~गोबिन्द ओझा~
मैले तिमिलाई धेरै समय सम्म खोजिरहे
मैले देख्ने हर सपनिमा तिमिलाई देखिरहे
खुसी हुन्छ मेरो मन तिमिलाई देखेपछि Continue reading
~गोबिन्द ओझा~
मैले तिमिलाई धेरै समय सम्म खोजिरहे
मैले देख्ने हर सपनिमा तिमिलाई देखिरहे
खुसी हुन्छ मेरो मन तिमिलाई देखेपछि Continue reading
~सीमा थापा ‘सीमाना’~
पानी जो यत्र तत्र सर्वत्र छ जसको न स्वाद छ कुनै आफ्नो रङ्ग हुन्छ
न कुनै सीमितता न कहीँ बासस्थानको स्थाइत्व न कुनै उमङ्गले छुन्छ
शिलशिला हो जो बगिरहन अटुट हजार नागवेली घुम्तीहरु मोड्दछ
बाटोभरि कयौं अपरिचित संगमहरुलाइ आफुसँगै मज्जाले जोड्दछ।
हरपल र हरहमेशा बग्न बडेमानको बिशाल पहाडहरु ह्वात्तै नाघ्दछ
बढो चोटिलो प्रहार पाएर पनि फेरि अर्को चट्टानसँग ठोकिन पुग्दछ
खन्द्रङ्ग कालोमैलो दहको अन्कटार काप्चा र भंगालोमा झ्वाम्म पर्दछ
कयौ सङ्घर्ष सहेर पनि अन्तत सुन्दर झरना भइ कलकल झर्दछ । Continue reading
~दीपक कुमार ज्ञवाली~
साक्षात अनुभूतिले देश र समाजको चित्रण गर्दैन भन्नु आफुले आफैलाई ढाँटे सरह हुनेछ ।
एकदिन बिहानको समयमा मेरो समिपमा एउटा परेवा आएर घुँर घुँर घुँर गर्दै आबाज निकाल्यो । स्वाभाबीकरुपमा मेरो दिमागमा यसले चारा मागेको होला भन्ने लागेर केहि अन्न जमिनमा चाराकोरुपमा राखीदिएँ । उ घुँर घुँर गर्दै घुम्दै चारा खान थाल्यो । एक्लो परेवाको यस्तो क्रम केहिदिन चलीरह्यो ।
एकदिन प्रात भ्रमणबाट घर आउन केहि ठिला भयो । घर आएर हेर्दा एक्लो परेवा मेरो घरको छतमा घुँर घुँर घुँर Continue reading
~सशी शेखर दहाल~
अन्तै खुसी छौ भने मलाई खुसी पार्नु पर्दैन,
माया नै लाग्दैन भने मसँग बोली राख्नु पर्दैन,
मायाको कदर गर्न विर्सेऊ जस्तो छ तिमीले, Continue reading
~कृष्ण धरावासी~
बिहानी प्रभातको पहिलो झुल्कोले नै हिमश्रृङ्खलामा एक अनुपमता दर्शाइरहेको थियो । डाँफे पनि त्यो अलौकिक दृश्यमा अनुपम आनन्दको अनुभव गर्दै नाचिरहेको थियो । साथै आजको यो महान दिनको सूचना लोकलाई दिइरहेको थियो । ऊजस्तै अलिक तलतल हरिया वनभरी कोइली र मयुरहरू पनि आफ्नै तालमा मस्त थिए ।
चारैतर्फको त्यो खुसी र उत्साहका आवाजहरूले नेपाली त्यो शान्त, पवित्र र निलिमय आकाश पनि गुञ्जायमान भएको थियो । तमाम नेपालीहरू पनि हातमा सूर्यचन्द्राङ्कित झण्ठा बोकेर ‘जिन्दावाद’ का नारा लगाइरहेका थिए । Continue reading
~राज मावाे~
ए कुंबा!
कुम्भकर्णको दायाँ बायाँ,
केसरासी जस्तै भई बसी,
आकास र धर्तीलाई साछी राखेर….
तमोर र काबेलीले अजम्बरी माया माथी
एउटा बाचा हालेछन्।
हामी तल-तल दोभानमा भेट्ने
अनि तिमी ममा म तिमीमा समर्प्रीत हुने…
तमोर दाईने भेग पेल्दै बग्यो। Continue reading
~वसन्त शर्मा लुइटेल~
सुन सुन पाच सुन सत्यजुग गयो
कलिजुग लागेको सवाई कहन्छु
बुझिनसक्नु कलिको रङ्ग
चौथो प्रहरमा पार्यो भताभुङ्ग
डगमग पृथिवी भयो कम्पमान
भतगाउन लाग्यो देउताको थान
भदगाउ तलेज्यु सतिकि माई
भैचालो आयो भदगाउ जाई
झिङटिको छाना भताभुंग पार्यो
तिन् सये आदमि घरैभित्र मार्यो Continue reading
~लक्ष्मी गाइजू~
२०७७ सालको एसइईको नतिजा प्रकाशन हुनेबित्तिकै दिपेशलाई बधाई र शुभकामना दिने जमातको ओइरो लाग्यो । दिपेश पनि निकै खुसी भयो, किनभने जिन्दगीमा कहिले नपाएको नतिजा उसले एसइईमा पाएको थियो । ‘ए’ आएको खुसीयालीमा ऊ छरछिमेक, इष्टमित्र, आफन्त सबैलाई लड्डु बाँड्नमा व्यस्त भयो । निषेधाज्ञा खुकुलो भइसकेको हुनाले उसलाई कतै रोकतोक थिएन । नातागोता, साथीभाइ सबैको घरघर पुगेको थियो । मुस्किलले ‘सी प्लस’ आउने उसको रिजल्ट कुन चमत्कारले ‘ए’ आयो, त्यतातिर उसको ध्यान गएको थिएन । Continue reading
~गोविन्द अर्याल~
विषय प्रवेश
शास्त्रीय छन्दका कुनै पनि नियम–अनुशासनहरुमा नबाँधीकन आप्mनै नेपाली लोकसंस्कृति, प्रकृति, जातीय परम्परा र स्थानीयताका आधारमा स्वस्फूर्तरुपमा पैदा भएका मौलिक छन्द नै लोक वा जातीय छन्द हुन् । यसमा नेपाली ग्रामीण जनजीवनका मेला, चाडपर्व, मिलन–बिछोड, आँसु–हाँसो, भाव–अभाव आदि विभिन्न विषय र सन्दर्भहरुको सुन्दर अभिव्यक्ति पाइन्छ । यस्ता नेपाली लोकछन्दहरुमा तल उल्लिखित छन्दहरु मुख्य छन् :
क) झ्याउरे (क)
दुई हरफको एक श्लोक मानिने र एक हरफमा १६ अक्षर हुने लोकछन्दलाई भ्mयाउरे छन्द भनिन्छ । यसलाई असारे भ्mयाउरे छन्द पनि भनिन्छ । ग्रामीण परिवेशसँग सम्बन्धित यस छन्दलाई लोकलय वा लोकछन्द पनि भन्ने गरिएको छ । देश, काल, परिस्थिति र कवि हृदयअनुसार छन्दको स्वरुप–संरचना निर्माणमा एकरुपता Continue reading
~डा. राजेन्द्र भण्डारी~
1.लोकलयास्रितता
भारतीय नेपाली कविताको इतिहास डेढ सय वर्ष पुरानो मात्र हो। भारतको सतलजदेछेउको कलहूर भन्ने ठाउँका बासिन्दा रघुनाथ भाटले सन् 1844 तिरै लेखेको एउटा कविता प्राप्त छ। यिनले आफ्ना कवितामा पृथ्वीनारायण शाहको गुणगान गरेका छन्। योगी नरहरिनाथले सम्पादन गरेको ‘गोरखा – वंशावली’ – मा यिनलाई रघुनाथ राई भनेका छन्।
प्राथमिककालीन भारतीय नेपाली कवितामा कोही वर्तमान भारतीय क्षेत्रमा जन्मेका, कोही गढवाल – कुमाऊँ वा तत्कालीन नेपाल वर्तमान भारतमा जन्मिएका र कोही काशीवास गर्न भारत आएका कविहरू पर्दछन्। यीमध्ये कुमाऊँका प्रेमनिधि पन्त, लोकराज वा गुमानी पन्त, वीरशाली पन्त, काशीवासमा आएका शक्तिवल्लभ अर्याल Continue reading
– प्रस्तुती : विनोद दाहाल
पूर्वी नेपालको ओखलढुंगास्थित रुम्जाटार गाउँलाई आफ्नो कर्मथलो बनाउने एक प्रसिद्ध कवि हुन् ज्ञानदिलदास । उनी प्राथमिककालीन कवि हुन् । यो गाउँलाई कर्मथलो बनाए तापनि उनको जन्मथलो भने यहाँ होइन । उनी नेपालको सुदूरपूर्वी जिल्ला इलामको आमचोक चित्रे गाउँमा विसं १८७८ सालमा जन्मिएका थिए । उनी जयनन्द लामिछाने र बल्लभा लामिछानेका छोरा हुन् । उनको वास्तविक नाम श्रीकृष्ण लामिछाने हो ।
उनीसम्बन्धी विभिन्न तथ्यांक निर्विवाद छैनन् । केही विद्वानले उनी आमचोकमा नभई फिक्कलमा जन्मिएका हुन् भनेका छन् । वास्तवमा उनी लामिछाने ब्राहृमण परिवारमा जन्मिएका थिए तर उनी जाति व्यवस्थाका विरोधी भएका कारण आफू पनि आफ्नो वास्तविक नामले चिनिन चाहेनन् । Continue reading
~डा. राजकुमार छेत्री~
नेपाली काव्यलेखनमा निर्गुण भक्तिधाराका केन्द्रबिन्दु मानिने जोसमनी सन्तकविहरूमा धिर्जेलदिलदास र शशिधरपछि अगमदिल दास, अखड्दिल दास तथा ज्ञानदिल दास आदि प्रमुख मानिन्छन् । यसका अतिरिक्त यस सम्प्रदायमा आजसम्म परम्परागत रुपले उल्लेख भएका सन्त कविहरूमा श्यामदिलदास, अचलदिल दास, धर्मदिल दास, सतदिल दास, प्रेमदिल दास, धरणीदास, मलदास, मङ्गल दास, कृष्णदास, सन्तदिल दास तथा हरिभक्त, हरिश्चन्द्र, मोक्षमण्डल, निर्वाणान्द. अभयान्द, सीताराम आदिको नामहरू पनि भेटिन्छ । सन्तलाई हामी साधारणतः श्रद्धासाथ ईश्वर अर्थात् देवताको उपासना गर्ने, सांसारिक विषयहरूमा नअल्झेर धर्मकर्ममा एकचित्त भइ लागेका सज्जन व्यक्तिलाई महात्मा, साधु -सन्यासी वा भक्तको रूपमा बुझ्ने गर्छौं । यस सन्दर्भमा Continue reading
~अज्ञात~
सेतो गुलाफ-कथासंग्रह सन् 1995-मा प्रकाशित
सन् 1970 कै दशकमा विभिन्न पत्र-पत्रिकामा उनका विभिन्न लेख, लघु कथा आदि प्रकाशित हुँदै आएको भए पनि पुस्तकाकारमा हिमगिरि प्रकाशन, गान्तोकबाट सन् 1995-मा उनको पहिलो कृति कथा संग्रह सेतो गुलाफ प्रकाशित भएको थियो। यो पुस्तक उनले दुइ माहन नारीप्रति भनेर आफ्नी आमा मणिता राई र मणिता राई र श्रीमती धनमाया राई सासु आमालाई उनीहरू जीवित रहेको अवस्थामा नै समर्पण गरेका हुन्।आज एघारह वर्षको अवधिमा यस पुस्तकको लेखिकासहित उनीहरू सबै परलोक भइसकेका छन्. यस पुस्तकका भूमिकाको रूपमा शब्दहरू, शुभकामनाका भनी साहित्य अकादमी पुरस्कार विजेता श्री शरद छेत्रीले मन्तव्य Continue reading
~स्नेहलता राई~
हुने बिरूवाको चिल्लो पात
भारतीय गोर्खाहरूका श्रीपेच
डा. महेन्द्र पी लामा.
म यस्तै सम्झन्छु
जब सिंहमारी तेस्रोमा भानुग्रामको
त्यो प्राथमिक पाठशालालाई देख्छु
उऩको विद्याको प्रथम घडेरी
म जस्तै शिक्षक-शिक्षिकाको काखमा Continue reading
~मनप्रसाद सुब्बा~
अखबारको पृष्टमा ऐना हेरेर
शुरू हुन्छ उसको दिन…
आधुनिक दन्त्यकथाको एक देवता ऊ
रिमोट-कन्ट्रोल हातमा लिएर
टी.भी. स्क्रीनको अँध्यारो शून्यमा
संसार बनाउँछ बद्लाउँछ, अल्पाउँछ
साबुन-पानीका फोकाहरू
सानो पाइपबाट उडाउऩे खेले झैं Continue reading
~राजु प्रधान “हिमांशु”~
प्रारम्भ
पृष्ठभूमिबाट उदघोषण हुन्छ यसरी –
एक दिन कालो र सेतो रङ माझ झगडा र मतभेद भएको खबर फैलियो । सेतो थियो चुपचाप । हल्ला र स्वर भने कालोकै व्याप्त थियो चारैतिर । सेतो मिल्न चाहन्थ्यो । कालोकै भूल देखिएपछि कालो हल्ला गर्दै हानियो अन्धकारतिर । सेतो चुपचाप अघि बढिरह्यो उज्यालोतिर ।
(मञ्चमा सेतो आकृति भित्रन्छ र गन्तव्यतिर हिँडिरहेको अभिनय गर्छ ) Continue reading
~भीष्म जोशी~
१.
यै बेला पैसाको अभाव आयो,
बाइक किन्नै पर्ने दबाब आयो ।
नाइँ ,त्यो फिल्म म हेर्दै हेर्दिन,
ट्रेलर हेरेरै तनाव आयो ।।
२.
कहिलेकाहीँ केटीको टेन्सन , Continue reading
~इन्द्रकुमार ‘विकल्प’~
तिम्रो मेरो बीचको पर्खाल ढाल्न आउँछौ की ?
छियाछिया मुटु मेरो टाल्न आउँछौ की ?
अँधेरीमा जूनकीरी गिज्याउन थाले
धिपधिप बत्ती तिमी बाल्न आउँछौ की ? Continue reading
~सुजन बुढाथोकी ‘कान्छा’~
उज्यालो प्रकृति आफै कालो भयो
जब एक अलौकिक ईतिहास बोकेर
यो सृस्टिमा
सबैभन्दा ठूलो दृष्टि बिनासक
ग्रह खस्यो,र बस्यो आकासको सट्टामा
जिवनभर त्यही डेरा जमाएर ।
बिकिरणबाला रे Continue reading
~सङ्कलक: शिवकुमार श्रेष्ठ~
अहिले माझकिरात हतुवा गढीमा बसेर एक प्रतापी किराती राजा शासन गर्दथे । उनको नाम वालिङहाङ थियो । उनले रैतीको मदतबाट हतुवामा ठूलो बनाएका थिए । उनले अरूण, दूधकोशी र हिमाल साँध कायम गरी शान्तिपूर्वक रैतिलाई सुखभोग गराएका थिए । उनी असाध्य धर्मात्मा पनि थिए । साथै दुर्गहरू पनि स्थापना गरेका थिए । वालिङहाङको दरबारको भग्नावशेष अद्यावधि घोडेटारमा छँदैछ । उनले अरूण नदीदेखि घोडेटारको टाकुरासम्म मानिसहरूको ताँती लगाएर कँदिएका ढुङ्गाहरू बोक्न लगाई उच्च कोटीको सीपबाट राम्रो बनाएका थिए। वालिङहाङको धनाढ्य यश र कृतिदेखि डाह गर्ने अरू राजाहरू नतमस्तक हुन्थे । Continue reading
~पुण्यनाथ लोहनी~
सासू देखिसहन्न नन्द बजिनी आँखा तरी मर्दछे
जेठानी मुसुमुन्द्रि क्यै चुक भये लाई खुशी पार्दछे ।
चाकरहेरु नटेरने पति भने पर्देशमा राज् हुने
चिर्छन छाति चरक्क कामशरले कुन् युक्तिले बाँचने ।।१।।
देख्दा हाय ! वसन्तको समय यो छाती उसै फुट्दछन्
छिन-छिनमा विजि कामका शर कडा टुक्रा हजार् बन्दछन् । Continue reading
~खेम बतास~
ताराले खलो झाडिरहेकी धौलीलाई भनेकी थिइ, ‘धौली अब त ठुली भैगै, आफ्ना हड्म्मो कहिल्यै हेरेको छई ।’ एकान्तमा उसले पुरै शरिर हेरेकी थिइ । तर इजाले भनेको चाहि के हो बुझेकी भने थिइन ।
अर्कोदिन, ताराले फेरि भनेकी थिइ, ‘त ज्वान भैगै, घाम छनाई घरमी आइगएइ, नत्र हामी स्वाहानी मान्छेका हड्मी चोर लाग्छन् ।’ धौलीलाई लागेको थियो, नाक कानमा सुन नामको कुनै तत्व छैन ? अनि कसरी चोर लाग्छन् ? चोरले के के चोरेर लैजान्छन् ? ऊ इजाले चोर लाग्छन भनेको सुन्दा छक्क परेकी थिई । Continue reading
~द्वारिका छेत्री~
यदि नहुदो हो संसारमा हवशको पुजारी
वेश्या कदाचित हुने थिएन नारी
जन्मैले कोही वेश्या हुदैन
वेश्या हो अवसरवादी समसमाजको
मानसिक विकृतिको चिन्हारी।
सम्भव थिएन देहको व्यापार
यदि नहुँदो हो शहरमा खरिदार Continue reading
~शम्भुप्रसाद ढुङ्गेल~
वचनका रचन्मा फसेको छु आज
तिमीदेखि क्यै छैन मेरो इलाज ।
कडा इश्कका आँचले चित्त भूटयो
तिमी तीमि भन्दा घरैबार छूटयो ।।१।।
मुहार्को जुहार् चम्किलो देखि आयें Continue reading
~Momila~
Translation: Manjushree Thapa
(To Pasang Lhamu Sherpa)
At the loss of a rhododendron I thought of-
an evening of cherry blossoms in flower
a night of the redolent parijat flower
the pain of purple jacarandas on the stree Continue reading
~डा. मधुसूदन गिरी~
समयको दीर्घतम् महानदीमा भूगोलका रेखाहरू कोरिँदै र मेटिँदै जाँदा रहेछन् । प्राचीन वा पूर्व मध्यकालीन कर्णाली प्रदेश आज छैन । आज यो अलि सानो भूगोलमा साँघुरिएको छ । राजनीतिक प्रशासनिक सीमारेखाहरू साँघुरिएर पनि त्यसको आत्मा भाषा, संस्कृति, साहित्य र इतिहास साँघुरिएको छैन । नयाँ नयाँ रूपमा फैलिँदै गएको छ । मात्र आजको यो अत्याधुनिक सर्वग्रासी पाश्चात्य हावाले यसलाई पनि निल्नै लागेको छ । सभ्यता र संस्कृतिका विभिन्न पाटा वा आयाम मध्यको एउटा महत्वपूर्ण आयाम लोक साहित्यको एक महत्वपूर्ण विधा लोकगीत जुन लोक जीवनका आत्माको Continue reading
~अगमसिँह गिरी~
युद्ध, र स्वत्व अभिव्यक्ति
एघाह्न वर्ष आफूसँग राखेर मात्र ‘आँशु’ प्रकाशित गर्ने गिरीले थालेको एघाह्र दिनभित्र आएर भन्छन्, ‘युद्ध र योद्धा’ प्रकाशित गर्छु ।गमसिंह गिरी
‘याद‘ (सन् १९५५) र ‘आँशु’ (सन् १९६८)-पछि ‘युद्ध रयोद्धा‘ श्री अगमसिंह गिरीको काव्यकृति पाएका छौं। ‘आँशु’ लाई गीतिकाव्य र अन्य दुइलाई गिरी खण्डकाव्य भनी छुट्याउँछन् । ‘आँशु’ अवश्य गीतिकाव्य थियो तर त्यस अघिको ‘याद’ र अबको ‘युद्ध र योद्धा’ हामी गीतिकाव्यभित्रै हेर्छौं | भन्नेहरू भन्छन्, काव्यमा सङ्गीतको सहज सामञ्जस्य भएनै गीतिकाव्य बन्छ, नत्र मात्र काव्य हुन्छ, खण्ड वा पूर्ण । तर आज हामी गेयतालाईनै गीत भन्दैनौं। गीत – प्राण अर्कै थोक छ जुन गाइने काव्य हुँदैमा हुँदैन। भानुभक्तको रामायण गाइन्छ तर त्यो Continue reading
~उदय प्रकाश~
अनुवाद : जय कार्की
उनी यतै कतै छन
उनी कतै गएका छैनन्
उनी यतै कतै छन्
उनको लागि नरुनु ।
उनी वालकहरुको टोलीमा रंगीन बुश्शर्ट
लगाएका वच्चाहरुको वीचमा हराएका छन्
उनी मैलो कट्टु लगाएर फोहोरको थुप्रोबाट Continue reading
~भवानी भिक्षु~
कुनै नराम्रो काम भएको थिएन । मस्तिष्कविज्ञान र शरीरविज्ञानले त भन्छन् ‘बिलकुल स्वभाविक’ अगाडिको कुरा म जान्दिनँ ।
‘रमा’ सम्मानित बाबुकी, सम्पन्न र मर्यादाशील कुल– परिवारकी छोरी । पढेकी, लेखेकी, गृहकार्यमा निपुण । उमेर बीस, बिहा भएको थिएन ।
एउटा आदर्श थियो ‘बिहा गर्नु बन्धन हो, आफ्नो जीवन, यौवन, सौन्दर्य र सुखको दुरुपयोग ।’
अनि – पढेर, लेखेर, आमा–बाबुलाई रिझाएर त्यसले माथिको सिद्धान्त बनाउने बल प्राप्त गरेकी थिई । आफ्नो विचारमा अलि–अलि दंम पनि संचित गरिराखेको थिई । गर्व थियो– ‘म जान्ने हुँ, म पवित्र हुँ, म आदर्शशील हुँ ’ Continue reading
~ज्ञानेन्द्र रसाइली~
भाग-१
बिहानको झुल्के घामसँगै घरमा सबैजना आ-आफ्नै काममा ब्यस्त छन् । आमा भर्खर उठेर हातमुख धुँदै हुनुहुन्छ । बुबा बाहिर पिँढीमा बसेर दाम्लो बाट्ने काममा हुनुहुन्छ । रमिता बि.क. भित्र भान्सामा चिया तयार गर्दैछिन भने उनका श्रीमान रमेश बि.क.कोठामा समाचार हेर्दैछन साथमा उनिहरूकी ७ बर्षे छोरी किरण चाहिँ हजुरबाको छेउछाउ लुटुपुटु गर्दैछिन ।
बुबा: (दाम्लोको पोयो गाठो बनाउदै) रमिता चिया पाकेन ? चिया पिएर गाउँतिर जानुछ ।
रमिता: (भान्सा देखि) हजुर बुबा ! पाक्यो अब ल्याईहाले । Continue reading
~कृष्ण बजगाईं~
राज्यको यात्रा होला भनेर उसले सोचेकै थिएन । हिँड्दै जाँदा कहिले नसुनेको नक्कलपुर पुगेको थियो ।
नक्कलपुरको नक्कली रूप देखेर क्षणभरमै मोहित भयो । उसका चंचल आँखा र उत्सुक गोडाले संयक्त रूपमा नक्कलपुर चहारे । Continue reading