Tag Archives: दिलिप पौड्याल – Dilip Poudyal

कविता : सुगन्धहिन फुलहरु

~दिलिप पौड्याल~ म कविता लेख्न खोज्छु कबिताले कविको तिखो कलम खोज्छ तिखो कलमले तिखारिएका शब्दहरु खोज्छ शब्दहरुले ओजिला भावहरु खोज्छन् म शब्दकोशभित्र परेवाले पराल ठुँगे झैँ शब्दहरु ठुँग्छु र , म भेट्छु अक्षरहरुको गुजुल्टो सुगन्धरहित फूलहरु झैँ

Posted in कविता | Tagged | Leave a comment

कथा : सानुमाया

~दिलिप पौड्याल~ “दैबको लिला हो भाई। कसैले टारेर टर्दैन। यस्तो होला भन्ने कल्ले जानो र ! जानी यहि बसे पनि गएकै छन्। सबैले आ-आफ्नो पिठो खानी हैच। धेरै सुर्ता नलिनुस”, धनेले लालबहादुरको हात समाउदै भन्यो। दुबैजना त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको बाहिर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बशिर

~दिलिप पौड्याल~ कालो बर्ण, भेडाको ऊन जस्तै घुम्रियको कपाल, अग्लो कद, पातलो सरिर, मौरिले टोकेर सुन्यको जस्तो ओठ। चिसो र स्थिर आँखा। अनुहार सधै निराश कालो बादलले छोपेजस्तो। उसलाइ देखेपछि मन कस्तो कस्तो भयो। अलिकति डर। अलिकति निरासा। “ हेलो! … Continue reading →

Posted in नेपाली कथा | Tagged | 1 Comment

कथा : रमाकान्त सर

~दिलिप पौड्याल~ होचो होचो कद। सधै जसो सेतो सर्ट पाईन्ट र कालो ईस्टकोट अनि त्यसमाथि ढाका टोपी। यस्तै साठी बर्ष जतिको रसिलो र कसिलो छाला।चिल्लोसंग दाडि काटेर त्यसमाथि चिटिक्क मिलेको जुँगा।आफु हिड्ने बाटो भन्दा बढी दाँया र बाँया पट्टि लहरै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

Memoir : Red Wine

~Dilip Poudyal~ I was bored. Sorting out the stuffs and put them on the shelves was not an exciting job at all. But I had no choice. I got the job, I picked it up. It used to pay me … Continue reading →

Posted in Memoir | Tagged | Leave a comment

Story : A Monkey in a Glass Cabinet

~Dilip Poudyal~ I was at the bank of Don river in Southern Ontario. There were people in a group of ten or fifteen on the side of the road talking each other in a louder noise than regular talking voice. … Continue reading →

Posted in Story | Tagged | Leave a comment

निबन्ध : कोरोनाको पिडा परदेशमा

~दिलिप पौड्याल~ सबैलाई लाग्छ होला बिकशित देशहरुमा खाना र बस्नको लागि खासै समस्या हुदैन होला। यस्तो महामारीको बेला राज्यले सबै व्यवस्था गर्छ होला। दुख पाउने भनेको गरिब मुलुकमा बस्ने जनताहरुले मात्र हो। धनि मुलुकहरुमा तरकारी किन्न जान पर्दैन। दुध किन्न … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कथा : रशिदा

~दिलिप पौड्याल~ रसिदा। जस्तो नाम उस्तै रुप। हल्का काली काली, चिल्लो अनुहार, इवोरी जस्तै चम्किला सेता दात टम्म मिलेका केराउका दाना जस्तै। न लामो न छोटो सलक्क परेको नाक र ठुलो निधार। कर्लि कपालमा हल्का रातो कलर लगाएकी। इस्टायलिस। हाँस्दा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : कोरोना

~दिलिप पौड्याल~ संसारभरी कालो बादल छायो कोरोनाको मनभरि डर त्रास छायो कोरोनाको जे छुदानी मनमा डर भाइरस छ कि भन्ने सयौ पल्ट हात धुदा नि यो मनले नमान्ने

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो शहरमा

~दिलिप पौड्याल~ कङ्क्रिट लिङ्गहरूको थुप्रोभित्र निसासिएका अनेकन् रङ्गहरू सपनाका कुम्लाहरू बोकेर हतार हतार भाग्दैछन मानव सभ्यता सूचक सबवेका बङ्करहरू भित्र र चुपचाप छिर्छन् सबबहान जस्तै लाग्ने चिसा फलामका डिब्बाहरू भित्र

Posted in कविता | Tagged | Leave a comment

कविता : निर्दोश यि आँखाहरू

~दिलिप पौड्याल~ संसारको पल्लो कुनामा बसेर लाटोकोसेरो झैँ रातभर जाग्दै गर्दा फेसबुकको भित्तामा टाँसियका अनगिन्ती चित्रहरूको भिडमा मेरै देश खोजिरहन्छन् हरपल हरपल यी निर्दोष आँखाहरू झोक्रायको अनुहारबाट

Posted in कविता | Tagged | Leave a comment

कविता : ऊ

~दिलिप पौड्याल~ ऊ कैयौँ पल्ट फिनिक्स झैँ आफ्नै विगतबाट बौरियो ऐठनले घॉटि थिच्दा खुट्टा तन्काएर ब्युँझ्यो मूर्ख सिंहले झैँ आफ्नै छाया नचिन्दा आफैलाई कैयौपल्ट हत्या गर्‍यो पुन आफ्नै अस्तुबाट टाउको उठायो र शिखन्डि झैँ

Posted in कविता | Tagged | Leave a comment

कथा : सुधीन

~दिलिप पौड्याल~ ” तपाइको बिषयमा जम्मा दुइ जना मात्र पास छन्। अरु चालिसजना फेल। तपाइले के पढाउनु भयो बिद्यार्थीहरुलाई ?” प्रिन्सिपल झक्कु सुबेदी ठुलो ठुलो स्वरले प्रश्न सोधिरहेका थिए। सुधीन ट्वाल्ल परेर प्रिन्सिपलको अनुहार हेरिरहेको थियो। “मलाई अरु हैन रिजल्ट … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : गुरूपूर्णिमा

~दिलिप पौड्याल~ सर्वप्रथम मेरी आमा मेरो सर्वश्रेष्ठ गुरुको चरण चुम्न मन थियो उहाँले सिकाएको पहिलो शब्द ‘बा’बा’ भन्दै बाबालाई ढोग्न मन थियो बाबाले मसाएको पाटीमा कखरा सिकाउने सरलाई खादा ओढाउन मन थियो

Posted in कविता | Tagged | Leave a comment

कविता : चिनारी

~दिलिप पौड्याल~ एकाबिहानै घाँसको भारि पल्टाएर भानु जयन्ति मनाउन स्कुल जाँदा भानुभक्त को हुन् थाहा थिएन मलाई दाँया हातले दुबो टिप्दै गुरुको मुखारबिन्दु बाट कविता सुन्दा कविता के हो थाहा थिएन मलाई सबैको अगाडी थियो उनको फोटो फूलमाला र अबिरले … Continue reading →

Posted in कविता | Tagged | Leave a comment