Tag Archives: सुनील बाबु श्रेष्ठ – Sunil Babu Shrestha

कविता : कहाँ पुग्छन होला यी वाटाहरु?

~सुनील बाबु श्रेष्ठ~ लमतन्न पसारिएका यी वाटाहरु मेरै घरको आँगन हुँदै अगाडी कहाँसम्म पुग्छन होला? अनि यी वाटाहरु हुँदै हरेक बिहानी उषाहरु झर्नुअघि नै सयौ सपनाका गरुँगो भारीहरु बोकेर खै कताको गन्तव्यतिर हिडेका हुन् उर्लदो नदीका बहाव झै हुलका हुल … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आन्दोलित फूलहरु !

~सुनील बाबु श्रेष्ठ~ हेर्दै गयौ खोज्दै गयौ सोध्दै हिडेयौ भने सबैले दिने फूलहरुको अर्थ जहाँपनि एकै हुन्छ कोमल हुनु रंगीचंगी हुनु सुन्दर हुनु सुवासित हुनु

Posted in कविता | Tagged | Leave a comment

कविता : अभिसप्त सिमाना र अनागरिकहरु !

~सुनील बाबु श्रेष्ठ~ सयौ चोटी आफ्नो थातथलोलाई पछाडी फर्कदै हेर्दै हजारौ किलोमिटरको दूरी पार गरेर शून्य आकाशलाई बोक्दै एउटा सूर्यको खोजीमा सिमानाका अभिसप्त पिलरहरुसंगै भर्खरै काठमाडौँ आइपुगेका अनागरिक हौ हामीहरु ।

Posted in कविता | Tagged | Leave a comment

कविता : नदी र चट्टानहरु

~सुनील बाबु श्रेष्ठ~ एकतमासले बगेर भारीका भारी सपनाका नदीहरु भविष्य खोज्दै मिसिन्छन पुगेर निलो महासागरमा । यहिँ सपनाका नदीहरुको विचमा अग्लो कद बनाएर बसेका अग्ला चट्टानहरु नदीबाट सृजित शितल हावा स्पर्श गर्दै

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरा बा

~सुनील बाबु श्रेष्ठ~ घुप्लुक्क घामका झुल्काहरु धर्तीमा पोखिन नपाउदै मेरा बा कामको लागि झिसमिसेमै घरदेखिको उकालो स्वाँ स्वाँ गर्दै माथि माथि डाँडाको थुम्कोमा पुग्थे । अनि त्यसरी नै हतार हतार उही बाटो ओरालो झर्दै झर्दै निथ्रुक्क पसिनाले भिज्दै घर पुग्थे … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म विद्रोही ?

~सुनील बाबु श्रेष्ठ~ चरा जस्तै फुत्रुक फुत्रुक रमाउदै उफ्रदै भर्खरै घरबाट खेल्न निस्केकी निर्दोष कोपिलाहरू आफ्नै घरको कान्लामुनि लडिरहेका छन रक्ताम्य भएर सोचौला तिमी यी कलिला मुनाहरु भर्खरै रजस्वला भएकी छे र, साक्षात्कार गर्दैछे जवानीसंग । ए भ्रमित शासकहरु !

Posted in कविता | Tagged | Leave a comment

कविता : पर्खिरहेका हुन्छन आमाहरु !

~सुनील बाबु श्रेष्ठ~ जाडोले कठा़ङ्ग्रीएका लेकका धुपिहरु जस्तै यतिबिघ्न जाडोमा चाउरिएका अनुहारमा सयौ रेखाहरु बोकेर सुनसान घरको पिडिमा एकोहोरो टोलाईरहने ती एक्ली बुढी मान्छे कसकी आमा होला? छेऊमा गएर सोध्छु, ‘आमा जाडो भएको छैन?’

Posted in कविता | Tagged | Leave a comment

कविता : मृत सपनाको अँगालोमा सहयात्रीहरु

~सुनील बाबु श्रेष्ठ~ हिजै मात्रै त हो साथी ! हत्केलामा जिन्दगी राखेर हामी कठिनभन्दा कठिन एउटै बाटाहरु हिडेको । नाकै छुने बेतालका उकालो चढेर माथि पहाडका हरिया नागीहरुमा पुग्दा क्षितिजपारीको डाँडाका कापबाट चिहाइरहेका

Posted in कविता | Tagged | Leave a comment