~देवेन्द्र खेरेस~
इङलीस च्यानलको काखमा
ढोभरवीच
दिशाहिन हावाको गतिले
पानीको छालहरू तर्काइरहन्छ
घरि एता..
घरि उता…
वैंसको नग्नताहरू
समरमा ग्लामर शो
वीन्टर नछिप्पिदै आत्माहत्या हुन्छ । Continue reading
~देवेन्द्र खेरेस~
इङलीस च्यानलको काखमा
ढोभरवीच
दिशाहिन हावाको गतिले
पानीको छालहरू तर्काइरहन्छ
घरि एता..
घरि उता…
वैंसको नग्नताहरू
समरमा ग्लामर शो
वीन्टर नछिप्पिदै आत्माहत्या हुन्छ । Continue reading
~भिमदर्शन रोका~
डुङ्गा राखे जलमा तिमीले
हातको पतवार दिउँला ।
उत्थान—पतनको माझमा
तूफानको किनार दिउँला । Continue reading
~भिमदर्शन रोका~
ढल्मल ढल्मल गरी
सेता सेता बादलसरी
मलाई आकाशतिर जान नदेऊ
मेरो आफ्नै धरती छाडी । Continue reading
~सदानन्द अभागी~
पूर्णतामा रमाई घुमाई
स्वर्णतामा सजाई झुमाई
आउँछन् ती वहाना बनाई
पाउँछन् के बसाई गुमाई Continue reading
~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~
म मरिसक्या छैन
छोएर हेर म मरिसकेको छैन
यी मेरा आँखाले
अझै हेर्दै छन्
नासिकाको घ्राणशक्ति
विलुप्त छैन Continue reading
~मेगराज धिमाल~
चातेङ ताका खुइ नानि दोमि जिङहि ।
ताइको जिङका ड्याङ दोङ नानि दोमि जिङ्हि ।
मनता चाका द्य़ाङ नानि दुरे जिङ्हि ।
केङ लातेङ दोमि दोसा हान्दे हि । Continue reading
~पल हिरा~
पत्थर नै होस् तिम्रो मुटु
मेरो प्रेम गल्ने छैन
अथाह नै होस तिम्रो सामु
मेरो माया ढल्ने छैन
चुलिएर फुटोस ज्वालामुखी, Continue reading
~मालिकराम ‘वियोगी’~
धनसेर या चौँतीस मामा र हस्तबहादुर या हस्ते भान्जा गोर्खा भिलेज बस्छन् । उनीहरू नेपालबाट आएदेखि यहीँ बस्दैछन् । एक तले घर छ । सामान्य तरिकाले बारेर कोठाहरू बनाइएका छन् । उनीहरूको साथमा अरु पनि बस्छन् । दुःखले घुस्रीपिस्री बस्नु उनीहरूको बाध्यता भएको छ । चौँतीस मामा सेक्युरिटी काम गर्छन्, हस्ते भान्जा कन्स्ट्रक्सनमा । एउटा कोठामा बसेको भन्नुमात्र छ, मामाभान्जाको भेट कहिलेकहीँको छुट्टीमाबाहेक हत्तपत्त हुँदैन ।
आज उनीहरूको छट्टी एकै दिन परेछ । धेरै दिनको व्यस्त जीवनपछिको यो छुट्टीले दुवैलाई खुशी तुल्याउछ । दुवै गफमा मस्त छन् । धनसेर भन्छ, “धेरै दिनपछि हाम्रो बिदा सँगै परेछ । अनि भान्जाको खबर के छ त ?” Continue reading
~सञ्जय बान्तवा~
यो चित्रमा
एक वृक्षले भन्यो –
हे ईश्वर! मलाई एउटा मात्र एउटा,
प्रत्येक समयमा बीज देऊ
म आफ्नो फेदमा धरतीलाई
रोमाञ्च दिनेछु। Continue reading
~उर्मिला कोईराला ‘आँसु’~
खाटभरि किताब फिँजाएर बसेथेँ
दाइले भन्नुभो -किताब थन्क्या र घाँस काट्न हिँड
पढाइभन्दा काम ठूलो ठानेँ र हिँडे
मलाई फूल खुब मन पर्छ
आँगनको डिलभरी फूल सारेँ
भाइले सबै उखेलिदियो
केटाकेटी यस्तै हो भनेर सहेँ Continue reading
~दाजु गुरुङ~
शहर न तिमी जस्तो छ
न म जस्तो छ
तिमीलाई कसरी भनूँ, शहर कस्तो छ ?
बैसले उन्मुक्त कुनै षोडसी
टपमा नुहाउनु बसेजस्तो छ शहर
ललाटमा वर्षेको पानीका वुँदहरु
उन्नत अवयहरुलाई घात गर्दै
नाभिस्थलबाट जलासयमा समाहित हुँदा Continue reading
~Binaya Kasajoo~
Translation : Kunda Dixit
One of the effect of the dawn of “development” in Nepal has been the widespread perception that anything foreign is good, and anything local – however beneficial – is bad. Nepalis therefore prefer high-yield “development” wheat which gives more harvest and bigger grain. Even though the taste is not as good as local wheat varieties, the seeds of development fill the stomach quicker.
The same with “development” eggs, “development” sheep, “development” rooster. They Continue reading
~कौशिला रिसाल~
तिमी भेटे मनमा मीठो आभास लाग्न थाल्यो
आजभोली आफ्नै जीवन खास लाग्न थाल्यो
हिंड्नुपर्छ थाछ, एक्लै साथी हुन्नन् जहिले
तिमी बिना पल पल निरास लाग्न थाल्यो । Continue reading
~सविना सिन्धु~
एउटी महिला पार्कमा भेटिन्थिन् । पहेँलो लुगा लगाएकी हुँदा मैले उनलाई साधुु सन्त हुन कि भन्ने अनुमान लगाएकी थिएँ । तर मेरो अनुमान पटक्कै मिलेन । “उनी फूलहरु पो बटुल्न आएकी हुन् कि ?”, मलाई शङ्का लाग्यो । केही थरी फूल, पार्कका मालीहरुले बिक्री गर्छन् र केही सित्तैमा समेत बाँड्छन् भन्ने सुनेकी थिएँ । उनी अशक्त वा दया गर्नु पर्ने प्राणी जस्तो देखिन्न थिइन् । उनको अनुहारको भाव पढ्दा उनी अन्य व्यक्ति भन्दा शान्त र पृथक देखिन्थिइन् ।
आँखा बन्द गर्दा समेत उनकै अनुहार याद आउन थाल्यो । धेरै वर्ष अघि कता–कता कहिले–कहिले देख भेट Continue reading
पहिल्यै,
निकट भूतमै कविताको ढोका ढक्ढक्याइसकेको हो ।
भावनाको संघारमै पदाक्षर गरेको हो ।
कृतिम बुद्धिले ।
र मलाई लघुमानव जस्तो बनाइदिएकै हो ।
हो, जब ‘डीप ब्लू’सँग पराजित भएको थियो Continue reading
~सुजन बुढाथोकी ‘कान्छा’~
गाउँमा दिनभरी गुजारा गर्दा पनि
केही फजुल खर्चहरु नगर्दा पनि
आफ्नै पेशाबाट
जिवननिर्वाह नभएर
नाइट ड्युटी गर्न
सहर आइरहेको
कुनै गरिब अनुहार हो
यो बेसाहारा
र बेरोजगार पात्रको
एउटा अति निम्नस्तरको
बिचारा जलारी माझीदाइको Continue reading
~भिमदर्शन रोका~
को आउँछ मेरो गीत खोस्न ?
एक्लै सफरमा मेरो मीत खोस्न,
सीमा नै टपिसकेको छु मैले,
को आउँछ मेरो जीत खोस्न ?
को आउँछ मेरो गीत खोस्न ?
एक्लै सफरमा मेरो मीत खोस्न । Continue reading
~सुजन बुढाथोकी ‘कान्छा’~
मेरो यो दिलको द्ववारमा
दन्किरहेको ज्वार
अनि यी अनुहारका गालाहरुमा
जलिरहेका ज्वालाहरु दवाउन
बर्सौदेखी यी नदिनालाहरुहुँदै
कालापानीको किनारमा बलिरहेको
अनि सिमानाको सङ्गघारमा सल्किरहेको
आगो निभाउन
र भ्रस्टचारि भाइरसको बिस्तारलाइ ताला लगाउन Continue reading
~राजन कोइराला~
हे भानुभक्त! नेपाली साहित्यमा फेरि फर्केर आऊ!
खस्किंदै गएको नेपाली भाषा र संस्कृतिलाई जोगाऊ!!
तिम्रो पालामा जस्तो रामायणको भाषानुवाद हुदैन अचेल
विदेशी भाषाका पुस्तकले प्राथमिकता पाउँछ विद्यालयमा यहाँ
राष्ट्रिय जनावर बाघ अनि राष्ट्रिय फुल कमल भनेर सिकाइन्छ जहाँ Continue reading
~नगेन्द्र शर्मा~
मलाई पनि आफ्नै भाषाले अन्योलमा पारेको छ । मैले अनेक भाषा सिकेँ, तर आखिरमा आफ्नै भाषामा फसेको छु । हाम्रो भाषा–व्याकरणमा किन यस्तो भद्रगोल भयो होला भने, नम्बर वान, हामी ज्यादै संस्कृटाइज भयौं ।
नगेन्द्र शर्मा, नेपाली र अंग्रेजीमा आख्यान–गैरआख्यान दुइटैमा साधिकार कलम चलाउन सक्ने थोरै नेपाली स्रष्टामध्ये एक । ‘नेपाली जनजीवन,’ ‘अन्डादेखि भ्यागुतासम्म,’ ‘तर्क–वितर्क,’ ‘कथा क्यानडा,’ ‘नेपाल ए टु जेड,’ ‘फोक टेल्स अफ नेपाल,’ ‘सिट अफ स्नो’ जस्ता कृति दिएका शर्मा ८८ वर्षको उमेरमा गत २०७४ फागुन २५ गते हामीबाट बिदा भए । शर्मालाई मैले २०६८ साउन १३ गते काठमाडौँमा भेटेको थिएँ । त्यति बेला उनको Continue reading
~तारा साम्पाङ राई~
थाङ्नाको पोकोभित्र गुटमुटिएर
स्वतन्त्र कोक्रोमा हल्लिरहेको दिनहरू
हातखुट्टा टेकेर खेलौना ज्यानलाई घिसार्दै
बुलबुल र्यालका फोकाहरू निकाल्ने
ती क्षण, ती दिनहरू
बालपनमै छोडिएछ ।
आमाको न्यानो काखमा, एकमज्जाले तेर्छिदै Continue reading
~गोधूलि दिनेश~
पिङ मच्चिँदा,
धर्ती फाट्यो, देख्यौ?
अनुशासित यी।१।
पिङ मच्चिँदा,
सागर उर्ल्यो, देख्यौ?
स्वाभिमानी यी।२। Continue reading
~कुलचन्द्र वाग्ले~
साहित्य के हो ? के होइन, कुनै पनि भाषामा लेखिएको सामग्री ? मधुपर्कमा प्रवेशपछि मात्र मसँग यस्तो प्रश्नले उत्तर खोज्यो । पहिले जे बुझियो त्यही नै साहित्य हो भन्ने लागेको रहेछ क्यारे, मधुपर्कमा पुगेपछि यस्तो अनुमान पनि हुनथाल्यो । प्रश्नले ब्यूँझाइ दिएर ।
कोर्समा पढेका कथा,कविता उपान्यास अथवा साहित्यकार भनी कुनै विधाको परिचित व्यक्तिले लेखिदिएका अक्षरहरूलाई साहित्य मान्ठान्दै आएको व्यक्ति, नियात्रा, संस्मरण वा अनुभूति पनि साहित्यमै पर्छ भन्ने चाहिं मलाई थाहा थियो । अहिले विधा धेरै छन्, नेपाली शैली, सिल्पको बाटो हुँदै विदेशी विधा भित्रिएका छन्, भित्रि Continue reading
~डी के वाइबा~
ओ सरकार !
तिमीले विस्फोटक हतियारका रुपमा देखेको कोदालो
तिम्रै कृषी विभागले वितरण गरेको हो
तिमीले देखेको आर्चरी
तिम्रै खेल विभागले वितरण गरेको हो
तिमीले देखेको हँसिया, मार्तोल र आरी
तिम्रै श्रम विभागले वितरण गरेको हो Continue reading
~वीरेंदर भाटिया~
अनु : सारिका श्री
सबै बालिकाहरुलाई निर्देशन छ
पुरुषसँग जोगिएर हिंड्नु
पुरुषसँग भलाकुशारी नगर्नु
उनीहरुको नियतमाथी सदैव शंका गर्नु
कुनै पुरुषले तिमीसँग
भलाकुशारी गर्ने
प्रेम जताउने
स्नेहले कपाल सुम्सुमाउने Continue reading
~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~
१. देश वर्णन
२. युद्धको घोषणा
३. जना-जङ्ग संवाद
४. युद्ध-दुर्ग
५. युद्ध
६. परमपद
सरस्वती प्रार्थना
आऊ माता शारदे तिमी यो पुत्र छेउमहाँ
त्यागेर शरणागत जान्छ्यौ तिमी कहाँ ॥१॥ Continue reading
~विष्णु खरेल~
देश रोइ रहयो
अविरल साउने झरी झै
म किंकर्तव्यविमुढ
न देशको आंसु पुछन नै सके
न सान्त्वना दिन नै सकें Continue reading
~डा.मधु माधुर्य~
नखुर्मुरुन्जेल
वीरताको भूमिकामा
कहालीलाग्दो भीरको बाटो हिंडेर
युग-युगान्तर
समयलाई/ संसारलाई तर्साइरहेका छौं
केहि फुटाइरहेका छौं / टुटाईरहेका छौं
कसैको अनुरोधमा Continue reading
~नवराज सुब्बा~
समान रुपमा
हामीले बोल्ने बुझने भाषा
अनि एउटै अर्थ लाग्ने शब्दहरु
जब माकुराहरु जाल बुन्छन्
ब्याकरण र शास्त्र कोर्छन् पंडितहरु
तब शब्दार्थ तन्काइन्छन् चेप्टाइन्छन् Continue reading
~गोपाल अश्क~
मैले त पिएर हेरेँ, तिमीले पनि पिएर हेर
विषले भरिएको जीवन तिमीले पनि जिएर हेर ।
मेरो जीवन जीवन नभई
भइहाल्यो एउटा सजाय
मर्न भयो पनि कठिन है
छैन जिउन कुनै उपाय Continue reading
~इश्वरवल्लभ~
मेरो ढाडमा अहिले मैले कंचनजंघा बोकेको छैन
धूपीका उकाली ओरालीहरू चियाका बुट्टाका
भार पनि छैनन्
म स्वतन्त्र छु,
ती बाँझा बालुवा जस्ता मेरा खालि पनमा Continue reading
~लेखनाथ पौड्याल~
कोरी केश सफा गरी, फुल जडी टेढा झिकी कुन्तल
लाई लालि कपोल, ओठहरुमा आँखाविपे गाजल ।
औठी हारहरु डटी चहकिला पोशाक सारा चुनी
आई कुन्जविपे अली छिन बसी बोली नयाँ कामिनी ।।१।।
फेला पर्न गये म धूर्तजनका, सङ्केत-बेला गयो
व्यर्थैमा विचरी यसैबिच परे, कस्तो हरे ! कर्म यो ।
जाऊँ हाय ! कहाँ, गरुँ अब कसो, पोखूँ कहाँ यो पिर
होला शान्त कसो गरी हृदयको यो दीर्घ-चिन्ता-ज्वर ? ।।२।। Continue reading