कविता : भाइरस

~पल हिरा~

शरीर भित्र भाइरस
मन भित्र भाइरस
देश भित्र भाइरस
जता ततै भाइरसले खान भो
एन्टी भाइरस लाई नटेर्ने भो
एन्टी भाइरस भन्दा भाइरस बलियो भो
यो भाइरसतन्त्र भूखण्ड हुन् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : उम्लिएको छ हाम्रो खुन

~रिजाल किरण~

छन्द : अनुष्टुप

उम्लेको दूध झै पो छ पोखेला क्षणमा कहि
ठूला ठूला गफै मात्र भयो यहाँ सधै बढी
त्यो आँखा मात्र पल्टाइ तुक्का उकानको भर
काटेको अङ्ग आमाको जोडिन्छ भन्नु के छर ।। Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : तिरस्कार

~सुदर्शन थिङ्ग~

तिरस्कार नै के गर्नु तिमिलाई मन दुखेको बेला
पुरस्कार नै के दिउ तिमिलाई आँशु खसेको बेला
उपकार नै गरि देउ मलाई चोट खाएको बेला
आत्मालाई नै चुडाई दिनु मेरो मन दुखेको बेला

सपनीमा नआई दिनु तिमि होस हराएको बेला Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : अन्याय

~अर्जुन थापा~

राहत बाँडी रहेको छ भन्ने थाहा पाएर चाँडो चाँडो त्यतैतिर दौडिन्छ ऊ ।

“दाई यो पटक त जसरी पनि राहत मिलाईदिनु पर्‍यो ।” दुई हात जोड्दै भन्छ ऊ ।

“ल्याईस् त नागरिकता अनि मिलाईदिनु मैले तँलाई राहत ?” पिच्च खैनी थुक्दै मेचमा बसेको व्यक्तिले भन्छ ।

“ कति खोजे कहाँ पर्‍यो पर्‍यो नागरिकता यहिबेला दाई । प्रतिलिपी बनाउन पनि गाँउ नै जानुपर्छ । जसरी हुन्छ यताउता गरेर मिलाईदिनु पर्‍यो । काम नभएर खाली बसेको आज एक महिना भैसक्यो ।” च्यातिएर Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : वातावरण

~लक्ष्मण प्रसाद खतिवडा~

स्वच्छ राखौं वातावरण स्वच्छ राखौं घर
आफै अघि नसरे कस्ले गर्दिन्छ र ।
स्वच्छ रहे वातावरण हामी बाँच्न सक्छौं
वातावरण विनास भए संकटमा पर्छौं ।।

फोहोरमैला धेरै भए प्रदुषण हुन्छ
दम, खोकी जस्ता रोगले हामीलाई छुन्छ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी भएर पो के भो र ?

~देबेन्द्र बस्याल~devendra-basyal

तिमी जाउ
झिमिक्कै साँझ परिसक्यो
अब त जानेवेला भो
तिमी सदाको निम्ती जाउ

तिमीले समयसंग मजाक गर्यौ
उनीहरूसंग गहिरो संगतनै गरेनौ
तिमि भएर पनि के भोर
नभए पनि के नै हुन्छ र ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

समालोचना : श्रम–साधना महाकाव्यमा केही श्रम लगानी गर्दा

~सदानन्द अभागी~

परिचय – 

भेटिन्छिन् साधना लक्ष्मी श्रमवीर प्रसाधना
सारा प्रगतिमा जुट्ने देवता श्रमसाधना

यी उपरोक्त श्लोक रिङ्नेरह ३ पूर्वखोलामा २००६ साल साउन १९ गते पिता स्व.टिकाराम न्यौपाने र माता गीतादेवी (गाथादेवी न्यौपाने)का सुपुत्र नीलकण्ठ न्यौपाने(निहुरी ‘न’ ठूलदाइ)का हुन । ‘पुरेतका मुखमा बुझो ’लघुकाव्य–१वैशाख २०३४देखि हाल श्रम–साधना महाकाव्य २०७६सम्म आइपुग्दा उहाँका १० कृतिहरू बजारमा आइसकेका छन् भने करिव आधादर्जन (७ थान) प्रकाशोन्मुख देखिन्छन् । करिव एक दर्जन सामाजिक संस्थामा आवद्ध हुनु भएका नीलकण्ठज्यूलाई दुई दर्जन साहित्यिक संस्थाले विभूषित गरिसकेका छन् । सस्कृत साहित्यमा आचार्यको डिग्री हाँसिल गरिसकेका नीलकण्ठको पेशा भने शिक्षण Continue reading →

Posted in समालोचना | Tagged , | Leave a comment

कथा : घोडा

~विमला तुम्खेवा~

“घरमा लोग्नेमान्छे छ भन्नु मात्रै आडभरोसा केही छैन, आएदेखि बजारको बजार”, रिकुटेनीको चर्को स्वर घर बाहिरै निस्कियो । भगवतीप्रसाद टुप्लुक्क देखा परे, “हि र केजक र वा अयक्मै ? रिकुटे हो र पेगा ?”

‘दाजु सेवारो, जैले–तैले गाउँघर मात्र डुलिरहन्छ, के खोजेको हो हो तिम्रो भाइले मैले बुझिनँ !’ रिकुटेनीले जेठाजुसँग गुनासो पोख्न थालिन् ।

टेक्दै आएको घँगारुको लट्ठी भित्तामा ठड्याउँदै सिकुवामा ओछ्याएको राडीमा थचक्क बसे भगवतीप्रसाद । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कार्यपत्र : समकालीन नेपाली कथामा गणतान्त्रिक चेतनाः एक दृष्टिकोण

~ ताराबाहादुर बुढाथोकी(पाख्रिबासे कान्छो)~

संखुवासभा अरुण उपत्यकाको उपहार हो । बरुण उपत्यका कौशिक ऋषिले तपस्या गरेको तपोभूमि कोशी सभ्यतामा किराँतहरुको आँत मिसिएर बनोको सभ्यतको क्रीडास्थल हो । एकतिर यस भूमिमा हिन्दु संस्कृतिका भाषा, भेष, धर्म, संस्कृति र कलाको समष्टि छताछुल्ल छ । मनकामना, शिद्वकाली, शिवधारा, रामबेनी, वानेश्वर, नागेश्वर लगायत सयौं देवीस्थान र देवालय शदियौंदेखि पुजिदै आउनु यसको ज्वलन्त नमूना हो । अर्कातिर किराँत भाषा, भेषभूषा, उत्पादन, नामाकरण, संस्कृति र कलाको समष्टि यहीँ छ । किराँत भाषामा वा को अर्थ पानी हुनु र सभा, पिलुवा हेवा संखुवा, आप्सुवा, इप्सुवा, पावा, सिसुवा, संखुवा जस्ता अनेकन खोलाको नामसँग वा जोडिनुले यसको पुष्टि गर्छ । अझ किराती भाषाको सुप्तुलुङ शब्दको नेपालीमा तीनवटा ढुंगा हुदै चुलो ढुंगाको अर्थ प्रवाह गर्ने सुप्तुलुग संस्कृति र मुन्धुम सृष्टिको पहिलो आवाज अर्थमा केराको पातको टुप्पो उभो फर्काएर स्त्री जननेन्द्रियको प्रतिक बनाउँदै पुरुष जनेन्द्रियको प्रतिक चिण्डोबाट वीर्यको प्रतिक जाँड छर्कदैं किँरात व्यवहार संस्कार चालाउ Continue reading →

Posted in कार्यपत्र | Tagged , | Leave a comment

कविता : उत्तर साेंच कसम

~डा. विदुर चालिसे~

अनेक प्रश्नहरू उठ्दै बस्दै गर्दा
अाइरहेथे हिमालयका छेउछाउ
याचकझैं झाेला बाेकेर मेरासामु
अनन्त भाेकाे हृदयकाे मानिस !

टाट पल्टिएका विचारहरू गुन्गुनाउँदै
उत्तर खाेजिरहेका अाँखा अनि मनहरू
उडिरहे थे बतासका छालहरू समाएर ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरी उनी

~प्रकाश खड्का~

धर्धरि पानीमा
रुझेर मुसो जस्तै
निथुर्क,लुथुर्क म । १।

सिउसिउ गर्दै
थरथर कामेर
घर भित्र छिर्दामा । २ ।

ए, हजुर कता ?
भन्या मानिसेन है
कपाल पुस्दै उन्ले। ३। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : द्वविधा

~डिल्लीराम दुलाल~

टेण्डोङ र मैनामको इतिहास
ब्यूझाउन……
यहाँ भुइचालो आउने गर्छ,
कृष्णको गोबर्धन पर्वत झैं,
गौरव बोकेको टेण्डोङ र मैनाम पर्वतलाई….
क्रमशः भुइचालोले झस्काउने गर्छ, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : एकादेशकी सुजिमा

~दिल थापा~

उसको स्वर चिन्न सकिन । धेरै वर्षपछि सुनेर होला । एकदम नौलो मान्छेको जस्तो लाग्यो । एकछिन त हेलो मात्र भनेर फोनलाई कानमा टाँसि रहे। उसले पनि हेलो भन्दा अर्का बोली निकाल्न सकिन्न । मलाई आजकाल धेरै बोल्न मन पदैन । फोनमा धेरै समय बिताउँदिन पनि ।उनी आफैं फेरि बोली ।मलाई चिनेनौँ । मलाई भुलि सकेको ?उसको प्रश्नले मलाई न्युरोड सडकको दायाँ बायाँ सडकपेटीको याद दिलायो । यतिका वर्षपछि उसले मलाई कसरी सम्झ्यो ? किन सम्झ्यो ? मैले त उसलाई भुलि सकेको रहेछु। पहिला आफ्नै जस्तो लाग्ने स्वरलाई विरानो बनाई सकेको पो रहेछु। त्यसैले फोन उठाउने बित्तिकै चिन्न सकिन ।

आज छुट्टिको दिन । यो मनलाई गजबको काम मिल्यो । उसलाई फेरि सम्झने । खाजा खाना पनि भुलिएछ Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : प्रेम प्रस्ताव

~भरत खत्री~

सेता टम्म मिलेका दन्त लहर
तिम्रो मायामा पर्ने ठुलो रहर
मिल्न पनि के सारो मिलेका
देख्ने लठ्ठ हुन सक्छन् मख्ख

कोमल लालुपाते ओठ
सल्लक परेको लामो केश
को हुन सक्दैन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : भुइँमान्छेको नारा

~पिपला ढुङ्गाना~

ए मलाई नङ्ग्याउन
लागिपरेका मान्छेहरू !
म नाङ्गै छु सदियौँदेखि
निडर भएर उभिएको
वस्त्र च्यातिएको
जुलुङ्गोजस्तो ।

जसको लज्जा
जमानामा नै लुटिसके
एक हुल बाँदरहरूले Continue reading →

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : काँडे भ्याकुरको शुभ विवाह पुस्तकको समीक्षा

~एकु घिमिरे~

१. अध्ययनको पृष्ठभूमि 

‘काँडे भ्याकुरको शुभ विवाह’ नामक कृति साहित्यकार ताराबहादुर बुढाथोकी “पाख्रिबासे कान्छो”द्वारा लिखित पन्ध्र लोककथाहरूको सङ्गालो हो । सङ्खुवासभाको सदरमुकाम खाँदबारीको हिमालय माध्यमिक विद्यालयमा शिक्षण र बरुण बहुमुखी क्याम्पसमा प्राध्यापन गर्ने साहित्य साधक ताराबहादुरको यो कृति सङ्खुवासभाका राष्ट्रसेवक कार्यालय प्रमुखहरूले वि.सं. २०७५ सालमा प्रकाशन गरिदिएका हुन् । बुढाथोकीका यो भन्दा अघि  परमेश्वरको एघारौं अवतार ( हास्य व्यङ्ग्य सङ्ग्रह), सङ्खुवासभा एक चिनारी ( जिल्ला परिचय ), जीवनको सीमारेखा ( उपन्यास ), अरुण उपत्यकाको लोकभाका ( लोकसाहित्य खोज), जिन्दगीका कुइनेटा ( संस्मरण), भाँडाकुटी ( लोककाव्य) गरी छ ओटा  कृतिहरू प्रकाशित भइसकेका छन् ।

Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

गजल : घामको उपहास होला

~नविन ध्यार~

तिमिलाइ जूनको संज्ञा दिदा घामको उपहास होला
तिमिलाइ प्रितले बोलाउदा नामको उपहास होला ।

अब, तिम्रो त्यो मोहनी लुकाउने ठाउ कतै छैन
तिमिलाइ देखाई हिड्दा आफ्नै कामको उपहास होला । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : मेरा बा

~जमुना क्षेत्री~

कति निस्चल अनि निर्मल छाै
बा तिमी , मेरा कलिला
ओठहरुले तोते शब्दमा पहिलो पटक
तिमीलाई बा भनि बोलाउदा
तिमीले खुसीका आॅंशु झार्दै थ्योै रे

मैले घिस्रीएर यस धर्तिमा पहिलो पटक Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : मखुन्डी

~प्रयास लामा~

“ओई त्यो केटीले त हामीलाई हेरिरहेको जस्तो छ हेर त।” कुईनोले मलाई कोट्टाउँदै टासीँले भन्यो।

“आ छोडन भाई, स्वाट्ट पारी हालन् घर जानु ढिलो भैसक्यो।” सम्झाउने सुरमा त्यसलाई भन्दै थिए तर मेरो आखाँ भने त्यसले देखाए तिर नै पुगिसकेको थियो। आखिर मन नै त हो।

“आज त न्यु इयर पार्टि सकेर मात्र जानुपर्छ।” त्यो अझै थप्ने शुरमा थियो।

सानो डल्लो अनुहार । सानै नाक तर गाजल लाएका आखाँ भने ठुला ठुला देखिने। राम्री भनिहाल्न नमिले ता पनी आर्कषक देखिने त्यो अपरिचित अनुहारले हामीलाई नै हेरि रहेको थियो। उसले हाई हिल्समा पर्पल स्हिथ ड्रेस लगाएको थिईन्। आखाँ जुझे पछी उ सरासर हामी भए तिर आईन्।

“हाई” आफ्नु हात अघी बढाईन्।

Continue reading →

Posted in नेपाली कथा | Tagged | 1 Comment

कविता : उनीसँगै

~दिपेश उप्रेती~

नशाले ढलें म भट्टि रित्तिएन
सितनमा उन्को याद थियो

पुर्णिामाको दिन चन्द्रमा हरायो
उन्को साथको त्यो अन्तिम रात थियो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा अर्को पृथ्वी !

~सविना सिन्धु~

“यहीँ हुनुपर्छ ……॥”
पृथ्वी भित्र देश
देश भित्र विद्यालय र विद्यालय भित्र कक्षाकोठा ।”……॥

दिलसरा सिसाकलम तिखारेर कोर्छे पृथ्वीको चित्र
अक्षांस र देशान्तर नियाल्छे र खोजी गर्छे पुग्न नसकेको गन्तब्य ।
पृथ्वी झैं घुम्छे मानौं ऊ िसंगै पृथ्वी हो । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : म मेरो वजनजति मेरो धरतीलाई भार भएको छु

~वैरागी काइँला~Bairagi Kaila

बिना सासका जिउँदा लासहरू
जिभ्रो काटिदिइएका मानिसहरू
म्युनिसिप्यालिटीका धारामा थुप्रिएका
रित्ता टिन र बाल्टीका खापैखापको लाइनजस्तो
आफ्नो रिक्तता भर्न पनि नसकेर
लजाउँदै लजाउँदै आकाशतिर हेरेर के के मागे झैँ
हाम्रा घरघरमा, चुलाचुलामा, कोठाकोठामा
मानिसहरू चुपचाप बस्छन् । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

Micro Story : He Never Returned

~Eagam Khaling~

There was a boy who used to work in a small hotel, in a town. His boss often abused him even in a little mistake. He had no fate to have a square meal a day. Whenever cruelly beaten up, he used to go up to an old tree of nearby the hotel. There he cried quietly expressing his hidden sorrows to the tree. He showed his burnt skin of hands, marks of sticks on his legs and marks of fingers on his cheeks. There, he screamed many times, Continue reading →

Posted in Micro Story | Tagged , | Leave a comment

कथा : बाल्यकालको सम्झना

~बिपना ढुङ्गाना~

सपना पुरा गर्न घर छोडेर हिडेकि म,मलाई के थाहा थियो र कि कुनै दिन घर फर्किन पाउनु नै मेरो सपना बन्ला भनेर।

जीवनको ब्यस्ततालाइ विश्राम दिदै आज आफ्नो लागि के थोरै समय निकालेकी थिए,मेरा आँखा त मलाई पत्तै नदिइ रसाउन भ्याइसकेका रहेछन अनि फेरि आँसु पुछ्दै टोलाइरहे म, त्यो बाल्यकाल सम्झेर।घडीको सुइरोको दौडलाई महशुस गर्नै सकिनछु।मैले कहिलै सोचेकी थिइन ती बाल्यकालका स-साना पल आज मेरो जिबनको अबिस्मरणिय क्षणहरु बन्नेछन् भनेर।आज धेरै बर्षपछि बालपन कापीका पन्नामा कोरिरहदा मेरा Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

तिलकराज चुँँदालीका तीन मुक्तकहरू

~तिलकराज चुँँदाली~

।१।
कुरा नगर राजनीति नै यस्तो
औषधि भन्दा विरामी सस्तो
विधि र विकास मात्र पो भन्छौ
गणतन्त्रमा पनि, तिमी नेता कस्तो?

।२।
अधर चलाउँछ्यौ, नयन घुमाउँछ्यौ Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : म सिमाना

~सौगात भुर्तेल~

आज म बेचइएको दिन ,म त्यहि बेला बेचिएँ
जुन बेला भाईले भाई मार्दै थियो ।
म त्यहि बेला बेचिएँ
जुन बेला स्वाभिमान हार्दै थियो ।
म त्यहि बेला बेचिएँ
जुन बेला धर्म र जातमा लडाईयो ।
म त्यहि बेला बेचिएँ ।
जुन बेला स्वार्थकाे सिङ्घासनको लागि देशको नक्सा घटाईयो ।। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : साँच्चै उ परिवर्तन भएको छ

~यज्ञराज खनाल~

याद छ है तपाईँलाई,
उ पल्लो गाउँको वीरे, जनयुद्ध मा होमिएको वीरे
देशको रक्षाको लागि दुस्मनको अगाडि छाती देखाउदै हिनेको वीरे
प्रत्येक कोष-कोष मा राष्ट्रियताले भरिएको वीरे
आज उसकी आमाको अंग काटिन खोज्दा,
त्यहि वीरे एक शब्द नि बोलेको छैन
उ लाटो भएको छ
उ अन्धो भएको छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : जिन्दगी

~हिमाल सरोवर~

कसैले मलाई दिई गएको,
कसैले मसँग छोडी गएको,
धेरै थोक बाकी छ,

जस्तो कि,,
एउटा प्रतिबिम्ब छ,
जो आखाबाट कहिल्यै ओझेल पर्दैन, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मङ्गली बज्यैको बिहे

~राजेन्द्र तारकिणी~

उबेला मङ्गली बज्यैको बिहेमा
को को रोएका थिए,
को को नाचेका थिए ?

उनको साँझ
कसरी लजाउँदै पसेको थियो कालो गाजलभित्र,
कलस्यौलीहरूले कसरी सिँगारेका थिए Continue reading →

Posted in कविता | Tagged | Leave a comment

व्यक्तित्व समीक्षा : अँजुलीभरि घाम

~धीरेन्द्र प्रेमर्षि~

प्रकृति र परिवेशको उखरमाउलो गर्मी र उकुस-मुकुसले जन-मन आकुलव्याकुल छ यतिखेर । यो अत्यास र अँध्यारोमा आशाको उज्यालो र्छन शब्द-सङ्गीतशिल्पी हिरण्य भोजपुरे अँजुलीभरि घाम लिएर उदाएका छन् । बैसठ्ठी वर्षो प्रौढावस्थामा छब्बीस वर्षो जाँगरका साथ चार दशकअघिकै शैली र सोचका गीत-सङ्गीतहरू लिएर श्रोतामाझ आएका भोजपुरे गायनमा आफ्नो पुरानो संलग्नतालाई नवीकरण गर्न मात्र आएका होइनन् । पुनः उदाउने क्रममा उनले सङ्गीतका सुर-तालहरूमा आत्म-आनन्दका विविध पाटाहरू समेत कोट्याएका छन् । Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

गजल : लाग्यो मुखमा तालाहरु

~बिजय सुब्बा~

कहाँबाट आएछ र लाग्यो मुखमा तालाहरु
शायद होला दर्खास्त लगाउन मुखमा मालाहरु

नातागोता केलाउँदा कतै पनि जोडिदैन
कहाँबाट अचानक टप्किएछन, सालाहरु Continue reading →

Posted in गजल | Tagged | Leave a comment

बाल कथा : कपिलका कपडा

~नेत्र तामाङ~

एउटा दशैं सम्झना छ कपिललाई । त्यतिबेला उसलाई निकै असजिलो लागेको थियो । कारण थियो बुवाले सहरबाट पठाइदिनुभएको कपडा । कपडा ओछ्याउने तन्ना जस्तै लाग्यो उसलाई । जुत्ता र टोपी मात्रै लाइहाल्न मिल्ने ।

यसअघि पठाउनु भएका कपडाहरु लगाइहाल्न मिल्थ्यो । केही महिना अघि बुवाले पठाउनु भएका कपडा सानो भएपछि कपिल रिसाएका थिए । उसले बालाई फोनबाट भनेका थिए, ‘तपाईले आफ्नो छोरा बढ्दैछ भन्ने कुरा विर्सनुभो, यस्तो सानो कपडा लाउदिन म ।’ कपिललाई लाग्यो, ‘सायद् यही कुराले बुवा रिसाउनुभयो अनि मलाई यस्तो कपडा पठाईदिनुभयो ।’ Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment