कथा : विध्वंस शहरको विधवा

~टंक वनेम~Tanka Wanem

पाल्म रुखहरुको पातमा बसेर बथानमा उड्ने चराहरु चिर्बिराई रहेका थिए। सन १९८० सालको सेप्टेम्बर महिना हुनु पर्छ। एक बिहान खवर पत्रिका पढेर हुक्काको सर्को गुडगुडाउँदै मेरो बाबा सादकारी साद कड्कनु भयो। दाजु भाई र एउटै धर्ममा सदाशयता नहुने हामी मान्छेहरु। बाबा के भन्दै हुनु हुन्छ मलाई केही थाहा थिएन। सात बर्षको उमेरमा लडाइँवारे वास्ता पनि हुँदैन्थ्यो। केहीवेर पछि आमाले भन्नु भएको थियो। इराक/इरानवीचको युद्ध चर्किने भएकोछ। धेरै टाढा टाढा बम बिस्फोट र तोप गोलाका आवाजहरु सुनिए पनि बग्दादको अमिल क्षेत्रमा लडाइँको अनुभव गर्नु परेन। बग्दादको कुनै कुनै क्षेत्र वाहेक दुई देशवीचको सीमानामा भएको ८ बर्षको लडाइँ उत्तै साम्य भएको थियो। समय बित्न पो कति लाग्दो रहेछ र। अब्दुल जारा मेरो पछि लाग्न थाले पछि झसङ्ग भएकी थिएँ। मेरो माध्यमिक Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : तिमी र म

~गोपालप्रसाद रिमाल~

भैगो भन्या” भैगो,
तिम्रो दया मलाई चाहिन्न,
बरु तिमीले दिएको जहर सिनित्तै म रित्याइदिउँला
तर तिम्रो दयाकोर् क थोपा पनि मलाई ताहिन्न।

जब संसारबाट उप्केर मेरा आँखा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : याद बाँचेको छु

~बिपिन शर्मा~

म पलपल तिम्रो याद बाँचेको छु
भित्र जति दन्केपनि बाहिर हाँसेको छु

स्मृतिको फूलवारीमा प्रितका फूल फुलाई
तिम्रो लागि मैले यौटा माला गाँसेको छु Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : समय सधैँ आइरहन्छ

~भिमदर्शन रोका~Bhim Darshan Rokka

वरिपरि छेउछाउबाट
सजिला र अप्ठयारा ठाउँहरुबाट
वन पाखा पहरा
र हलुका सुस्केराहरुबाट
आइरहन्छ
समय सधैँ आइरहन्छ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : खाली ठाउँ राखेनछ

~आशांक उपाध्याय~

मुटु भरि बेदनाले खाली ठाउँ राखेनछ
सबै तिर उस्तै उस्तै मेरो गाउँ राखेनछ

भेट्ने जति तर्किएर टाढा टाढा जान खोजे
ब्याज हरु मात्रै देखें कालले साउँ राखेनछ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : स्टारडम

~प्रकाश लामिछाने~

प्रलाद स्कुलले जीवनमा पढाईमा उस्तो तगडा विद्यार्थी त थिएन तैपनि उ कक्षाका डेढसय विद्यार्थीहरुसंग तुलना गर्दा एकसय भन्दा माथि नै गनिन्थ्यो होला । तर उसको पहिचान भने पढन्ता विद्यार्थी भन्दा पनि नेतृत्व र ‘एक्स्ट्रा करिकुलर एक्टिभिटी’ नै थियो । उतिबेलाको स्कुले नेतृत्व भनेको या त जुनियर रेडक्रस सर्कल हुन्थ्यो, या त स्काउट नै हुन्थ्यो । एक्स्ट्रा करिकुलर अन्तर्गत भने साप्ताहिक जसो हुने कविता, वक्तृत्वकला, हाँजिरीजवाफ जस्ता प्रतियोगिता या स्कुलको बार्षिकोत्सवमा हुने अरु साँस्कृतिक कार्यक्रमहरु पर्दथे ।

यसएलसी पास गरेको ५ बर्षपछि मात्रै बल्ल उसले आफुसंग बर्षौदेखि गुम्सिएर रहेको हुटहुटी पुरा गर्ने पेशा Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

अनूदित कविता : विडम्बना

~सुशांत सुप्रिय~
अनुवाद : प्रमोद धिताल

कति उज्यालो छ
फेरि पनि कति अँध्यारो छ

कति नदीहरु छन्
फेरि पनि कति तिर्खा छ Continue reading →

Posted in अनूदित कविता | Tagged , | Leave a comment

गीत : सम्झेर तिमी रुन्छु

~राजेन्द्र चोथाले~

सम्झेर तिमी रुन्छु
म एक्लो जब हुन्छु

मैले त यो मनलाई सकिन मनाउन
चाहन्छ तिमीलाई नै यो साथी बनाउन Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : सम्पत्ति विवरण

~राजेन्द्र तारकिणी~

सरकार !
तिम्रो मण्डलका मन्त्रीहरूको झैँ
मणि–माणिक्य, हीरा, पन्ना र सुनचाँदी,
देश–विदेशमा घर/घडेरी र जमिन,
कार, बैंक ब्यालेन्स र शेयर नहोला मसँग
तर नठान्नू कि म कङ्गाल छु ।

सरकार !
मसँग पनि छ सम्पत्ति– Continue reading →

Posted in कविता | Tagged | Leave a comment

अनूदित बालकथा : पाँच गेडा केराउको कथा

~एच सि एन्डरसन~
अनुवादकः शान्तदास

उहिले-उहिलेको कथा हो यो । कथाचाहिँ कोसाभित्रका पाँच गेडा केराउको हो । वास्तवमा ती केराउ बडो अनुशासनका साथ मिलेर रहेका थिए, पल्टनका जवानहरूजस्तै लाइन मिलेर आ-आफ्ना ठाउँमा डेग नचली खडा रहेका थिए । कोसो हरियो थियो र त्यसभित्रका सबै केराउ पनि हरियै । त्यसो भएकाले ती केराउहरू ठान्थे – “आखिर यो संसार सिङ्गै नै हरियै हुनुपर्छ ।” हुन पनि तिनका वरिपरि, चारै दिशाका भित्ताहरू र आफूसमेत हरियै थिए, अनि सिङ्गै संसार नै हरियै हुनुपर्छ भनेर निनीहरूले किन नसोचुन् तर संसारमा दिउँसो घाम लाग्थ्यो भने राती अँध्यारो हुन्थ्यो । कहिलेकाहीँ पानी पर्थ्यो । दिनपछि रात आउने क्रम चली नै रहेको थियो । यसरी घामपानी हुँदै र दिनरात बित्दै गएपछि त्यो कोसो बिस्तारै पहेँलिदै गयो र त्यसभित्रका केराउहरू पनि अलिअलि गर्दै पहेँलापहेँला हुन थाले । त्यसपछि भने तिनीहरूले यसो विचार गरे, “अहो यो संसार हरियै मात्र रहनछ बाबै ! रङ्गीचङ्गी पो रहेछ ।” बाहिर साँच्चै कस्तो होला ? हेर्ने खुलदुली लागिरहेको थियो तिनीहरूका मनमा । तर तिनीहरू भने कोसाभित्र बन्द थिए । Continue reading →

Posted in अनूदित कथा, बाल कथा | Tagged , | Leave a comment

गीत : बाजी राख्नु पर्‍यो

~नरेश नाति~

देशकै छोरो बन्नलाई शिरै बाजी राख्नु पर्‍यो
विरहमा परीन आमा हजारौको आँशु झर्‍यो

मिठा मिठा सपनाहरु मनभरी साँच्दै गए
फर्कि आउने बाचा छाडी सधै भरी टाढा भए Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : यो जिन्दगीको के कुरा

~इश्वरवल्लभ~

यो जिन्दगीको के कुरा
यो सपना हो र के कुरा
तिम्रो रूपको पनि के कुरा
मेरो गीतको पनि के कुरा

कस्तो हो यो वेदना Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : जीवन

~मधु श्री~

हत्केला माथि जीवन राखी कसेर पटुकी
पसिना पोख्दै भरोषा बोक्दै साहस बटुली
उकाली चढ्दै ओराली झर्दै जंगल चाहर्दै
जरुवा खोज्दै मुस्किल रोज्दै अभाव स्याहर्दै

कहिले घाम हिँउँमा बग्थ्यो मेटाई प्यास त्यो
जम्दथ्यो मुटु जमेझैँ हिउँ कहिले आश त्यो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : नियत्ति भित्र

~प्रेम राई परिक्षित~

हिड्नुको नियत्तिमा म
फगत पाईला सारिरहेको छु
बाच्नुको नियत्तिमा म
दुई सर्को श्वास फेरिरहेको छु

भुगोलको रेखा झैं
नशाहरु सङ्गै कुदिरहेको छु
मानौ म पत्रकार Continue reading →

Posted in कविता | Tagged | Leave a comment

Translated Poem : A Night In December

~Manprasad Subba~
Translation : Suraj Dhadkan

Endangered is the Time
being eaten by germs.

In a corner of the ruins
enveloped by the smoke of marijuana
droops December,
with smoking pipe in hand. Continue reading →

Posted in Translated Poem | Tagged , | Leave a comment

किराँती लोक कथा : धामी ठूलो की बोक्सी ?

~सङ्कलन : राजेश राई~

किराँतीहरु धेरै पहिले टुनामुना, जाँदु, जप, तन्त्रमन्त्रमा आदिमा पोख्त थिए । जो टुनामुना, तन्त्रमन्त्र गर्न सक्थ्यो त्यस्ता मान्छेहरुको समाजमा प्रतिष्ठा र ख्याति हुन्थ्यो । उसलाई समाजमा ठुलावडा भनिन्थ्यो । त्यस्तै पारु नाम गरेको एकजना युवक पनि जाँदु, जप, तन्त्रमन्त्रमा पोख्त थियो । पारु टुनामुना त पोख्त हुदै थियो त्यो भन्दा उ एकदम सौन्दर्यशाली एवं प्रतिभावान् व्यक्तित्व थिए । पारु यस्ता युवक थियो जो कसैपनि उसको सौन्दर्य देखेपछि लठिने गर्दथ्यो । पारु बत्तिसै लक्षणले युक्त थिए । Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

हार्दिक श्रद्धाञ्जली राष्ट्रकविप्रति

राष्ट्रकविप्रति साहित्य सङ्ग्रहालय हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ तथा शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछ !!!

आदरणिय प्रिय राष्ट्रकवि माधवप्रसाद घिमिरेले १०१ वर्षका उमेरमा आज मंगलबार, भदौ २, २०७७ साँझ साढे ५ बजे ब्रम्हमलीन हुनुभएको छ ।

विसं १९७६ असोज ७ , पुस्तुन गाउँ, लमजुङमा जन्मिनु भएका कविले १९९२ मा गोरखापत्रमा “ज्ञान पुष्प” Continue reading →

Posted in Misc | Tagged | Leave a comment

गीत : त्यसरी होओस् मरण

~माधवप्रसाद घिमिरे~

त्यसरी होओस् मरण
जसरी सुत्छन् तारमा गीतका चारु चरण
हिमालचुली देशमा, दिनको शान्त भेषमा
जसरी गर्छन् विश्राम, सूर्यका स्वर्ण किरण
त्यसरी होओस् मरण ।।

सुन्दर सृष्टि निहारी, सुखैले चिम्लूँ नयन Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : भ्यागुताको गीत

~रुपिन्द्र प्रभावी ‘कटु’~

ट्यार्–ट्यार् ट्यार्–ट्यार्
भ्यागुताको गीत
न लय छ न ताल छ
र पनि मच्चिएर गाउँछन्–
ट्यार्–ट्यार् ट्यार्–ट्यार् ।

मन परोस्÷नपरोस् सुन्नेहरुलाई Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : ….सपना….!

~सुधिर ख्वबी~Sudhir 'Khwabi'

रातभर सपना बुनेर बसें
कहाँ के मिलेन कुन्नि !
बिहानभर मिलाई बसें

कुनै बेला आकार न मिले झैं
कुनै बेला यसका बुट्टा
म दिनभर सपना केलाई बसें
Continue reading →

Posted in कविता | Tagged | Leave a comment

Poem : Travel lonely

~Gopal Birahi~

Listening your words,
To company you,
If,
No one is ready,
Don’t lose,
Your heart,
Travel lonely. Continue reading →

Posted in Poem | Tagged | Leave a comment

कथा : बुद्धिमान ठग

~भूवन तामाङ~

मोर्गन एक मध्यमवर्गीय परिवारमा जन्मेको थियो । ऊ किशोरकालमै टुहुरो भएको थियो । उसले उच्चतहसम्मको शिक्षा हासिल गरे पनि बाबु आमाले जोडिदिएका जमिनमा अन्न र फलपूmल उब्जाएर जीवनयापन गर्दथ्यो । टुहुरा भएकाले उसको मनमा के–के तर्कनाहरु खेल्दथे । उसको मनमा अजिव–अजिव कल्पनाहरु आउँदथे । ऊ किताब पढ्नको सौखिन थियो । किताबहरुबाट उसले विभिन्न प्रेरणाका साथै दाउपेचका उपाय पनि पाउँदथ्यो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : आँखाले

~गोपाल पौडेल “बसन्त”~

आँखाले रोजें मनले ताकें यो मेरो साथी हो
गुराँस फूल टिपेर दिउँला गजव सृष्टि हो

कल्पना भित्र उडेको उडै्य कुन ठाउँ पुगें छु
हिडेको बाटो विर्सेर मैले हिमाल छुएँ छु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : ईश्वर गाथा

~निर्मल कुमार थापा~

कवि मञ्जुल पछिल्ला नियमित भेटहरूमा सम्झाइ रहनुहुन्थ्यो – “ईश्वर दाइले सम्झनु भएको थियो एकपटक भेटिहाल्नुस् ….” सर्जक सीता पाण्डेले कुनै एउटा कथामा आफ्नो पिताको मृत्यु शोकमा लेख्नु भएको छ – “जीवन सधै व्यस्तताहरूले अल्झाइरह्रयो । केही सभामा जानु थियो । कुनै सम्मेलनमा जानु थियो । प्रत्येक दिनका उत्सव महोत्सवहरूले यसरी अल्झाइराखे कि त्यसतर्फध्यान नै गएन । शुष्क पश्चातापले रङ्ग पाएको सीताको कथासार, यति भावुकताले भरिएको छ कि म अहिले पल प्रतिपल ईश्वर बल्लभलाई समझिरहेको छु ।

ईश्वर बल्लभ दाजु लगायत अन्य केही सर्जकहरूलाई समेटेर भर्खर मात्र हामीले एउटा वृत्तचित्रको छायाङ्कन Continue reading →

Posted in संस्मरण | Tagged , | Leave a comment

समीक्षा : अध्ययन र समर्पण

~कुलचन्द्र वाग्ले~

अध्ययन र समर्पण दुई भिन्न विषय जस्ता देखिन्छन् । यसो भए पनि एकले अर्कोलाई अर्थात् अध्ययनले समर्पणलाई र समर्पणले अध्ययनलाई विकसित गर्ने कुरामा यी दुई विषय अभिन्न पनि छन्, सहयोगी पनि हुन् ।

नेपालमा अध्ययनशीलताको कमी छ भन्ने टिप्पणी धेरैले गरेको सुनिन्छ । यही कारण मानिसको सोच पनि साँघुरो, ससानो कुरामा मन खुम्च्याउने र बढी मात्रामा व्यक्तिगत स्वार्थभन्दा विस्तारमा कुनै कुरा सोच्न नसक्ने नेपालीको सङ्ख्या अधिक भएको मान्नेहरू पनि छन् । यहाँ त कसैसँग बोल्नु र मिल्नु वा सहकर्मीलाई समान व्यवहार गर्नु पनि अर्काका लागि ईष्र्यावश अपाच्य हुने गरेको गुनासो प्रशस्त हुन्छ । यस्तो हुनुको मुख्य Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

गजल : मन छ

~राधा वाग्ले~

तिम्रो दिलको दैलो भित्र पसिजाने मन छ
भित्र पसि डेरा जमाई बसिजाने मन छ ।

त्यो मन को बुलबुलेमा खेल्न दियौ भने
कहिल्यै ननिस्किने गरि धसिजाने मन छ । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : आफ्नाे भूगाेल हराएको देश

~हिमाेढ पहाडी~

हाइबुन शैली

नालापानीमा पूर्खाहरुले देखाएको वीरता
विश्वयुद्धमा गाेर्खालीहरुले अार्जेकाे शान
हिङ सिद्धिए पनि अझैसम्म
त्यस्तै त्यस्तै वीरताकाे वासना छरिरहेछ ।

एउटा दस्तावेज हाे सुगाैली सन्धि
प्याराे भूगाेल मुटुबाट चाेइटिएकाे कथा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लिमरिक : गर्दभ राग

~सोफिया शर्मा रेग्मी~

संगीत सिक्न आएकी नेपालबाट
तर सबै हांस्छन् मेरो गर्दभ रागबाट ।
अरुका मीठा स्वरहरु सुन्छु Continue reading →

Posted in लिमरिक | Tagged , | Leave a comment

कविता : छटपटी

~रमण घिमिरे~

आँधी-हुरी झेलुँजस्तो
आगोसँगै खेलुँजास्तो
बस्तीबाट निस्किएर
एकान्तमा कराऊँजस्तो
के-के हुन्छ अचेल मलाई
सारा रहर पुरुँजस्तो
आफन्तको आँसु पुछ्न
घरी-घरी मरुँजस्तो । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : अन्तिम भेट

~शिशिर पराजुली~Shishir Parajuli

फोन राख्ने बित्तिकै म सरासर तयार भएँ । नाकाबन्दीको बेला थियो त्यसैले बाइकमा पेट्रोल थिएन । एक हप्ता अगाडी दिन भरि लाइन बसेर बल्ल बल्ल एक लिटर तेल हाल्न पाएको थिएँ । त्यो तेल पनि हिजो सक्कियो । हतार भएको बेला बाइकमा जान पाइनँ । घर बाहिर निस्केर ट्याक्सी खोजेँ । एकैछिनमा एउटा ट्याक्सी भेटेँ । भाडामा किच किच नगरी सिधै टिचिंग हस्पिटल तर्फ ट्याक्सी लग्न भनेँ । बाटो भरि दिमागमा अनेक थरि सोच हरु आए । करिब २० मिनेटमा मा हस्पिटल पुगेँ ।

हस्पिटल पुगेर अघि आएको फोन सम्झिएँ । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

धिमाल भाषी कविता : नाल्पातेङ हानाइने

~डा.सोमबहादुर चातेला~

लेःलि दोकालाइ लेःकाताङ नाल्पाइने
ताइ धरमकरम पहिचान नाल्पाइने ।
मास्टरगेलाइ देरातोम्पा ल्होपाइने
चेताना, पहिचान, इतिहास नाल्पाइने
लेख्याइने, ओल्हेपाइने, देरा तोल्ह्याइने । Continue reading →

Posted in धिमाल कविता | Tagged , , | Leave a comment

कविता : यदि म नदि भए भने !

~सुजन बुढाथोकी ‘कान्छा’~

सबैभन्दा सुरुमा म समुन्द्रबाट
त्यो निलो आकासको प्रकासहरुसङ्गै
बादलहरुमा बिलय भएर
अनि फेरि झर्नेछु झरीहरुबाट
पृथ्बिका यि नाङ्गा बगरहरुमा ।
र भर्नेछु कसैका उदाङ्गा रहरहरुलाइ Continue reading →

Posted in कविता | Tagged | Leave a comment