कविता : नाङ्गिदा हरेक क्षण आजको द्रौपदी

~वम देवान~

सभामा–
एकपल्ट साडी तानिदा दुशासनबाट
द्रौपदी !
कत्रो भयानक युद्ध उठेथ्यो महाभारतको
अपमान बगेथ्यो,
बाढीमा उर्लँदो रगतको
डढेथ्यो रगतको आगोमा
विषाक्त विचार कलंकित रगतको ।
झुल्केथे युद्ध–मैदानमा
वीरत्वका सहस्रौं घामहरु, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : आफ्नो हराइले मार्यो

~राकेश कार्की~

तिम्रो सधैँ जित कस्तो आफ्नो हराइले मार्यो
आयो जवानी या उन्को मन पराइले मार्यो

व्यर्थै रिसाको बेला एक्लै हुँदा मर्माहत
छाती भरी बल्झेको उफ् घाउ चराइले मार्यो Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : हाँस्दै बोल्दै दुइ मुटु वीच

~देव गुरुङ~

हाँस्दै बोल्दै दुइ मुटु वीच खोई कहिले देखि ,
गहिरो माया वसि सकेछ थाहै भएन मलाई ।

झट्टै हेर्दा वगैचामा फुल मात्रै देखे ,
काँढा पनि हुदो रहेछ थाहै भएन मलाई । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

बैचारिक कथा : जोडिएका ओठहरु एकआपसमा छुट्टीनै मान्दैनन्……….।

~तोषल दाहाल‘अल्पभाषी’~

फाल्गुणको महिना, मध्यान्हको समय,सल्लाका बोटहरु सबै मौन थिए। सतिबयरका पातहरु खङ्गरङ्ग थिए। तल फेदिमा नागवेली बन्दै बगिरहेको पिखुवाँ खोलाले पनि मेरो मन तान्नै सकिरहेको थिएन । एउटा चौतारीको सानो छाहारीमा बसेकी थिएँ । अचानक एउटा नौजवान युवक परैदेखि दुबै हातले टाउको थिच्दै ढुन्मुनिदै आएर मेरो अगाडि चौरीमा पछारिन्छ। म त्यो जवानलाई जडहा सोचेर घृणित नजरले उसको मुहार नियाल्छुँ । उसको मुहारबाट त्यस्तो कुनै दुर्गन्ध आएको हुदैन। त्यसपछि मलाई दयाँ पलाउछ । “एउटा मानवलाई परेको बेला अर्को मानवले सक्दो सहयोग गर्नुपर्छ । ’’ यो हितोपदेश सम्झिएर म आफ्नो ब्यागबाट पानीको बोतल Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मेरो प्रिय दुलाहा (मृत्यु)

~विराज बर्मा~

विश्वासको बन्दुकबाट
निस्कएका आघात र बज्रघातका
गोलीहरुको रुखो आवाज सुन्दै
रसातल देखि नै उर्लिएको भेलसँगै
उछिटिएका रगतका ताता फाल्साहरु पन्छाउदै
मेरो सानु झुपडीको छिंडीबाट
तिम्रो आगमन च्याइरहेकी छु
म तिम्री एउटी नव दुही
तिमीलाई नै पर्खिरहेछु । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : भूपिको लाहुरेसँग सम्झौता

~शक्तिराज नेपाल ‘कपुर’~

लाहुरेदाई
तिमी आफना कैयौं दिनहरुमा
आफनो गाउँ, जन्मभूमि र आफनो पूर्वपसिनाको सम्झनामा
पुनः पुन सदा तिमी आउँथ्यो लाहुरे दाइ
आफनो पसिनाको धारा अनि
कर्तब्यको निशानामाथि
केहि क्षणका लागि भएपनि पूर्ण विराम लगाउदै Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : स्वार्थ

~दिपक अभिमन्यू~

बिहानै मर्निङ्गवाकमा हिडेका राम बिक्रमलाई तेजरफतारमा आएको गाडीले ठक्कर दियो। उनी गम्भीर घाइते भए । उनको दुरघटनाको खबर हावासरी फैलियो । सामाजिक सञ्जालमा उनको स्वास्थ्यलाभको कामना गर्दै अनेकौं शुभेच्छ्याहरु पोष्ट गरिए भए ।

उनी खतरामुक्त थिएनन्।उपचारत अस्पतालमा उनलाई शीघ्र स्वास्थ्यलाभको कामना गर्न आफन्तजन र शुभचिन्तकहरुको भीड लाग्यो । नर्स तथा त्यहाका कर्मचारीहरुलाई भीड व्यवस्थापन गर्न कठिन जस्तै भयो।उनीहरुलाई व्यवस्थापनले भिड नगरिदिन अनुरोध गर्दा गर्दैपनि बिरमीलाई भेट्दै शुभेच्छ्या टक्र्याईरहे । त्यति Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : सम्झनाको तरेलीमा पारिजात दिदि

~शरद प्रधान~

केहि दिन अघि मात्र मेरो झण्डै दुई दशकको पत्रकारिता जीवनमा मैले साक्षात्कार गरी जीवनी लेखेका साहित्यकारहरुको नामावली सोचीरहेको थिएँ । धेरै साहित्यकारहरु त दिवंगत भइसक्नु भएकाले अब को चाँहि बाँचीरहेका होलान् भनेर घोत्लिरहेको थिएँ । रमेस विकल अब रहेनन् भनेर फेसबुकमा एक पत्रकार बहिनीले लेखेको पढे पछि मेरो नामावलीमा एक नाम थपियो भनेर मनमा चिसो पस्यो । बिगत केहि महिना अघि मात्र कवि इश्वर वल्लभको निधनले दिवंगत हुनेहरुको नामावलि लम्बिएको महशुस गरेको थिएँ । अब त Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

मनोन्यास : अपांगता

~हस्त गौतम “मृदुल”~

धर्तीको रंगमन्चमा सुनौलो बिहानीका पर्दाहरू उठिसके । त्यो मृदुल उज्यालो क्षितिजलाई अपदस्थ गरी समयले बिस्तारै बिस्तारै आफ्नो मुठीमा पार्दै लगिरहेछ । भ्यागुतोलाई सर्पले निले जस्तै निल्दै निल्दै बिहानी रातमा परिणत हुँदै गैरहेको छ । शिशिर यामको तिख्खर जाडोले बिस्तारै गाँज्दै लगिरहेको छ । दुखका आगाध चिसो सिरेटोले गर्दा जीवनको त्यो भरिलो रुखबाट सुन्दर सपनाका अनगिन्ती हरिया पातहरू मरिरहेका छन । कर्मको क्षितिजबाट उदाउने ती भाग्यका सुन्दर कोपिलाहरू अन्योल र निरंकुश समयको परिधिभित्र कैदी भै वैलिदै गैएका छन । आशाका ती कलिला पालुवाहरू धमाधम बसन्तको आगमन नहुदै मरिरहेका छन । निर्दयी र निरंकुशताको रातको तुषारोले सुन्दर फुलहरू पनि बिस्तारै अोइलिंदै मर्दै छन । त्यो खुला आकास पनि जून बिना छटपटाइरहेको छ । मात्र Continue reading →

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

समालोचना : अन्तर विषय तथा विधा मिश्रणका सन्दर्भमा शर्मिला खड्काको ‘यो उसको कथा हो ’ कथाको अध्ययन

~शेखरकुमार श्रेष्ठ~

१. विषय परिचय

वि.सं २०२५ मा समष्टि पत्रिकामा असफल सङ्घर्ष कथा प्रकाशित गराई साहित्यिक जीवन सुरुवात गर्ने शर्मिला खड्का (दाहाल) नेपाली साहित्य विधाका कथा विधाका सशक्त नारी प्रतिभा हुन् । सुरुमा निहारिका उपनामबाट रचना प्रकाशित गर्ने शर्मिलाले सानी बाल कृतिका लागि साझा पुरस्कार प्राप्त गरेका छन् । उनको समयको क्यानभासमा (२०६५) दोस्रो कथा सङ्ग्रह हो । समयको क्यानभास शर्मिला खड्काद्वारा रचित कथाहरूको सङ्गालो हो । यसमा जम्मा २४ ओटा कथा छन् । यी कथामध्ये अध्ययनका लागि छानिएको ‘‘यो उसको कथा हो ’’ नवौँ कथा हो । नेपाली साहित्यमा पछिल्लो चरणमा आएर विकास Continue reading →

Posted in समालोचना | Tagged , | Leave a comment

छन्द कविता : निर्माणमा लाग्छौँ एकताबद्ध भै अब

~गोविन्दराज विनोदी~

प्रत्येक पल लाग्दैछ धर्ती काँपिरहेसरि
कम्पले घरको मेरो जग नापिरहेसरि

जब बाह्र गते आयो महाभूकम्प देशमा
लाखौं सुसिर्जना पार्यो ध्वस्त एकै निमेषमा
भासिए नासिए कैयौं सम्पदा र धरोहर
लग्यो खोसेर आफन्त मृत्यु आई भयङ्कर Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

मनोन्यास : माले

~रुजन न्यौपाने~

खै कसरि हो मालेको ढाडमा गहिरो घाऊ भएछ । घाउबाट दुर्गन्ध फैलिएको छ सँगसँगै पिपको धारा बगिरहेको रहेछ ।

मालेलाई सबैले कहिले मरे हुन्थ्यो जस्तो गर्दैछन् । एताबाट ऊता लखेटिनु पर्छ उताबाट एता । सबैको पिटाई , दपेटाई खप्नु पर्छ । आफ्नो शरिरमा भएको घाउले आफैंलाई कति गहिरो पिडा दिएको हुँदो हो, त्यसमाथि पनि सबैको पिटाई पनि खानु नै छ । बर्खा मौसम कतै ओत लागेर बस्न पाएको छैन, घाउमा पानिले झन झन थप Continue reading →

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

कवि लिम्वु ‘आँशु’का पाँच ताङ्का

~कवि लिम्वु ‘आँशु’~

मुटु मिचेर
दोष दिउँ कस्लाई
भाग्य आफनै
खोटो भइदिए सि
आवरा जिन्दगी भो ।

भन्दैन चेली
राता रात बेचिन्छ
मौन छ सबै
हाट हजारी खेल
किन्नेहरूको भीड । Continue reading →

Posted in ताङ्का | Tagged , | Leave a comment

कथा : यो एउटा रङ

~किशोर नेपाल~

आँखा सबैभन्दा ठूलो सत्य हो । यो मात्रै एउटा यस्तो शक्तिशाली प्रविधि हो, जसलाई मानिसको शरीरमा अभिन्न रहेको क्यामरा भन्दा केही फरक पर्दैन । यो क्यामराको क्षमता कति मेगा पिक्सेलको हुन्छ ? अहिलेसम्म कुनै शरीर वैज्ञानिकले, कुनै चिकित्सकले, कुनै इन्फर्मेसन टेक्नोलोजीका धुरन्धरले पत्ता लगाउन सकेका छैनन् । न त यसको स्टोरेज क्यापासिटीका बारे साधिकार कसैले बोलेका नै छन् । शहरहरूको दृश्यचित्र लगभग यस्तै नै हो । आँखाले यसलाई जति समेटन सक्छ, सत्य त्यति मात्रै हो । सत्यको कुनै सीमा हुँदैन । शहरको पनि कुनै सीमा हुँदैन । मानिसका असीमित आकांक्षासँगै यसका सीमाहरू अनियन्त्रित हिसाबले फैलिन थाल्दछन् । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

बालकृष्ण गजुरेलको पाँच तियाली

~बालकृष्ण गजुरेल~

तियाली १
आफ्नैको भर हुन्न
झुटले मुटु छुन्न
त्यसैले कोहि रुन्न ।।

तियाली २
बिश्वास गर घात गरेपनि Continue reading →

Posted in तियाली | Tagged , | Leave a comment

कविता : नदी र चट्टानहरु

~सुनील बाबु श्रेष्ठ~

एकतमासले बगेर
भारीका भारी सपनाका नदीहरु
भविष्य खोज्दै मिसिन्छन
पुगेर निलो महासागरमा ।

यहिँ सपनाका नदीहरुको विचमा
अग्लो कद बनाएर बसेका
अग्ला चट्टानहरु
नदीबाट सृजित
शितल हावा स्पर्श गर्दै Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अचेल मेरो गाउँ

~चन्द्र सिं गुरुङ्ग~

दिनहुँ हेर्छु
घाँटु, सोरंठी र लोक दोहरीको नृत्यमा
डम्फू, मादल र सारंगीको मौन धारण
र गीति अक्षरहरुको शान्त मलामी
माथि
सल्लाघारीको डाँडामा बसेर
जीर्ण तन र वितृष्ण मन बोकी
शव यात्राको दृश्यावलोकन गर्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : जवानी उबायो कसैले

~कोमल भट्ट~

छचल्क्यो जवानी उबायो कसैले
कसी प्रेम पाशमा डुबायो कसैले

अति प्रीतले मन्द मुस्कान छर्दै
सुधा जल खन्याई नुवायो कसैले Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : मखुण्डो र कविता

~नरेश शाक्य~

मखुण्डाहरू उत्रिसकेका छन्
र
सबै आफ्ना असली अनुहारहरूमा
देखापर्न थालेका छन्, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

Translated Poem : Fog

~Bhim Darshan Rokka~
Translation : Maya Watson

Above the far hills
heavier then they
yet lighter than caresses
the column of fog slowly slowly
climbs the precipices Continue reading →

Posted in Translated Poem | Tagged , | Leave a comment

गीति कविता : हामी बिद्धान

~मधुश्री~

बिद्बान हामी दर्पण थियौँ बदल्न समाज
छर्नुथ्यो ज्ञान हुन्नथ्यो दुःख संकट यो आज
निद्रामा डुब्यौँ सपना दिवा देखेरै हरायौँ
भुलेर आफ्नो बिद्धता सस्तो हावामा फरायौँ

अन्याय-न्याय गलत-सही छुट्यौँन सकेनौँ
पुज्यथ्यौँ हामी पुजाको अर्थ बुझ्नेनै भएनौँ Continue reading →

Posted in गीति कविता | Tagged | Leave a comment

बाल कथा : सुनमाया

~भोला दुलाल~

डोल्मा र सुनमाया असाध्यै मिल्ने साथी थिए। ऊनीहरु एक आपसमा यति मिल्थेकी गाउँमा सुनमाया र डोल्माको उदाहरण नै दिन्थे गाउले हरु। पढाई पनि सुनमायाको र डाेल्माको असाध्यै तेज थियो। सुनमायाको गाउँ र डाेल्माको गाउँ अलि फरक थियो। ऊनीहरुको सम्बन्ध आपसमा मात्रै सिमित थिएन। दुबैतिरका परिवारका सदस्यहरुको आपसी सम्बन्धपनि उत्तिकै प्रगाढ थियो। सुनमाया डाेल्मा भन्दा अलि गरिब परिवारकी थिई। तर डाेलमाको परिवारले सुनमायालाई त्यस्तो महसुस हुन दिएनन। Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

लोक गीत : नेपाली जीवन (संरक्षण गीत)

~श्यामसुन्दर श्रेष्ठ~

कालोमा कालो कोदाको बालो, टिप्नलाई गार्‍हो छ
नेपाली जीवन पहाडको ठाउँमा बाँच्नलाई गार्‍हो छ,
दाजै बाँच्नलाई गार्‍हो छ । १

यता नि पहिरो उता नि पहिरो ढुङ्घाको ओईरो छ
कतै जाउँ भने जाने ठाउँ छैन यहीं बस्न गा¥हो छ,
दाजै यहीं बस्न गार्‍हो छ । २ Continue reading →

Posted in लोक गीत | Tagged | Leave a comment

मैथिली गजल : मस्त भेल छै

~धीरेन्द्र प्रेमर्षि~

राजनीति खुब मस्त भेल छै
सोनित सभसँ सस्त भेल छै

जन-जनके जी-जान उड़ाबऽ
सेना-पुलिसक गश्त भेल छै Continue reading →

Posted in मैथिली गजल | Tagged | Leave a comment

मैथिली समीक्षा : मैथिली कविताक जापानी विधा

~चन्दनकुमार झा~

वैज्ञानिक उपलब्धि, पश्चिमी विचारधाराक प्रवेश, प्राचीन परम्पराक प्रति विरक्ति, आ अन्यान्य भाषा-साहित्यक प्रभावसँ मैथिली साहित्यमे खासक’ कविताक्षेत्रमे आधुनिकताक सूत्रपात भेल । बंगलाक प्रभावसँ एकर कल्पनाशीलताक विकास भेलैक । अंगरेजी आदि भाषाक प्रभावसँ मैथिली कवितामे प्रयोगवादी परम्पराक विकास भेल । अंगरेजी काव्य साहित्यक बैलेड, सौनेट प्रभृति काव्य रीतिक प्रयोग भेल । तहिना मध्ययुगमे मिथिलाक्षेत्रमे जे उर्दू-फारसीक प्रचलन भेल छल तकर प्रभावसँ मैथिलीमे गजलक आविर्भाव भेल । हिन्दीक Continue reading →

Posted in मैथिली समीक्षा | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : गर तयारी अलमल्ल नपरी

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~

लडाइँ जब छ ब्वाँसा, फ्याउरा, स्यालहरुको
के अर्थ परेवाहरु यता वा उता लाग्नुको ।

मदारी अरु नै कोही छ,
प्रभु अर्कै छ उनीहरुको,
नचाउँदैछ कोही अरुले नै उनीहरुलाई; Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

तामाङ भाषी कविता : ल च्याङ्बा(कान्छा भगवान)

~नेत्र तामाङ~

खसु खामा साकक, म्लाङगै गन्डक खाला रो
रेङ्बा छोदो पौ ल च्याङ्बा, म्लाङ्गै गन्डक खि म्याङ ल

छ्युपेङपेङ ल ब्याहा जिन्जी, भतेर खाल्से असोल्नी
ब्रिखु पित्खो ल च्याङ्बा, ब्रिखु मुयम ब्रि म्याङ् ल Continue reading →

Posted in तामाङ कविता | Tagged | Leave a comment

गीत : मेरो बेहोशीलाई सन्ताप

~इश्वरवल्लभ~

मेरो बेहोशीलाई सन्ताप भनी बिर्सी दे
मेरो सबै मायाहरुलाई पाप भनी लेखी दे
मलाइ छोडी दे मलाई फेंकी दे मलाइ भाँची दे

म त सधैं उजाड छु हरियाली मेरो होइन Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

विष्णुबहादुर सिंहका दस हाइकु

~विष्णुबहादुर सिंह~

१.
बाढी आएर
खेत बगाएपछि
खोलो सुकेछ ।
२.
आउनेछु म
मङ्गलग्रहमाथि
हावा लिएर ।
३.
समुद्रभित्र
गहिराइमा डुब्दा
माछा तर्सेछ । Continue reading →

Posted in हाइकु | Tagged | Leave a comment

संस्मरण : सम्झनामा एक आत्मीय अग्रज

~नगेन्द्र शर्मा~

म काठमाडौँ आएको मदन उपाध्याय दाइको निम्तोमा रहेछ । त्यो पचास वर्षभन्दाअघिको कुरा हो । मलाई लिन कलकत्तामा रित्तै हवाइजहाज लिएर आउने पाइलट रमेश, उहाँको भाइ त माध्यम मात्र रहेछन् । मलाई भन्डैझन्डै गलहत्याएर ल्याउनु परेको कारण चैँ उही सधैँको ‘ज’ पछिको ‘झ’ थिएछ । सबैभन्दा पहिले मदन दाइलाई मैले २००६ सालको हिउँदमा देखेको हुँ । रमेश र म कलेजको बिदामा काठमाडौँ आउन भनेर दार्जीलिङबाट हिँडेका । एक रात उनीहरूको घर, विराटनगरमा बस्ने कार्यक्रम थियो । भोलिपल्ट बिहान एक जना हामीभन्दा अलि पाको उमेरका तर नक्कले र झिल्के व्यक्ति, टाइ र ऊनीको सुटसहित फेल्टहृयाट ढल्क्याएर त्यही घरबाट निस्के । मभन्दा अलि पाका र Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

व्यक्तित्त्व समीक्षा : नेपाली आधुनिक सङ्गीतका शिखर साधक भक्तराज

~रवि प्राञ्जल~

२०३९ सालको असार महिनाको एक बिहान, ललितपुरको चक्रपथ क्रस गरेपछि करिब  एक मिनेटको दूरीमा बाटोको बायाँतर्फ रहेको एउटा घरमा म पुग्छु । घरको तल्लो तलाको एउटा कोठाबाट निःसृत हार्मोनियमको मधुर आवाज मिश्रित सुरिलो स्वरसँगै म त्यस कोठाको निकट पुगिसकेको हुन्छु । वाह ! क्या जुहारी खुलेको स्वर । मूलाधारदेखि प्रवाहित स्वरको चमत्कार सुन्दा लाग्थ्यो– भित्र षड्ज साधना चलिरहेछ । म यन्त्रवत् डोरिएर उनको सामु पुग्छु । मेरो उपस्थितिको आभास पाएर हार्मोनियममा चलायमान औंलाहरुसंगै त्यो प्रभावशाली गम्भीर स्वरमा विराम लाग्छ र जिज्ञासु नजरहरु म तर्फ फर्कन्छन् । म अभिवादन गरेर आफ्नो परिचय दिन्छु र मैले सम्पादन गरेको ‘मधुमास’ Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

लिमरिक : नाठो

~सोफिया शर्मा रेग्मी~

गाइरहेथे माइकमा केटाका जन्ती
नाच्ने केटीहरुको पनि थिएन गन्ती ।
बेगाने शादी मैं अब्दुल्ला दिवाना Continue reading →

Posted in लिमरिक | Tagged , | Leave a comment