समीक्षा : संविधानमा साहित्य

~कुलचन्द्र वाग्ले~

अब बन्ने लोकतान्त्रिक संविधानमा साहित्यको स्थान र मान के हुने ? यसका लागि बोलिदिने कसले ? सङ्घीय संरचनामा मुलुकको रूपान्तरण हुँदा साहित्यको सङ्घीय स्वरूपको विस्तार र स्थापना कसरी हुनसक्छ ? साहित्य स्वयंमा सिर्जना हो, त्यो प्रतिकूल र अनुकूल दुवै अवस्थामा प्रस्फुटित, विकसित र विस्तारित हुन्छ । यही मान्यतालाई आत्मसात् गरेर निस्पृह रहने हो भने पनि साहित्य त ढुङ्गाको काप फोरेर पनि उम्रन्छ पीपल, भनेझैँ उमि्ररहने छ । यसको गति जुनसुकै शैलीमा होस् भइरहने छ तर अवरुद्ध भने हुने छैन । यसो भन्दैमा साहित्यको स्थान र मानको खोजी वा स्थापना हुनुपर्छ कि पर्दैन ? पर्छ भने यसका लागि बोलिदिने, लेखिदिने कसले ? के राज्यको यस विषयमा जिम्मेवारी हुन्छ वा हँुदैन Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : कन्चनजंगा

~भिमा राई ‘तोलाछा’~bhima-rai-tolachha

कारंगकुरुंगका हुल पुनः एक पल्ट
आकाशै ढाकेर उड़िरहेछ
कालो बादल हटेर गोर्खाको शिर शिरमा
लालीगुराँस सजिएको छ
प्रत्येक गोर्खाको छाती छातीमा सम्पूर्ण कन्चनजंगा
एउटा गतिलो आभा भएर मस्तसित उभिएको छ

बन्द कमानका मजदुरहरू Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : बिना शर्त गरी रा’छु

~रवि प्राञ्जल~

जे जे भन्छौ सबै बिना शर्त गरी रा’छु ।
किनार भेट्न अझै मैले नर्क तरी रा’छु।

थाहा छैन त्यो मुटुमा कहाँ निर छु म ?
सगरमाथा जस्तै हरेक वर्ष सरी रा’छु। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : माटो-मुक्तिको प्रयोगशालामा

~जय क्याक्टस~

कति तिक्खर हुन्छ
माटोको सुगन्ध
स्वबोधको प्रयोगशालामा।

भनेको छु-
एकैक्षण,
कविता, एकैक्षण
मौनता बोलिदेऊ –
त्यही मौनताको एन्थ्रेक्स बोकेर
म हाम्रो परिचय खोज्छु। पहिले। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : हजुरको तिर्खा

~इश्वरवल्लभ~

किन अचेल तिर्खा लाग्छ
बिहान र त्यसको वरिपरिको परिवेशको
कतै बिहानमा तिमी त छैनौ,
कि किरण भएर अल्झिरहेको ,
कि भएर पानीजस्तो शिखरबाट छहरा झैँ झरिरहेको
होइन, सबै विडम्बना हुन्
म ढाँटिरहेको छु –
म तिमीलाई लेख्न खोज्छु
र भन्न खोज्छु तिर्खा लाग्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : कुसंस्कारप्रति आभार

~धीरेन्द्र प्रेमर्षि~

आज अचानक मलाई मेरो संस्कारप्रति गर्व हुन थालेको छ। हिजोका दिनमा हाल मैले मिल्काइसकेका कतिपय संस्कारहरूमा कु जोड्ने गरेका मेरा शुभचिन्तकहरूको मथिंगलमा कान्छो छोरोलाई अह्राएर सू गराइदिन मन लागेको छ। त्यस्ता थुप्रै संस्कार, जसलाई मैले साथीहरूको लहैलहैमा लागेर कुसंस्कारको तमगा भिडाउँदै पन्छाइदिएको थिएँ, ती सबै कन्टेनरबाट खोजीखोजी ल्याउँदै मलाई चाँदीको फ्रेममा सजाउन मन लागिरहेको छ। आज मैले मेरा ती अमूल्य कुसंस्कार मात्र जोगाइराख्न सकेको भए म पनि सम्पन्नता र सभ्यताको सगरमाथामा तेस्रो शिविरमा तम्बू गाडेर चुचुरोमा झन्डा गाड्ने योजना बनाइरहेको हुन्थेँ। तर, खै कसरी हो, बुद्धि मासिएर अहिले आफैँप्रति पनि Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : कल्पना

~विष्णुकुमार श्रेष्ठ~

अँधेरो एक कुनामा दिन पर्खी रात बिताउन ।
मेरै मधुरो स्वप्न सँगाली घोरीई रहेकी होली ।।

फूलको कोपिला हेर्दै दील खोली गीत गाउन ।
कल्पनाको नील गगनमा चहारी रहेकी होली ।। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

Translated Poem : My Country and Me

~Nirmal Tamang~
Translation : Raja Puniani

Only to boost own development rate
My beloved country works hard.
And keeps me abreast of her development rate.

I am ruined
For I am abandoned
From my due right to enjoy a share thereof. Continue reading →

Posted in Translated Poem | Tagged , | Leave a comment

कविता : अतृप्त चाहना

~मधुश्री~

तिमी सँग सँधैँ भरी खुशी-खुशी बाँच्न पाउँ
ति नजर भित्र बसी तिम्रै दृष्टि देख्न पाउँ
मुस्कानमा तिम्रो खुशी सर्वत्र नै हेर्न पाउँ
अरु केही चाहिन्न भो तिम्रो प्रिय बन्न पाउँ

तिमी हाँस्दा यस्तो लाग्छ जुन तारा चम्किँदैछ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

बाल कथा : जुरेलीको गुंड

~भोला दुलाल~

“बा!बा! त्यो पैयुको हागा नकाट्नु है, तेसमा जुरेलीको गुंड छ। अस्तिमात्रै बच्चालाई चारो खुवाइरहेको मैले देखेको थिएँ। ” मैया बालाई सम्झाउदै थिइ। बा भने आफ्नो सुर छोड्नेमा हुनुहुदैनथ्यो। खुर्पा ढुङ्गामा घोट्दै आज यि पैयुका हागा नछिमोली भएन भनेर अगाडि सर्नुभयो। मैया फेरी बालाई भन्न लागि, “बा सुन्नुभएन ? त्यहाँ जुरेलीको गुंड छ भनेर?” किन किन मैयाले घर छेउको पैयुको रुखलाई असाध्यै माया गर्थी। ऊ नजन्मदै ठूलो थियो रे त्यो रुख। हजुरआमाले भन्नुभएको त्यहाँ थलिचराका गुंड धेरै हुन्थ्यो रे। काग,ढुक्कुर र कुक्कु चराको त बासै अन्त हुँदैन थ्यो रे। बाले बेला-बेलामा हागा छिमोलेर नफस्टाएको रे त्यो रुख। मैया जन्मेकोपनि अहिले सात-आठ वर्ष भैसकेको छ। उसले जान्दाजान्दै Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

कथा : ओसिस

~नव सापकोटा~

कला गोष्टीमा रमेशले केही दिनअघि आफूले पढेको अङ्ग्रेजी लेखकको एउटा मरुभूमिको निकै राम्रो कथा राम्ररी वर्णन गऱ्यो। श्रोताहरूमध्ये मनोजले साह्रै चाख लिएर सुनेको थियो। अन्तमा उसले त्यस कला वर्णनमाथि केही जिज्ञासा पनि राखेको थियो। यथार्थमा त्यस कथाले उसलाई प्रभावित पारेको थियो। अरू श्रोताहरूले त्यस कुराको लख काटेका थिए। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : जीवन छायाँ

~डा.मधु माधुर्य~

मेरा यात्रीहरु, लौ हेर मेरो मन चित्र
भित्र बाहिर सबै देख्यौ ? भयो विचित्र
शून्यताको गुँडभित्र पूर्णताको वास छ
सास छउञ्जेल जीवनको अनमोल आस छ
साथमा मेरो छाया छ, म एक्लो छैन… ।

सुखमा साथ दिनेहरु छन् Continue reading →

Posted in कविता | Tagged | 2 Comments

कविता : निष्ठुरी बालक

~राजेश ढुंगाना~

ईश्वरले मलाई हात दुवै दिए
तर
यी हातले म केही गर्न सक्दिन
त्यसैले ।
कहिले म सोच्दछु,
सपना रहेछ जीवन
कहिले म सोच्दछु
अन्धकार रहेछ जीवन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : पहिचान !

~शरद पौडेल~

भ्रममा नपर साथी!
अहँ, जुनसुकै प्रयत्नले पनि
उ तिमीजस्तो हुनै सक्दैन !
उ फरक बीज हो स्वयंमा
अनि तिमी पनि !

दारी पाल्दैमा न त मार्क्स बनिन्छ, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : भो अब नसम्झ

~कृष्ण शर्मा सुमु~

फुटेका काँचका चुरा हुँ
थुकेको थुकको छिटा
न सम्झ अब भो मलाई
टुटेको साथको विदा।

न बोलाउ मलाई गाजलु
नभन भो अब मायालु
बाटो फरकफरक बनायो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : चियाबारी-हाम्रो बिर्ता

~अर्जुन शर्मा निरौला~

पहाड़ मधेश तराई सबैतिर रूपिॅयाको पौधा
पिता पुर्खा मुग्लान पसे यी पोथ्राले गर्दा।।
रूपिॅया फल्ने बुच्का हाम्रो चिया यस्को नाम
कति पुस्ता बितिसके गरी यही काम ।।

चिनिॅया र आसामेली – दुईथरी यस्को जात Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रतिक्षा

~स्वर्णिम गुरुङ~

सुदूर देशबाट …
तिमी फर्कि आउने प्रतिक्षामा
सुस्त सुस्त ढल्न लागेको
मेरो जोबनलाई
तिम्रा मनका आँखाले नियालेर
हेर त कान्छा..
कैंयौ वर्षहरू तिम्रै बाटो कुर्दा कुर्दै
व्याकुल भएर
मेरो जोबन यहाँ
आँखाका नुनिला पानीले गलाएर
अब त लत्रक्कै Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बुझ्नु यहाँ तब

~बि. कुलुङ~

जब जलप्रपातले रुझेका कौलास्ने रातहरुमा
फटयांग्रोले रात्रि कालिन गीतहरु गाउन छोडछन्
जब सीकसीक लाग्दा त्यो लामो रजनीहरुमा
भ्यागुतोले बिट बक्सहरु बजाउन छोडछन्

जब उतिस(रुखको आड लिएर
झ्याउँकिरीहरुले Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : इतिहासको रिभर्स

~बलराम तिमिल्सिना~

बुढी गाई त पहिलै थियो
दौरा सुरुवाल पनि फर्कियो
सारी चोलो फर्कियो
अव विस्तारै फर्कन सक्छ
‘श्रीमान गम्भीर’
मस्कदै मस्कदै नागार्जुनबाट
ओर्लन सक्छ निर्वासित अतित ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अपराधीले पछारेको थियो

~सबिता लामा~

हो मलाई अपराधीले पछारेको थियो..
ढुङ्गा माटो गेगरमाथी थचारेको थियो..!!

रोए अनि कराए म सुन्ने कोहि नहुदा..
शरीर भरी जताततै चिथारेको थियो..!! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : स्वतन्त्र सूर्य

~अलेक्सान्द्र प्रोकोफेएभ~

सवै दिशामा
सबै गाउंमा
मुस्कान, नेत्र
वसन्त फुल्दो……
पहाड र खोंच
लेक र बेंसी
सिरेटो शत्रु
सुसाउने छैन । Continue reading →

Posted in अनूदित कविता | Tagged | Leave a comment

गित : म त धर्तिको बोझ

~नेकी धनेन्द्र~

मेरो यो जिवन चाहेर पनि बदलिन सकेन
घृणा गर्छ जुन समाजले न्याय दिन सकेन
म त धर्तिको बोझ
पागल हुँ म पागल हुँ कसैले गर्दैन खोज Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

नियात्रा : एङ्गेल्सका यादहरु

~भीम राई~

हरेक हिउद पछि बर्षा आउथ्यो र जान्थ्यो । त्यसरि नै अनगिन्ति हिउदहरु आफ्नै गतिमा बहदै गई रह्यो । जिन्दगीका धेरै हिउदहरु बितेर गएपनि मलाई फ्रेडरिक एङ्गेल्सले म्यानचेस्टरमा बिताएका ठाउँहरु पुग्न रहर पालि रहेको थियो । तिनै रहरहरु लाई साकार पार्न एक दिन हामी लाईम स्ट्रिट लिभरपुल रेल स्टेसन पुगेका थियौ । बिहानको दश बजे स्टेसन भित्र छिरेपछि भित्तामा देखाईएका बिधुतिय सुचना पार्टीलाई मैले एक झलक नियालेर हेरे । दश बजेर सत्र मिनेटमा एउटा रेल म्यानचेस्टर तर्फ जादै गरेको देखेपछि तिनै रेललाई सामातेर त्यसतर्फ जाने हामीले निधो गर्यौ ।

“तिमी यतै उभि रहनु है ?”

तारालाई सानो स्वरमा भने र हिडदै टिकट किन्ने काउन्टर नजिकै पुगे । म त्यहाँ पुग्दा केहि मानिसहरु काउन्ट Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : सीमाभञ्जक सोच !

~बलराम तिमिल्सिना~

मात्र दुई वटा विकल्प दिइयो-
कि जित्न तयार हौ र लड्न आऊ
कि हार्न तयार हौ र हात उठाऊ
जिते विजेताको माला लगाउँछौ फूलको
हारे हरुवाको माला लगाउँछौ फलामको
छिटो छिटो रोज /कुनै यौटा रोज
यो दुईमा एक रोज्ने विकल्प Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : गर्मी १

~अबिर खालिङ

आगोको साइरन बजाएर
उ
हाम्रो शहरमा पसेको छ
लु को बुट बजार्दै
गरेको छ आनन्दको चिरहरण
रिक्सवालाको खोपिलामा च्यापिएर
घुमिहिडेको छ शहरमा
ज्यामीको निधारमा
भरियाको थाप्लोमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : यौटा ज्यामी इतिहास पढ्छ

~ब्रर्तोल्त ब्रेख्त~
अनुवादक – मनु मन्जिल

थेब्स सहरका सातद्वार कसले बनायो ?
किताबका पानाहरूभरि त राजाहरूको नाम छ
के राजाहरूले नै ती खस्रा, बडे–बडे ढुंगाहरू उचालेर ल्याए ?
र वेविलोन जो धेरैपटक नष्ट भयो
कसले पटक–पटक निर्माण गरिदियो ?
सुनै सुनले चम्केको लिमा सहरको
कुन घरमा बस्थे त्यसका निर्माताहरू ? Continue reading →

Posted in अनूदित कविता | Tagged , | 1 Comment

भलाकुसारी : समाजले मलाई फरक फरकरुपमा चिन्दछ –इस्माली

अक्षरवार्तारूपी यो कुरोकानी परिचयबाट नै थालौँ कि ..?

अवश्य । परिचय नै नगरी त कुरै गर्न मिलेन नि । कुरो खुल्दैन पनि । अग्निचक्रसँगको मेरो चिनजान पातलै हो । ज्ञानको विविध विधाको संयोजित स्वरूप बोकेर प्रकाशित हुने गरेको यो पत्रिका स्तरीय र पठनीय छ । अग्निचक्रले मलाई कसरी चिन्दछ म जान्दिन तर विभिन्न समाजले मलाई फरकफरक रूपमा जान्दछ चिन्दछ । मलाई मानामुठीको जोहोमेसोको बाटो देखाइदिने विद्याको अनुरागीहरूको समाजतिरका धेरैजसोले मलाई गणित शिक्षकका रूपमा चिन्दछन् । आफ्नो जीवनको चार दशकभन्दा पनि बढीको समय यही काम गरेर बिताइँदैछ । गणित पढनेपढाउने भएकैले पनि हो कि बेरोजगार कहिल्यै हुनु परेन,बरु ठाउँ धेरै चहारियो । शिक्षकको पेसामा सुखशयलभन्या त्यस्तै हो । यो Continue reading →

Posted in साहित्यिक भलाकुसारी | Tagged , | Leave a comment

कविता : बार्ता भङ्ग

~मिलन मल्ल~

खोइ हिजो तिमी कहाँ थियौ ?
तिमिलाई हामीले कहाँ खोजेनौ ?
गल्ली गल्ली खोज्यौं,
भट्टी भट्टी खोज्यौं,
तिमीलाई सुन्नेहरुको पछि लाग्दै
कहिले पाटन तिर,
तिमीलाई देख्नेहरुको भर पर्दै Continue reading →

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : मेरी वहिनी

~बसिर साखावर्ज~
अनुवाद : जय कार्की

बाक्लिएको दूरीसंगै
हिमालका पर्खालहरुवाट
समुन्द्रको गहिराइवाट
गए रात मैले तिमीलाई स्पर्श गरें
तिम्रो दुःखलाई सुम्सुम्याएं तिनीहरु मेरै रहेछन्
जहाँ शिशुहरुको मुस्कानको अर्थ छैन । Continue reading →

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : मह

~यकिना अगाध~

हे मेरो ब्रम्हादेव !

हे मेरो सृष्टिकर्ता !

अघि बनाइ दियौ हजुरले Continue reading →

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : अ कप अफ मुराकामी

~प्रवीण~

म अनभिज्ञ छु ।

मलाई थाहा छैन, म के लेख्न गइरहेको छु ? के लेख्न चाहन्छु ? म खोक्रो भएको छु । मभित्र शब्दहरू अचेल आउन मान्दैनन् । मसँग खेल्न चाहँदैनन् । मद्वारा लेखिन मान्दैनन् ।

के लेखूँ ?

~ यो आफ्नैै खोक्रोपन ? Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

अनूदित नाटक : क्यालिगुला

~एल्बर्ट केमु~
अनुवाद : त्रिवेणी

दृश्य

(केही भारदार, एकजना वृद्ध भारदार पनि, उनीहरु विशाल राजदरबारको सभा–कक्षमा भेला भएका छन् । सबै चिन्तित मुद्रामा देखिन्छन् ।)

पहिलो भारदार : अहिलेसम्म केही अत्तोपत्तो छैन ।
वृद्ध भारदार : हिजोको रात कुर्दैमा बित्यो, आजको बिहान पनि ।
दोस्रो भारदार : तीन दिन भै’सक्यो समाचार नआएको । अचम्म !
वृद्ध भारदार : हाम्रा दूत बाहिर जान्छन्, आँउछन् । सधैँ नै शिर झुकाएर टाउको हल्लाउने, उनीहरुको उत्तरमा पुनरावृत्ति हुन्छ, “अत्तोपत्तो छैन” !
दोस्रो भारदार : उनीहरु राज्यका सबै कुनाकाप्चामा पुगेका हुन्, यो भन्दा अधिक के नै गरुन् र ?
पहिलो भारदार : हामीसँग धैर्यको विकल्प छैन । यतिबिघ्न बाधा सहनुको कुनै उपलब्धी रहेन । शायद, हामीलाई अकस्मात छोडेझैं, ऊ अकस्मात फर्किन पनि सक्छ ।
वृद्ध भारदार : जब दरबार छाड्दै गर्दा मैले उसलाई देखेको थिएँ, उसका आँखामा अनौठो दृष्टि थियो Continue reading →

Posted in अनूदित नाटक | Tagged , , | Leave a comment