गीति कविता : एउटी मनकी गोरी

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~

न्याउली चरी किन रुन्छेस् नरो कठैबरी
प्रेममय भयो संसार बुझ्दिनस् हँ चरी
अझैसम्म विरहनै सम्झिबस्छे मोरी
माया गाँस्न आइसकी एउटी मनकी गोरी ।

गीत गाउन किन बिसर्िस् कोइली रनबन
यस्तो सुखद् बेला बीच नखुम्च्यान मन Continue reading →

Posted in गीति कविता | Tagged | Leave a comment

भलाकुसारी : यो समाजको ताल देखेर म विद्रोही बनें : पुष्कर लोहनी

पुष्कर लोहनी र यौन साहित्य पर्याय बनिसकेका छन् । ८२ वर्षीय लोहनी नेपाली साहित्यमा फ्रायडवादी सिद्धान्तको पैरवी गर्दै आएका ‘यौन साहित्यका आइकन’ मानिन्छन् ।

कवि एवं कथाकारका रुपमा परिचित लोहनी नेपाली साहित्यका कडा आलोचकसमेत हुन् । उनी मानिसको जीवन र अस्तित्वसँगै साहित्यमा पनि यौनको उपस्थिति हुने मान्यता राख्छन् । उनी यौनलाई रतिराग होइन, मानिसको अस्तित्व र अहमसँग जोडेर हेर्छन् ।

दुई दशक प्राध्यापन र त्यति नै समय अनुसन्धानमूलक कार्यमा बिताएका लोहनी ७० वर्षदेखि नेपाली साहित्यमा Continue reading →

Posted in साहित्यिक भलाकुसारी | Tagged , | Leave a comment

कथा : पश्चाताप

~सोनु कुमार सुनार~

हरियालाल गाउँको पुंजीवाल मानिस थियो गाउँमा सबैभन्दा उसको सम्पति बढि थियो उसका दुइवटा छोराहरु गलेन्द्र र खलेन्द्र थिए । उसले आफ्नो छोराहरुलाइ कुनै पनि प्रकारको अभावको महशुस हुन दिएको थिएन । उनिहरु पनि बाबुको प्रशस्त सम्पतिमा रमाइ रमाइ बसीरहेका थिए । घरमा आमा बुवाको मायाले गर्दा यि दुइले अरुहरुलाइ मान्छेसरह ब्यवहार गर्दैनथे । उनिहरु गाउंका कमजोर बालबालिकाहरु कुट्ने गर्थे ,गाउको साहुको छारा ले कुटेको भनेपछि कोहीपनि चु गरेर वोल्न सक्दैन थिए । गाउंमा गलेन्द्र र खलेन्द्रले अनैतिक गतिबिधी गर्दै गए । हरीयालाल Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : एक चियान उपन्यासको विश्लेषण

~मदन पौडेल~

लेखकीय दृष्टिकोण

वर्तमान समयमा साहित्यको परिभाषालाई आ–आफ्नो ढ·ले दिने गरेको पाइन्छ । संस्कृतको ‘सहित’ बाट बनेको साहित्य शब्दले सहभाव अर्थात् सहितसँग हुने भाव बुझाउँछ । साहित्यमा शब्द र अर्थको मिलन हुन्छ, भाव र विचारको सम्मिलन हुन्छ, कल्पना र अभिव्यक्तिको संयोग हुन्छ जसले समाजका विविध रहरलाग्दा कहरलाग्दा विषयवस्तुलाई समेटेको हुन्छ । त्यसैले यसलाई समाजको ऐना पनि भन्ने गरिन्छ । समाजको ऐनाको रूपमा साहित्यलाई बुझिन्छ भने समालोचनालाई साहित्यको ऐनाका रूपमा बुझ्ने गरिन्छ । हरेक साहित्यिक कृतिको आफ्नो मूल्य, शक्ति र सीमा रहेका हुन्छन् । कृतिमा आएका पक्षहरूलाई तर्कयुक्त परीक्षण, मूल्याड्ढन, सत्यापन गरी बाहिर ल्याउने Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

कथा : भोक

~हरिप्रसाद भण्डारी~

उसको खाली पेटमा दुईचार घुट्की रक्सी परेपछि माथि टाउकादेखि नै उसको शरीर झम्झमाउन सुरु ग¥यो । रक्सीको नसासँगै उसको मन पनि तरङ्गिदै गइरहेको थियो र ऊ भावुक हुँदै गइरहेकी थिई । उसको अगाडि रहेको गिलासबाहेक अर्को साथी कोही थिएन । गिलासलाई साथी मानी र मुसार्न लागी । सोचाइका तरङ्गहरू झन् झन् गहिरिदै जान थाले । उसले विगत, वर्तमान र आगतसम्मका कुराहरू सोच्दै गई । उसले आफ्नो जीवनमा फूल भन्दा पनि काँडा धेरै भएको पाई । असैह्य पीडाले उसको मन विह्वल बन्यो । अनि भर्खर मुखबाट भित्र पठाएका रक्सीका थोपाहरू नुनिला आँसु बनेर आँखाबाट बाहिर पोखिन थाले । आँखाका आँसु पुच्न भ्याउँदा नभ्याउँदै नाकबाट सिगान मिश्रित पानी बग्न थाल्यो । पहिले सिँ गरेर फाली अनि पछ्यौराले आँखा र नाक दुवै पुच्न थाली । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : शान्तिको चाहना

~इन्द्रकुमार ‘विकल्प’~

भूगोलका अक्षांश र देशान्तरका
काल्पनिक रेदाङ्कन झैँ पनि,
शान्तिको कुनै सिमान्त रेखा भेटिएको छैन
जहाँ गएर टक्क कोरिदिउँ
र ……..परिभाषित गरिदिउँ
अनि, शान्तिको सुसेली हालूँ ।

आर्तनाद—कोलाहलले सन्त्रास पूर्ण Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : लोग्ने

~ऋचा ढुङ्गेल~

कति गाह्रो नाता हो यो;कस्तो जटिल शब्द यो-लोग्ने,
अलग शरीर,अलग सोचको साथ रही;दु:ख सुख भोग्ने ।
शब्द शब्द केलाउने बानी मेरो,शब्दलाई पाथीमा बोक्ने उनको,
भूत लेख्दै अमर बनाउने मेरो प्रयास,लेखै नपढ्ने स्वभाव उनको ।।

धेरै नजिकिंदा यो पनि बिर्सिइदो रहेछ;मानिस दुई नै हो भनी,
बेला बेलामा स्वत: प्रकृतिले सम्झाउँछ शरिरको गोटा गनी । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

पुष्कर लोहनीका ९ हाइकु

~पुष्कर लोहनी~

१,
घाम चर्किंदा
उडेको कालो मन
चुलो भत्किँदा ।

२,
सूर्य छिरेछ
आँखेझ्याल छेडेर
उज्यालो झर्दा । Continue reading →

Posted in हाइकु | Tagged | Leave a comment

कविता : शून्यता

~नविन ध्यार~

कोहि संग बोल्दै गर्दा
मेरो मानसपटलमा
बाल्यकालको
एउटा यस्तो परिवेशको याद आउँछ ।

बर्षा याममा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

मैथिली गजल : हम सिनेहक लुती

~सुधा मिश्र~

हम बगियाके फुल गमैक हृदय अँहाक जाइय
हम सिनेहक लुती सुलैग हृदय अँहाक जाइय

कारी घनगर केश जखन बादल बनि वरैसय
वादुर पपिहा गवैय भिजैत हृदय अँहाक जाइय Continue reading →

Posted in मैथिली गजल | Tagged | Leave a comment

कविता : सम्बन्धहरुको समापन

~सुजन बुढाथोकी ‘कान्छा’~

फिज्ममा राखेर चिसिएका
समानहरु झै
अनायासै किन चिसिए आज
हाम्रा समबन्धहरु !

मैले सोचे थे
प्यारको आग बालेर
उपहारमा तिमिलाइ
सुगन्धित रागहरु दिउला
तर अफसोच,
समयको बतास,आधी भएर आयो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : दुःखको कला

~राजेन्द्र तारकिणी~

खुसी कति हलुँगो चिज हो,
हेर्नुहोस् सिमलको भुवालाई
दुःख कति गहु्रँगो चिज हो,
हेर्नुहोस् फलामको डल्लोलाई

पट्ट फुट्छ सिमल र उड्छ माथि Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : एकजाेडी वैज्ञानिक

~डा. विदुर चालिसे~

मेरा अाँगनमा त्यसै झरेका
बेला बेलाका गड्याैलाहरू
फरक अाकार र स्वभावमा छन्
म उनीहरूलाई नियालिरहेछु
तिनीहरूकाे जीवन पध्दती बारे !

जीव विकासका चरणमा छट्पटाइरहेका Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मानव सभ्यताको बिन्दु र रेखा कविता

~टंक वनेम~Tanka Wanem

मानव सभ्यताको बिन्दुबाट छुट्टिएका
ऋगबेद….
बाइबल….
कुरान…..
मुन्धुम्……
टि्पिटक …..
……………
……………
……………
……………

त्यहीँ आस्थाको बिन्दुबाट Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : नियति बिनासित्ती

~आशांक उपाध्याय~

नदेखिने नियति बिनासित्ती
नाटकीय पिरती बिनासित्ती

बेमौसम मै बाढी पहिरोको
उपहार प्रकृति बिनासित्ती Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : गङ्गाराम

~आन्विका गिरी~

बाराको बुधिया गाउँमा गङ्गारामको माटोले बनेको एउटा सानो घर छ । चैतको मध्य घाममा मुसाले दुःख दिएपछि मालिकको घरबाट एकछिन छुट्टी लिएर आएकी गङ्गारामकी स्वास्नी घरभित्र मुसाको प्वाल टाल्दै थिई । टाल्न त ऊ घरको छाना पनि टाल्न चाहन्छे तर हरेक रात गङ्गाराम पैसा छैन भनेर घर छाउने कुरा टालिरहेको थियो । घर छाउने कुरा उसको वशमा नभए पनि घरभित्रका केही प्वाल टाल्ने कुरा बौकीको वशमा थियो । त्यसैले सखारै उसले पैनीबाट हिलो माटो ल्याएर ठिक्क पारेकी थिई । मालिकको घरबाट मालिक्नीसँग बडो विनय गरेपछि उसले अलिकति भुस पनि पाई । माटो र भुस मिसाएर प्वाल टाल्न तयार भएकी उसले छानाको प्वालबाट सूर्यको चहकिलो किरणलाई एकछिन घुरेर हेरी अनि गङ्गारामले भनेको सम्झी, ‘दिनमा घाम र रातमा चन्द्रमा धनीको घरभित्रबाट कहाँ देखिन्छ ? धन्य ! हामीले सूर्य र चन्द्रमा हेर्न घरबाहिर बरन्डामा वा छतमा जानु पर्दैन’ Continue reading →

Posted in अनूदित कथा | Tagged | Leave a comment

व्यङ्ग्य कविता : जागिर

~गोपाल विरही~

१.
जागिरेहरू कागतीजस्ता–
जति टुक्रा हुञ्जेल काटे पनि हुने
जसरी निचोरे पनि हुने
जसरी चुसे पनि हुने
पानीमा हालेर सर्बत बनाउन सकिने
चियामा हालेर ‘लेमन टी’ पनि बन्ने
भातमा मुछेर पनि खान सकिने
बारीमै फलाउन पनि सकिने
बजारबाट किन्न पनि सकिने
चुसेर निचोरेर खोक्रो भएपछि
जता फाले पनि हुने Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : चिकित्सकको बाबु

~भीम राई~

‘मम्मी ! बाई बाइ !’

थरथर काप्दै उसको मुखबाट निस्केको एउटा अस्पष्ट शब्द हावाको गतिसँगै उडिरहेको थियो । शब्दले राम्ररि पुर्णबिराम लिन नपाउदै आफ्नो प्यारी मम्मीलाई गर्ल्याम्मै अङ्गालो हाल्यो । पाँचसेकेण्ड जति अङ्गालोमा बाँधियो, त्यसपछि छुट्टि हाल्यो ।

घरको भुइतलामा काठका फल्याकहरु बिछ्याइएको थिएँ । तिनै काठमाथि टेक्ता निस्केको टकटक आवाजसँग सँगै निरजका कदमहरु केहि अगाडि बढ्यो । घरको मुलढोका नजिक पुग्यो र घन्द्रङ्ग ढोका खोल्यो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : कवि

~शू-गूँ~

बाँझो खेत
कहिले पनि नराख्नू
बोकाले भए नि जोत्नू
कस्सैलाई केही नआए Continue reading →

Posted in कविता | Tagged | Leave a comment

नियात्राः नेपोलियन बोनापार्टको जन्मथलो पुग्दा

~भीम राई~

हाम्रो दाम्पत्य जीवनको भरयाङ २० वर्षे उकालीमा चढ्दै थियो । तिनै २० औं वैवाहिक वार्षिकोत्सव मनाउनका लागि पानीजहाज यात्रामा जाने ताराले निर्णय गरेपछि, ११ मार्च २००७ मा हामी बार्सोलोना पुगेका थियौं ।

अर्कोदिन थोम्पसनको एउटा पानीजहाज ‘आइल्याण्ड एस्कयाप’ चढेर बार्सोलोनादेखि टुलन लाग्यौं । हामी टुलन पुग्दा त्यहाँको मौसम पटक्कै राम्रो थिएन । मध्यान्हसम्म घाम लजाएर नवदुलही झैं घुम्टो ओढेर बादलभित्र लुकिरह्यो । तर, मध्यान्हपछि एकछिन देखापरयो अनि निमेषभरमै बिलाइहाल्यो ।

टुलनमा भएको त्यति बिरमाइलो मौसमलाई, हामीले जित्न सकिरहेको थिएनौं । तर, बेलुकीपख पानीजहाज Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : यदि म बतास भए भने

~सुजन बुढाथोकी ‘कान्छा’~

यी घनाजङ्गगलहरुहुदै
सबैभन्दा पहिला म
बालुवाटार र सिङ्गोदरवारभित्र पसेर
धुरी उठाउनेछु
र नग्याउनेछु नेताहरुलाइ

यदि बतास भए भने
पर्दाफास गरेर ल्याउनेछु
पत्रकार झै समचारहरु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो कथाको पनि कविता लेख्नु है !

~विमला तुम्खेवा~

राम्रोसँग देश देख्न नपाउँदै
चुल्हो सम्हालेर जुग बित्यो
बिहे गरेर यो घरमा आएपछि
रातदिनको टोकसो
लोग्नेको हरेक रातको बलात्कार
सबै सम्झँदा अरुणको भेल जस्तै आँशु आउँछ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : भोट बिर्सियौ कि ?

~रवि प्राञ्जल~Ravi Pranjal

रिठ्ठेदाइ र कुम्लेबाको भोट बिर्सियौ कि ?
माटो छोई गरेको अठोट बिर्सियौ कि ?

जनहितका कुरा गर्दा तिमीलाई पनि
मलाईजस्तै लगाएको खोट बिर्सियौ कि ? Continue reading →

Posted in गजल | Tagged | Leave a comment

बाल कथा : गुन्ने र पुन्ने

~नेत्र तामाङ~

पुन्ने र गुन्ने निकै हिड्यो । ‘निकै थकिंसके, ‘अब हामी कता जाने हो ?’ पुन्नेले गुन्नेलाई सोध्यो । गुन्ने रोकियो र पुन्ने तिर फर्कियो । ‘हामी काठमाडौं जादैछौ, रमाईलो सहर, हाम्रो देशको राजधानी, काठमाडौंबारे धेरै कथा सुनेकै हो, तर यो अहिले धेरै परिवर्तन भइसक्यो रे, ठुला र अग्ला भवन बनेका छन् रे ।’

‘पहिले त्यहाँ अग्ला भवन थिएन र,’ पुन्नेले सोध्यो । Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

कविता : जाडो

~वर्तमान~

आत्मीय चाहे
दाँत
गीजा
र लिपिस्टिक एकैसाथ हाँस्यो ।

अनि
सौहार्दता मागे
नङ
नेलपोलिस
र उपहासले हात मिलायो । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

धिमाल भाषी कविता : देरा तोम्पा ल्होकाइने

~डा.सोमबहादुर चातेला~

केलाइ हासु, केलाइको पहिचान हाइ ?
काङको संस्कृति, राउ रो नाल्पाका काथा हाइ ?
काङको इतिहास, गोउरब पाका काथा हाइ ?
केलाइ मापानु, एला माभोःनु हेलाउ भोःकाङ ?
केलाइ मालेखेनु, केलाइ रेकर्ड माताअ्नु हासु ताअ्ताङ ?
काथा इतिहासको, संस्कृतिको, राउको, पहिचानकोङ । Continue reading →

Posted in धिमाल कविता | Tagged , , | Leave a comment

कविता : एआई दासत्वमा बुद्धिहरू

~राजव~

कुनै घरमा
एलेक्सा नामकी सानो गोल चक्कर पसी र
पटापट धेरैलाई विस्थापित गरी

समाचारको लागि अब अखबार किन्नु परेन, टिभी, रेडियो कुर्नु परेन
लिभिङ्ग रुमको कुनामा वाइफाइसँग सम्बन्धन गरेर राखेको एलेक्सालाई अह्रायो
एलेक्सा आजको ताजा समाचार भन, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : उज्यालो दिन पर्‍यो ।

~दीपक कुमार ज्ञवाली~Deepak Kumar Gyawali

उदाए झलमल्ल देशमा ज्योति फिंजाउँदै रवि ।
जागृत भयो आकांक्षा अब केहि गर्छ कि भनी ।
सच्चा सपूत भए देशको गर्छ कि भलाई भनी
उदाए कै हो ? भूतलमाहाँ अठोट केही गर्छु भनी ।
१
शहिदका सपना अब पुरा हुन्छ कि थातिरहेका सबै ।
छुट्टिन्छ कि दुध पानी देशमा घोलीएकाछन् संग संगै ।
छुट्याउने ल्याकत होला निडर निस्वार्थ भै देखाऊने ।
अन्त्ये गर्लान् दुःख पिडा जनताका सहारा बनेर कोही । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बिहानी हरायो

~अमृता बुढाथोकी~

हिजो पनि घाम थियो
तर, चारैतिर अध्यारो थियो
आज पनि उस्तै छ
सायद,
विहानी हुन बिर्सिए झैं
लुछाचुडी गर्दै छन् व्याँसाहरु
बिहानीको पर्खाइमा बसेकाहरु
अन्धकारको छटपटाहटमा तड्पिरहेन् ।
अन्कन्टार जंगलमा कुहिरोको काग झैं
हराइरहेछन् बिहानीहरु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रेम

~शू-गूँ~

खडेरी झरि
आफै भिज्न सक्दैन
परेली भिजाउँछ ।

रगत मेरो
नशामै चढ्दैन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : जन्मेरहेछु यसै झोपडीमा

~डा. खगेन्द्र घोडासैनी~

म जन्मेरहेछु यसै झोपडीमा,
म हुर्केरहेछु यसै झोपडीमा ।

नलाऊ महल्का ठुला धाक ऐले,
तिमीलाई तान्छु यसै झोपडीमा । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

नियात्रा : लन्डनको सोहो, हाइगेट र कार्ल मार्क्स

~भीम राई~

जनवरी ९, सन् १८६३ मा विश्वको पहिलो सुरुङ्ग मार्ग लन्डनमा उद्घाटन भएको दिन तीसहजार मानिसहरुले मार्क ब्रुनेलको प्रशंसा गर्दै भूमिगत रेलद्वारा यात्रा गरेका थिए ।

त्यसको एकसय एचास वर्षपछि हामी तिनै भूमिगत रेलमार्ग हुंदै जनवरी २०१३ मा लेस्टर स्क्वायर स्टेसन पुगेका थियौं । स्टेसन पुगेर सिढींमा टेक्ता हाम्रा पाइतालाहरुले निकालेका टकटक आवाजसंग संगै हामी बाहिर निस्केका थियौं ।

तर बाहिर सडकमा निस्कने बितिक्कै आएको तातोतातो डिमसमको बासनाले हाम्रो नाकलाई एकछिनसम्म Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment