~नविन ध्यार~
औंला दिदा हत्केला नै खोस्नेहरु छन्
फूलै दिए पनि काँडा रोज्नेहरु छन्
दयै गरी आफैले सवैथोक सुम्पिदा पनि
भिखारी नै भयो भनि सोंच्नेहरु छन्
जीवन हो सुखैले जिउनु पर्छ भन्दा
काखैमा नि मृत्यु बोकि हिंड्नेहरु छन्
रहेसम्म यौवनको रसराग ताजा
नक्कली प्यारको मार भोग्नेहरु छन् ।।
नविन ध्यार
वि.पि.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान
एम्.बि.बि.एस.
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )