कथा : सानुमाया

~दिलिप पौड्याल~

“दैबको लिला हो भाई। कसैले टारेर टर्दैन। यस्तो होला भन्ने कल्ले जानो र ! जानी यहि बसे पनि गएकै छन्। सबैले आ-आफ्नो पिठो खानी हैच। धेरै सुर्ता नलिनुस”, धनेले लालबहादुरको हात समाउदै भन्यो। दुबैजना त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको बाहिर उभिएर यात्रुहरु निस्कने ढोकातर्फ हेर्दै थिए। उनीहरु भन्दा करिब सय मिटर जतिको दुरीमा आठ दश जना जति मान्छेहरु झुम्म एकैठाउमा उभिएका थिए। महिला जोरजोरसंग रोएको सुनिन्थ्यो। प्रस्थान र आगमन कक्षामा मान्छेहरु आफन्तहरुलाई खादा ओडाई रहेका थिए। कोहि आफ्नो प्रिय मान्छेलाई स्वागत गर्न हाँतमा फूलका गुच्छाहरु बोकेर ब्यग्र प्रतिक्षा गर्दै थिए। ट्याक्सीवालाहरु ठुला ठुला झोला र सुटकेसहरु हातमा बोकेर आफ्नो भ्यानतिर लम्कदै थिए। Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

मुक्तक : नखाट नपलङ्ग

~सुदिप अधिकारी~

नखाट नपलङ्ग छोड भुइका कुरा
बन्द कोठा अनि हामी दुइका कुरा
मतहा हुरि बतास Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

नियात्रा : पर्वतको यात्रा एक विवेचना

~सदानन्त्द अभागी~

पर्वत म जन्मेको र हुर्केको जिल्ला भएकोले पर्वत जानु आउनु मेरो लागि कुनै नौलो थिएन र होइन पनि । यसपटक पनि मलाई पर्वत जानुपर्‍यो । एकातिर कोरोनाको महामारीले गर्दा घर छाडेर हिड्नु त्यति सहज थिएन तापनि हाम्रा चाडपर्व, धर्मकर्म आदिको कारणले गर्दा बाध्यतानै परेपछि कार्तिकको २५ गते यात्रा तय गरियो । खास यसपटकको यात्राको उद्देश्य मेरो ससुरालीमा मेरी जेठानी दिदीले चतुर्मासको ब्रत लिनु भएकोले । यो ब्रत सफल पार्न विविध धार्मिक प्रकृयाहरू पुरागर्नु पर्दो रहेछ । त्यसमा म जुवाईँ भएको नाताले होमन गर्नको लागि बोलाइएको रहेछ । चतुर्मासको आरम्भ असार महिनाको हरिशयनी एकादशी बाट थालनी गरेर हरिबोधनी एकादशी सम्म यो ब्रत बसिदो रहेछ । यो ब्रतबाट Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : बाल साथीको अनुरोध

~डम्बर सिंह~

आउ दाई आउ भाई आउ दिदी बहिनी
पढ्दै जाउँ बनौ हामी ज्ञान गुन को खानी

किताब मात्र पढ्ने होइन अरु पनी जान्नु छ
कबिता र निवन्ध अनी कथा भन्नु छ Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी जिन्दगिको अनमोल

~गोबिन्द ओझा~

तिमी जिन्दगिको अनमोल उपहार हौ
शृष्टीको एक सुन्दरता स्वरुप हौ
सुन्दर छन तिम्रा ति आँखाहरु
वयान गर्न नसकिने गुलाफी ओठहरु Continue reading

Posted in कविता | Tagged | 1 Comment

लघुकथा : लेखन

~रवीन्द्र तिमसेना~

“माननीयज्यू यस पटकको लेखन पुरस्कार मलाई दिलाइदिनुपर्‍यो,” चन्द्रमानको कुरा सुनेर माननीयले आँखीभौं खुम्च्याए । “तपाईं माननीय भएको वेला यति त गर्नैपर्‍यो नि,” माननीयले बोल्न नपाउँदै चन्द्रमानले हक जमाउन खोज्दै थपिहाल्यो ।

“लेखन पुरस्कार नै पाउने गरी तपाईंले के चाहिँ त्यस्तो लेख्नुभएको छ र ?,” माननीयले तर्किन खोज्दै भने, “तपाईंले लेखन पुरस्कार पाउने केही आधार त भन्नुहोस् ।” Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : किष्णे

~प्रयास लामा~

किष्णे त्यसको सबैले बोलाउने डाक नाम । शीतकालीन बिदा सकेर बिध्यालयहरू पुनः खोलिने तरखरमा छ। त्यसलाई भने बिध्यालय चाडोँ खोलियोस र नयाँ कक्षामा जाउँ जस्तो भईसकेको हो। पुरानो सेकेण्ड हेण्ड किताबमा नयाँ खोल हाल्यो त्यसले र डोरेमोनको नक्शा भएको सानो नेमप्लेट टास्यो। नामको ठाउँमा कृष्ण बहादुर मंगर, कृष्ण पँचमीकै दिन जन्मेकोले त्यसको बाजे चहीँले साह्रै मन पराएर राखिदिएको दिएको नाम हो, त्यसको आमा जिउँदो छदा भन्ने गर्थ्यो, चिट्टिक्क पारेर लेख्यो। कक्षा को ठाँउमा सात लेख्दा त्यो भित्र भित्रै रमायो। रोल नम्बरको ठाँउ त्यसले खाली राख्यो, एडमिशन नतिरूञ्जेल सरले रोल नम्बर दिदैन। गत बर्ष त त्यसले अन्तिम रोल पाएको थियो सप्पै भन्दा Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

छन्दबद्ध गजल : दिनदिनै भट्टी छिरेपछी

~रिजाल किरण~

छन्द : सत्पिक

तान्छु मै दिनदिनै भट्टी छिरेपछी
बन्छ आट सजिलै भट्टी छिरेपछी ।

जिन्दगी रङ हुने कैले हुने हरे
हल्लिदो छ गतिलै भट्टी छिरेपछी । Continue reading

Posted in गजल | Tagged | Leave a comment

समीक्षा : कालेबुङको उपन्यासबारे एक छोटो अध्ययन

~नवीन पौड्याल~

विषयप्रवेश –

साहित्येहासका विभिन्न प्रकार हुन्छन् । स्थलगत वा क्षेत्रीय साहित्यिक सर्वेक्षण पनि यसको एउटा प्रकार हो। यस्तो साहित्येतिहासको निम्ति आवश्यक कुरा हो। यसको आफ्नै महत्त्व हुन्छ। यसले कुनै एउटा जिल्ला वा त्यसभन्दा सानो भूभागको साहित्यिक गतिविधि र योगदानको सर्वेक्षण गरिएको हुन्छ। यसले तत्तत स्थानका प्रायः सबैलाई समेट्ने गरेको पाइन्छ। यसमा प्रवृत्तिपरकभन्दा सर्वेक्षणपरक तत्त्व हुन्छ।

लेखक परिचय-

रत्न कुमार शर्मा (फुयेंल) एकजना सिर्जनशील, जाँगरिला र दक्ष लेखक हुन्। उनक जन्म सन्….. मा कालिम्पोङको ………… मा भएको हो। उनी प्रणामी बालिका बिद्या मन्दिरमा धेरै वर्ष सेवारत भएपछि केही वर्षयता सेवानिवृत्त, स्वतञ्त्र, लेखनगत र सक्रिय जीवन बिताउनु हुँदैछ। साहित्यको सेवा गर्ने र समाजको Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

कथा : यो जात्रा, अनि त्यो जात्रा

~बिक्रम भक्त जोशी

म बस्ती बाहिर बस्थेँ । तर केही समय भो, बसाईँ सरेको । अहिले म शहर भित्रको पुरानो बस्तीमा बस्न आएको छु । इन्द्रचोकबाट आकाश भैरव मन्दिरलाई देब्रे पारेर उत्तरतिर लागे भेडासिङ पुगिन्छ । त्यहाँबाट देब्रे मोडेर पश्चिमतिर किलागलतर्फ लागेपछि दाहिनेपट्टि ‘किसिद्यो:’ आउँछ, हात्ती द्यौता । त्यसको ठीक अगाडिको घरतिर कतै मेरो बासस्थान हो ।

इन्द्रजात्राका बखत यिनै किसिद्यो:को प्रतिमूर्तिका रुपमा ‘पुलु किसि’ निकाल्छन् । मलाई यो बनाएको हेर्न खुब मन लाग्छ । सुटुक्क कतै छेलिएर हेर्न बस्थेँ । बाँसका कप्टेराका ढाँचामा पुलु (मान्द्रो) को खोल खप्टाएर त्यसमाथि फूलबुट्टे सेतो खोल ओढाईवरी बन्ने फुच्चे त्रिपाल जस्तो आकृतिको एकापट्टि हात्तीको बडेमाको सेतो मुकुण्डो अड्काएपछि इन्द्रको वाहन ऐरावत हात्ती बन्दो रैछ । दुईजना तन्नेरीहरू यही खोलभित्र छिर्छन् । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : सहँदैन

~सुजन बुढाथोकी ‘कान्छा’~

लुटपाट हत्याहिम्सा काटमार र बलत्कार सहँदैन
मेरो कलम कुनै पनि अन्याय र अत्याचार सहँदैन

त्यो भारतिय भतुवा हो,जो बोल्दैन त्यो गद्दार हो(२)
आफ्नै देसमाथि कुठाराघात,कुनै इमान्दार सहँदैन Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : युग परिवर्तनका लागि !

~सुजन बुढाथोकी ‘कान्छा’~

क्रान्तिकारी कबि गोपालप्रसाद रिमालले
भने झै गरि हो उ आउनेछ
तर, यसपटक आउदा उ
सारा टुहुरा र अनाथहरुको निमित्त
आमाको रङ्गिन काख भएर आउनेछ
हो अबस्थ उ एकदिन आउनेछ ।

बिद्रोही कवि रिमालले
भने झै गरेर उ आउनेछ Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : यति धेरै सुन्को भाउ

~सुजन बुढाथोकी ‘कान्छा’~

के भएर बढेको हो आज यति धेरै सुन्को भाउ
सायद, मैले धेर हेरेरै होला चढेको उन्को भाउ

मैले त सोचेको थिए त्यो धर्म हो मानबता हो
गुलाम सम्झेर तोकिदियो उस्ले मेरो गुन्को भाउ Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : सजायको अभाब छ

~सुजन बुढाथोकी ‘कान्छा’~

न्यायको अभाब छ यहाँ सजायको अभाब छ
यस्तै हो यो देसको शासन ब्यवस्था खराब छ

करोडपती हु छाडिदेउ पैसाको भेलले पुरिदिन्छु
अदालतहरुलाइ हत्याराहरुको यस्तै दबाव छ Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : रानी प्रिया

~सदानन्द अभागी~

यो जीवनकी रानी प्रिया
नयनोत्सव नानी प्रिया

सुन्दर दृश्य यस्तै हुन्छ
दिल धड्कनकी खानी प्रिया Continue reading

Posted in गजल | Tagged | Leave a comment

अनूदित बालकथा : फूलकुमारी

~एच सि एन्डरसन~
अनुवादकः शान्तदास

एउटी असाध्य जाती बूढी थिई । उसका छोराछोरी कोही थिएनन् र यही कुरामा ऊ सँधै पिरिइरहन्थी । तर एक दिन एउटी जादुगर्नी उसका अघिल्तिर टुप्लुक्क देखा परी र उसले कोदोजत्रो एक गेडा अन्न उसको हातमा राखिदिएर भनी, “लौ, जतन गरी रोप्नु, चिताएको कुरा पाउलिस् ।” उसले त्यस गेडालाई सानो भाँडामा जतनसाथ रोपी । केही समयपछि त्यस भाडाँमा बोट उम्रियो र त्यसमा रङ्गीविरङ्गी फूल फुल्न थाले । ती फूलहरू कमलका फूलजस्तै देखिन्थे । अचम्मको कुरो के थियो भने एउटा फूलभित्र त बूढीऔंलाभन्दा पनि सानी एउटी बच्ची थिई । अनि बूढीले त्यसको नाउँ फूलकुमारी राखी ।

एक दिन राती ओखरका बोक्राका कोक्रामा फूलकुमारी निदाइरहेको बेला एउटी बूढी भ्यागुती फुत्त उफ्रेर Continue reading

Posted in अनूदित कथा, बाल कथा | Tagged , | Leave a comment

कविता : अदुःख

~राजेन्द्र तारकिणी~

अदुःख त मृत मात्रै हुन सक्छ
जीवन्त त सदुःख हुन्छ।

दुःख जीविका काँधमाथि चढेर
कपटपूर्ण सुखभोग गर्नेहरू
सत्ता/शक्ति/सम्पत्तिको भागिदार बन्नेहरू
मूल्यवान् कात्रो ओढेका लासजस्ता लाग्छन्
(लास पनि एक समय शक्तिशाली हुन्छ
तर्साउँछ दुनियाँलाई)। Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : अधूरै रहे गाना

~राजेन्द्र चोथाले~

अधूरै रहे गाना
च्यातिदियौ तिमीले मेरा गीतका हर पाना ।

आरोप दिई नाना
मारिदियौ आँखाका हर स्वप्ना ठूला-साना । Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : मेरो आवाज

~भिमदर्शन रोका~Bhim Darshan Rokka

धरै मानिसहरुको एउटा ठूलो आवाज आउनेछ
तिमी ध्यानले सुनिरहनू
त्यसमा मेरो पनि आवाज हुनेछ
फेरि झन् झन् ठूलो हुँदै जानेछ ।
आकार यसको, सूर्यमण्डलजस्तो
घामवरिपरि सभा लागेजस्तो Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कवि-हृदयमा

~गोपालप्रसाद रिमाल~

मनव-वनमा कहिलेदेखि झर्न लाग्यो निर्झर
जसको इन्द्रधनुषले गर्दा जीवन भो सुन्दर-सुन्दर

यसको प्रवाहमा देखिन्छन् उज्वल फीँज र फोका
स्वच्छ निर्मल अनन्तजस्तै अणुअणुसम्म सादा
Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मुटुनेरिको सिस्नेरी

~शिव गौतम~Dr Shiva Gautam

सिस्नेरी
मेरी जननी, मेरो जन्मभूमि
घाम झुल्कँदाखेरि
घाम अस्ताउँदाखेरि
म तिमीलाई नै सम्झिन्छु
उषा अनि गोधुलिलाई हेरी

कहिले हिलैहिलोको होली खेली Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : समुद्र, अरक् र अरूणी

~मधुवन पौडेल~

समुद्र !

मलाई समुद्र भन्नासाथ केटाकेटीदेखि नै निकै मन पथ्र्यो र समुद्रका कुरा चाखले सुन्न मन लाग्थ्यो । त्यो समयमा आफुले समुद्र देख्न पाउने कुरा पनि भएन ! एकाध पल्ट आमाले कान पाक्दा समुद्रको फीँज भनेर एउटा केही चीज पिनेर कानमा खन्याइदिएको सम्झन्छु, त्यसरी खन्याउँदा फीँज आइरहे जस्तो लागे पनि निकै चीसो र शीतल अनुभव हुन्थ्यो ।

त्यसपछि समुद्रका बारे जति पनि, जहिले पनि सुन्दा पढ्दा म सधैँ रोमाञ्चक अनुभव गर्दथेँ । तैपनि नियतिले भने मलाई समुद्र हेर्ने र छुने अवसर मैले तीस वसन्त पार गरिसकेको थिएँ । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : एभन नदी र क्याफे

~देवेन्द्र खेरेस~

एभेन नदी
हिजो जसरी बगेको थियो
आज पनि बगेकै छ
नदीमा बगेको पानी कहाँ–कहाँ पुग्यो होला ?
तर नदी त्यहि छ
बालुवाको ढिस्का उहि हो
किनारा साँची छ ।
Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कुमारी गुफा

~रुपिन्द्र प्रभावी ‘कटु’~

शङ्ख फुकेर कुमारीले
आव्हान गरिरहेझैं लाग्छ
अन्धकारको मलामी जान
उज्यालोका उपासकहरुलाई ।

गर्भमा
कछुवाको आकार बोकेर
कछुवाको व्यवहार बोकेर
कुमारी Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : दुनियाको नजरमा

~नरेश नाति~

कति हाँस्नु भित्र रुँदै दुनियाको नजरमा
असह्य भो जीउन मलाई दुःख को यो संसारमा

किन होला हाँस्नु पर्ने सुख पाँए जस्तो
सबै कुरा पूरा भई ,खुशी छाए जस्तो Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : प्रेमको रंग-२

~दीपा राई~

समुन्द्रको लहर जस्तो आईरहने तिम्रो यादहरू,
लहरिएर आउँछ
अनि मेरो मुटुको किनारमा टक्क छोएर फर्किन्छ,
म हेरिरहन्छु-
पर …पर …सम्म…
तरेली तरेली हुँदै जाने लहरहरूमा Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : सेरे ढक

~छेवाङ योञ्जन~

‘‘जानेहरू बितेर गई त हाले, अब सरापेर के नै पो हुन्छ र?”

बुद्धिमानकी श्रीमतीले तनाउपूर्ण भावमा भन्दै थिइन्, ‘‘भए पो भेटिन्थ्यो। हुँदै नभएको चिज कसरी भेट्ने?” बुद्धिमानले भएभरको सामानहरू खोतलेर घरै भताभुङ्ग बनाइसकेका थिए।

ताकमा भएका नानीहरूका खाता-किताब भुइँभरि छरप्रस्टिएका थिए। पुराना टिनका बाकसहरू सिकुवामा पल्टिरहेका थिए। एक जोर शङ्ख बाकसको छेउमा थियो। सुकेको एउटा बेल लडेर जाँतोछेउ पुगेको थियो। हर्रा, बर्रा र चिरौटाका पोकाहरू पनि बाकसबाट निस्किसकेको थियो। क्विन भिक्टोरिया छाप भएको बाह्र आनाजस्तै देखिने तामाका धमिला एक दुईवटा सिक्काहरू बाकसको कुनामा थियो। Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : बाढी

~हाङयुग अज्ञात~

जब बाढी आउँछ
तब धेरै कुराहरू भत्किन्छन्
बाँध र पुलहरू भत्किन्छन्
खेत र बाटोहरू भत्किन्छन्
घर र सम्बन्धहरू भत्किन्छन्
जब बाढी आउँछ
तब धेरै धेरै कुराहरू भत्किन्छन्,

तर खै ! किन भत्किदैनन् – Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : त्यसपछि फुलेन गोदावरी

~महेश पौड्याल~

हाम्रा घरमा कुनै पनि चाड विषेशमा अनिवार्यतः उपस्थित रहने पाहुनामध्ये एक थियो पुङ्गिन । हामीले दिवङ्गत भतिजाको स्मृतिमा गोदावरीको एक बगैंचा बनाउँदैगरेका बखत पनि ऊ हामीसँगै थियो । जब त्यो सम्पूर्ण बगैंचा पहिलोपल्ट फुलर आफ्नो कुमारी वैंशको वसन्तमा उन्मत्त भयो, ऊ हामीसँगै थियो । आमा भन्नुहुन्थ्योे, “कति उज्यालो अनुहार यस मेराको । मलाई त यो गोदावरी फूलजस्तै लाग्छ ।” हजुरबाको निधनपछि जब हामीले त्यो बगैंचा जोतेर बारी बनाउने निधो ग¥यौं, ऊ हामीसँगै थियो । त्यसपछि ऊ कहिल्यै आएन हामीकहाँ । गोदावरीसँगै गयो ऊ पनि ।

पुङ्गिन हामीकहाँ त्यति धेरै किन आउँथ्यो? समाजिक सद्भावका अतिरिक्त केही विशिष्ट कारणहरू थिए यसका । हाम्रा काकाको साथी त हो नै ऊ, तर त्योभन्दा पनि बढी ऊ कहिल्यै नसकिने कथाहरूको एक अक्षय Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

खण्ड-काव्य : दोरम्बा

~गोपाल विरही~

समर्पण : ती बघेनीका सन्तानहरूमा, जो दोरम्बामा मारिए ।
                                                                                     -गोपाल विरही

(अगष्ट १७ – २०६० साल साउन ३२ मा दोरम्बामा सानासानीको हत्यापछि बूढा बाको रोदन)

पञ्चचामर

(१)
म के गरूँ म के भनूँ अनर्थ भो अनर्थ भो
नरो नरो भनेर रून्छ देश नै अनाथ भो ।
उमेर भन्छ आर्यघाटमा नजा नजा नजा
शरीर सुत्छ मूक भै लगिन्छ आर्यघाटमा ।।
(२)
झरी झरेर सिम्सिमे सपूत खोज्छ देशको
बनेर भेल बग्छ लौ नदी सबै प्रदेशको ।
गरी विलाप कोइली टहल्दछे यताउता
बतास रून्छ शोकमा दगुर्छ खै कताकता ?? Continue reading

Posted in खण्ड-काव्य | Tagged | Leave a comment

समीक्षा : लेखभन्दा लेखक भिन्न

~कुलचन्द्र वाग्ले~

लेखकहरूको एउटा कोणबाट निकै आलोचना हुँदोरहेछ । त्यसो त लेखक, साहित्यकारहरू समाजका लागि सम्मानित व्यक्तित्व हुन् । स्थापित योगदानका आधारमा राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमासमेत लेखकलाई सम्मान प्राप्त हुन्छ, सम्मान प्रदान गरिन्छ । लेखकलाई पनि विद्वान् मान्ने अर्थमा बुझ्ने हो भने, यही कारण संस्कृतमा ‘विद्वान् सर्वत्र पुज्यते’ भनिएको हुनुपर्छ । विश्वव्यापी तहमा उचाइ प्राप्त लेखकका तद्नुकूल पाठक एवं प्रशंसक पनि हुनसक्छन् । यिनीहरू सम्मानित मात्र होइनन्, कतिपय सन्दर्भ वा विषयमा आलोचितसमेत हुन्छन् । यसो हुनु व्यक्तित्व र प्रभावका कारण पनि हो, जसको विचार एवं चरित्रलाई समेत पाठकले सक्दो पर्यवेक्षण गरेका हुन्छन् र यसरी पनि प्रतिक्रिया व्यक्त Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

गजल : आँसुहरू खून जस्तो

~विमला तुम्खेवा~

बगाएर तिम्रो खातिर आँसुहरू खून जस्तो
बल्झिएर सबै मुटु ओइलिएको जून जस्तो

धेरै भयो हाँस्न छोडे गोरेटोका चापहरू
होइन होइन जीवन पनि कस्तो बिना नून जस्तो Continue reading

Posted in गजल | Tagged | Leave a comment