Tag Archives: अल्पबिराम – Alpabiram Pokhreli

कविता : ईश्वरहरू -२

~अल्पविराम~ ढुङ्गाहरूले ढुङ्गा मनहरूको प्रमुखलाई सोधे तिमीहरूको ईश्वर छ कि छैन ? ढुङ्गा मनहरूको प्रमुखले हिरण्यकशिपु जस्तै सगर्व उद्घोष गर्यो म नै ईश्वर हुँ, विश्वको । प्रतिकारमा ढुङ्गाहरूले

Posted in कविता | Tagged | Leave a comment

कथा : राक्षस

~अल्पविराम~ हिजो आज मेरो पांच वर्षको नाती मसंग सुत्न मन पराउन थालेको छ / नाती मसंग सुत्न थालेदेखि मैले पनि छुट्टै खालको आनन्दानुभूति गर्न थालेकी छु / मेरो श्रीमानको देहावसान पछि छोरा बुहारी र नाती भए पनि मलाई एकाकिपनको अनुभूति … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : ईश्वरहरू -१

~अल्पविराम~ किसानहरू कोही थाप्लोमा कोही काँधमा कोही हात पाखुरामा हलो, कोदालो र डोको भरि ईश्वरहरू बोकेर

Posted in कविता | Tagged | Leave a comment

कथा : थाँक्रो

~अल्पविराम~ ओम् भूर्भूव स्व: तत्स………………………………धियो योन प्रचोदयात……… मेरो मोबाइलको घण्टी बज्यो / मेरो मोबाइलको कलिंग टोनमा स्त्री जाति र अछुतहरुले सुन्दा र सस्वर  मन्त्रोचारण गर्दा  अपराध हुने गायत्री मन्त्र अन्ध परम्पराको गला च्वाट्टै छिनालेर श्रुति मधुर स्वरकी धनी अनुराधा पौडवालले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य कथा : बिघ्नहर्ता गणेशको गुनासो

~अल्पविराम~ भर्खरै एउटा बिरामीको छ घण्टा लामो अपरेसन सिध्याएर म आफ्नो शारीरिक मानसिक थकाई मेट्न आराम गर्ने च्याम्बरमा पसेको थिएँ / मैले एउटा आकृतिलाई त्यहाँ बसिरहेको भेट्टाएँ /च्याम्बर अँध्यारो अँध्यारो थियो त्यसैले त्यो आकृतिलाई मैले ठम्याउन सकिन / त्यहाँ त्यो … Continue reading →

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged | Leave a comment

कथा : अन्तर संघर्ष

~अल्पविराम~ प्रात तथा सन्ध्या भ्रमण प्रेमीहरुको लागि मात्र नभएर प्रेमी युगल जोडीको पनि तीर्थस्थल लभ्ली पार्क आज झरी पछिको मनमोहक गोधुली साँझ बनेको छ / लभ्ली पार्क ,पोखरा नजिकैको थुम्को डांड़ो चढेर पैदल भ्रमणको साथै व्यायामको मजा आफ्नो ठाँउमा छुट्टै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : नजन्माइएका सन्तानहरुको आवाज

~अल्पविराम~ हामी जन्मन नपाएर के भो र बा-आमाको आँखाहरुबाट संसार हेरिरहेका छौं मष्तिस्कहरुबाट सोंचीरहेका छौं फरक यति न हो दाइ दिदी अथवा दुई दाइ अथवा दुई दिदी मात्र जन्माएर

Posted in कविता | Tagged | Leave a comment

अल्पबिरामका पाँच थुङ्गा मुक्तकहरु

~अल्पबिराम~ पहिलो थुंगा ———— कल्पनामा बुहारीको रुप हेरी, कति फन्को नाच्यौ होला लगनको तिथि पर्व गनी गनी , कति औँला भाँच्यौ होला तिमीलाई केही थाहा छैन आमा ! कुन संकटमा परेको छु दसैँमा छोरो आउने ऋण तिर्ने, कति सपना साँच्यौ … Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

व्यङ्ग्य कथा : डाक्टरको सपना

~अल्पबिराम ~ भर्खरै एउटा बिरामीको अप्रेसन सकेर आफ्नो शारीरिक मानसिक थकाई मेट्न आराम गर्ने च्याम्बरमा के पसेको थिएँ त्यहाँ मैले एउटा मानव आकृतिलाई बसिरहेको पाएँ । च्याम्बर अँध्यारो अँध्यारो थियो । त्यसैले त्यो आकृतिलाई मैले झ्वाट्टै ठम्याउन सकिन । त्यहाँ … Continue reading →

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : हजुरहरु

~अल्पविराम~ सम्बोधनमा उसले मलाई हजुर भन्यो हजुर शब्द इन्जेक्सन जस्तै नशा नशामा फैलिएर दार्हा नंग्रा पलाएको अनुभूति गरेँ आफुले आफैलाई बाघ देखें आफुले आफैलाई सामन्ती सम्झें कता हो कता मेरो अन्तरमनको सुक्ष्म मान्छे

Posted in कविता | Tagged | Leave a comment

पाँच मुक्तक : दशैं र आमा

~अल्पबिराम पोखरेली~ कल्पनामा बुहारीको रुप हेरी, कति फन्को नाच्यौ होला लगनको तिथि पर्व गनी गनी, कति औंला भाँच्यौ होला तिमीलाई केही थाहा छैन आमा ! कुन सङ्कटमा परेको छु दशैंमा छोरो आउने ऋण तिर्ने, कति सपना साँच्यौ होला । बन्धकीको … Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

बालकथा : राक्षसको कथा

~अल्पबिराम~ हिजो आज मेरो पाँच वर्षको नाति मसँग सुत्न मन पराउन थालेको छ । मेरो नाति आफ्नो आमालाई मम्मी र मलाई आमा भनेर सम्बोधन गर्छ । छोरा बुहारी नाति भएर पनि मेरो श्रीमानको देहावसान पछि मलाई एक खालको एकाकीपनको खल्लो … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

कथा : मौन आवाज

~अल्पबिराम पोखरेली~ म समय हुँ । घडीको आविस्कार पछी मेरो जन्म भएको भ्रममा छन् , मान्छेहरु । होइन , म सूर्य भन्दा धेरै जेठो छु ।मैले धेरै कुरा देखेको छु , अनुभूतिका थुप्रै कथाहरु छन् , मसंग । धेरै कथाहरु … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : मीठो भ्रम

~अल्पबिराम पोखरेली~ एक दिन एउटा चंखे मुसा जमिनमा दुलो पार्दै जाँदा सुंगुरको खोरमा पुगेछ ।त्यो खोरमा एउटी सुंगुरनी आफ्ना पाठापाठीहरुलाई दूध ख्वाउँदै थिई । सुंगुरनीलाई देखेर मुसाले भन्यो सुंगुरनी दिदी नमस्कार ! आरामै हुनुहुन्छ ! ए मुसा भाई पो ! … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : तेस्रो पुस्ता

~अल्पबिराम पोखरेली~ सिडनी बिमानस्थलको अध्यागमन कक्षबाट बाहिरिए पछी छोरा , पांच वर्षिया नातिनी सोफिया र अलौकिक लोकबाट धर्तीमा आउन ठिक्क परेकी नातिनीसंगैकि बुहारी मेरो स्वागतमा उभिएको देख्यौं । जुलाई महिनाको चीसो बतास मुटु कमाउने जाडो भए पनि साढे छ वर्षको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment