कविता : काँन्लोको रूख नबन्नू छोरी

~टंक विकल्प~

छोरी !
म त समाजको काँन्लोमा
उभिएको रुख बनेछु
जो कोहीले परबाट हेर्दा पनि
नजिकैबाट हेर्दा पनि
ठिङ्ग उभिएको रुख नै भएछु
कसैले आफ्नो मनस्थिति बिग्रिएको बेला
रातमा तर्साउने देखे होला
दिनमा वर्षाउने देखे होला Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : मोतिजस्तो रुप तिम्रो

~बिमल गिरी~

मोतिजस्तो रुप तिम्रो तिमी मेरी जलपरी
सुन्दरताको जालमा पारि गर्यौ मनपरि

मधुर तिम्रो हेराइले लट्ठै पर्यौ हासिहासी
अङ्गहरु लोभैलाग्ने नागबेली केशरासी Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : मैले बाँचेको शहर-१

~चन्द्र गुरुङ~

यो शहरको शरीरैभरि
च्याउसरी उम्रेका कंक्रीट बील्डिङ्गहरू
सबका सब
-तन्काउँदै जीवन थाकेका ढाडहरू
-उचाल्दै शान झुकेका टाउकाहरू
-फुलाउँदै स्वाभिमान खुम्चिएका छातिहरू
-उघार्दै सपना थुनिएका आँखाहरू Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : आफ्नै आँखाहरू छोपेर

~जंगब चौहान~

गाउने नै हो भने अब
पत्थरको होइन
मान्छेकै गीत गाउनुपर्छ ।
ए, मेरो देशका गायकहरू
अब भजन हैन
जीवन्त गीत गाउनुपर्छ ।

लौ हेर यो ढुगोलाई Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : लडेछु भने म

~मधुश्री~

यो लामो यात्रा अप्ठ्यारो बाटो लडेछु भने म ।
शिखर चढ्दा खोँचमा कतै ढलेछु भने म ।।

नझारे आँशु, हिम्मत बोकी अगाडि बढ है ।
दुस्मन सामु नझुक सधैँ डटेर लड है ।। Continue reading →

Posted in गीति कविता | Tagged | Leave a comment

लघुकथा : निरन्तरता

~गोरखबहादुर सिंह~

योजना छनोटमा परेका विद्यालयलाई भाग्यमानी नै भन्नर्ुपर्छ- विद्यालय राम्रा र सुविधायुक्त महिला शौचालय सुसम्पन्न बने । हुन त योजनाको नामाकरण गरिँदा ‘शौचालय निर्माण योजना’ उपयुक्त र पर्याप्त छ भन्ने विचार नआएको होइन तर महिला विकास पक्षधर दातालाई रसिलो पार्न योजनाको नामको अगाडि महिला पनि जोडियो । शौचालय सुचारु रूपले सञ्चालन भएको धेरै भएको थिएन छात्रहरूमा एउटा प्रश्न टुसायो- “शौचालय Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : देश विग्रेकै छैन

~रविन साम्पाङ राई~

भुगोल उस्तै छ ।
सगरमाथाले शिर झुकाएको छैन
उ चमचम विश्वको शिर भई चम्किरहेकै छ ।
पूर्खाले कोरेको राष्ट्रको सिमारेखा,
आज पनि उस्तै छ
यौद्धाको रातो रगत अझ तैनाथै छ ।
न त शहिदहरु क्रान्ती गर्न खोज्दैछ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मिलनको आह्वान

~राजु परियार~

डराउन पर्दैन
नडराई आउ तिमी
संकिर्णताका पर्खालहरु
भत्काएर आउ
म पनि आउछु
असमानताका कांडे तारहरु चुडालेर
तिम्रो र मेरो मिलनले
समाजलाई नौलो उर्जा दिनेछ
त्यसैले हाम्रो मिलन अपरिहार्य छ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : बातैबात अहो प्रिया

~सदानन्द अभागी~

बातैबात अहो प्रिया
मातैमात अहो प्रिया

आजैआज नभै देरी
हातैहात अहो प्रिया Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : भावना

~आदर्श प्रधान~

मष्तिष्कले नै सम्हाल्न सकेन
आरुनै कथाहरुका ब्यथाहरु
जिन्दगीले नै बुझ्न सकेन
आरुनै भावनाहरुका चाहहरु ।।

कथा र ब्यथा बताउन अब यहाँ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : नयाँ कविता

~गोविन्दराज विनोदी~

छन्द : शार्दूलविक्रीडित

भत्के यो धरती प्रकम्पित भई हाम्रा अनेकौँ घर
केही दुःख अवश्य भो तर यहीँ बन्छन् नयाँ सुन्दर
छन् हाम्रा मनमा भने प्रगतिका विश्वास आशा नव
कल्ले सक्तछ रोक्न आखिर नयाँ निर्माणलाई अब

ज्यादै क्रूर भई स्वयं शिशिरले डङ्का बजाए पनि
सारा वृक्ष-लता अनावृत गरी नाङ्गा बनाए पनि Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : कहाँ पुग्छन होला यी वाटाहरु?

~सुनील बाबु श्रेष्ठ~

लमतन्न पसारिएका यी वाटाहरु
मेरै घरको आँगन हुँदै
अगाडी कहाँसम्म पुग्छन होला?
अनि यी वाटाहरु हुँदै
हरेक बिहानी उषाहरु झर्नुअघि नै
सयौ सपनाका गरुँगो भारीहरु बोकेर
खै कताको गन्तव्यतिर हिडेका हुन्
उर्लदो नदीका बहाव झै
हुलका हुल यी यात्रीहरु ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : यो जिन्दगीको

~रवि प्राञ्जल~

किनारा कहाँ छ यो जिन्दगीको ?
सहारा कहाँ छ यो जिन्दगीको ?

तिमी नबस्दा यो मनको कुनामा
गुजारा कहाँ छ यो जिन्दगीको ? Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गोधूलि दिनेशका संतृप्तताका ५ हाइकु

~गोधूलि दिनेश~

पूर्णताभित्र,
रिक्तता भेट्टाउॅदा-
स़़ंतृप्तता छ ।१।

आँखा र जिब्रो,
नाक, कान र छाला-
अनि शून्य छ ।२। Continue reading →

Posted in हाइकु | Tagged | Leave a comment

कथा : पलायन

~गोपाल अश्क~

उसले आफ्नो जेठो छोराको बिहेमा सारा सम्पत्ति खर्चने योजना बनायो । घरको पहिलो बिहे धुमधामले गर्ने रहर थियो । पत्नी शशिकलाले त विरोध गरेकी हुन् । तर उसले पत्नीको कुरै सुनेन ।

उसलाई थाहा थियो, कान्छो छोरोको बिहे भव्य हुँदैन । दाजुको ‘कुरो छिन्ने’ कार्यक्रममा नै प्रेमिका बोलाएको थियो । बुवालाई भन्न नसके पनि घरका बाँकी सबैलाई चिनाएको थियो, “यी अनु, मेरी हुनेवाली जीवनसँगिनी ।’

घरका सदस्य जिल्ल परेका थिए ।

यो कुरा उसको कानमा पुग्दा अलिक चिन्तित भएको थियो । रिस पनि उठेको हो । तर मौन बस्यो । ‘कस्तो Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

पत्र साहित्य : जीवनसङ्गीनीलाई पत्र

~कृष्ण सेन ‘इच्छुक’~Krishna Sen 'Ikchchuk'

प्रिय तक्मा
सप्रेम असिम सम्झना ।

अस्ति फोनमा कुराकानी भएपछि खुसी र दुःख दुवैलाग्यो । खुसी यस निम्ति कि लामो समयपछि फोनका माध्यमबाट कुराकानी भयो र भेटघाटको अभवलाई बिर्साइदियो । साथै दुःख भनूँ वा चिन्ता किन लाग्यो भने तिमीले तिम्रो स्वास्थ्य (मुटु) सम्बन्धी समस्या केही बढेकाले जचाउन जाँदैछु भन्यौ ।

तिमी आफैँ स्वास्थ्य क्षेत्रसँग सम्बन्धित भएकी र एउटी शिक्षित तथा सचेत नारीसमेत भएकीले मैले यस सम्बन्धमा कुनै चिन्ता लिनु हुँदैन भनेर आफूलाई आश्वस्त पार्न खोजेपनि पीडा त हुनेरहेछ नै । तर तीमि दृढ र Continue reading →

Posted in पत्र साहित्य | Tagged , | Leave a comment

कविता : हजुरबा

~सकुन्तला जोशी~

पहाडमा
दुःखको खुब असिना छेल्दै
फाटेको टोपीले पसिना पुछ्दै
हिउँद लाग्यो,
पल्लो बारीमा गोठ सारीरा’ होलान् हजुरबा

हजुरबा सधैं Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो बूढी औँला

~रुपा जोशी~

आज मात्तिएको छ यो औँला
मेरो देब्रे बूढी औँला

गाढा पोटासे रङ्गले टाटेपाटे बनेको छ नङ्ग
तर त्यही पोताइमा रमेको छ
मेरो बूढी औँला Continue reading →

Posted in कविता | Tagged | Leave a comment

व्यक्तित्व समीक्षा : हायमनदासको सय वर्ष

~अशोक थापा~

हिजोआज नेपाली वाङ्मय वृत्तमा शताब्दीपुरुषका रूपमा दुई विम्ब परिचित छन्, माधवप्रसाद घिमिरे र सत्यमोहन जोशी। धेरैले चिनेका अनि पढेका छन्, यी दुईलाई। कारण, मिडियामा यिनको कभरेज बाक्लो छ। यीद्वयको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै अब लागौं, शताब्दीपार हायमनदासतिर।

दार्जिलिङ, सिलिगुरी, सिक्किम, डुवर्सतिर साहित्यिक यात्रामा भेटिए, शताब्दीपुरुष हायमनदास राई किरात।

सिलिगुरीबाट झन्डै ६० किलोमिटर पर। टिस्टा खोलाको बाघेपुल तरेर पर डुवर्स पुगेपछि जैविक विविधता Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

अनूदित कविता : के तिमीलाई थाहा छ?

~निर्मला पुतुल~
अनुवाद : विक्रम सुब्बा

पुरुषहरूको भन्दा
स्त्रीहरुको नितान्त
एकान्तका बारेमा तिमीलाई थाहा छ?

घर, प्रेम र जातिभन्दा अलग
एक स्त्रीको आफ्नो
जमीनका बारेमा बताउँन सक्छौ?

सदियों देखि आफ्नो Continue reading →

Posted in अनूदित कविता | Tagged , | Leave a comment

Translated Poem : Home

~Kewalchandra Lama~
Translation : Raja Puniani

1.
Home has chased me
Out of the home.

Outside the home
In the chilled weather
I feel tempted of the hot breasts of my bed.

I have with me the carnivals
Which open the menopause doors of home. Continue reading →

Posted in Translated Poem | Tagged , | Leave a comment

कविता : क्षितिजमा अस्ताउन लागेका रहेछन्

~इश्वरवल्लभ~

सृष्टि सुरु भएपछि यता धेरिसुकै अरु पनि भै सकेका रहेछन्
रंगले भिजेका अनुहार पाखालिइसकेछन्
तैपनि न मैले मौरीका गॅुडहरु नै देखें,
न त गुम्बजहरु नै देखें,
त्यसैले म भन्न थालिरहेको छु अचेल, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

मैथिली गजल : नाक चुबैत पोटासन

~धीरेन्द्र प्रेमर्षि~

जिनगी अछि बड़ घिनाह नाक चुबैत पोटासन
सुड़कि–सुड़कि तैयो छी ढोबि रहल मोटासन!

पापक भुगताने लेल यदि लोक जनमैत अछि
कसने छी तखन किएक साँसकेँ नङोटासन? Continue reading →

Posted in मैथिली गजल | Tagged | Leave a comment

बाल कथा : फिरफिरेको बिहे

~नेत्र तामाङ~

आजभोलि फिरफिरे निकै खुसी देखिन्छन् । जाडो सकिनै लागेकोले हो कि, उसलाई उड्नउड्न मन लागिरहेको छ । फुर्रफर्र गरिरहेकैले उनको नाम फिरफिरे राखेको रे । खुसीको अर्को कारण पनि छ । केही दिनपछि उनको विहे हुदैछ । उनलाई लिन टाढाबाट बेहुला आउदैछन् रे । बाआमाले उनलाई चहिने सबै लुगा किनीसके ।

उनलाई बाआमाले टाढा निस्कन दिदैनन् । उनलाई भने माथि माथि आकाशसम्म उड्न मन छ । साना पुतली पकडेर खाने मन छ । तर के गर्ने बाआमाले भनेको मान्नै प¥यो । Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

कविता : म निर्वस्त्र : शान्ति केमा थापुँ ?

~नर्मदेश्वर प्रधान~

शान्ति अगाडि राखेर
तिनीहरूले भने,
‘राम्ररी थाप्नू
खस्ला… … ।’

शान्ति अगाडि राखेर
तिनीहरूले भने
‘लुकाउनू
चोरी होला… … ।’ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अमर गुलाबहरु

~प्रेम राई परिक्षित~

अनगिन्ती
पीडाहरुको घेराभित्र
सुरक्षित तिमी
लाखौं प्रेमील मनहरुको
स्पर्श सङ्गै
आफ्नो अस्तित्व Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : प्रेम प्रसङ्ग हाम्रो

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~

प्रेम प्रसङ्ग हाम्रो दुनियाँलाई कहानी भो
एक् कान् दुई कान् गर्दागर्दै जगतैको जुवानी भो

न्याउलीको विरहमा मान्छे प्रीत सुन्न थाले
कोइलीले को हो भन्दा मान्छे माया गुन्न थाले Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : महल पाएर पनि

~अनिता भण्डारी पौडेल~

खुशी छैनौ तिमी, बस्ने महल पाएर पनि
डिस्को, क्लब, मोज मस्तीमा धाएर पनि

किन तिम्रो अनुहारमा ग्रहण लागेको छ
महँगा महँगा पहिरन गहना लाएर पनि Continue reading →

Posted in गजल | Tagged | Leave a comment

संस्कार परिचय : थामीजातीको बिहे “साउती”

~वीर बहादुर थामी ‘लिले’~

नेपाल सानो मुलुक भएतापनि विभिन्न जातजाती र भाषाभाषी बसोबास गरेको मुलुक हो । विभिन्न जनजातीको बसोबास भएता पनि सबै जातीको उत्थान भएको पाइदैन । यस्तै उत्थान नभएको जाती मध्ये थामी जाती पनि एक हो । करिब चालीस पैंतालीस हजारको जनसंख्या रहेको यो जाती, नेपालको विभीन्न ठाउँमा बसोबास गरेपनि दोलखा, सिन्धुपाञ्चोक, र रामेछाप जिल्लामा भने अधिक मात्रामा रहेको पाइन्छ । यो जाती संस्कृतीको धनी पनि छ आफ्नै भाषा,भेष रितीरवाज र परम्परा रहेको पाइन्छ बनौट हेर्दा तिब्बति जस्ता देखिने यो जातिको आापनै परम्परा रितीरिवाज रहेको छ । Continue reading →

Posted in संस्कार - संस्कृति परिचय | Tagged | Leave a comment

कविता : मलाई ‘प्रजातन्त्र’ चाहिँदैन

~डा. मधु “माधुर्य”~

देश ‘प्रजातन्त्र’ भनेर रोईरहेछ
म पनि त्यो बिजोग देखेरै रोईरहेछु
र मलाई प्रजातन्त्र चाहिँदैन

शहीदका अलपत्र सपना छोप्न
एकसरो कात्रो भए पुग्छ अब
टुहुराका भोका पेट र नाङ्गो आङ छेक्न
अलिकाति फाँडो र टालो भए पुग्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

धिमाल भाषी कविता : धार्मिक रिति

~डम्बर धिमाल ‘प्रकृति’~

का ताइको धार्मिक साँस्कृतिक
रेम्फा खोदाइतेङ भोवलि गोइका हि
ताइको थातथलो भारी …

अक्सर पातेङ पुर्खा पिताइकालाइं
पुराना आजुआजाइं द्द्याङगेलाइं दोसा
ताइको मातृभासा धार्मिक साँस्कृतिविद
धामि ओझा देरा माझि रो देउन्या Continue reading →

Posted in धिमाल कविता | Tagged , , | Leave a comment

कविता : मन रिसाएको बेला

~पल हिरा~

मन रिसाएको बेला
मनहरु तल माथी गर्दै
छटकेको भात झैँ छटकिन्छ
हो मनहरु उताउली गाई झैँ भड्किन्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment