कथा : बर्थडे

~सुरेन उप्रेती~

नभेम्वर महिना लाग्न नपाउँदै जाडो बढेर रुखका पातहरू सबै झर्छन् । सबै पातहरू झर्ने भएकाले नै यो सिजनलाई फल भनेको होला । शान्ति मन मनै गुनगुनाउँछे । क्यानडाको राजधानी भएर पनि यो अटोवामा एउटा पनि मेट्रो छैन । हिँउ परेको बेलामा बस्न त मन्ट्रियल नै राम्रो । पूर्व,पश्चिम, उत्तर र दक्षिण जहाँ गए पनि अन्डर ग्राउन्ड मेट्रोरेल छ । मेट्रोले जमिनमुनि नै एकछिनमा कहाँबाट कहाँ पुर्याउँछ । मेट्रोबाट निस्कियो र बस आउन्जेल पर्खियो । हिउँको चिसो पनि खानु नपर्ने सिरेटोले पनि नहान्ने । आफ्नो गाडी नहुनेलाई त स्वर्ग नै हो मन्ट्रियल । मनमा कुरा खेल्दाखेल्दै बसको डोरी तान्न झन्डै बिर्सिएकी । बिर्सिएको भए त फेरि एक स्टप जाडो खाँदै हिउँमा हिंड्नुपर्ने । फेरि आफू मात्रै Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मेरो विन्ति छ कान्छा, दसैंमा चाँडै घर फिरी आउ

~स्वर्णिम गुरुङ~

पोहोर सालै किरिया हालेथ्यौ कान्छा,
दसैंमा घर फिरि आउने
चौबन्दी,चुरा र फुलबुट्टे फरिया,
दसैंको कोशेली बोकी ल्याउने ।
डाँडा घरे जेठा तामाङ घर फिरि आका ,
गोडा दशेक दिन भई सक्यो क्यारे। Continue reading

Posted in कविता | Tagged | Leave a comment

ऋषि बस्ताकोटीका बाह्र मुक्तक

~डा. ऋषि बस्ताकोटी~

गाउँ बग्दा बाढीले सबै लालाबाला लग्यो भन्छन,
खेतभरि असिनाले धानको बाला लग्यो भन्छन,
आउन त आउँदै थिए उनीहरू हाम्रै उद्धार गर्न-
विचरा, मालाले तिनको गलाको छाला लग्यो भन्छन् ।

*****************************

अलोकतान्त्रिक निर्णयको राजधानी जस्तो,
सीमा नदीबाट बेचिएको आफ्नै पानी जस्तो, Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : एउटा अकविता

~घनश्याम शर्मा पौड्याल~

आँखा रसाउँदैन उसको
कसैको दुःखमा अब
अहँ, चस्किएन मुटु र झरेन आँसुको थोपा
उखुबारीमा रक्ताम्य लाश देख्दा नि
आफ्नै छोरीको ।
ऊ त उफ्रयो झन् उन्मत्त खुसीले
घिसारेको देख्खा एउटा सहयोद्धालाई
काँडाघारीमा पुलिसले । Continue reading

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : जन्मदिवसमा तागामत चिन्तन

~मिङ लिवाङ~Ming Liwang

आफ्नो सयौं जन्मदिन मनाएको केही दिनपछिको घटना हो यो । त्रासदी के भयो भने मैले राजनीतिक दाउपेच र नर्क साहित्य अकादमीमा आफ्नो लबी चलाएर अनि रुवाबासी गरेर जान-पहिचानको फाइदा उठाएर बलजफ्ती साहित्यमा किरातेश्वर पुरस्कार हत्याएपछि नर्कमा निकै खैला-बैला मच्चियो। पुरस्कार घोषणा भएको अर्को बिहानै स्थानीय समाचारपत्रहरुमा मेरो फोटो र प्रशंसा छापिनपहिले नै भर्त्सना छापियो। समाचारपत्रहरुको निम्ति मैले किरातेश्वर पुरस्कार बलजफ्ती हत्याएको समाचार देशमा आतङ्कवादीले गरेको आक्रमणभन्दा पनि महत्वपूर्ण समाचार भइदिएर फटाफट भर्त्सना छाप्दै पाठकहरुको Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

अनूदित कविता : समुन्द्र व्यापारीकी स्वास्नी: एक चिट्ठी

~लि बाई~
अनुवाद : पर्बत लावती

जतिबेला मेरो कपाल निधारको सिधा पारेर काटिन्थ्यो
म फूल चुँड्दै गेटको वरपर खेल्थेँ,
तब तिमी बाँसको खुट्टे लाठीमाथि घोडा खेल्दै आयौ
आरुबखडासँग खेल्दै तिमी म बसेको ठाउँ वरपर हिँड्यौ
नमानी शंका वा घृणा,
कलिला हामी दुई, बस्दै गयौँ चोकान गाँउमा
चौधमा मेरो परमेश्वर मैले तिमीसित लगनगाँठो कसेँ
लाजले मैले कहिले खित्का छाडिन Continue reading

Posted in अनूदित कविता | Tagged , , | Leave a comment

कथा : अनुसूया

~माधव सयपत्री~Madhab Sayapatri

म होटेलभित्र छिर्दा त्यसले आफ्नो अनुहारको आँखामुनिको भाग निलो सलले छोपेकी थिई । आँखैले त्यो युवती ग्राहकसित कुरा गर्थी । आवाज निकाल्दिनथी । सोचेँ ‘अचम्मकी यो युवती साहुनी होली कि कामदार ?’

होटेलवाल्नी ऊ नै रहिछे । ऊ त्यसरी मसंग लजाउनुको कारण मैले खोजिन् । शङ्का पनि गरिन् । मान्छेका क्रियाकलाप र बानीव्यवहारको हल्काफुल्का अवलोकन गर्ने मेरो बानी त छँदै थियो । त्यो अनौठी युवतीको पनि फरक व्यवहारबारे मौका मिलाएर बुझ्नुपर्ला भन्ने सोचेर म आफ्नो काममा लागेँ । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

तामाङ लोक कथा : बुद्व र कुखुरा

~सङ्कलन : रविन्द्र तामाङ / सोनी तामाङ~

भगवान बुद्व धर्म-ज्ञानको प्रचारमा देश-देशावर पुगेर विभिन्न उपदेश दिनुहुन्थ्यो । यसरी धेरै गाउँ-ठाउँ परिभ्रमण गर्दै दिन बिताउँदै आउनुभएको थियो । यसै क्रममा जीवनको उत्तरार्द्वतिर बुद्वका खुट्टामा कुष्ठरोगको घाउ आयो । घाउले गर्दा धर्मदेशना गर्ने स्थिति रहेन । केही गरे पनि घाउ निको भएन । यसले निकै सताउँदै लग्यो ।अब कतै हिँड्डुल गर्न सक्ने अवस्था समेत रहेन । बडो मुस्किलले दिन बित्दै रह्यो । केही गरी पनि रोग ठीक भएन, कष्ट बढ्दै गयो । Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

कथा : शहरको मान्छे

~नेकी धनेन्द्र~

क्षितिज मात्र देखिने गरि वसाइ सरेपछि पहाडहरुको रमाइलो अनि मिठो स्वच्छ हावा पानीको वातावरणलाई कसरी अनुभुत गर्न सकिन्थ्यो र ? झन त शहर कस्तो पापी हुन्छ त्यसमाथि पनि खान लाउन नपाएर यहाँ पुगेका मान्छेको गति कस्तो हुदो हो र । मल्लिका आजकल गाउँबाट शहर झरेपछि फूर्तिली र रहन सहनमा परिवर्तन भएकी रैछे विचरी पहाडतिर छदा मागेर छाक गुजरा गर्ने मान्छे यहा त मिठो मिठो खाने राम्रो राम्रो लाउने गर्ने रैछे । उसको बाउको बालकै हुदा स्वर्गारोहन भैसकेको थियो उसकी आमाले मुखको खान लागेको गास पनि तानेर दिन्थइन । त्यसरी ठूलि भएकी हो कसरी यति ठूलो प्रगति गरिछ । अहिले कोठामा टि.भि छ , स्टिलको सिसा भएको दराज छ , कपडाको आइरन छ , ग्यास चुलो छ , शोफासेट छन्, बाकस छ । भाडाकुडा सजाइएको ¥याक छ त्यस्तै किताब सजाइएको पनि छ । पलंगमा सुत्ने रैछे । धेरै माथि उठिसकेकी रैछे । भाषामा पनि कति राम्रो सुधार भएछ । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मेरो देश नेपाल

~बाबु रोकामगर~

कति लेख्ने माया प्रेम र मिलन बिछोड का कुरा मात्र
अब त देशको वारेमा पनि केही लेखांै न है मित्र
के–के भईरहेको छ हाम्रो देशभित्र
मेरो देश नेपाल उच्च शिर सगरमाथा
विर गोर्खालीहरुले गाउँने विरताको गाथा
मेरो देश नेपाल माथी लागेको छ पराईको आँखा Continue reading

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : खप्तड गंगा दशहरा मेला

~कमला जोशी~

जेठको १३ गते विहानको झिसमिसेसँगै पिठ्युमा झोला, झोलामा केही जोर लुगा र ड्राईफुडसँगै हात हातमा पानीका बोतल बोक्दै पिपल्ला बजार पुग्यौँ । पिपल्लामा गाडीको पर्खाईमा करीव एक घण्टा बितिसकेको थियो । सायद सबै खप्तड जानेहरु निस्किसकेका थिए कुन्नी ! गाडी पनि पाउनै मुस्किल पर्‍यो । अन्तमा एक जना जीप चालकसँग कुरा गर्‍यौँ र रिजर्व गरेर जाने निधो भयो । ६ हजारमा पिपल्लाबाट खप्तड राष्ट्रिय निकुञ्ज प्रबेशद्वार झिग्रानासम्म पुर्‍याउने सहमति भयो । हामी पिपल्लाबाट ९ बजे हिड्याँै । मनमा निकै उत्साह उमङ्गका साथ हामी जिपमा बस्यौँ । डोटीको सिलगढीसम्म त देखेका थियाँै । त्यसपछिको बाटो भने हाम्रा Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

चक्रप्रसाद भट्टका दुई मुक्तकहरू

~चक्रप्रसाद भट्ट~


तन एउटै मन एउटै अफ्सोच जीवन भएन
बाचा कसम प्रेमपनको अशल बन्धन भएन
सँधै अभावै अभाव भईरहन्छ मलाई अव त Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : पर्खाईमा

~निशा कटवाल~

तिमी बिनाको जीवन
कहिले पर्खाईमा बिते,
कहिले आँशुमा डुबेर बिते,,
एकान्तमा बसेर तिमीलाई नै सम्झेर बिते,
कयौं रात कयौं दिन ओजलमै बिते
कहिले कहालिँदो रातमा ब्युझेर Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : परदेशी पो भैसकेछु

~सागर बोहरा~

नखोज्नु है मलाई बसन्त ऋतुको हरियालीमा
म त उजाड मरुभुमिमा हराई सकेछु
नसम्झिनु है मलाई कुनै खुशियालीमा
म त दुःख र आँशुको सागरमा पो डुबिसकेछु

नखोज्नु है मलाई पूर्णिमाको जुनेली रातमा Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रभात

~सोमनाथ सिग्देल~

हटयो मलिन आसुरी स्थिति विभावरीको विभा,
प्रभात अति शोभियो, लिइ अपूर्व दैवी प्रभा। –
विवेक सब वस्तुको हुनगयो नवालोकमा,
खुल्यो विमल विम्बको उदय भित्र प्राकाशमा ।।१॥

उड़े करुण-केशरी उद्य-शैलको शृङ्गमा,
सदा फटफटाउंदै किरण-सङ्घको रङ्गमा ‘ Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मानव–अधिकार

~गोपाल विरही~

(१)
मानव–अधिकार कागतिजस्तो–
जति टुक्रा हुञ्जेल काटे पनि हुने
जसरी निचोरे पनि हुने
जसरी चुसे पनि हुने
पानीमा हालेर सर्बत बनाउन सकिने
चियामा हालेर ‘लेमन टी’ पनि बन्ने
भातमा मुछेर पनि खान सकिने Continue reading

Posted in कविता | Tagged | Leave a comment

थारू भाषी कविता : भसा

~अज्ञात~

भसावसन्तके फुलवारीमे,
फुलेवलाफुल नै छेकी ।

नय त हाट बजारमे बेचेवलान
सप्तरंगीके कुनु रंग छेकी ।

बरु यिटा त स्वस्थ्यमनके
स्वच्छआत्माके तरंग छेकी । Continue reading

Posted in थारू कविता | Tagged | Leave a comment

मैथिली कथा : अनमोल दहेज

~अंजू झा~

कमलकांत बाबू विनम्र स्वभाव के अपन माटि-पानि सं जुड़ल उच्च सरकारी अधिकारी छैथ। परिवार में पत्नी शोभा आ एकमात्र संतान किसलय छथिन। किसलय एखन अविवाहित छथिन। चार्टर्ड अकाउंटेंट किसलय लेल दिन-राति विवाहक लेल अनेकों प्रस्ताव अबैत छैन। लेकिन कमलकांत बाबू मोनेमोन अपन मित्र के सुंदर, मेधावी, शालीन हंसमुख मिलनसार स्वभाव के बेटी संग पुत्र के विवाह तय केने छैथ। कनियां के सेहो बुझल छैन।

एक दिन कमलकांत बाबू बालकनी में बैसल चाय पिबै छलाह। पत्नी शोभा कतौ बाहर सं एलखिन तऽ Continue reading

Posted in मैथिली कथा | Tagged | Leave a comment

संस्मरण : तर, यसपालि धोका भयो घनश्याम सर !

~कृष्ण कुसुम~

२०६५ भदौको मध्यतिर यौटा निम्ता पाइयो साहित्यिक कार्यक्रमको । नागार्जुन साहित्यिक प्रतिष्ठानको आयोजनामा यौटा कथासंग्रहको विमोचन हुने कार्यक्रम थियो त्यो । नेपाल प्रज्ञाप्रतिष्ठानको वाचनालय पुग्दा थाहा पाइयो– साझा प्रकाशनबाट प्रकाशित कथासंग्रह ‘अभिशप्त समय’का लेखक  घनश्याम शर्मा सिभिल इन्जिनियर रहेछन् । वक्ताहरूको कुरा सुन्दा उनी राम्रा कथाकार हुन् जस्तो लाग्यो । भलै, मैले उनको नाम यसअघि नसुनेको वा सुनेर पनि याद नगरेको रहेछु ।

उनको लेखनका बारे नारायण ढकाललगायतका लेखकले मन्चमा गरेको उनको प्रशंसा र सिभिल इन्जिनियर Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : यहाँका यथार्थहरु

~बि. कुलुङ्ग राई रंगबुले~

एकदिन
यथार्थले
भावनाको खाँबो अडाएर
उत्तोलक भइदिने निधो गरे
किनकि
छुनु थियो उसलाई सान्त्वनाको आकाश ।

सान्त्वनामै भए पनि
स्वतन्त्रतासित Continue reading

Posted in कविता | Tagged , | Leave a comment

कविता : उपदेश-शतकबाट

~सोमनाथ सिग्देल~

लक्ष्मणखातिर बूटी खोज्नाको रामले दिदा काम ।
हनुमान् गएर ल्याए, ‘सक्नेलाई दिनू काम’ ॥
(१)
जाली दानव वृकले शिवको सेवा गरी लिएर वर ।
गौरी नै लिन खोज्यो, ‘नगरे ठगमा पत्यार भर’ ॥ Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : उद्योग के भन्छ ?

~चक्रपाणि चालिसे~

(१)
अर्काकै भरमा छ बिल्कुल खुपो आफूमहाँ शून्य छ ।
इच्छा राख्छ करोडको जिउभने आलस्यको दास छ ॥
डिल्ली हाँक्तछ जोडिदिन्छ गफले आकाश पाताल नै ।
शूरो झै अघि सर्न खोज्छ रणमा ताऊ जुगामा दिदै ॥

(२)
खूबै पो छ कि झैँ गराइ सँगमा लाटा सुधा भुच्चुक- Continue reading

Posted in कविता | Tagged | 1 Comment

किराँती दन्त्यकथा : फूलको उत्पत्ति

~सङ्कलक: इमानसिंह चेम्जोङ~

अघि संसारको सृष्टि भइसकेपछि क्रमश : भीर, पहरा, डाँडाकाँडा, पहाडपर्वत तथा नदीखोलाहरू पनि बग्दै गए । पोरोमियोम्फनी महादेवलाई त्यत्तिले पनि साह्रै सुनसान लाग्यो । तिनले पृथ्वीलाई गुञ्जायमान बनाउने इच्छाले समुद्रको खस्रो बालुवा जम्मा गरेर आफ्नो महाशक्तिद्वारा सानो, ठूलो र किसिमकिसिमका माउरी, खागो, बारुला, बच्छयूँ, अरिङ्गाल, भीरमाउरी, भमरा, भालु–भमरा, पहेँले, पुत्का, सुनबारुला, अन्धाबारुला, कुमालकोटी इतयादिका चाका बनाएर बस्ने Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

गजल : निरन्तर खोसिएको छ

~सुजन बुढाथोकी ‘कान्छा’~

मात्र एकपटक खोसिएको छैन निरन्तर खोसिएको छ
सन्सार खोसिएको उस्को बाच्ने अबसर खोसिएको छ

उत्ता अदालतले निबेदन दिन पनि दस्तुर माग्यो
श्रीमान म मज्दुर हु र मेरो ज्यालादर खोसिएको छ Continue reading

Posted in गजल | Tagged | Leave a comment

कथा : टुकीफूल

~अन्वेश राई थुलुङ्ग~

छुट्टिदै गर्दा हल्लिरहेको हात । माथिसम्म उठेर उमंगपूर्वक । अनि ती हल्लिरहेका आत्मिय हात मेरो मनको बगरसम्म पानीका शीतल छालजसरी भिजाइरहेका थिए । अनि त्यहि हातको सीधा मुनि थियो गुराँस फुलेजस्तो मुस्कान बोकेका ओठहरू । यदि जिन्दगी पलमा बाँचिन्छ भने त्यो समय म सबैभन्दा धेरै बाँचिरहेको थिँए सायद, जस्तो इलामको लभडाँडामा चलायमान हुस्सुभित्र बाँचिन्छ । जस्तो वर्षातमा माई खोलाको किनार बाँचिन्छ । अघि बढिरहेको गाडीबाट मैले पनि मुस्कान साटेँ अनि हात हल्लाएँ ।……….. (अनि ?) Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : समय र सम्बन्ध

~मनाेज ज्ञवाली~

सम्बन्ध र साथ एकनास रहदैन नि,
के हुन्छ के, खै एक रङ्गमञ्च जस्तै।
मुस्कुराहट सबै न फुल जस्तो हुन्छ,
न त व्यवहार पारदर्शी पानी जस्तो ।
भनिन्छ सम्बन्ध निःस्वार्थ नि हुन्छन्, Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो मर्मको रक्षार्थ

~सत्य पहाडी~

तिम्रो सम्झनालाई शक्ति बनाएर
विरताको ईतिहास रक्षार्थ
दृढ़ताका मुठि उचालेर
न्याय र समानताको लागि
लडिरहेकै छौं अहोरात्र
तिम्रो प्रेरणाको पटुकि कसेर
निरंकुशताको बिरुद्ध बन्दुक बोकेर
तानाशाहलाई घोडाबाट खसालेकै हो Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : न्याय स्तम्भ

~अनुपम थामी ‘अनुपम’~

छातिको अनन्त गहिराईमा
आमाको माया डुबाएर
यात्रामा हिंड्दै गरेकी
एक अथक छोरीलाई
केही नरपशुहरूले
जिउँदै चिथोरेर
कोपरेर Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : सिट्ठी

~दुर्गा कार्की~

झम्के साँझमा सीमा डेरामा आइपुग्दा घरबेटीले भित्रबाट गेटमा साँचो झुुन्ड्याइसकेका थिए । वरपर केही झ्यालबाट आएको प्रेसरकुकरको तिखो सिट्ठीले परिवेशको चकमन्नता आभास गराउँथ्यो । पर कतै घ्यारर्र सटर तानेको आवाज पनि सुनिँदै थियो । सधैँको भीडग्रस्त र अस्तव्यस्त काठमाडौं त्रस्त र स्तब्ध देखिन्थ्यो ।
‘अन्टी…?’ Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

अनूदित कविता : उँचाइ

~अटल बिहारी वाजपेयी~
अनुवाद : टंक कार्की

अग्ला हिमचोटीमा
रुखहरू हुँदैनन्,
बिरुवा उम्रिदैनन्,
न हुन्छ घाँसकै खैरियत
हुन्छ त खैरियत फगत बरफको
जो हुन्छ कफन जस्तै सफेद औ,
मृत्यु जस्तै ठण्डा,
खेल्ने, हस्सि मजाक गर्ने नदी Continue reading

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कथा : रारा र चन्दन

~बखतबहादुर थापा~

२०४६ सालको बहुदल घोषणापछि राजनीतिक पार्टीहरूको राजकाज सुरु भयो । प्रायः राजनीतिज्ञहरू आफ्नो सङ्घर्षको बदलामा राजसी सुखभोगमा लिप्त भए । सायद भागबन्डा नमिलेको हुनसक्छ, तर केही राजनीतिज्ञहरूले आफ्नो लक्ष्य देश बनाउनु र जनताको जीवन स्तर उकास्नु हो भनेर बाउँटिए । तिनले दुर्गममा पसेर माओवादको नाममा सशस्त्र सङ्घर्ष सुरु गरे । यो आन्दोलन सरकार र माओवादीबीच पूरै दश वर्ष चल्यो । यस आन्दोलनमा सबैभन्दा बढी सर्वसाधारण पेलानमा परे । धेरैको ज्यान गयो । केही माओवादी र सरकारी सुरक्षाकर्मीहरू पनि सहिद भए । हजारौँ हराए । हजारौँ Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : तिजको घोडा

~खेमराज पोखरेल~

तिजको दर खाने दिन थियो । नित्यानन्द कलेजको पिउन गिरी सकेर ६ बजे बेलुका घरमा टुप्लुक्क आइपुगे । उनकी श्रीमती दिलमाया अस्पतालबाट स्विपरको काम सकेर केही क्षण पहिले आएकी थिइन् । हुन त तीज एक महिना पहिलेदेखि टोल, छिमेक तथा आफन्तमा आइसकेको थियो । आज भने तिज उसको सँघारमा ठिङ्ग उभिएको थियो । दर पकाउने सुरसार थियो। Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment