौ ?” उ यस्तै बर्बाराउँथी मेरो अङ्गलोमा बाँधिएर सिद्धपोखरीको छेउमा बस्दै । हाम्रो हप्ताको एक दिनको कार्यक्रम जस्तै थियो सिद्धपोखरी आउनु,दुइ-चार घन्टा सँगै बिताउनु ।

उ सँग चिनजान भएको त्यस्तै छ महिना जती भएको थियो । छ महिना पहिले साँझ भृकुटिमन्डपमा सामाखुशी जाने गाडी कुर्ने सयौँ को भिडमा उ पनि थिइ । एक दिन कलेजबाट फर्किएर त्यहाँ पुग्दै थिएँ,आकाश एक्कासी रिसायो । एक्कासी छिनभरमै ठुलो पानी पर्यो । मानिस हरु दौडिन थाले । छाता हुने हरु छाता खोल्न थाले । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

धिमाल भाषी गजल : झापाहि केलाइ हेङ

~मनिस धिमाल~

बार्का बार्का वाइ गेलाइता बुङ झापाहि केलाइ हेङ
फुल्टिङ चालाइका खुरता झान्डा चापाहि केलाइ हेङ

हाइ दोलि दालि केलाइ माबुझिका द्याङ जेङनाहि
ओबालाई हिसो हानेखे ओसोङ धाःपाहि केलाइ हेङ Continue reading →

Posted in धिमाल गजल | Tagged , , | Leave a comment

कविता : बिवसताले जन्माएका लाखौं बुद्धहरु

~बि कुलुङ रंगबुले राई~

ओ बुद्ध !
तिमीले त
केवल
त्यो सत्य युगमा
एक भोक
एक रोग र
एक शोकहरुको
टेलर के मात्र नै देखेको थियौं
मन खिन्न पार्यौ त्यसरी Continue reading →

Posted in कविता | Tagged | Leave a comment

पुष्कर लोहनीका छ हाइकु

~पुष्कर लोहनी~

१,
भरिन खोज्ने
रित्तो भाँडो अगाडि
पोखिने हो कि ।

२,
गाढा सपना
घाम छिरिहालेछ
रापिलो माया । Continue reading →

Posted in हाइकु | Tagged | Leave a comment

लघुकथा : प्रार्थना

~हरिप्रसाद भण्डारी~

ऊ समाजसेवी थियो । आफ्नो भन्दा पनि दुनियाँको भलो चिताउँथ्यो । कसरी दुनियाँमा शान्ति कायम हुन्छ र मानिसहरू चिरकालसम्म सुखले बाँच्न पाउँछन् भन्ने चिन्ता गथ्र्यो ।

बिहान सबेरै उठ्यो, नुवाइ–धुवाइ गरी सफा लुगा लगायो र मन्दिरअगाडि गएर प्रार्थना गर्दै भन्यो— “हे भगवान् ! विश्वमा अशान्ति बढ्दैछ, रोग–व्याधि व्याप्त हुँदैछ र बिरामी हुने र अकालमै मर्नेहरूको संख्यामा बृद्धि हुँदैछ, Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : तिमी मेरै नजर्माछ्यौ

~इन्द्रकुमार ‘विकल्प’~

मैले सम्झेँ तिमी मेरै नजर्माछ्यौ
सधैँ मुस्कुराउने मेरै अधर्माछ्यौ

बेकार रै’छ सम्झीसम्झी ज्यान सुकाउनु
थाहा छैन अचेल कुन लहर्माछ्यौ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

नियात्रा : नाचुमेले चुमेको सफलता चुम्दा

~कृष्ण बजगाईं~

प्रसिद्ध जापानी उपन्यासकार नाचुमे सोसेकीको अवाञ्छित सन्तानका रूपमा आगमन भएको थियो। भर्खर जन्मेको बालकले पनि त्यो घरमा खुसी भने थप्न सकेन। परिवारका छैटौं सन्तान नाचुमेलाई बोझका रूपमा लिइयो। वर्ष दिनको नहुँदै बाबुआमाले उनै नाचुमे निःसन्तान दम्पतीलाई जिम्मा लगाए। ती बाबुआमाले काखे बालकलाई कसरी अर्काको जिम्मा लगाउन सके होलान् ? कलिलो छोरो अरूलाई जिम्मा लगाउनु बाबुआमाको स्वार्थ थियो कि बाध्यता ? प्रश्नको भारले म थिचिएँ। नाचुमेको बारेमा धेरैपहिले पढेका कुरा सम्झन्छु। टोकियोमा जन्मिएका नाचुमे सोसेकी (सन् १८६७–१९१६) मेइजी कालका प्रमुख जापानी उपन्यासकार हुन्। Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : भिडभित्रको मान्छे

~स्वर्निम गुरुङ~

सडकको छाती भरि
जीवन धान्ने क्रममा धनार्जन गर्न
रोजगारी गर्नैपर्ने वाध्यतावश
कहिले गर्मीको तापमा पसिनाको बलिन्द्र धारा बगाउदै
कहिले कठ्यांग्रिने जाडाले सन्न भएको शरिरलाई
वस्त्रले तातो पार्ने असफल प्रयास गर्दै
कहिले एकोहोरो बर्षामा रूझ्दै भिज्दै Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : मायाकाे डोरी

~भावाना लुँईटेल ~

आईतबारको दिन । अङ्ग्रेजीमा ‘सनडे’ । ‘सनडे’ भएकाले नै होला घमाइलो थियो। भएकी मिल्ने साथी पनि उसको पुर्ख्यौली घर गएकी थिई। कोरोनालेगर्दा बजारमा निस्कन पनि डर थियो सेनिटाईजर हातमा नदली हुँदै नहुने । आमा र म बजार गएर आउँदै थियौँ । दिउँसोको तीन बजेको थियो। बाटोमा रमा काकी, बिरे काका, सन्दिप लगायत केही मान्छे भेला भएर गफ गर्दै थिए । आमा र म पनि के रहेछ भनी जिज्ञासाको साथ फटाफट त्यहाँ पुग्यौं । त्यहाँ पुगेर आमाले के भयो भनेर सोध्नुभयो। त्यहाँ मैले पहिलो लाईन नै जे सुने मेरो टाउको रिङ्गायो, मुटु चिसो भयो । म एक्कासि चिच्याएँछु। त्यसपछि बेहोस भएँ रे । आमाले घर लिएर आउनुभएछ । त्यो पहिलो लाईन थियो “शाले त आत्महत्या गरिछ नि Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मुख् हँसाई

~शम्भुप्रसाद ढुङ्गेल~

जुटेको कलेजा छुटाई बलैले
शरद्चन्द्र झैं मुख् हटाई करैले ।
अलिक् दिन् वियोग्को गरम् स्वास् बहाई
बिदा हुन्छु देऊ प्रिये ! मुख् हँसाई ।।१।।

फुलेको छ भर्खर् कलो छाइ वास
भमर्लाइ सर् ख्वाउने गर्छ आश । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लामो कथा : सेतेसँग म

~गोपाल विरही~

(१)

मर्नुअघि, जब ऊ सबैलाई छाडेर जानका लागि छट्पट्–छट्पट् गरिरहेको थियो, मेरा मनमा एउटा कुरा आयो अचानक । म डाक्टर भएको भए उसलाई बचाउने थिएँ । वास्तवमा ऊ जतिबेला आफ्नो प्राणत्याग गर्ने अवस्थामा आइपुगेको थियो, मलाई डाक्टरहरु निकै महान् हुन्छन् जस्तो लाग्यो । एउटा मर्न थालेको देहलाई प्राणदान गर्ने डाक्टरहरु साँच्चिकै दुनियाँको आँसुको सम्भावित भेललाई रोक्ने सामथ्र्य राख्दछन् । ऊ, अर्थात् मेरो (वा हाम्रो) सेतो पाठो मर्दा पनि त हामी सबै रोएका थियौँ । म डाक्टर भएको भए र उसलाई मैले बचाउन सकेको भए हामीले रुनु पर्ने थिएन । त्यो सेतो पाठो आज पनि हामी सामु भई नै रहने थियो, हामीसँग खेलिरहने थियो, उफ्रिरहने थियो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

Translated Poem : What is the interpretation of the new Millennium ?

~Jhamak Kumari Ghimire~
Translation : Manjushree Thapa

A soft light glimmers
on the eve of people’s deaths
The fern unfurls out of season
without its stem
having matured Continue reading →

Posted in Translated Poem | Tagged , | Leave a comment

कविता : देशको नक्सा

~कविता राई~

म कोरिरहेकी छु
देशको सग्लो नक्सा ।

खाली पानामा कोर्छु असङ्ख्य रेखाहरू
जसरी कोर्छ एउटा चित्रकार क्यानभासमा
आफ्नी आमाको मुहारचित्र ।

अनायस करेसाको डिल भत्किन्छ
पर्खाल उठाउँछु
सिकुवासम्मै चिरा पर्न खोज्छ आँगन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : समय र उमेर

~भीष्म जोशी~Bhishma joshi

गाउँ-घरमा,
टि.भी थिएन, टेलिफोन थिएन ।
इन्टरनेट झन् कसरी हुन्थ्यो?
अफसोच! बत्ती पनि थिएन ।।
तर,
रानीकुला थियो । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : हगि बा !

~प्रकाश सापकोटा~

चढाएर पिठ्युँमा
टेकेर चार हात-खुट्टा
समात्न लगाउँदा आफ्नै कान
तानिदिन्थेँ मैले दायाँ र बायाँ पालैपालो
हट् घोडा हट् भन्दै
लगाउँदै आँगनमा चौध चक्कर
मलाई कहिल्यै नदेखाएको त्यो घुँडा
पत्र पत्र छाला जाँदै पुरिँदै
जोत्दा जोत्दा बुढो भइसकेको Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : सच्चा सुत कहलाइ

~रिजाल किरण~

छन्द : दोहा

अनुहार जति भद्र रह्यो भित्र भित्र छलछाम
बकबास बेसि नगर है हे विदेशी गुलाम
मीठा मीठा बातको अब हुने छैन काम
हामी लोक झुक्याउने कदापी त्यो नठान ।

देश द्रोहको काम यो छोड्देउ गर्न लाई Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : असीम माया

~बिष्णु खरेल~

बशन्त यो सुवास छायो , कोपिला मुस्कुरायो।
मायालु मन हृदय छोयो , संसारै रमायो।

स्वप्निल संसार ,मायाको साथ भाग्यको खेल यो।
मोहनी रुप , त्यो कर्के नजर अनौठो मेल यो। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

मैथिली कविता : मासुमक कसुर कहिदिय हे विधाता

~सुधा मिश्र~

पिता जिनका कहल जाति छै अहिठाम साक्षात् भगवान
तहन ओ अपने जन्माओल सँ एना किए छथि अंजान?
बुझल नहि छनि जिनका कनियो ककरा कहैछै नाता?
तखन ओहन मानुष किए बनैछथि किनको जन्म दाता?

रहैत छथि अपन तृष्णा कुनो छन मिटाब लाय बेहाल Continue reading →

Posted in मैथिली कविता | Tagged | Leave a comment