~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~
हजुरलाई छोडी जाँदा धेरै गोता पाएँ हजुर
अलिबेर हराए’नि फॆरि फर्की आएँ हजुर
हजुरभन्दा परपनि संसार होला भन्ठानेको
हृदयले नमाने’सि फेरि फर्की आएँ हजुर Continue reading
~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~
हजुरलाई छोडी जाँदा धेरै गोता पाएँ हजुर
अलिबेर हराए’नि फॆरि फर्की आएँ हजुर
हजुरभन्दा परपनि संसार होला भन्ठानेको
हृदयले नमाने’सि फेरि फर्की आएँ हजुर Continue reading
~उमेश पराजुली~
हिजो आज बस्तिका घामहरु
पन्याइलो अनुहार लिएर
गाँउ बस्तिमा छरिएका छन्
घाम संगको मोह
धेरै टाढिएको छ
हिजो आज बस्तिका जुनहरु Continue reading
~सदानन्द अभागी~
महानन्द लेख्दै गजलमा तराना
गए भेट्न साथी विहानै घराना
तताएर पानी गिलासै भराई
मित्रैलेत ल्याए यही भो सराना Continue reading
~हस्त गौतम मृदुल~
म आफैले गाउदै छु त्यो जीवनको गीत जुन संगीत बिना बजी रहेछ। तर मनमा पटक्कै सान्ती छैन। भबिस्यको त्यो सूदुर पहाडमा कर्मका साना ढुगांहरु बोक्दै उकालिदै छु। दुखका बोक्राहरु उम्काउदै म बाँचीरहेको छु। हरेक सम्बेदनशिल तत्वलाइ प्रकृतिले अत्यन्त कडाइका साथ रक्षा गरेको हुन्छ। अन्धकार भनेको उज्यालोको गर्भ हो। आगो धुँवा र छायु एउटै दियोबाट निस्कन्छ। तसर्थ जीवन बहुमुखी छ। मन्को शक्ती ब्रमाण्डमा यावत शक्तीमा समाधी लिन्छ। त्यहाँ जनम जनमलाइ थाँती रहन्छ। आत्माको ग्रहमा मन उपग्रह भएर घुमीरहन्छ। मनले जव आत्माबाट शक्ती प्राप्त गर्छ तब ब्रमाण्डमा हुन नसक्ने काम केही छैन। यो बिज्ञानको युग हो। संसार हेर्ने एउटा द्रृष्टिकोण बनाइ सकेको छ। मन आत्माको सचीव नै हो। मनका सृजित बस्तुहरु स्थिाइ छन। म अपांग छु तर मेरो क्षमता Continue reading
~नेत्र तामाङ~
त्यति बेला सर्प र न्याउरीको सम्बन्ध निकै राम्रो थियो । जंगलमा ती दुईको मेल भएपछि कसैको केही जोर चल्दैन थियो । अरू त अरू जंगलका राजा सिंहसमेत उनीहरूको मेल देखेर डाह गथ्र्यो ।
सर्प र न्याउरीको मेलले मानिसलाई फाइदै थियो । घरको अन्न खाइदिने र कपडा काटिदिने मुसालाई नियन्त्रणमा लिने यही सर्पन्याउरी जोडी थियो । न्याउरी मुसा जातकै भएकोले मुसा भएकै ठाउँतिर चर्न निस्कन्थ्यो । पछि पछि सर्प लाग्थ्यो । गाउँका मुसा न्याउरीदेखि डराउँदैनथे । हामीजस्तै त हो नि भनी नडराई न्याउरी छेउछाउ खेल्न निस्कन्थे । यता न्याउरीले काल नजिकै ल्याइरहेको छ भन्ने पत्तो पाउँदैनथे मुसाले । मुसाको हूलमा न्याउरी पस्दानपस्दै एक दुई मुसा सर्पले निलिदिन्थे । Continue reading
~Manprasad Subba~
Translation : Suraj Dhadkan
Not on the famous Tiger Hill and Sandakphu
but on the hills of oxen’s backs and camels’ humps
the earth has suffered much.
Those poor walking hills
with no real names. Continue reading
~किशोर नेपाल~
यो वर्षको दशैंमा विनित पनि नआउने भयो, विनिता पनि नआउने भई। दुवै नआएपनि ता आउँछस् कि आउँदैनस्? तेरो बाबा भन्दै थियो, पुनित आउँछ। यसपाला तँ पक्कै आएस्। महाअष्टमीको दिन तेरो वर्तमन गर्नुपर्छ। त्यो दिन लगन जुराउनु पर्दैन। तँ मेरो नाति भएर पनि वर्तमन नगरि बिहे गरिछस्।
त्यो छँडुलीलाई पनि लिएर आएस्। त्यसको पनि माना–पाथी भर्नुछ। तैंले मलाई थाहै नदिई बिहे गरिछस्। मैले यहाँ तेरा लागि भनेर कुलघरानकी छोरी खोजीकी थिएँ। कन्या कलेजमा पढ्दै थिई। कलकलाउँदी, राम्री, शील–स्वभावकी थिई। बाबु निकै धनी थिए। तैंले बिहे गरिस् भने त मोटर नै दाइजो दिन्छु भन्दैथे। जेठी छोरीको बिहेमा उनले जति दाइजो दिए ती सबैको हिसाब गर्ने हो भने हाम्रै घरमा अटाउने थिएन होला। त्यस्ता धनी र Continue reading
~‘झरी’ दान राई~
लेखेर नाम मुटुको माझ आफैले मेटेर
रुवाई मन आएर ब्यर्थै नजानु भेटेर
गरेर घात नहुनु टाढा मुटु त्यो रेटेर
******
लेख्नु पर्छ अब नानु प्रेम कहानी
जसो तसो दुवै मिली जानिनजानी
बिताएर संग संगै यो जिन्दगानी Continue reading
~गोविन्दराज विनोदी~
छन्द : अनुष्टूप
देखेथेँ बिजुवारबाट कसरी मुस्की बसेकी थियौ
मानौँ सुन्दरता अनावृत हुँदै फुस्की बसेकी थियौ ।
टाढैबाट गरी निरीक्षण निकै उत्फुल्ल थे लोचन
हेर्ने चाह भयो पुगेर नजिकै र्सवाङ्ग त्रि्रो तन ।
देख्ता झिम्रुक तृप्त भो हृदय यो आँखा स्वयं सङ्गलिए Continue reading
~पवन आलोक~
एउटा आकाश बोकेको छु मैले
त्यसका सारा बादलहरू रित्याउने एउटा रहर छ
एउटा क्षितिज बोकेको छु मैले
त्यसका सारा शून्यहरू पार गर्ने एउटा रहर छ
पानी पर्नु नपर्नु बेग्लै कुरा हो Continue reading
~बूँद राना~
गाई बाख्राहरुमाथि खुनी पञ्जा डामी ।
हेर आज चितुवाले ओढ्यो रामनामी ।।
जलथल चर्ने भ्यागुताको उर्दी हो यो–
‘गड्यौँलाले हिँडनु हुन्न माटो छामी–छामी ।।’ Continue reading
जनआन्दोलन २०६२-२०६३ मा सहादत प्राप्त गर्नु भएका सबै ज्ञात-अज्ञात सहीदहरूमा ससम्मान समर्पण
गणतन्त्रको खेती: आन्दोलन कविता २०६३ – भाग – १
संयोजक
नेपालीकविता डट कमको लागि
विक्रम सुब्बा Continue reading
~महेश पौड्याल~
उनलाई मैले लोकन्थलीका कुना काप्चा र गल्लीहरूमा धेरै पल्ट देखिसकेको थिए । लोकन्थली कुनै ठूलो सहर हैन । यो भर्खरै विकासको आलोक पाउन लागेको गाउँ नै हो । तर अर्निको राजमार्गको दुवैतिर बाक्लो आवासक्षेत्रमा फैलिएकोले कुना, काप्चा र गल्लीहरू प्रसस्तै छन् । कहिलेकाहिँ त पुरानै मान्छे पनि अल्मल्लिने सम्भावना हुन्छ ।
तरकारी बजारका वरिपरि, बसपार्कमा, मितेरी अस्पतालको प्राङ्गणमा, मन्दिरका छेउछाउ : हो जताततै देखिन्थिन् उनी । कहिले पर्खालका आडमा लुकेर रुँदै गरेकी, कहिले बसपार्कमा आँसु पुछेर लोकका अगाडि मुस्कुराउने प्रयार गरिरहेकी । उनका ओठ कलेँटी परेका थिए, कुर्कुच्चा चुर्चरी चिरिएका, जवानीमै गाला चाउरी परेका, ती चाउरीहरूकाबीच सुकेको आँसुका धाराहरूका थेग्रा स्पष्टै देख्न सकिन्थ्यो । ठाउँ–ठाउँमा च्यातिएर धुजाबाती भएका लुगा, छाला घोटिएर कालै भएको कुहिनाहरू, फुटेका ओठका धाँजाहरूमा Continue reading
~सुधीर छेत्री~
खबरमा छ :
नव-फासीवादका गीत सुनिरहेछन्
सेता ब्वाँसाहरुले।
काला स्यालहरु दगुर्छन्
विस्फोटका चोइटाले बिझाएर। Continue reading
~महेश्वर प्रसाद दाहाल~
भाग्यका भरमा ज्योतिषीका सदाकल्प मानिलिदा
अर्को जन्ममा सुखै सुख हुने मानिलिदा
रुढीग्रस्त भएर चुप्प रहँदा पुस्तौं वितेछन कत्ति
संसारको चक्रनै नवुझ्दा हुनेछ हाम्रै खती Continue reading
~भीष्म उप्रेती~
म यहीँ छु
तर तिमी छैनौ ।
मैले निरन्तर माया गरेको
अगाध श्रद्धा गरेको
अनन्त तपस्या गरेको
तिमी,
मेरो स्वतन्त्रता
मेरो लक्ष्य Continue reading
~अल्पविराम~
ढुङ्गाहरूले
ढुङ्गा मनहरूको प्रमुखलाई सोधे
तिमीहरूको ईश्वर छ कि छैन ?
ढुङ्गा मनहरूको प्रमुखले
हिरण्यकशिपु जस्तै सगर्व उद्घोष गर्यो
म नै ईश्वर हुँ, विश्वको ।
प्रतिकारमा ढुङ्गाहरूले Continue reading
~उज्ज्वल बमजन~
बोन्बोहरू
थर्थर् कॉंपिरहेछन्
सम्झँदै कृष्ण विवर
निठारी निर्दयता।
चिसो किङ्चूम जोङ्बूलाई
ग्वाम्मै अङ्गालो हालेर बसेको छ
सृष्टिदेखि नै दार्जिलिङले
इतबु देबु रमको सिर्जनामा।
अहा! कति सुन्दर Continue reading
~जय क्याक्टस~
घाम, जून र तारा
हिमाल, फूलबारी र पानीधारा
केही परेन यो प्रेमकथामा।
एउटा रित्तो फ्रेम सजिन्छ
दुइ विपरीत अनुहारले
बस् पुग्छ, एउटा रङ्गीन अध्याय कोरिनुलाई।
Continue reading
~सोमनाथ सुवेदी~
टक्टकिएर सबै पीडा
सिनित्तै सकिएर हृदयको भक्कानो
म अभावको साम्राज्यमा पुगूँ
जहाँ
अभावैअभाव होस् दुःखको !
सकिएर जम्मै आँखाको आँसु Continue reading
~प्रकाश थाम्सुहाङ~
सोल्टिनी !
गएर हेर्नु है नबिर्सी गाउँको फलैचाँमा
हेर्नु एकैछिन उभिएर
हाम्रो मायाको निसानी
बरपिपल उम्री सुरक्षित छ अझै ।
सम्झना आउँछ अझै पनि- Continue reading
~हरि मञ्जुश्री~
आफ्नो सामाजिक मान्यतालाई रूपान्तरण गर्न
उनीहरूले माया गरे र बिहे गरे
बिहे गरे र फेरि माया गरे
त्यो जीवन पनि नीरस लाग्यो उनीहरूलाई
र जीवनमा आमूल परिवर्तन ल्याउन
उनीहरूले सशस्त्र क्रान्ति गरिरहने रहर गरे
क्रान्तिबाटै शान्ति र आनन्द आउने ठहर गरे Continue reading
~नवराज सुब्बा~
हो ! हो ! हो !
म सत्य सत्य बोल्दैछु
आमाको परिभाषा म केवल आमा बुझ्दछु
जोड्दछु नाता नानाथरि
तर कदापि तोड्दिन यो नाता
कतिञ्जेल केरिरहन्छौ !
हिरासतमुक्त गरिदेऊ मलाई
अन्यौलबाट, रिक्तता, तिक्तताबाट मुक्त गरिदेऊ ।
भन, ती को हुन् –
जसले तिमीलाई काखमा राखेर बुबु खुवाइन् Continue reading
~विमला तुम्खेवा~
कविता सडकमा
रगताम्य भएर उभिएको बेला
मलाई जिन्दगीको गीत गाउन मन लागेको छ
अझ यस बखत
म
संवेदनाको बत्ती बालेर
चिहाइरहेछु तिमी आउने साँगुरा गल्लीहरू ।
मलाई भन्न मन लागेको छ Continue reading
~आशांक उपाध्याय~
पिउने बानी छदै छैन, अब चाँही पिउँछु हजूर !
आजबाट यो जिंदगी, प्याला संगै जिउँछु हजूर !!
नसोचेको काण्ड भयो, जिन्दगीको दोबाटोमा !
दोबाटो मै अड्डा थापी, मात्तिएर हिन्छु हजूर !! Continue reading
~वासु शशी~
तिमीकहाँ आउने कुराको रूखको टुप्पोमा चढेर
एउटा बाँदरजस्तै मेरो मन टुक्रुक्क बसिरहेछ
परपरसम्म चियाएर ।
मेरा हातहरू छन्— मबाट उम्केर
तिमीलाई छुन आउन चाहन्छन्
छाउराले घर फर्केका मालिकको खुट्टा चाटेझैँ गरेर ।
अवश्य मेरो मन र हातको— मबाट अलग— तिमीसँग Continue reading
~प्रकाश लामिछाने~
लागे लागोस् रिन बरु, दीन नलागोस्,
आफ्नै कर्म आफैलाई हीन नलागोस् ।
आत्मीय छन् मेरा निम्ति सजीव निर्जीव सबैथोक,
छिःछिः दुरदुर भन्नेगरी घिन नलागोस् । Continue reading
~दिलिप पौड्याल~
कालो बर्ण, भेडाको ऊन जस्तै घुम्रियको कपाल, अग्लो कद, पातलो सरिर, मौरिले टोकेर सुन्यको जस्तो ओठ।
चिसो र स्थिर आँखा। अनुहार सधै निराश कालो बादलले छोपेजस्तो। उसलाइ देखेपछि मन कस्तो कस्तो भयो। अलिकति डर। अलिकति निरासा।
“ हेलो! मेरो नाम दिलिप हो। म यो विल्डिङको म्यiनेजर।तपाई भित्र आउन सक्नुहुन्छ,” मैले दाइने हात अघि बढाउदै भने।
“हाय! म बसिर। हिजो तपाइसंग फोनमा कुरा गर्ने म नै हो।” Continue reading
~सैलेन्द्र साकार~
मैले उसलाई भेँटे
खेलिरहेको पिङमा
भाँचिएको रूखमा
अल्झिरहेको अनुहार
चम्किलो पैसाजस्तो
घाँस गुमाएको
हिउँको थुप्रोमा Continue reading
~नरदेन रुम्बा~
हामीले आकाश मागेका होइनौँ
हामीले वतास मागेका होइनौँ
थोपा-थोपा हाम्रो रगत खसेको माटो मागेको
हामीले छातीले पेलेर ढुङ्गाहरू माटाहरू बनाको माटो मागेको Continue reading
~सीमा आभास~
पहिलो पटक
कुन कालिगढले उदास बनेर
भगवान कुँदयो होला ?
कुन भक्तले
कुन मितिमा
कुन फूल चढायो होला
र कस्ले राख्यो होला मन्दिरमा
चुपचाप बस्न सिकाएर,
यो निर्वासित भगवान
कहिलेसम्म Continue reading