मिथक लोक कथा : लोभले लिन्छ ज्यान

~धनप्रसाद सुवेदी ‘श्रमिक’~

आमाले पस्किएर दिएको खानेकुराले तोरेम्पालाई चित्त बुझ्दैनथ्यो । ऊ आफै पन्यु लिएर पस्किन अघि सथ्र्यो । मिठो मसिनो पाकेका बेला त झन् उसलाई आफै नपस्की हुँदै नहुने । मासु पकाएर बेलामा आफैँले छानेका दुई चार चोक्टा भागमा हालेपछि मात्र उसको चित्त बुझ्थ्यो । अरूले पस्किदिएको खानेकुरा मात्र खाएका दिन उसलाई खाए जस्तै लाग्दैनथ्यो । जति उमेर बढ्दै गयो त्यति नै तोरेम्पालाई आफैले पस्किएर खाने बानी बस्दै गयो । उसले बिहे ग¥यो, छोराछोरी जन्मे र पनि उसको बानी गएन ।

तोरेम्पा माझकिरात क्षेत्रको एक जना धनीमानी मानिस थियो । प्रशस्त धन Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

अनूदित कथा : किन दुख्छ मलाई त्यस बन्दी घोडाको आँसु?

~एलिस वाकर~
अनुवाद : राजकुमार बराल

“यी आखाँका आँसुहरूले तिमीलाई केही भनिरहका छैनन्?”१

लगभग तीन वर्षका लागि म र मेरा साथीले गाउँमा एउटा सानो घर भाडामा लियाँै । ठूलो चउरको किनारामा उभिएको त्यो घर सिधै पहाडतर्फ दर्गुन तम्तयार परेजस्तो देखिन्थ्यो । केही टाढा रहेको पहाड र हाम्रो विचमा एउटा शहर थियो । घरका धरै राम्रा पक्षहरूमध्ये यो पनि एक थियो तर तिमीलाई त्यस कुराको कहिल्यै महसुस भएन ।

घरमा धेरै झ्यालहरू थिएः होचा, चौडा, भुइँदेखि छतसम्म फैलिएका, चउरतिर फर्किएका । यिनै मध्ये एउटा Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

कविता : समयबिम्ब

~विवश पोखरेल~

धुमिल वातावरणसँगै
निर्निमेष अन्योलिएका आँखालाई
फराकिलो सडक बनाएर
अनवरत हिंडिरहेछ समय
विना अवरोध र विना पूर्णविराम Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सहिद कविता

~केदार श्रेष्ठ~

आगो बोकेर मोर्चामा
कम्मर कस्ने कविता
निर्धक्क मसाल उचालेर
दुश्मनको छाती सेक्ने कविता
आफ्नै मुटु बालेर
उज्यालो छर्ने कविता
हो त्यही,
भाकविरुद्ध लड्ने कबिताका अघि Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : मूलघाट

~रजित ओझा~

“बा, हेर त कत्रो माछा मारें !”

बर्खायाममा कतैबाट मर्नलाई माछो पनि मूलघाट आइपुगेछ, सन्तेको छोराको हातबाट पासो लाग्न । हुन त उसको नाम सन्तराम अनि छोराको नाम प्रकाश तर कथाभरि म सन्ते नै भनेर लेख्नेछु । हेपाहा कथाकार नभन्नुहोला ! छोराको बोली सुनेर फेरि दिक्क लाग्छ उसलाई । बाउसँग बोल्ने सोमत पनि सिकाउन सकेन सन्तेले ! जहिल्यै बाउलाई तिमी ! Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : नील आकासको तारालाई

~भीमदर्शन रोका~

नील आकाशको यो तारालाई
हेरिरहेछु म मेरो सहारालाई
हेरिरहेकी होलिन प्रियतम मेरो
दूर प्रवासबाट यही तारालाई

नील आकाशको यो तारालाई । Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : हराएको देश

~चंकी श्रेष्ठ~

उहिले उहिले
धेरै पहिले नै
यो देशबाटगुमाएका थियौँ हामीले आफ्नो देश

तर, उहिले उहिलेदेखि नै
हामी यो देशको सौन्दर्यगाथा गाइरहेका थियौँ
हो, हामी यो देशको
अबिरल र अजस्र पानीको कुरा गरिरहेका थियौँ
हरियो वन नेपालको धन भनिरहेका थियौँ Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : डढेलो

~विक्रम सुब्बा~

फागुनको वायुमण्डलमा
युद्धको बारुद झैँ धुलो भरिएको छ
मरुभूमिको इलाकामा… लडाइँको मौसमभित्र…
साता दिन पानी नपाएको सेनाको छातीजस्तै
पातपतिंगर सुकेर खरिएको छ
सेतीमा फाल्न मात्र बाँकी रहेको
कुनै बलात्कृत युवतीजस्तै Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : विक्रमको मुटु

~सरोज धिताल~

नदुखाउ त्यो मुटुलाई
बेर्सेर फेरि विक्रम !
दिइ सक्यौ तिमीले त्यो त
कवितालाई Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : बिलेकिया

~श्याम साह~

भन्सारमा पोस्टिङ भएको दोस्रो दिन नै सशस्त्र प्रहरीको हवल्दारले उसको सामान र साइकल दुबै खोसेर मेरो अगाडि ल्याएको थियो ।

तलबाट माथिसम्म नियालेँ । गहुँगोरो वर्णको भए पनि घामले डढेर निकै कालो देखिन्थ्यो । दुब्लो यति थियो कि उसका गाला भित्र धस्सिएर दाँत बाहिर आएको देखिन्थ्यो । लुङ्गीमाथि गन्जी लगाएको थियो । काँधमाथि गम्छा थियो । साइकल चलाएर होला, बेला बेलामा उसले गम्छाले आफ्नो पसिना पुछिरहेको थियो । फित्तावाला चप्पल लगाएको थियो । एउटा चप्पलको फित्ता चुँडिएको थियो र उसले त्यसलाई डोरीले बाँधेर काम चलाएको थियो । उसका कुर्कुच्चाहरू चिरिएका जस्ता देखिन्थे ।

‘के भो हवल्दार साब ?’ Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : प्रोफेसर पराजुली

~प्रभा कैनी~

कविवर सिद्धिचरण श्रेष्ठका हरफ गुनगुनाउँदै हामीलाई स्वागत गर्न घरको गेटमा आइपुगे उनी। एरिजोना राज्यको पुरानो राजधानी प्रेस्कटमा १० एकड जमिनको फराकिलो बस्तीको बीचतिर अलिअलि उठेको सानो थुम्कीमा बनेको अल्ट्रा मोडर्न घर। घरमा अमेरिकामा प्राप्त हुने कुनै सुविधाको कमी छैन। उनी यसै घरमा बसेर आफ्नो अफिसका अधिकांश काम सम्पन्न गर्छन्। यस विशाल र सुविधासम्पन्न घरमा उनी प्रायः एक्लै बस्छन् रे! उनी अर्थात् तनहुँ, काहुँमा जन्मिएका, पेसाले Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

अनूदित कथा : बुढी इजरगिल

~मेक्सिम गोर्की~
अनुवाद : खगेन्द्र संग्रौला

यी कथाहरू मलाई मक्करमन नजिकैको बेस्सारियामा समुद्र किनारमा सुनाइएका हुन् ।

एक साँझ, दिनभरिको अङ्गुर टिप्ने काम सिद्धिएपछि मसँगै अङ्गुर टिप्ने मोल्दाबियावासीहरूको टोली समुद्र किनारतिर लाग्यो । इजरगिल नाम गरेकी एउटी बुढी र म अङ्गुरका झ्याङको गाढा छायामुनि पल्टेका थियौँ र रातका निला छायामा बिलाउँदै किनारातिर गएका मानिसका छाया चित्रहरू एक टकले हेर्दै थियौँ ।

जाँदाजाँदै तिनीहरूले नाचगान गरे । लोग्ने मानिसहरू घामले डढेर रातापिरा भएका थिए; तिनीहरूका जुँगा बाक्ला, काला थिए र मुन्द्रो परेका कपाल कुमतिर लत्रिएका थिए; तिनले छोटा छोटा कमेज र गोलीगाँठानेर टिमिक्क कस्सिएका र खुकुला सुरुवाल लगाएका थिए । कालानिला आँखा र रहरलाग्दो जिउडाल भएका ठिटी Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : आधुनिक भाइ

~राजकुमार बराल~

ए भाइ
तिमीलाई च्याब्रुङ्ग बजाउँन आउँछ ?
डेउडा नाँच्न ?
झ्याम्टा बजाउन? ढोलक ठोक्न नि ?
मारुनी नाँच्न ? Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : नारी

~गोपालप्रसाद रिमाल~

“नारी के हो?”
सोध्ने, “लौ विचार गर, म भरेतिर आउँला”
भनेर हिँडिहाले,
जवाफ दिनु थियो, त्यसैले मैले एक्लै बसेकी-
नारीलाई लुकेर हेरेको सम्झेँ, ऊ सिँगार गर्न लागेकी छ,
ऐनामा प्रतिबिम्बित आपनो हरेक अङ्गलाई ऊ Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : छोडी पारी जानेलाई

~एकादेशको गगनराज~

तिम्लाई ओल्लो किनार छोडी पारी जानेलाई।
थुक्क!भन्छु तिम्लाई माया मारी जानेलाई।

फुलले पनि सरापेको देखेको छु मैले
लाग्छ पाप कोपिला नै झारी जानेलाई। Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : यि लहर नयाँ नयाँ

~बिपिन शर्मा~

अविरल बग्छ नदी अविच्छिन्न चल्ने यि लहर नयाँ नयाँ
इच्छाका जुर्मुराउँछन् छाल मनमा उठ्ने यि रहर नयाँ नयाँ

सपना हिजोको लिई आँखामा साँझ निदाएको थिएँ
ब्युझँदा राती साटिएको रैछ, लाग्छ यो प्रहर नयाँ नयाँ Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : म हत्केलाले घाम छेकेर कालो बादल खोज्दैछु

~समसेर अली~

विकृत अनुहारहरु
बिप्ल्याँटो बिश्वास
विकराल विडम्बनाहरू
दिशाहीन रेगिस्तान हिड्दै थिए
बर्षौं हिडीएका
कारवांका पाईतालाहरूले
कुल्चिएका उष्ण समयका कणहरू
एक छिटा-बाछिटा Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : देश हामी र किसान आन्दोलन

~सुमिना अभिलाषी~

चिया र कफिको तातो बाफमा मजा लिदै
गुलिया परिकारहरू सँगै
रमाइरहेछन् कति मिस्ठान्न भण्डारहरूमा

त्यति नै बेला देखिन्छ
टेलिभिजनमा र टेबलभरी छरिएका पत्रपत्रीकाहरूमा Continue reading

Posted in कविता | Tagged | Leave a comment

Translated Poem : Village Sketch

~Sharan Gurung ‘Muskan’~
Translation : Raja Puniani

Like a half-burnt cigarette on ashtray
My village
Hugged by Chanakya’s shrewd fingers
Burns futilely

They only know how to be pregnant
And give heat to their belly
By dog-eared stove of history Continue reading

Posted in Translated Poem | Tagged , | Leave a comment

Poem : The Hanged Man Sings Kathmandu

~Manan Karki~

I

‘A nation cursed by the Sati.’
A popular Nepali saying.

Neither with a bang, nor with a whimper,
But with the cries, the shrieks, the curses
As of a woman by fire being ravaged
Will you go down, Kathmandu,
City of ruins and shadows, Continue reading

Posted in Poem | Tagged | Leave a comment

गीति कविता : नेपाली माटो

~मधुश्री~

नेपाली माटो नेपाली बाटो कला र संस्कृति
सिगार्ने मन सपार्ने हात जगौँने जाग्रिति

मनको धनी महान उनी जन्मेको यो दिन
लिनु छ ज्ञान गौरव हाम्रो दिनु छ बिहान Continue reading

Posted in गीति कविता | Tagged | Leave a comment

समीक्षा : हायमनदासको युद्ध–साहित्य

~मनप्रसाद सुब्बा~

नेपाली साहित्य यात्रामा माध्यमिककाल नेपथ्यमा ओझेलिँदै गएपछि आधुनिककालका अभिनयीहरूलाई मञ्चमा उभ्याउने महत् कार्य ‘शारदा’, साहित्यिक मासिकले गरेको कुरा विद्वान्हरू मान्छन्  ।

त्यो आधुनिक युगलाई डोर्‍याएर यात्राको उकालो हिँड्ने बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, गुरुप्रसाद मैनाली, भीमनिधि तिवारीजस्ताका युवा रचनाहरूको नवोन्मेषले शारदा शारदीय भएको हुन्थ्यो । त्यसताक बालकृष्णशमशेरले कुनै समय आफू समताका उन्नायक ‘सम’ हुन्छु सोचेकै थिएनन् ।

पच्चीस–छब्बीस वर्षे लक्ष्मीप्रसाद देवकोटा, बीए बीएल, पनि ‘देवकोटा’ मात्रैले चिनिइने भइसकेका थिएनन् । हो, त्यै समय र त्यै शारदाको वर्ष २, संख्या २ मा हायमनदास राई (पछि ‘किरात’ मात्र) को कथा ‘शूर–वीर’ प्रकाशित पाइन्छ । किरात त्यसबेला सोह्र वर्ष मात्र पुग्दै थिए । सम्भवतः यही नै उनको पहिलो प्रकाशित कथा Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

भलाकुसारी : अमरत्व दिने अमृतबिन्दु हो कविता – डा.इन्दु प्रभा देवी

डा.इन्दु प्रभा देवी

~प्रस्तुती : ज्योति भट्टराई ~

डा.इन्दु प्रभा देवी असममा रहेर नेपाली साहित्यकर्ममा निरन्तर रहिरहेको एउटा सिद्धहस्त नाम हो । गमिरि,असम मा सन् १९६९ मा जन्मनुभएकी इन्दु प्रभा देवीका माता पीता पुष्प दवाडी , श्रीमती राधिका दवाडी हुनुहुन्छ । एम.ए (असमीया १९९३, नेपाली २०१३ ), एम.फिल (लोकसंस्कृति १९९६), पी,एच,डी ( असमीया र नेपाली भाषाको रूपतत्वः एक तुलनामूलक अध्ययन) गौहाटी विश्वविद्यालय को औपचारिक अध्ययन पुरागर्नुभएकी देवी अहिले त्यहाँको नेपाली साहित्यकर्ममा क्रियासिल ब्यक्तित्व हुन । सहयोगी अध्यापिका,असमीया विभाग,वि बरुवा कलेजमा कार्यारत छिन् । निकै लामो समय देखी क्रियासिल डा. इन्दु प्रभा देवीका हालसम्म ‘माधव कन्दलि र रामायण (माधव कन्दलिकृत असमीया रामायणको अयोध्या काण्डको नेपाली अनुवाद,२००६’,‘सपनाको जरो पहिल्याउँदै (कविता संग्रह,२००७)’ ‘शब्दशिल्पर कारुकार्य(असमीया निबन्ध संकलन,२०१०)’,‘एक सय लिमारिक (हास्य व्यङ्ग्य मुक्तक संग्रह,२०११)’, ‘ती पाइलाहरू(कविता संग्रह,२०१२)’,‘प्राप्ति अप्राप्ति (कथासंग्रह,२०१७)’,‘तबेलामा घोडाहरू (कविता संग्रह,२०१८)’ प्रकाशीत छन् । Continue reading

Posted in साहित्यिक भलाकुसारी | Tagged , | Leave a comment

Translated Poem : The House of Setu Jaisi

~Krishna Sen ‘Ichchhuk’Krishna Sen 'Ikchchuk'
Translation : Mary Deschene

If within you lies
a human heart
If within that heart
life’s pulse does beat
Then come,
come once
enter upon
my traumatized courtyard / come
Come,
come once
walk beneath
my anguished thatch / come Continue reading

Posted in Translated Poem | Tagged , | Leave a comment

लघुकथा : भाग्यमानी जनावरहरु

~विनय कसजू~

चितवन राष्ट्रिय निकुंजबाट जंगलपत्र दैनिककोे सम्वाददाताले जंगलपत्रको कार्यालयमा समाचार पठायो । सिंहले एउटा हात्ती, एउटा बाघ, पाँच वटा गैँडा र केही मृग मारेको खबर रहेछ । समाचारसँग केही फोटो पनि थिए ।

जैविविक विविधता जोगाउने, खास गरी वन्यजन्तुको संरक्षणबारे चर्चा चलिरहेको हुँदा जंगलपत्रका सम्पादकले सो समाचारलाई मुखपृष्ठमा छाप्ने विचार गरे । उनले सिंहले मृगको मासु लुछिरहेको फोटो रोजे र ठूलाठूला अक्षरमा यस्तो शर्ीष्ाक लेखे ः “सिंहद्वारा पशुहरुको अन्धाधुन्द हत्या, जैविक विविधता खतरामा” । Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : पथ ग्रहण

~डा. विदुर चालिसे~

बल्लबल्ल चिठ्ठा परेकाहरूका अनुहारमा हेरिरहन्थेँ । चिठ्ठा बेचिरहेका तालुकदारहरूसँग दयाकाे भाव पनि देख्दिनथेँ । अाैसत सामर्थ्यका मानिसहरूलाई फुर्सद थिएन । जाेडजम्मा भएका भीडमा उभिएकाे मरन्च्यासे करायाे ।

–“गुटबन्दी मुर्दावाद !”

चर्काे प्रचारवाजीमा नारा चलिरहेकाे क्षण सबै अल मलमा थिए । बन्दी गुटका मानिसहरू अर्काे काेठामा चुपचाप चुराेटकाे धुँवामा कल्पना उडाइरहेका थिए । Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : इतिहासको कुरा

~देवान किराती~

कोक्पाले रामायण पढ्यो
र, रामजस्तै आदर्शको बन्ने आशिष दियो ।

आपाले मार्कसवाद पढ्यो
र, मार्कसजस्तै हुने आशिष दियो ।

आमाले कुनै राजकुमारको दन्ते कथा सुनायो Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : भ्रमहरूको यथार्थ

~श्याम रिमाल~

भ्रममा बाँच्नु पो मीठो हुँदोरहेछ
यथार्थ त पीडादायी मात्र रहेछ
पानीमा देखिएको छाया
र ऐनामा देखिने आफ्नै प्रतिबिम्बसँग
सिङ्गै दिन बिताउन सकिन्छ
तिनसँग अनन्त जिस्कन सकिन्छ Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जङगबहादुरहरू

~स्वप्नील स्मृति~

त्यसो त दरबारमा-
धेरैपटक मरिसकेका हुन्छन् जङ् ग ब हा दु र ह रू ।

जङगबहादुरहरू
अस्पतालमा मर्छन् पटकपटक
बाँचुलाझैँ गर्छन् मृत्यूशैय्याहरू समेत
फेरि कहिल्यै मर्दैनन् अस्पतालमा बिरामीहरू ।

जङबहादुरहरू Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : संकटकालमा सहवास

~श्यामल~

संकटकालमा म तिम्रा औंलाहरु चलाउन सक्तिन
संकटकालमा तिम्रा आँखाहरुतिर हर्न सक्तिन
सबै कुरा तय गरिएको हुन्छ माथिबाट
सबै सबै प्रेमीहरु ज्यान जोगाउन आतुर हुन्छन्
खाडीयुद्घको आकासमा भौंतारिएका पन्छीहरुजस्तै
तिम्रो मेरो आलिंगन अवैध हुन्छ संकटकालमा ।

हेर, चुपचाप छ टेलिफोन, तरंगविहीन
सडकहरु छन् तर निस्पन्द, सून्य र संवादरहित Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : शरीरपतनको उत्सव

~शैलेन्द्र शाकार~

यो भूमण्डलबाट हराएर जाने छैन
मानिसको रगतको टाटो लागेको अक्षर
सत्ताका भाटहरूले बोकेर लाने छैनन्
पुस्तकालय, म्ञजियम र संग्रहालय
अथवा संविधान ।

पानीको दहमा ढुङ्गाको छालझैँ
हराएर जाने छैन
पानीमा लेखिएको अक्षरझैँ Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बिचलीत बर्तमान

~मिजास तेम्बे~

न्यानो राडीमा बसेर,
छिप्पेको मिठो तोङबाको चुस्की संगै
डोल्मा संग छक्का पञ्जा खेलेका यादहरु
ठिङ्ग उभिएका छन् मेरो अघि
छ्यादोङमा भोटे चिया मथे जस्तरी
बिश्रृङखलीत भएकाछन् सम्झनाका ज्वारहरु ।

पुसे मेलामा सोल्टेनीको न्यानो हात समातेर Continue reading

Posted in कविता | Tagged | Leave a comment