कविता : विडम्बना

~डम्बर पहाडी~

चारैतिर हरियाली
तुवाँलोले ढाकिसक्यो
डाँडा-काँडा, बन-पाखा
डढेलोले खाइसक्यो
वसन्तमा
रुखहरूले पनि
नयाँ पालुवा फेरी सके Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : जेठ – २०५७

~मनप्रसाद सुब्बा~

उन्मत्त छ जेठ महिना ।
त्यसको वाफीँदो उत्तेजनाको पसिना
मातलाग्दो फूलहरू भई फुटिनिस्केको छ
शिरीष र चिलाउनेको बोटमा ।

उन्मादको यो कत्ति शितल अभिव्यक्ति ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : म माटो बोल्दैछु

~बली सुब्बा ‘बसन्त’~

हो साथी,
म माटो बोल्दैछु
म धुलो हुँ – प्राण बोकेर कराउँदैछु
रमाउँदैछु रंगमंचमा सजिन पाउँदा
तर पालो पर्खँदेछु चिहाने डाँडामा

अन्त म चिहान बोल्दैछु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : दुर्गम उचाइमा फूलको आँधी

~मोमिला~

हिजो साँझ
आगोको चहकमा आकर्षित मनले
दुर्गम उचाइमा आत्महत्या गरेछ ।

बुझ्दा
आगोसँग रिसाएको मनले Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : हाम्रो गाउँमा

~ललित बस्नेत “भीमाली”~

मकैको थाँक्रो सिधै
एकै छाक पार्छन्
कहिले यताका
कहिले उताका
बाघ छापेहरूले
हाम्रो गाउँमा !

टाँकीको मुन्टा
मान्छेलाई खान पुग्दैन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो प्वाँख त काटिएको रहेछ……

~निलन कुमार थेच्वमि~

म एउटा एक्लो पंक्षी
भविष्यका इच्छा आकांक्षाहरुका साथ
विभिन्न उदेश्य र सपनाहरु बोकी
अनन्त खुल्ला आकाशतिर उड्न खोज्थें…

त्यो समय मेरो सामु
घनघोर घटाले छाएपनि
मेरो पार्इला पाइलाहरुमा… Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बूढानीलकण्ठ

~अविनाश श्रेष्ठ~

भगवान् !
तिमी यहाँ आएर निदाइरहेका छौ !

उता सहरमा के-के भइसक्यो
थाहा छ तिमीलाई ?

खेतबारीहरूलाई त्यता घरैघरले ढाकिसके Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : म रातलाई अङ्कमाल गर्छु

~नरेश शाक्य~

अन्धकारको आवरणमा
एकान्त प्रेमका इच्छाहरू विउँझन्छन्
एकान्तको परिवेशभित्र
वासनाका ज्वारहरू उर्लन्छन्
संभोगका कृयाकलापका प्रमाण स्वरुप
रात गर्भिणी हुन्छे
रातले गर्भधारण गर्छे
एउटा अलौकिक दिवाको Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : शान्ति-युद्ध !

~प्रकाश सायमी~

सङ्कटकालीन सहरमा कल्पना गर्नोस्
यहाँ सूर्य पहिले उदाउँछ कि
स्टोभ पहिले बल्छ ?

भगवान्ले बचाएका मान्छेहरू छन् कि
मान्छेले लुकाएका भगवान्हरू ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : ऊ

~मिरजा गालिब~
अनुवाद: देवेन्द्र राज उपाधयाय

ऊसलाई देख्दा –
अचानक मेरो अनुहार हँसिलो हुन्छ
ऊ भन्ठान्छे – Continue reading →

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : चिसो एस्ट्रे

~भूपी शेरचन~

यहाँ जो आउछन्
मुटुभरि आगो, ओठभरि ज्वाला बोकेर आउँछन्
यहाँ जो बस्छन्
हत्केलाभरि खरानी र आँखाभरि धुवाँ बोकेर बस्छन् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : नजिक आउन सकेँ

~उज्ज्वल जी.सी.~

न तिमी नजिक आउन सकेँ
न मजाले माया लाउन सकेँ ।

धेरैबेर नै कुरेँ चौतारीमा
न तिम्रो आभाष पाउन सकेँ । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : नजाउ भमरा भई

~नवराज सुब्बा~

आमाकै काखमा
आज जीवन
टुहुरो लाग्छ,
शीतल छायाको
माया पनि
बिरानो लाग्छ ।
यी बाटा र हिलाम्मे पाईलाहरु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : हामी युद्ध लडौँ

~भुवनहरि सिग्देल~

देश हिमाली व्हैन भनौँ
बाहिर बालौँ भित्र खनौँ
लेक र बेसी एक गरौँ
आपस हामी युद्ध लडौँ

खेतहरूमा द्रोह छरौँ
शत्रु फलाई टन्न भरौँ
प्रेम अफालौँ द्वन्द्व गरौँ
आपस हामी युद्ध लडौँ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : पाल्पा मेरो आँखामा

~सुरेन्द्र श्रेष्ठ~

सुर्योदयको हँसिलो मुस्कान सँगै
श्रीनगर डाँडा माथि सुनौलो किरणले मेरो गाँउ चुम्छ
रातको अन्धकार रूपी अट्टहास निल्दै
धुपि-सल्लाको पातहरु फहराउदै
रम्भापानीको सेपिलो गुँरास बन, रम्भादेबी हाम्री कूल देबी
पर्भासको नीलकमल फेरि जुर्मुराउछ नौलो बिहानी सँगै Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : टोल

~विमल निभा~

मेरो टोलका मानिसहरू
झगडा गर्छन्
प्रेम गर्छन्
इर्ष्या गर्छन्, सहारा दिन्छन्
गाली गर्छन्, सहयोग गर्छन्
मिलेर बस्छन् र कहिलेकाहीँ पिटापिट पनि गर्छन्

यही टोलमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : नाङ्गो शहर

~विप्लव प्रतीक~

आज म यस शहरमा
नाङ्गै उपस्थित भएको छु
तर अचम्म ! मलाई हेरेर कसैले आँखा छोपेन
पटक्कै लाज लागेन यहाँका मान्छेहरूलाई ।
कचल्टिएको भातजस्तै
आधाकाँचा मानिसहरूको बस्तीमा
मेरो नाङ्गोपन कुनै रमिता बनेन । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

स्वदेश गान : भन भन भाइ हो

~अम्बर गुरुङ~

भन भन भाइ हो जय नेपाल
हाम्रै नै हो यो नेपाल
भज भज मंगल जय नेपाल
जन तन मनमा जय नेपाल
जन्मभूमि यो स्वर्गादपी यो
कर्मभूमि हो यो नेपाल
सररर सररर (कुरा बुझ वरपर)२
सररर२ (कुरा बुझ वरपर)२ Continue reading →

Posted in स्वदेश गान | Tagged , | Leave a comment

गजल : तिमी छैनौ भने

~निर्मल ढुंगाना~

यो जिन्दगी के जिन्दगी तिमी छैनौ भने
सम्झिएरै बाँचु कति तिमी छैनौ भने

लालीगुँरास ढकमक्क फुलेकाछन् तर
टिपूँ मैले कसका लागि तिमी छैनौ भने Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : खोज

~सुजन बुढाथोकी ‘कान्छा’~

म तथ्य र नबितम दर्शन रुचाउछु
किन कि, म दार्शनिक हु
एकदिन कवि,मनोबैग्यानिक
आध्यात्मिक गुरु र केहि पत्रकारहरु मिलेर
एकसाथ हामी एउटा खोजमा निस्कियौ ।

अनुसन्धानमा निस्कियौ
भवसागरमा निस्कियौ
गाउँसहरमा निस्कियौ
र यो सिङ्गो देस दुनियामा खोज्यौ

खोजिरह्यौ र यो सारा सन्सारभर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : साँघुरी र बुढो सुब्बा

~टंक वनेम~

साँघुरी (साङगुरी)
इतिहासले भताभुंग पारेको
शान गडी त हो
तर आज भोलि
पदयात्रीहरूले टेकिने गरेको
एउटा भन्ज्याङ न हो ।

ऊसँग अब –
माया लाग्दा आँखाहरू मात्र छन्
ती माया लाग्दा आँखाहरूले
निकै पर – Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ क्यालेण्डरमा अंकित समयका छायाहरू

~पूर्ण वैद्य~

समयको अनन्त लामो दुलोबाट
मनौँ एक साँप्रा समय थुतेर
तिथिमितिका चक्कु र ब्लेडले
ससाना टुक्रा पारी
बगरेले मासु भाग लगाएजस्तो
भाग लगाएको
वर्षभरिको कालखण्ड यो
पस्किरहेछ मेरो सामु आज Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा

~तीर्थ श्रेष्ठ~

आमा हुनु
सह्रै असजिलो छ
पहाडजस्तो

उचाइमा पुगेर
मैदान भइदिनुपर्ने
मैदानमा पुगेर
उकालो भइदिनुपर्ने

आमा हुन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : आफुप्रति इर्ष्या हुँदैन

~माक्सीम तान्क~
अनुवाद : विक्रम सुब्बा

म ती मानिसहरूलाई चिन्दथेँ
जो सबथोक जान्दथे
उनीहरू प्रति मलाई इर्ष्या लाग्थ्यो ।

म ती मानिसहरूलाई चिन्दथेँ
जो कहिल्यै गल्ती गर्दैनथे
उनीहरू प्रति मलाई इर्ष्या लाग्थ्यो । Continue reading →

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : नयाँ बुद्ध र घाम जूनलाई

~भवानी लिम्बू म्याङ्बो ~

रङ्गीविरङ्गी फूलहरू बादलको चुम्दै
धेरै नै टाढादेखि
कहालीलाग्दो सुन्सान शून्यतामा हिंडेर
घाम तिमी न्यानो उज्यालो लिई
हाम्रो आकाशमा झुलकी राख है ।

सप्तरङ्गी इन्द्रेणीमा पीङ खेल्दै Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवनको यात्रा

~नरेन्द्र के . सी .~

काँडैकाँडाको गोरेटोमा
फाटेका पैतलाहरु
निरन्तर लम्किरहन्छन् ‍
एक तमासको लम्बे मार्च झैँ
पिठ् ‍ यूँमा भारी
पहाडको प्रतिलिपी बोकी
नदीको एक छालबाट Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : खुसी साथ बित्यो

~परशुराम श्रेष्ठ~

हे नारायण विश्वरुप भगवान् संसारका मालिक ।
चौधै लोक सदा प्रकाश गरने ब्रम्हाण्डमा ब्यापक ।।
नित्य ज्ञान दिनोस् सनातन हरे श्री शेषसाई विभो ।
दिन्दिन पर्छु शरणमा हजुरको स्वीकार गर्नोस् प्रभो ।।१।।

हे दामोदर मुरारी भगवान गोपाल हे केशव ।
हे गोविन्द मधुसुदन प्रभु हरे हे कृष्ण हे माधव ।।
चतुरभुज स्वरुप छिपाई नरमा मानिसको रुप धरी ।
दुष्टै जनहरु मारी साधु जनको संकट सारा हरी ।।२।। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

Translated Poem : An Age has Passed

~Bhim Darshan Rokka~
Translation : Maya Watson

An age has passed since leaving home
journeying, a traveller alone
I am walking, my friend!
Walking away from the beginning, toward an end unknown. Continue reading →

Posted in Translated Poem | Tagged , | Leave a comment

लघुकथा : रामप्रसादको जुक्ति

~गोरखबहादुर सिंह~

“ल, तेरो निर्णय !”

हाकिम रामप्रसादले पत्रको विषय पढ्नेबित्तिकै परिपत्रलाई कच्याककुचुक पारेर टोकरीमा फाले । उक्त परिपत्रमा मितव्ययिता र वातावरण-प्रदूषणका कारण सार्वजनिक बिदाका दिनमा सरकारी गाडी चलाउन नपाइने मन्त्रिपरिषद्को निर्णय थियो । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

मैथिली कविता : आजुक मिथिला-गान

~धीरेन्द्र प्रेमर्षि~

मानैत छी जे नहि अछि एक्खन, दुनियाकेर भूगोलमे
तैयो छी हम बचाकऽ रखनहि जकरा माइक बोलमे
सोहर, लगनी, जटाजटिन कि झिझिया, साँझ, परातीमे
एकहकटा मिथिला जीबैए, एकहक मैथिल छातीमे

लोहछल नस-नसमे एखनहु तिरहुतिया सोनित बरकैए Continue reading →

Posted in मैथिली कविता | Tagged | Leave a comment

कविता : बाटो

~गणेश ईजम~

बाटो माथि गह्रौँ मान्छेहरू हिड्छन्
बाटो मागि हलौं मान्छेहरू हिड्छन्
बाटो माथि अघाएका मान्छेहरू हिड्छन्
बाटो माथि भोकाएका मान्छेहरू हिड्छन्
तर बाटो भने चुपचाप छ अन्तहीन
तर बाटो निदाएकोछ सपनाहीन, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : पान्थ-प्रबोध

~लेखनाथ पौड्याल~

बचन पनी कठिन अती, भयो र हे पान्थ ! गर्दछु विनति ।
उठ करुणासाथ तिमी हटाइद्यौ भार चेरके जुलुमी ।।१।।

वि-ष-(स) मय-मा-रणकारी विषम-शराघात लागदा भारी ।
व्याकुल भो हृदय अति पायिन म अनाथले सहाय रती ।।२।। Continue reading →

Posted in कविता | Tagged | Leave a comment