Story : The marriage of Ram Kumar’s son

~Unknown~

Ram Kumar was a second-class officer in The National Bank of Nepal. Married for thirty-five years to the same devoted woman and working year after year amidst the same stack of ledger files, he could be best described as normal. With gaunt features, thick horn rimmed spectacles and a toothbrush moustache, Ram looked as if he was born to be a bank clerk. Now at the age of fifty-five, with just three more years before retirement, he had only one more obligation to fulfill-get his young son married. Continue reading →

Posted in Story | Tagged | Leave a comment

Story : Life Left Lifeless

~Sneh Rajbhandari~

I wake up to a cold and harsh morning. A dull gray light sweeps over the room giving it a surreal look. As more light trickles in, I raise my throbbing head slightly and try to moisten my parched lips. Where am I? I look around at my meager surroundings, the room smelling damp and unclean with moisture seeping in through the cracks in the ceiling. I try to move my hands, but I can’t feel them. Wait, I think they’re tied. The realization makes my wrists burn and my head continues to throb in pain as I try to clear my jumbled Continue reading →

Posted in Story | Tagged | Leave a comment

Translated Poem : A Life Threatening Cold

~Rajab~
Translation : Manjushree Thapa

Important persons in the office have
come down with colds.
This is why these important persons
are not performing
any work
now.

The important persons Continue reading →

Posted in Translated Poem | Tagged , | Leave a comment

मैथिली कविता : जँ फगुवामे एथिन परदेशिया ?

~सुधा मिश्र~

वसन्त लय अँगना सजेबै
मीठ -मीठ पुआ हम पकेबै
लाल -हरियर रंग घोरिलेबै
सब रंगक अबीर उडेबै Continue reading →

Posted in मैथिली कविता | Tagged | Leave a comment

गजल : हत्केला नै खोस्नेहरु छन्

~नविन ध्यार~

औंला दिदा हत्केला नै खोस्नेहरु छन्
फूलै दिए पनि काँडा रोज्नेहरु छन्

दयै गरी आफैले सवैथोक सुम्पिदा पनि
भिखारी नै भयो भनि सोंच्नेहरु छन् Continue reading →

Posted in गजल | Tagged | Leave a comment

बहरबद्ध गजल : जता हेर्छु मैले बबन्डर

~रिजाल किरण~

बहर : मुतकारिब मुसम्मन सालिम

जता हेर्छु मैले बबन्डर बबन्डर
कतै शान्ति छैन पिएकोछु हन्डर ।

बनेको छ प्यासा यहाँ आफ्नो आफै
खोजी दाउ हान्ने लुकेकोछ खन्जर । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : बिस्मात

~दीपक कुमार ज्ञवाली~Deepak Kumar Gyawali

समयको माग भन्दै मौन बसे ।
के देख्नुपर्‍यो जीवन बिछोडको ।
उठ समाऊ लहरा जीवन डोर्‍याउन ।
उगाऊ पानी आफ्नै जीवन बचाऊन ।
शेचनगर अःन्तकरण जाग्नेछ स्मृतिहरु । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : समस्यापूर्ति

~गोपीनाथ लोहनी~

मुहार् कमलको झलक पलकमा मलाई दियौ
अपूर्व रसदानले मन हरेर मेरो लियौ ।
तसर्थ अब प्रेमले यति सकार बिन्ती पनी
नवीन घरको बहार् गर तिमी नवीना बनी ।।१।।

वसन्त ऋतुको छटा रमणिलाइ दिल्दार् हुने Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मनोव्यथाको उत्तर

~चक्रपाणि चालिसे~

सारा मनोरथ कथा हुन गै बिचारा
दारासुतादिहरूले गर्ने पुकारा ।।
आराम शून्य मनले त्यजी अस्रुधारा हाये राम!
रुन्छु कसरी म छुटाउँ भारा।।१।।

विद्वच्छिरोमणि रसिला प्रिय मित्रसाथ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवनसार

~बाबुराम आचार्य~

हुक्का चिलमको शरणै लिनाले। अल्छी गरी हर्दम सूतनाले।।
भन्दैन कोही उसलाइ मानिस। गर्नू पर्छ इलम भनेर जानेस्।।१।।

चेत्याँ बल्ल भुल्याँ र धन्जनमहाँ सारा उमेर् नाश् भयो। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : ब्रिटिश आर्मी नम्बर पाएको त्यो दिन…

~भीम राई~

तिनताका म फुसको छानो भित्र हुर्कंदै गरेको सानो बबुरो जस्तै थिएं । मलाई सुस्तरी उमेरले डोरयाएर भर्खर अठार वर्षमा टेकाएको थियो । जुङ्गाको रेखी बस्नै लागेको त्यो समय मेरो मस्तिष्कमा अझै पनि ताजै छन् । अति विपन्न परिवारमा जन्मेको हुनाले ‘मलाया भर्ती’ भन्ने विषय कुनै एउटा अजीव चिजको पहाड होला भन्ने झैं सोचिरहेको थिएं । त्यसबेला तिनै मलाया भर्ती हुन हामी गाउंदेखि धरान घोपा क्याम्प सम्म जानु पर्दथ्यो । मैले धरान पुगेपछि बल्ल चाल पाएको थिएं । तिनै अपरिचित र अनिश्चित स्थान मलाया भर्ती मलायामा नभएर हङकङ जान पर्ने रहेछ । Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : त्यो घुम्तीपछि

~मिङ लिवाङ~Ming Liwang

बाघपुल नाघेर सेवकेश्वरी काली मन्दिरमा गाडी पुग्दा मनभित्र कतै कटक्क बिझायो।

सडकमा जाम लागेर गाडीको ताँत लागेको छ। आज आइतवार……दर्शनको निम्ति सिलगडीबाट आएका श्रद्धालुहरुको गाडी र घुइँचोले सडक जाम भएकोरहेछ। “सिलगडीकाहरुले यो ठाउँ पनि बिस्तार-बिस्तार आफ्नो बनाईछाड्यो… मन्दिरको नाम पनि सेवकेश्वरी अरे!” कुनै सहयात्रीले आफ्नो मन्तव्य पोख्यो। मलाई उसको मन्तव्यले कुनै असर पार्न सकेन। मनमा माया र प्रेम लडीबडी गरेपछि यस्ता कतिपय कुराहरु तर्कहीन लाग्दोरहेछ…..मान्छेले बनाएका साँध-सीमाना र नियम जम्मै वाहियात लाग्दोरहेछ। हुन त सबै मानिसको एउटै संसार हुँदैन…..आ-आफ्नो बेग्ला-बेग्लै संसार हुन्छ र सबै आ-आफ्ना संसारमा आ-आफ्नै पाराले रमाइरहेका हुन्छन। यो सेवकेश्वरी मन्दिरले अरुलाई के दियो मलाई थाहा छैन तर मलाई जिन्दगीभरिको निम्ति यसले मीठो Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : सर्कस वर्णन

~शम्भुप्रसाद ढुङ्गेल~

देखेर सर्कस पनी बुझी इन्द्रजाल ।
मानीस मूर्ख हुन गै राछन् हवाल ।।
बुद्धि पुर्‍याउन सकेन जसै विचारी ।
भन्छन् छ शक्त्ति शिवको भनि दोष टारी ।।१।।

हा दैव! हामीहरूमा किन ये विचार ।
हे दैव!! हामीहरूलाई तिमी सपार ।।
यो जिन्दगी सहजमै बिति जान लाग्यो । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा र गृहस्थी

~प्रमोद धिताल~

गृहस्थी र आमाको साइनो
धेरै यूग पूरानो हो
आामाले गृहस्थी चलाउनुहुन्छ या
गृहस्थीले आमालाई चलाउँछ ?
यसको जवाफ छैन वहाँसँग
हरेक विहान
पूर्वक्षितिजमा पहेलो सूर्य नउघ्रदै
आमाले आगो सल्काउनुहुन्छ
या आगोले आमालाई सल्काउँछ ?
यसको हिसाब पनि छैन आमासँग । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : चाहना

~गोविन्दराज विनोदी~

स्वप्न रोजै नयाँ देख्न चाहन्छु म
स्वप्नमै जिन्दगी लेख्न चाहन्छु म

सत्य खोज्दा सधैँ चुक्छ यो जिन्दगी
सत्यले घोचिँदा दुख्छ यो जिन्दगी
सत्यका मार्गमा ठेस नै ठेस छन्
सत्यभन्दा यिनै स्वप्न नै बेस छन् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : अपूर्व रमाइलो एउटा तिहार

~जीवन क्षेत्री~Jiwan Kshetry

औंशी हिजै थियो तर अन्धकार आज पनि उत्तिकै थियो । ब्यारेकमा आज महिनौंपछि पहिलो पटक स्यालको रक्सी आइपुगेको थियो । बाहिरबाटै झिकाएको मृगको सुकुटीसित त्यो रक्सी खाएर मेजर रणसिंह शमशेर जबरा सुतेको थियो तर निद्रा आउने नामै लिइरहेको थिएन । मरेको भतिजको अनुहार झल्झली आइरहेको थियो । साथमा ऊ मारिएपछि घर जाँदा आफन ो खुट्टामा छाँद हालेर रोएकी उसकी युवती विधवाको अनुहारले पिछा छोड्नै मानिरहेको थिएन ।

मेजरले कोल्टे फेर्यो । घोप्टो पर्यो । तर कुनै तरिकाबाट निदा आएन । ऊ जस्तोसुकै भयानक युद्धको बीचमा Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गुरुङ लोककथा : वोम्लु

~सङ्कलन : छम गुरुङ~

उहिले शिकार जुगमा, यो संसारमा मरेको र जिम्दो मान्छे सँगै एकै बाटो हिँड्थे, शिकार खेल्थे, सुत्थे पनि सँगै। को मरेको को जिम्दो फरक छुटिँदैनथे, मृत्युको खासै अर्थ थिएन। साप्ता र सिप्ताबीच ङेँनढुक (बिहेकुटुम्ब) हुन्थ्यो। साप्ता ढुङ्गाबाट पैदा भएको, सिप्ता भन्नु चैँ माटोबाट उत्पत्ति भएको मान्छे। माटोभन्दा ढुङ्गाको उमेर बलियो, सिप्ताको आयु साप्ताको भन्दा कम हुन्थ्यो। मरेको मान्छे, जिम्दो मान्छे र देव–देवीहरुबीच कुराकानी, मेलापर्म पनि सँगै गर्ने गर्थे। त्यसउता, रान्जान सिप्ता र ज्वाइँ ग्योलङ पर्पाती साप्ता शिकार खेल्न जान्थे। ज्वाइँ नमरेको, ससुरा मरेको, छोरी नमरेको तर उस्ताउस्तै। Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

कविता : आह्वान

~द्वारिका क्षेत्री~

असहाय छैन
न त निर्धो नै छ नारी
तन र मनले कोमल
तर आत्मविश्वासले दह्रो छ नारी।
जन्म अामाको कोखबाट लिन्छ
तर जीवन जिउने र धर्यको प्रशिक्षण
स्वयं प्रकृति अामाले दिन्छ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

व्यङ्गय : छिप्पेको प्रेमकथा

~कृष्ण शर्मा सुमु~

अब हेर्नू न, प्रेम कथा त हजुरले ईतिहास देखि वा भगवानको पालामा पनि अवस्य सुनु भयो, कथामा पक्का पनि।
फेरि आजकलको झरी च्याउ जस्तो प्रेम कथा पनि नाला,मैदान,खोलातिर,पुल पुलिया,गार्डन् ,आदिमा देख्नु भयो वा कुनै फिल्ममा अवस्य हेर्नू भएको नि छ।

मैले कसैको प्रेम सित आरिस पनि गरेको होईन।
कसैको प्रेम सित मलाई मतलब नि छैन। प्रेम गर कि माया गर मलाई परिभाषित पनि गर्नु छैन।
चाहे अमर अझर गर कि फ्यातुलो। Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

पुस्तक समीक्षा : मूल परेको छोरो

~जय कार्की ~

समर्पणः
आफ्नो जन्मभूमिको निम्ति शहीद बनेका गोर्खे पुुर्खाहरुप्रति श्रद्धान्जलि स्वरुप समपर्ण ।

१० वटा शुभकामना मन्तव्य र पुस्तकको कथाबारेमा चर्चागर्दै शुरु भएको यस पुस्तकमा जम्मा १० वटा कथाहरु संग्रहित छन । भीष्म प्रतिज्ञाबाट प्रारम्भगरी अन्तिममा साईनो कथामार्फत बिट मारिएको छ ।

सरसर्ती पढदा कथाहरुले दिने संदेश जति दिनुपर्ने हो दिन सफल रहेका छन भने मूल परेको छोरो कथाद्धारा पुस्तकको न्वारन गरिएको छ । मूलतः Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : चिसो घाम बिरूद्ध !

~शरद पौडेल~

होईन नि लिखेई आमा,
कोल्ले सिध्याम्नि र गरीप्मारालाई ?
कोल्ले सोत्तर पार्नु र देश लुट्नेलाई ?
बलत्कारी नि उसै छन्
भष्टाचारी नि उसै छन्
बरू ति त, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : नाता

~मोहन अधिकारी~

“दुख दिन्न बाटुली दुख दिन्न !

मैले भनिहालें नि !

तिम्रा यी दुई छोराले मलाई कहिल्यै झडकेलो बाबु भनेर सोच्ने नै छैनन्। Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : सुन्दर पहाडको आक्रोस

~भक्ति शीला~

मेरो यो सुन्दर कोमल छात्ती भरि
अनेकौ बिद्रोहको पाईतालाले
कुल्चेर आज मलाई दुषित
बनाएकोछ
मेरो छात्तीभरि चियाको कलिला
मुनाहरु,लाली गुराँस,चाँप चमेली Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : खबरदार

~असीम सागर~

भान्सा घरको आलमारीमा
सजाई राखिएको छ धोई पखाली
केही गिलास र कटोराहरू

प्रत्येक गिलास र कटोराभित्र
प्रतिबन्ध अँध्यारोलाई Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटी स्वास्नीमान्छेको अन्तरवार्ता

~पारिजात~Parijaat

ज्यू,
काम गरेकोमात्र थाहा छ
दुःख पाएको मात्र थाहा छ
फाटेको चोलो र जडाउरी गुनिउँ
लगाएकोमात्र थाहा छ
जोबन सोध्नु भएको ?
त्यो त हजुर आएको गएकै थाहा छैन ।
खै, जान्ने सुन्नेले भनेको
मेरो जोबन त जिम्मुवालको ऊ त्यो
गहँुबारीमा सप्रिसक्यो रे
उसैको करेसाबारीको सयपत्रीमा फुलिसक्यो रे Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : गङ्गा नीलो बग्छु

~वैरागी काइँला~Bairagi Kaila

यात्री –
उ
भि
न्छु
।
कुदेर
बुद्विसम्म भित्र-बाहिर
कति पुगिनँ-छु-ले नित्य शिलाखण्ड उभिन्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : आजको रात म लेख्नसक्छु

~पाब्लो नेरूदा~
अनुवाद : पर्बत लावती

आजको रात म लेख्नसक्छु सबभन्दा उदास पंक्तिहरू
लेख्नु, जस्तो कि, “तारै ताराले भरिएको छ रात
र ताराहरू छन् नीला अनि टाढा काँपीरहेका“

रात्री हावा आकाशमा घुम्दछ र गाँउदछ ।

आजको रात म लेख्नसक्छु सबभन्दा उदास पंक्तिहरू Continue reading →

Posted in अनूदित कविता | Tagged , | Leave a comment

समीक्षा : बैरागी काइँलाका कृतित्व, व्यक्तित्व : सामान्य परिचय

~अप्सरा लावती लिम्बू~

ब्रम्हाण्डका सृष्टीहरू नासवान छन्,जीववनस्पती सम्पुर्ण । तर मानवजीवन एक यस्तो अलौकिक बरदान हो, जो भौतीक शरीरको त्याग र बिलय पछि पनि आफ्नो काम प्रतिको साधना, तपश्याका कारण सदियौ बर्ष जीविन्त रहन सक्दछ ।तिनै निष्ठाहरूको कारणपुष्तौ पुष्तासम्म अमरत्व प्राप्त गर्दछ र विश्वसामु पहिचानका वृष्टि छर्दछ।

तर यी यथार्थहरूका बाबजुद पनि हिजोआज मानिसहरू स्रोत र साधनको ब्यापक प्रयोग र उपलब्धीका कारण दिनदिनानु मानशिक तप र शारिरीक जागरुकतामा निष्कृय हुने क्रम बढ्दोछ । नयाँ जीवनशैलीको प्रभावले सृजानात्मक क्षेत्रबाट बिमुख हुने क्रम बढ्दोछ । Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

कथा : मध्यरातको कथा

~सुरञ्जन घिमिरे~

उसको शरीरमा बेग्लै कामुकता थियो र ओठमा अर्कै मादकता ।

लाग्छ, ऊ कुनै अर्कै ग्रहकी युवती हो । तर उसबारे यस्तो कल्पनातीत विचार राख्नु आफैंमा मुर्खता हुन जाला । यस्तो विचारले उसको श्रृङ्गारीक प्रभावबाट म प्रभावित हुन नसकुँला त्यसैले ऊ जे हो र जस्ती हो त्यो नितान्त प्रकृतिक र लौकिक नै हो भन्ने मान्थें ।

ऊ हरेक मध्यरातमा छनछन पाउजु बजाउँदै मेरा कोठामा प्रवेश गर्थी । उसको आगमनको बोधबाट मेरो निन्द्रा खुल्थ्यो । म झसङ्ग हुन्थेँ । हिजोआज यो घटना प्रत्येक रातमा घट्ने एउटा स्वभाविक घटना हो भन्ने सम्झिदैँ आफूलाई सम्हाल्थेँ । आजभोलि मलाई यो घटना सामान्य लाग्न थालेको छ । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

बाल कथा : निलिमाको नयाँ स्कुल

~माधव सयपत्री~Madhab Sayapatri

निलिमाको बाबा सहरमा जागिर खानुहुन्थ्यो । गाउँमा ६ कक्षा पास गरेपछि लिमालाई बाबाले सहर लैजानुभयो । आमा पनि सँगै जानुभयो । बाबाले सहरको सुविधासम्पन्न स्कुलमा निलिमालाई कक्षा ७ मा भर्ना गरिदिनुभयो ।

नयाँ स्कुलमा पिङ थियो । स्विमिङ्ग पुल थियो । चिप्लेटी खेल्ने ठाउँ थियो । सुन्दर बगैँचा थियो । खेल्नका लागि प्रशस्त साम्रगी थिए । सिँगारपटार पारिएको कक्षा थियो । सरमिसले इन्टरनेटबाट खोजीखोजी, प्रोजेक्टरबाट देखाईदेखाई सिकाउनुहुन्थ्यो । नेपालीबाहेक सबै विषय अङ्ग्रेजीमा पढाइ हुन्थ्यो । अभफ् ‘इङ्लिस स्पिकिङ्ग Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

किराँती दन्त्यकथा : लाप्चा पुरोहित

~सङ्कलक: इमानसिंह चेम्जोङ~

भगवानकाे काम सृष्टिमा मात्रै सीमित हुन सकेन । उनलाई सृष्टि गर्नुका साथै आफ्नो सृष्टिको सुरक्षाका लागि अरुअरु काम काम गर्ने गरुरत पनि पर्यो । यसका सम्बन्धमा रुचिकर कथा पाइन्छ ।

सुरुमा आकाश, पृथ्वी, समुद्र, सूर्य, चन्द्रमा, तारा, ग्रह, पशुपक्षी, कीटपलङ्ग, मानिसहरुको सृजना गरिसकेपछि भगवान्ले मानिस र आफ्ना बीचमा दोभाषे काम गर्ने एक जना बुङ्थिङ (लाप्चा पुरोहित) राख्ने मनसाय गरे र उनले गोपे बाँसलाई बुङ्थिङको काम गर्नू भनी पृथ्वीमा पठाए । तर ऊ पृथ्वीमा आई बुङ्थिङको काम नगरी Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

किराँती दन्त्यकथा : आगो र पानी

~सङ्कलक: शिवकुमार श्रेष्ठ~

सृष्टिको प्रारम्भिक कालमा सर्वव्यापी परमात्मा तागेरा निङ्वाफुमाङले पृथ्वीका सम्पूर्ण प्राणीहरूका भलाइका लागि आगो र पानीको सृष्टि गरे । एक दिन आगो र पानीका बातचितमा तँ ठूलो कि म ठूलो भन्ने कुरामा ठूलो झगडा भयो । आगोले पानीलाई भन्यो- “तँभन्दा म ठूलो हुँ किनभने मैले भयङ्कर रूप धारणा गरेर संसारलाई डढाउन सक्छु। त्यसैले तेरो शक्तिभन्दा मेरो शक्ति ठूलो छ।”

त्यसपछि पानीले आगोलाई भन्यो- “तँ बढी के कुरा गर्छस? तँभन्दा म धेरै ठूलो हुँ किनभने मैले भयङ्कर रूप लिएर संसारलाई नै डुबाउन सक्छु ।” Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment