गजल : पछि यो फर्कन्न

~कोमल श्रेष्ठ मल्ल~

समय बुझ है पछि यो फर्कन्न
तिमी आउ दिलमा पर्खनु पर्दैन

जिवनको खाल छ मायको ताल छ
मायाको माया छ तर्कनु पर्दैन Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : माया ले माया छिन्छ

~पल हिरा~

यहाँ माया ले माया छिन्छ
नभनु भने चोटले आसु दिन्छ

बाडेर खुशीहरु साथ जिउ भन्थे
सारेर लग्यो थोरै आटहरु पनि Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : ग्रीष्म-यात्र – १

~मनप्रसाद सुब्बा~

उखरमाउलो गर्मी छ ।
हिवडदा हिँडदै आँखाहरू सियाँल खोज्छन्
अनि फेरि मलाई तिम्रो याद आउँछ ।

थर्ममिटरका पाराहरु
मेरो अनुहारमा कोरिएका छन्
उमेरको डिग्री अङ्कित गर्दै । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : विकास मंचमा कन्यादान

~विनय कसजू~

स्वस्थानीमा कुमारजी आज्ञा गर्नुहुन्छ, “हे अगस्त्य मुनि ! जुनजस्ती सतीदेवीलाई कन्यादानमा माग्न जाँदा दक्षप्रजापतिले नाना तरहले अपमान गरेर फर्काएपछि शिव साह्रै दुखी भए र विष्णुकहाँ गै भने, “हे विष्णु, मेरो अझसम्म घरजम भएको छैन । जसरी भए पनि प्रजापतिकी छोरीसँग मेरो विवाह गरिदिनु पर्‍यो ।”

विष्णुलाई शिवको कुरा उचित लाग्यो । उनी शिवलाई बैकुण्ठमा कुराएर एक्लै प्रजापतिकहाँ पुगे । प्रजापतिले पनि विष्णुको खातिरदारी गरेपछि के कामले पाल्नु भएको होला भनी सोधे । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : समय–अन्तर

~आन्विका गिरी~Anbika Giri

“ठिक पर्यो खुचिङ्ग, खुव केटी भएर साइकल चलाउने भा’की यस्ताको त हातखुट्टा नै ठनक्क हुनुपर्ने। यसको चाला सार्है निको छैन, सार्है उत्ताउलो भा’की छे। हेरन कपाल कटाइ, मुसाको पुच्छर जत्रो पनि छैन, लुगा हेर हेर, यत्ति ढाडे भएर पनि तिघ्रा देखाउने कट्टु लगाएर हिड्छे। तँ जत्रो हुदा त हामी नानीका आमा भै-सकेका थियौँ” साइकलबाट लडेकी रोस्निलाई उठाउनु त कता हो कता सुवेदारनी वजैले ताली बजाइन। बाहिर देखाउँदा सुवेदारनी वजैले मार्छिन भन्ने डर भए पनि भित्र भित्र दार्हा किटिरहेकी रोस्निले एकै छिनका लागि त आफु लडेकै ठाउँमा सुवेदारनी बजैलाई उचालेर थचारी दिउँ कि भन्ने पनि सोची, सोचेर के गर्नु गर्न नसकेपछि त्यसैले त्यो कुरा धेरै बेर सोचिन उसले। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : कठै यो मोहन ठकुरी

~मोहन ठकुरी~

विपनाहरू उसका कहिले आफ्नो भएनन्
अपुग सपनाहरू अँगालोंमा बाँधिएर
बसेको हो यो मोहन ठकुरी
गमलाको क्याक्टसजस्तो
न फुल्नसक्छ, न फैलिनसक्छ। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : फेरि, बाँचिरहन्छौं

~चन्द्र रानोहोंछा~

सपनाले मानिसको भोग खान्छ
र, अमर बन्छ
बिलाएर जान्छौं हामी
फेरि, बाँचिरहन्छौँ …

उज्यालो डो¥याउँदै हिँडेको पाइताला
जब हराउँछ कुनै अँध्यारोमा …
अँध्यारो त्यो सपना हो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सपनाको महल

~राजकुमार बराल ‘राजु’~

प्रिये
तिमीले पनि हिँड्ने धर्ती यहि नभएको भए
तिमीले पनि देख्ने सपना यस्तै नभएको भए
भन्न सक्दिनथेँ होला
बिचारको भूमध्यरेखामा उभिएर
भरिएका भावनाका गाग्रीहरुले
कस कसलाई भिजाउँथे र
कस कसलाई सिंचित गर्थे भनेर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : त्यो मनोहरा

~सन्तोष आचार्य~

त्यो मनोहरा
हिजो पनि उस्तै थिई
आज नि उस्तै छे
उस्तै छ गिट्टी कुट्ने मेसिनको आवाज
तेस्तै नै छ सिकारु बाईकरको कवाज
उस्तै छ उस्को चालढाल
मानौ बितेकै छैन समय काल Continue reading →

Posted in कविता | Tagged | Leave a comment

अनूदित बाल कथा : मानिसले के आविष्कार गर्नसक्छ ?

~एच सि एन्डरसन~
अनुवादकः शान्तदास

एक जना युवक कवि बन्ने उद्देश्यले अध्ययन गर्दै थियो । इस्टरको चाडसम्ममा कवि बनिसक्ने उसको इच्छा थियो । त्यसपछि ऊ बिहे गरेर सुखी जीवन बिताउन चाहन्थ्यो । कविता लेख्नका लागि केही कुराको आविष्कार गर्न सक्नुपर्छ भन्ने उसलाई थाहा थियो । तर उसले केही पनि आविष्कार गर्न सकेको थिएन । आफू साह्रै पछि जन्मेँ भन्ने उसलाई लाग्थ्यो । आफू संसारमा आउनुभन्दा पहिले नै सबै कुराको आविष्कार भइसकेको छ र मानिसहरूले सबै कुराको बारेमा बोलिसकेका र लेखिसकेका छन् भन्ने ऊ ठान्थ्यो ।

उनी यस्तो सोच्थे : “हजार वर्षअघि जन्मेका मानिसहरू सुखी थिए । किनकि उनीहरूलाई केही कुराको Continue reading →

Posted in अनूदित कथा | Tagged , | Leave a comment

कविता : जाडो र मान्छे

~गणेश राई~

सपनाहरुको जम्काभेट
या हृदयहरुको अपार सम्मेलन
यो स्ट्राटफोर्ड ओलम्पिक पार्कको चर्चहिल छातिजस्तै चिसो
युगौंदेखि कोरिएको भेद्भावको विषुवत रेखाको परिधिले बाँधिई
जाडोसँग जुझ्दै उभिरहेछु
समयले भुलेको यौटा पेन्सने बूढो म

जाडोको क्रुरता र त्यसको आक्रान्त बिरुध्द
धैर्यले तातिइरहनु मेरो नियति Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : जुरेफिस्टा

~मालिकराम ‘वियोगी’~

त्यसबेला ऊ सानै थियो । गोठालाबाट आएपछि यसो खोलाखाली चराको गुँड खोज्ने गथ्र्यो, ऊ । त्यसबेला चराको एउटामात्र गुँड भेटाउनु पनि साथीहरुको छेउमा शान र रवाफको कुरो थियो । एउटाभन्दा बढी चराको गुँड भेटाउनु र अझ बच्चासहितको गुँड भेटाउनु त झन गर्वको कुरो थियो ।

एक पटक उसले एउटा जुरे फिस्टाको गुँड भेटायो । ऊ साह्रै खुशी भयो । अझ फिस्टिनीले फुल पारेपछि त ऊ झन खुशी भयो । फुल पारिसकेपछि उसको मनमा अपराधले बास बस्यो । उसले सोच्यो, फिस्टिनी ओथारो Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

Translated Microstory : The White Ghost

~Binaya Kasajoo~
Translation : Kunda Dixit

The village headman used to wake up with the roosters every morning and walk down to the river to bathe. One morning, he met the White Ghost.

The headman had heard that White Ghost will do any bidding it one can steal some of his hair. So he lunged forward and uprooted a fistful of the ghost’s white fur. True to legend, the White Ghost fell at the headman’s feet and said he’d do anything to get his fur bac Continue reading →

Posted in Micro Story, Translated Story | Tagged , , | Leave a comment

कविता : एब्स्ट्रयाक याद

~डा. विदुर चालिसे~

रक्तिम छालहरूसँग परस्पर पाेतिएका
उल्लासका उड्दा रङका तेज बेथाहरू
अस्ताउँदाे सूर्य र उदाउँदाे चन्द्र मनसँग
जुनी हातहरू खै बजारिएथे प्रभातमा ।

रुष्ट अाँखाका पातला भ्रमहरूसँग बहेर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : विद्वेषविरुद्ध साहित्य

~कुलचन्द्र वाग्ले~

नेपालको साहित्यले अब विद्वेशबिरुद्ध जुर्मुराउनुपर्ने भएको छ । धेरै विषयमा नेपाली साहित्य बोलिसक्यो । वादहरूमा नेपाली साहित्य प्रकट भयो । राजनीतिलाई पनि नेपाली साहित्यले पच्छ्यायो । स्वच्छन्दता र स्वतन्त्रतालाईसमेत यो साहित्यले भरपूर प्रयोग गरेको छ । विश्व साहित्यसँग कुमजोरी खेल्न सक्ने भएको मानिन्छ हाम्रो नेपाली साहित्य । गरिवका विषयमा लेखेको छ, अमिर र फकिरहरू पनि यो साहित्यमा भेटिन्छन् ।

बौद्धिकता पनि, अनि वैचारिक र श्रम पनि, मनोरञ्जन र प्रकृति प्रेम पनि । प्राचीन होस् कि अर्वाचीन, पौराणिक वा ऐतिहासिक नै किन नहोस् । काल्पनिक र तार्किक वा यथार्थवादी, सबै सबै विषयमा बोलेको छ नेपाली Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

लिमरिक : चड्कन

~सोफिया शर्मा रेग्मी~

राम्री एउटी साथीको बिहे भो प्रोफेसरसंग
प्रोफेसरको साथी भएथ्यो फिदा मसंग ।
बिहेमा म गएं भएर झिल्के Continue reading →

Posted in लिमरिक | Tagged , | Leave a comment

गजल : यहाँका पुराना देखेँ

~रवि प्राञ्जल~

मान्छे यहाँका पुराना देखेँ
आँखा भएका काना देखेँ

जहाँ ओत लागेको छु
जीर्ण त्यहाँ छाना देखेँ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

धिमाल भाषी कविता : किताप फुल्टिङ चासु

~डा.सोमबहादुर चातेला~

हेथे हिस्वाना सा लिता खिनिङ
माओल्हेस्वाना बाहार बुझिलि ?

साझिनिको आबा बिदेस हानेहि
टाका काउरि कामाइहि दोहि ।

बोसिको बाइ पोर्हेलि काठमान्डु लोहि Continue reading →

Posted in धिमाल कविता | Tagged , , | Leave a comment

कविता : मलाई ननिकाल काठमाण्डु

~इश्वरवल्लभ~

काठमाण्डु , तिमी मैनबत्ती हौ,
म पनि मैनबत्ती हुँ ,
काठमाण्डु, म क्षणक्षण सल्किरहेको छु, र पग्लिरहेछु |
काठमाण्डु, तिमी मलाई शायद यहाँबाट निकाल्ने तर्खर गर्दैछौ,
तिमी शायद मलाई सहन सक्तैनौ ,
तिम्रा मन्दिरहरु नै तिमीलाई धेरै भैसके,
काठमाण्डु, तिम्रा देवताहरु धेरै छन् ,
काठमाण्डु, तिम्रा गुम्बजहरु धेरै छन्, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

Poem : Beneath The Lines

~Bhim Thatal~

Those baked chapattis of Hotel Nashraj were sumptuous
We had eaten together in the comfort zone.
It was very hot then there
In the excessive humid weather
The Sun had printed its indelible marks on your face.
On our being the citizens of this nation
And having shouldered certain responsibilities
We were being formally trained for life and livelihood. Continue reading →

Posted in Poem | Tagged | Leave a comment

कविता : आमा

~विन्द्या सुब्बा~

मेरो आँखाको पुतलीबाट
एउटा परेवा उडेर आकाशतर्फ गयो
आँखामा गंगा ओह्रालेर
उभिएकी छु यो गाउँको डाँडामा
परेवा उडेको त्यो दिशातर्फ हेर्न Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : नानीहरुको आग्रहः गुरुआमालाई

~रमा अधिकारी ‘कादम्बरी’~

धुम्म इतिहासको
धमिलो आकाशमा
बन्दुकले लेखेको बारुदको कथा
सुन्दा सुन्दै विरक्तिएर
नानीहरु भन्छन्
गुरुआमा !
कति सुनाउनु हुन्छ
विभक्त मनका व्यथा
उजाड वनका कथा
कति पढाउनुहुन्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

संस्कृति समीक्षा : सल्यानमा ख्याली र झुमुरा लोकगीतको अवस्था

~छविकिरण वली~

१) परिचय

नेपाल भौगोलिक विविधता भएको देश हो । यहाँ विविध जातजाति, भाषाभाषी, वेशभूूषा र धर्म संस्कृति भएका मानिसहरुको बसोबास रहेको छ । ती जातजातिअनुसार आआफ्नै प्रकारका वेशभूूषा, धर्मसंस्कृति र लोकसाहित्य छ । लोकसाहित्यका विधाहरू लोकनाटक, लोककथा, लोकगाथा, गाउँखाने कथा, उखान, टुुक्का, लोककविता र लोकगीत हुुन् । लोकगीतका प्रकारहरुमध्ये ख्याली र झुुमुुरा पनि एक हुुन् । यस आलेखमा मध्यपश्चिम सल्यानमा लोपोन्मुुख अवस्थामा रहेका ख्याली र झुुमुरा लोकगीतलाई विश्लेषणका लागि विषयवस्तुु बनाइएको छ । Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : एउटा कवि: नेपथ्यभित्र / नेपथ्य बाहिर

~डा.मधु माधुर्य~

कोठामा छिरेपछि
कविले सफेद पानामा “शान्ति” कविता लेख्यो
कोठाबाट निस्कानेबेला उसले
केहि परेवाको हाडखुर,नंग्रा र प्वाँखको पोको
फोहोर- कन्टेनरमा मिल्कायो

यता, कवितामा उसले Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा कविता लेखिदेऊ

~विवेक शर्मा चापागाई~

हे कवि,
लौन एउटा कविता लेखिदेऊ।
कृष्णले अर्जुनलाई भन्न छुटाएको
शिवले सति देवीलाई भन्न नभ्याएको
सारहरुलाई वर्णन गरी
एउटा कविता लेखीदिन्छौ होला नी?
म पढ्ने छु, उच्च स्वरमा
यी मानवहरुले सुन्ने गरी,
सबै प्राणीले बुझ्ने गरी, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : महान् लेनिनप्रति

~विजय मल्ल~

कहिले नबजेको मास्कोको विराट् घण्टा
एक दिन तुफानी रातमा बज्छ ।

सुन ए दुनियाँवासी !
कहिल्यै नगर्जने मास्कोको विशाल तोप
तिम्रो घोर निद्रामा गर्जन्छ ।
धरती काम्छ, चट्टानहरू फुट्छन्
हिउँका आँधी मच्चिन्छन्
विशाल गगनभेदी महलहरू
चुरचुर भई धरतीमा गाँजिन्छन् । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : मुनामदन र जि वया ला लाछि मदुनि गीतिकथा

~नर्मदेश्वर प्रधान~

कुनै पनि कृति, रचना, पाठ एक्लै उभिन सक्दैन । अरूबाट असम्बन्धित भई आफै पूर्ण हुन सक्दैन । भानुभक्तले रामायण लेखे । भानुभक्तले लेखनमा प्रतिभा, विशिष्टता देखाए तर रामायणका कथावस्तु उनले पूर्वजहरूबाट लिएका थिए । कतिपय कवि लेखकहरूका कृति, रचनाहरूमा मिथकीय, पौराणिक घटना, पात्रहरू प्रतीक बिम्बको रूपमा प्रयोग भएको पाइन्छ । ज्ञानका अनेक दर्शनहरूका सन्दर्भ भेटिन्छ । इतिहासका प्रसङ्गहरू बुझ्न पर्ने हुन्छ । पुस्तकहरू पढ्दा सम्बन्धित सान्दर्भिक ग्रन्थ, रचना, विचार, सिद्धान्तहरूबारे स्पष्ट हुनपर्ने हुन्छ । कुनै पनि पुस्तक रचनामा अन्य ग्रन्थ, विचार, सिद्धान्तका अन्तर्सम्बन्ध भइरहन्छ । कुनै पनि पाठ टापुझैँ अलग्ग रहन सक्दैन । जुलिया Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : दूबो

~पुष्कर लोहनी~

दूबो पलाएझैं इच्छा पलाउँछ
मेरो छाती
हरियै हरियोले ढाकिदिन्छ
हरियोको गन्धै गन्धले
मानिसको मगज गुम्म पारिदिन्छ
निसास्सिएको वाफ फाल्नलाई
खोजी खोजी यहाँ मानिस आउँछ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : मुक्तियुद्ध

~मधुश्री~

ए साथी-संगी जुटेर अब अगाडि बढ्नु छ
मुक्तिको लागि अन्तिम युद्ध हामीले लड्नुछ

देखियो रंग फेरेर सबै स्वार्थमै जुटेको
चाहना हाम्रो सत्ताकै आगो बालेर भुटेको Continue reading →

Posted in गीति कविता | Tagged | Leave a comment

Translated Poem : In the Farmyard

~Gyanendra Khatiwada~
Translation : Raja Puniani

Separating paddy from the straw
Two oxen are rotating around an axis
In the farmyard

I also rotate walking behind them
Holding a stick in my hand Continue reading →

Posted in Translated Poem | Tagged , | Leave a comment

धिमाल भाषी कविता : : आधिकारको भासिङ राजनिति

~डा.सोमबहादुर चातेला~

जाइ हाले चोइखे, वाङ उम चालि लालाइखे
जाइ काम पाखे, वाङ हाइदोङ मानिङखे
जाइ देस बानाइखे, वाङ राज्यता न्हुखे
जाइ दुख पाखे, वाङ बासार किपाङ गरिब जेङखे ।
।।१।।
जिदोङ द्याङ भोट पितेङ जितिपाखे वाङ न्हुखे Continue reading →

Posted in धिमाल कविता | Tagged , , | Leave a comment

हास्य-व्यङ्ग्य गजल : इँजार हुन पाइयोस्

~एकु घिमिरे~

नेताज्यूको सुरुवालको इँजार हुन पाइयोस्
मन्त्रीज्यूको भेडा हेर्न, गाई दुहुन पाइयोस् ।

जता शक्ति, उतै भक्ति, के लाज –सरम ?
अपच भई कट्टु छेर्दा गोप्य धुन पाइयोस् । Continue reading →

Posted in गजल, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment