कविता : सानो – सुख

~इश्वरवल्लभ~

ती आकासका बादलका टुक्राहरूले
त्यसै बिलाएको, र त्यसै आकार बनेको हेरिरहनु
सानो सुख हो,
मेहनतले निर्माण भएका पसिनाका थोपाहरु चेहरामा देख्नु
सानो सुख हो,
सानो सुखको ठूलो सानो जे भने पनि हुने सानो इतिहास हो
बिम्बमा अल्झिरहेर कतै
त्यही बिम्ब बनाउनु, बिगार्नु कतै थियो – Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : छेकेर हुन्न रैछ

~आशांक उपाध्याय~

बग्ने खोला छेकेर हुन्न रैछ
भित्री घाउ सेकेर हुन्न रैछ

प्रित गास्न जानिन भन्योअरे Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : कर्तव्यको पालन भएन

~निर्मला राई परिवेश~

यहाँ बाबाआमा बाबा आमा भएनन्
छोराछोरी पनि छोराछोरी रहेनन्
नेता अब यहा नेता भएनन्
शिक्षक अब शिक्षक भएनन्
बचनबद्ध भएनन् ,सारै सस्तो भयो छि
बचन,ब्यबहार र जीवनशैली
आदर,सदभाव,माया ममता, आदर्श ..
बुध्द ,महात्मागान्धी ,महाबीर,मोहम्मत ,क्राईस्ट आदिका .. Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : साम्राज्ञीको सालिकलाई सम्बोधन

~रक्ष राई~

साम्राज्ञी साहिबा !
हजुरको राइफलको नालवाट नदेखिने
मेरो एउटा अदेखा दुश्मन छ
उ हजुरको काँधमा राइफल राखेर
मेरो छातीमा गोली ठोक्छ
म चाहीं उसको दुश्मनसंग
पटक – पटक युद्व लड्छु
महारानी साहिबा !
हजुरको दूरवीनभित्र नभेटिने Continue reading →

Posted in कविता | Tagged | Leave a comment

नैतिक लोक कथा : कौवा र मयूर

~सङ्कलन : अज्ञात~

जंगलमा एउटा काग बस्दथ्यो । ऊ निकै खुसी थियो । यत्तिकैमा एकदिन उसले एउटा सेतो हाँस देख्यो । हाँसलाई नजिकबाट नियाल्दै उसले सोच्यो, ‘यो हाँस कति सेतो छ, तर म यस्तो कालो । यो त संसारकै सबैभन्दा खुसी र सुन्दर चरा होला ।’

उसले हाँसलाई भेटेर यो कुरा सुनायो । कागको कुरा सुनिसकेपछि हाँसले भन्यो, ‘जबसम्म दुई रंगवाला सुगा देखेको थिइन, त्यति बेलासम्म त मलाई पनि म नै संसारको सबैभन्दा खुसी र सुन्दर छु, जस्तो लाग्दथ्यो । तर अहिले मलाई लाग्छ, त्यही सुगा संसारकै सबैभन्दा खुसी सुन्दर चरा हो ।’ Continue reading →

Posted in नैतिक कथा, लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

अनूदित कथा : एभलिन

~जेम्स जोयस~
अनुवाद : अनुप जोशी

ऊ झ्यालमा बसेर गोधूलि साँझले सडकलाई आफ्नो अँध्यारोको पछयौरीले छोप्दै लगेको हेरिरहेकी थिई । उसको टाउको झ्यालको पर्दामा झुकेको थियो भने उसको नाकले धूलो भएको पर्दाको कपडाको गन्ध पाइरहेको थियो । ऊ थाकेकी थिई ।

मान्छेहरू बाटोमा आवतजावत गरिरहेका थिए। छिमेकी घरको एक व्यक्ति आफ्नो घर फर्किरहेको थियो, जसले टकटक गर्दै हिंडेको आवाज उसले सुनी । कुनै समय, त्यहाँ एउटा ठूलो चौर हुने गर्थ्यो जहाँ उनीहरू हरेक साँझ अरु केटाकेटीहरूसँग भेला भएर खेल्ने गर्थे । पछि बेल्फास्टको एक व्यक्तिले त्यो जमिन किनेर त्यहाँ आधुनिक घरहरू निर्माण गर्यो । ती घरहरू उनीहरूको जस्तो सानो खैरो घर नभएर उज्याला इँटाले Continue reading →

Posted in अनूदित कथा | Tagged , | Leave a comment

गजल : मेरो स्वप्ना लुट्ने मान्छे

~राजेन्द्र चोथाले~

तिमीलाई के भनुँ म मेरो स्वप्ना लुट्ने मान्छे
आँसुको भल बनेर आँखामा फुट्ने मान्छे ।

यात्राको बाटो रोजी मेरो साथ मागी मागी
यात्रा सुरु गरेर बीचैमा छुट्ने मान्छे । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

पुस्तक समीक्षा : एउटा पृथक काब्यिक धारः बर्दीभित्रको मन

~मिजास तेम्बे~

आज भन्दा दुइ बर्षपहिले मात्र मलाई उनको छोरा संगको संबाद सुन्ने सुयोग मिलेको थियो । त्यो संबादले मेरो हृदयमा अनौठो झड्का दिएको थियो । केहि क्षण स्तब्ध भएको थिए । त्यहि बेला देखि म उनका कविताहरुको पाठक हुँ, प्रशंसक हुँ र फ्यान हँु । हा,ेउनै प्रतिभाशाली कवि नवराज र्राई ज्यूको नौलो काब्य कृति बर्दीभित्रको मन भित्रका कविताहरुको सम्बन्धमा केहि लेख्ने जमर्को गरेको छु ।

हो उनी लाहुरे भएर कवि भएका होईनन् र कवि भएर लाहुरे भएका पनि होईनन् । उनि त दुवै भएर पो दुवै भएका हुन् । डायस्पोरिक चिन्तनका थोरै मात्र प्रतिभाशाली स्रष्टाहरुको माझमा उनी केहि Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता सङ्ग्रह : घाउका आवर्त्तहरु

~प्रवीण राई जुमेली~

घाउका आवर्त्तहरु

प्रवीण राई जुमेली

प्रकाशक: निर्माण प्रकाशन, गुम्बा घुर्बिसे, नाम्ची, दक्षिण सिक्किम

आवरण तथा रेखाङ्कन: प्रवीण राई जुमेली Continue reading →

Posted in कविता सङ्ग्रह | Tagged , | Leave a comment

गजल : यति धेरै रसाइरहेछ

~सुजन बुढाथोकी ‘कान्छा’~

यी आखाहरु आज किन यति धेरै रसाइरहेछ
तैभएर होला आकासले पनि आँसु खसाइरहेछ

मलाइ जान्न मन छ उ कलाकार हो कि आमा हो
जो जिवनमा आफू रोएर पनि अरुलाइ हसाइरहेछ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : यो नसा चीत्कार कि प्रेम !

~सुजन बुढाथोकी ‘कान्छा’~

हाम्रो नजिक आएर अनि भट्टी होटल
र रक्सी पसल नजाने कसमहरु खाएर,
बुवाले आजसम्म कति बोतल खानु भो?

यादहरुमा तिमिलाइ नदेखु भन्छु
अदृस्य अक्सिजन पवन बनेर तिमी
हृदयका हर ढोका
र ढुकढुकीहरुमा आइरहन्छौ। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : ऋतु वसन्त नआएको भए

~भिमदर्शन रोका~Bhim Darshan Rokka

ऋतु वसन्त नआएको भए
तिमीले गीत मेरो नगाएको भए
गुराँस यति रातो हुने थिएन
तिमी यसरी नशर्माएको भए ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : भोग्दै थिए घात सानु

~ममता मृगतृष्णा~

हिजो भोगे माया आज भोग्दै थिए घात सानु
जल्दै गर्या आगो छेऊमा चिठीका ती खात सानु

जून थिएन आकाशमा,रूॅदै होला लुकि कतै
जिवन जस्तै अन्धकार र निष्पट्ट थ्यो रात सानु। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : डिङ्गो

~विजयकुमार महर्जन~

रामदास उनका बाबुसँग १८ वर्षको उमेरमा काठमाडौं पहिलो पटक गएका थिए चप्पल लगाएर । साधारण किसानको छोरा एस.एल.सी. पास हुनासाथ उनका बाबुले उनी सानै छँदा काठमाडौं डुलाउन लग्छु भन्ने प्रतिज्ञा गरेका थिए सोही अनुरुप उनी काठमाडौं आउन पाएका हुन् । उनले पहिलो पटक धरहरा, रानीपोखरी, घण्टाघर देख्न पाएका थिए । त्यो बेला खुबै खुसी थिए उनी । डुल्ने क्रममा बागबजारको पी.के. क्याम्पस पनि देख्न पाएका थिए । क्याम्पसको विपरीत बाटोमा रहेको एउटा जुत्ता पसलमा उनले डिङ्गो जुत्ता पहिलो पटक देखेका थिए । अगाडि पट्टी चुच्चो परेको घुँडासम्म भएको र खुट्टामाथिसम्म अलिकति आउने गरी दुई किसिमको डिङ्गो जुत्ता उनले देख्न पाएका थिए । त्यो जुत्तामा ट्याग झुण्ड्याएको मूल्य रु. १,८०० । उनलाई आफुले लगाएको चप्पल त्यही फुकालेर त्यो डिङ्गो जुत्ता लगाउन पाए Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जुग्री जुलुस

~नवीन विभास~

दाङ । २०७२ भदौ ।

‘छोट्का तँ !’

‘अँ ।’

‘काँ जान लागिस् ?’

‘भुरान ।’

‘भुरान !’ Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : जीवित नायकको आत्मकथा

~सैलेन्द्र साकार~Shailendra Sakar

ऊ ठीक सात बजे उठ्छ
सात बजेर पाँच मिनेटमा रेष्टरुममा हुन्छ
त्यसपछि दाँत माझ्छ
बीस पटक माथिल्लो दाँत र
वीस पटक तल्लो दाँत बु्रसले माझ्छ, मुख धुन्छ
र सात बजेर बीस मिनेटमा ऊ बसभित्र हुन्छ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बाच्ने बानी

~शिव गौतम~Dr Shiva Gautam –

वाँच्नु पानि एउटा नशा पो हो कि क्या हो,
आज वाँची सके पछि
भोलि फेरि वाँच्न मन लाग्ने,
एक पल्ट माते पछि
फेरि फेरि पनि मात्न मन लाग्ने।

यो आदत छुटाउनलाई
वाँच्ने यो लत छुटाउनलाई
समुन्द्रका सुनामी छालहरुले Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : कहाँ खोज्ने होला

~सुजन बुढाथोकी ‘कान्छा’~

आलि धेरै नै तास्नु छ कोदाला कहाँ खोज्ने होला
असार आयो धान रोप्ने खेताला कहाँ खोज्ने होला

रोपाइलाई सिचाइ दिन हुन्थ्यियो, तर मुहान बेचियो
बेचिएका हाम्रा ति सबै नदिनाला कहाँ खोज्ने होला Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : खसी बढो क्रान्तिकारी छ

~सुजन बुढाथोकी ‘कान्छा’~

हाम्रो घरमा भएको यो खसी
बढो क्रान्तिकारी छ
हाम्रो घरमा पालिएको बाख्रो
बढो बिद्रोही छ ।

इमान्दार छ
र बढो वीर छ ।
गलाको डोरि स्बिकार्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : लीलामा अत्तर

~डा. विदुर चालिसे~

बगानका उत्तीसका पत्ताहरू पनि
सुइरिरहेका बेला चियाजस्तै बन्थे
अत्तरका मायालु सनमहरू सँग !
सगाेलका दृष्टिभ्रमहरूले टाँसिएर

लिलाकाे घरहरू भरि मयूर थे
पत्थरहरू चर्किरहेका प्रहरमा
ऐनाका मगन झुल्किदिन्थे बहार Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : कुहिरो

~भिमदर्शन रोका~Bhim Darshan Rokka

पर पहाडमाथि
पहाडभन्दा गरुङ्गो
तर स्पर्शभन्दा हलुङ्गो
लाम लागेर बिस्तार बिस्तार
उकालो चढिरहेछ कुहिरो
र Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : समय, मान्छे र म

~मिजास तेम्बे~

म बोल्न खोजिरहेछु
म खोल्न खोजिरहेछु
बताउन सक्छु कि सक्दिनँ
बुझाउँन सक्छु कि सक्दिनँ
मान्छे, सधैँ विरोधाभाष देखिरहन्छ/लेखिरहन्छ
मान्छे, सधैँ अनिणिर्त बोलिरहन्छ/खोलिरहन्छ
मान्छे, सधैँ अन्धाधुन्द गरिरहन्छ/सरिरहन्छ
मान्छे, सधैँ बेठेगान हिँडिरहन्छ/दौँडिरहन्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : युद्दभूमिको झल्को

~दीपा लिम्बु राई~

जव मलाई हल्लाहरुले बिथोल्छ
म जोडले ढोका बन्द गर्छु
बन्द कोठा भित्रबाट
अलिकति झ्याल उघारेर
पुर्व क्षितिजलाई चियाउँछु ।

सम्झनाको झोक्का किन आउँछ यसरी ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मशान घाट

~राजेश्वर देवकोटा ~

मलामीहरूको मलिन दृष्टि शवमा परेको छ
जसले कुनै दयादृष्टिको अपेक्षा गरेको छैन ।

मलामीहरूको मलिन दृष्टि शवमा परेको छ
जसले कुनै दयादृष्टिको अपेक्षा गरेको छैन ।

उसका उपर मलामीहरू पुष्पवर्षा गर्छन् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सुङ्ग्देल गाउँ

~निर्मला राई परिवेश~

सुङ्ग्देल गाउँ जहाँ म जन्मे …..
ती डाडा र पाखा जहाँ म हुर्केँ ….
असिमित मिठा माया र सम्झना छ मेरो …….
स्वासप्रस्वास रावाखोला बगिरहेछ मुटुको भल्ब बनि मेरो ……. Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : काँक्रो

~राजेन्द्र तारकिणी~

तिमी काँक्रोझैँ भर्खरकी छौ ।

हरियो टीनएजको उकालो चढेर
तिमी प्रवेशरत छौ–
गुराँसको पछ्यौरी ओढ्ने लेकतिर
त्यहाँ असाध्यै उथलपुथल हुरी चल्छ यौवनको ।

तिमी त भञ्ज्याङमा छौ, सुस्ताइरहेछौ
सङ्क्रमणमा छ तिम्रो हरियो जामा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : देश खोज्दा

~कौशिला रिसाल~

बाल्यकालको बुइ चढेर
चिसे खोलाको कन्चन पानीमा
मैले माछाको चुलुबुलु नियालिरहदा
बाले सर्टको फेरो समाउदै तानेका
ती यादका असारहरूले
थुनेका दुवाली
सम्झनाका पासो बनेर आइरहेछ्न् ।

लुकामारी खेल्दा मलाई Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : तातो हावा

~सुधीर छेत्री~

एउटा तातो हावाले
शरीर फड़्कार्‍यो,
प्वॉंखमा टॉंसिएका पानीथोपाहरू झड़्कार्‍यो
अनि
कम्मर कसेर उठ्यो
आवाजहरूको थैला कॉंधमाथि भिरेर।

तातो हावा अब Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : पितृ- आलोक

~सोमनाथ सुवेदी~

छातीमा जून टाँसिएको
आकाश देखाएर
मेरी हजुरआमाले
मलाई स्वर्ग चिनाउनुभयो !

सुकिलो जून देख्ता आकाशमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : म हारेको यौटा उदास रात

~भवानी तावा~

म सम्झन्थेँ
प्रत्येक रातहरू स्वच्छन्द हुन्छन् ।

ताराहरूले सुरेली खेलेर
चन्द्रमाले मुसुक्क हाँसेर
मसँग कल्पनामा बुर्कुसी मार्दामार्दै
हाम्रो प्रत्येक रात –
एउटा स्वर्णीम कल्पनाको सडकमा
त्यसरी नै आउँछ होला
त्यसरी नै जान्छ होला । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : चहिँदैन

~विक्रम सुब्बा~

भोटे, पाना, ईट्टा
र चिढीका बास्साहरू छन्

अर्थात, पुरै चार राजा छन्…

राज्य संचालनको फलास खेल्न Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : नया नेपाल बनाउने भए

~प्रकाश रोदुङ~

ए शिक्षित अगुवाहरु हो
युरोप,अमेरिका जापनहरुको
सपना त्याग्नु पर्छ

नया नेपाल हराभरा बनाउने भए ए श्रमिकहरु हो
प्रबाशमा बेचिएको श्रमलाई मातृभूमि फिर्काउनु पर्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment