Tag Archives: किशोर नेपाल – Kishor Nepal

कथा : कति राम्री गरिमा !

~किशोर नेपाल~ रेष्टुरामा साथीहरुसंग रमाइ रहेको रामेश अचानक ठूलो स्वरमा एउटा पुरानो हिन्दी गीत गाउन थाल्यो – क्या हुआ, तेरा वादा! उसको गायन सुनेर साथीहरु रमाएनन। गीतको नाममा कहिल्यै ग सम्म पनि उच्चारण नगर्ने रामेश आज एकाएक किन गाउन थाल्यो? … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : हजुरआमाको चिठी

~किशोर नेपाल~ यो वर्षको दशैंमा विनित पनि नआउने भयो, विनिता पनि नआउने भई। दुवै नआएपनि ता आउँछस् कि आउँदैनस्? तेरो बाबा भन्दै थियो, पुनित आउँछ। यसपाला तँ पक्कै आएस्। महाअष्टमीको दिन तेरो वर्तमन गर्नुपर्छ। त्यो दिन लगन जुराउनु पर्दैन। तँ … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : यो एउटा रङ

~किशोर नेपाल~ आँखा सबैभन्दा ठूलो सत्य हो । यो मात्रै एउटा यस्तो शक्तिशाली प्रविधि हो, जसलाई मानिसको शरीरमा अभिन्न रहेको क्यामरा भन्दा केही फरक पर्दैन । यो क्यामराको क्षमता कति मेगा पिक्सेलको हुन्छ ? अहिलेसम्म कुनै शरीर वैज्ञानिकले, कुनै चिकित्सकले, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : धूलाम्मे शहर, धूलाम्मे मानिसहरू

~किशोर नेपाल~ कालीघटा छाये सैयाँ, कालीघटा छाये’ : सहरको सबभन्दा पुछारको टोलमा जमानाको वुश रेडियो घन्किरहेको छ । सारै पुरानो भए पनि बडो लक्जरियस छ रेडियो । एन्टिक । नौवटा त ब्याट्री नै खान्छ । पहिले पहिले नौवटा एभरेडी ब्याट्रीले … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

पुस्तक अंश : सहरको कथा

~किशोर नेपाल~ कामको मामिलामा केटीहरूमा उत्तरदायित्वको भावना बढी पाइने हुनाले म केटीहरूसँग बढी हिमचिम बढाउन चाहन्थेँ। तैपनि, परिस्थिति सधैं एकनासको रहँदैन। मैले काम गर्न चाहने केटीहरूको एउटा नेटवर्क नै बनाएको थिएँ। त्यसैलाई ‘इस्यु’ बनाएर मेरा विरोधीहरूले मलाई ‘वुमनाइजर र प्लेब्वाइ’ … Continue reading →

Posted in पुस्तक अंश | Tagged | Leave a comment

पुस्तक अंश : यसरी जन्मे राजकुमारहरु

~किशोर नेपाल~ राजाहरू थुप्रै स्वास्नीमानिसका मालिक हुन्थे। रानी र पटरानीका रूपमा विभाजित ती स्वास्नीमानिसका बीच राजाको प्रियपात्र बन्ने होड चल्थ्यो। अविरल महत्वाकांक्षा राख्ने स्वास्नीमानिसमा राजालाई रिझाउने होड चल्थ्यो। आफ्नो सौन्दर्य र रतिरागको प्रभावमा जसले राजालाई रत्याउन सक्थी उही बन्थी पटरानी। … Continue reading →

Posted in पुस्तक अंश | Tagged | Leave a comment

अनूदित कविता : स्वप्न बगैँचा

~अभय कुमार~ अनु : किशोर नेपाल पोखरीमा तैरिइरहेका सुनौला माछा आकाशमा तैरिइरहेको अन्तरिक्ष यान जस्तो ताजा फूलका सुगन्धहरू प्रेमचरीको निश्वाससँग घोलिएर फैलिए जस्तो धनकी देवी लक्ष्मी

Posted in अनूदित कविता | Tagged , | Leave a comment

लघुकथा : नयाँ जमानाकी अनुपमा

~किशोर नेपाल~ छोरी अनुपमाले सपनामा पनि सोचेकी थिइन, यस्तो होला भनेर। तर कहिलेकाहीँ सपनामा नसोचेको कुरा भइदिन्छ। बिहेको जग्गेमा बस्न मेहदीले हात सजाएर बसेकी छोरीको रहर र उत्सुकता एउटै घटनाले मारिदिएको थियो। ‘जन्ती नआउने भयो,’ छोरीले सुनी। उसका नौनाडी गले। … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment