Poem : Oh my lord!

~Prabal Dahal~

Oh my lord!
Why have you created the evil?
That destroys poor civil.
You are everything my lord
Why don’t you cut off evil with your mighty sword?

Oh lord! Oh lord! Continue reading →

Posted in Poem | Tagged | Leave a comment

गोधूलि दिनेशको ऋषिकेश बिशेष पाँच हाइकु

~गोधूलि दिनेश~

चिसो बिहानी,
विष्णुसहस्र नाम —
वानप्रस्थमा ।१।

छड्के घाम,
झिलिमिली तारा झैँ —
हरियो गङ्गा ।२। Continue reading →

Posted in हाइकु | Tagged | Leave a comment

कविता : बुज्रुक कृर्तिकारहरु

~कोमल प्रसाद श्रेष्ठ मल्ल~

लङ्गडो सोखमा
बहिरा नेताहरु
बुरुक बुरुक उफ्रदै
एम्बुस बिछ्याउँन
गोला, डाइनामाइट, बन्दुक पड्काउँछन्
मेसिनगन भुट्छन, बम, बारुद विस्फोट हुन्छन
व्यानेट घोप्छन, ग्रिनेट हान्छन, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : सानीको सम्झनामा

~आनन्द पोखरेल~

साँच्चै कुनै दिन थियो, जब मलाई उसको स्वर एकछिन नसुन्दा पनि छटपटि हुने । तर जब उसले अन्तरघात गरि अनि बानि पार्नु पर्यो उसको अभावमा जीवन जीउनको लागि । उसको स्वर सुन्न नपाउँदा म मात्र कहाँ अतालिएको हुन्थेँ र उसको स्वर सुन्न नपाउँदा ? उ स्वयम् पनि आकुल ब्याकुल हुन्छु भन्थि कुनै पल मेरो आवाज उसको सामु नपुगेको समयमा ।

पहिले म आफू माया प्रेमका कुामा विश्वास गर्ने मान्छे थिएँ । साथीहरुको माया र प्रेमको नाटक देखेर दिक्क भएको थिएँ अनि उनीहरुको पीडा सम्झेर अघाएको पनि । आफूले अनुभव नै नगरिकन पनि मलाई अमन Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

नैतिक कथा : प्रेम

~सङ्कलन : अज्ञात~

युवतीले भगवानसँग सोधिछन्, ‘हे ईश्वर ! प्रेम के हो र ?’ जवाफले सबैको आँखा खुल्छ । त्यसपछि भगवानले भनेछन्, ‘बगैँचामा जाऊ अनि त्यहाँबाट एउटा सुन्दर फूल टिपेर ल्याऊ ।

त्यसपछि उनी नजिकै रहेको बगैँचामा गइन् । त्यहाँ उनलाई एउटा फूल राम्रो लाग्यो र मन पनि पर्‍यो । तर उनी त्यो भन्दा अझै राम्रो फूल पाउन चाहन्थिन् । त्यसैले झनै सुन्दर फूल खोज्न बगैँचाको कुनाकाप्चा चाहारिन् । तर उनले त्यो भन्दा मन पर्ने कुनै फूल भेटिनन् । Continue reading →

Posted in नैतिक कथा | Tagged | Leave a comment

कविता : थुइक्क ! जाली लोग्ने मान्छेहरु !

~मिजास तेम्बे~

तेरो आमा भएर त,
तैँले जीवन पाइस् ।
आमाको ममता र बात्साल्य कुल्चीएर हुर्कीस् ।
जवान भइस् /प्रियसी छानीस् /पत्नी अपनाइस्
तेरो जीवनले गती पायो ।
अझ भन्छस्-
यस्ता आइमाई /उस्ता आइमाई/नाथे आइमाईहरु,
थुइक्क ! पापी लोग्ने मान्छेहरु । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रेमको रंग-३

~दीपा राई~

अँधेरिएको समुन्द्रको अम्ली समातेर
बिहानीलाई पर्खेको छु
लाग्दै छ- आदिम समयले काटीँ खुट्टामा ठोकेर
म किनारमा उभिएको छु
उभिएको छ समय
समुन्द्रको हावाले बोकी ल्याएको नुनिलो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : मुस्कानको रातमा

~सदानन्द अभागी~

छ पल्लवित सुन्दरता मुस्कानको रातमा
जून थिए ढकमक्क हामी दुबै मातमा

रस लाग्दो शरीरको श्वेत वर्ण छाती
अति सुन्दर माछापुच्छूे बन्दी बने हातमा Continue reading →

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : दर्शन

~डा. विदुर चालिसे~

‘जन्म, मृत्यु, कर्ता, कर्म र क्रिया नियमित हुन् कि अाकस्मिकता’ भनेर तर्क गर्नु अचेल फेसनजस्तै भइसकेकाे थियाे पराजित मनहरूसँग । नियमित हुन भन्नेका तथ्य र अाकस्मिक हुन् भन्नेका तर्कका बीचमा खास भेद नै दर्शनकाे मूल मर्ममा ठाेकिएकाे थियाे । तर बेकारका बहसमा बुज्रुकहरू गरिबलाई अाश्वासन बेचिरहेथे । हतारहतार अाएकाे एक नव अागन्तुक सभा हलमा प्रवेश गरे । अाफु अगाडि देखेका सबैलाई सम्बाेधन गरे ।

–“दर्शन हजुर !”

–“दर्शन !”

प्रेक्ष्यालयकाे खचाखच भीडका बीच सहभागीहरूकाे हतासाे थियाे । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : श्रद्धाञ्जली

~लक्ष्मी उप्रेती~

समयसँगै तिमीगयौ
अनायासै हजाराँै मनहरू स्तब्ध पारेर
स्मृति तलाउमा छचल्किंदै बग्ने
मायावी नदी देवदिदी !
स्मृतिको धमिलो आँखामा
पच्चीस वर्षअघिको पवित्र दिन
सम्झँदैछु यसबेला
एउटा प्रगाढ सम्बन्धको
पवित्र बन्धन सम्झँदैछु यसबेला Continue reading →

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : जिन्दगीको च्यादर

~अल्का सिन्हा~
अनुवाद : प्रमोद धिताल

जिन्दगी जिएँ मैले
यति सावधान भएर
जस्तो कि नींदमा पनि रहन्छे सजग Continue reading →

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कथा : क्याबिनको काम

~अमृता बुढाथोकी~

चुरोटको धुँवाले रगमगाएको क्याबिनबाट मन भरिएको बेला उनका आँखा क्षितिजतिर टोलाउँछन् । धुवाँ, कोलाहल र प्रदूषणले आकुलव्याकुल भएको त्यो क्षण उनलाई क्षितिजको उषा पनि मधुरो लाग्छ । मानौँ, क्यानभासमा आफ्नै अस्तित्वविहीन प्रतिबिम्ब ठिङ्ग उभिएर आफैलाई प्रतिप्रश्न गरेझैँ लाग्छ । कोलाहल र प्रदूषणकै बीचमा पनि आफूलाई एकैछिन ग्राहकको भीडबाट अलग गर्दा मनभित्रको बोझ नै कम भएको आभाष हुन्छ । छाती फुरुङ्ग भई आफै उडेर क्षितिज काटेर जाउँ जस्तै हुन्छ । आफ्नो तेह्रथुमको जन्मभूमिको याद आई बाल्यकालमा बिसमुरे र साठीमुरेको भीरमा लुकामारी खेलेको याद आउँछ ।

मनले भन्छ, आँखा चिम्लिएर एकतमासले उडिरहुँ कतै अनन्तको यात्रामा निस्किहालौँ, गई हालौँ तर उनलाई त्यहीँ जकडेर राख्ने उनको विवषताले त्यसो गर्नै दिँदैन । त्यति नै बेला मनलाई नै घोच्ने गरी तिखो स्वरमा त्यहीँ Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : अविरल यात्रा

~प्रल्हाद बुढाथोकी~

एकै लक्ष्य हिड्ने यात्रीहरु बीच
जब बाटोले बिभाजन ल्याउछ।
एकले अर्काको बाटो अबरुद्ध गर्दै
जब यात्री अघि बढ्न खोज्दछ।
बाटोहरु दक्षिणपन्थी ,मद्यपंथी र उग्रपन्थी हुन पुग्दछ। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : विंद्धत्सभा

~टंक वनेम~Tanka Wanem

सृष्टिको महायुद्ध !
आमाको गर्भाशायमा बाबुको विर्यदान
पाखुरा सुर्काएर
पल्टाउँदै सिसिफस ढुङ्गा
थाकेर पल्टिन्छ उत्तानो हुटिट्याउँ
झयामोलोङ्माको फेदमा
जून घामको भाले जुधाई

किरिङ मिरिङ…………
किरिङ मिरिङ…………
छयाक्र्‍याङ छयाङ….. Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : मदिरा महीमा

~बिक्रमादित्य~

छन्द : शार्दूल विक्रीडित

झर्दै आज छ अन्धकार मधुरो निम्तार यादैहरु
हावा आइरहेछ ढल्मल गरी छर्केर बास्नाहरु
तिम्रै साथ छ यो पला बिगतका त्यै याद निम्त्याउने
तिम्रै हात छ प्रेमलाइ प्रियसीको याद बिर्साउने॥१॥
…
देख्दा छौ तरलै तिमी बगिरने खोला नदीको जल Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

गजल : बुझ्ने भई सके म

~राई रमेश गाउँले~

नवोले नी धेरै वात, बुझ्ने भई सके म
कस्तो हुँदो रै छ घात, बुझ्ने भई सके म

नदेखाउ अव मलाई, दीवा स्वप्न तिमी धेरै
स्वार्थ पूर्ण तिम्रो साथ, वुझ्ने भई सके म Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : लक्ष्य हाम्रो पारि थियो

~आशांक उपाध्याय~

यात्रा शुरु गर्दा खेरि लक्ष्य हाम्रो पारि थियो
हास्दै खेल्दै रमाउदै यात्रा हाम्रो जारी थियो

प्रारम्भ मै यात्रालाई सामल तामल ठिक्क ठाक्क
एक्लै बोक्नै नसकिने गुन्टा पनि भारी थियो Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : ऋतुको गीत

~सीमा आभास~

घङ्गारुको लौरो टेकेर
कोशी किनारमा उभिएकी हजुरआमा
रित्ता गिजा मजेत्रोले छोप्दै
अन्जुलीभरि पानी उघाएर भन्छिन्-
फेरिएनन् यी रुखका पातहरु
संग्लिएन सप्तकोशी
चरा ब्यूँझनुअघि हराएकाहरु भेटिएनन्
ऋतुको पोल्टाबाटै हराए बसन्तबहार

बाबै ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : दाता खोजूँ कतातिर

~जीवनकुमार शाक्य~

माया प्रेम के हो कहाँ पाउ खोजूँ कतातिर
तीर्खा छ आँखामा गहभरी मूल खोजूँ कतातिर

फूल फुल्यो आँगनमा,मन रसायो मुटुभरि
माहुरी मरेछ खोरमा बगैंचा खोजूँ कतातिर Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : रोगी भएछु

~प्रकाश लामिछाने~

छाति पोल्छ, कोखो दुख्छ, रोगी भएछु ।
राख-खगौतो मात्र साथमा, जोगी भएछु ॥

ठूलो मान्छे बन्नु भन्थे, उबेलामा सबले,
असल नभइ ठुलो बन्दा, भोगी भएछु । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गीत : कोरोनाबाट बचौँ

~डम्बर बिकेल~

बचौँ, बचौँ आफू नि बचौँ कोरोनाबाट बचौँ
बचाऔँ अरुलाई नि कोरोनाबाट बचाऔँ

हात राम्ररी नधोए जानौँ कोरोना सर्छ है
राम्ररी पकाई खाए बुझौँ कोरोना मर्छ है Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : बाँच्ने कसोगरी

~डम्बर बिकेल~

आयो कोरोना धरतीमा बाँच्ने कसोगरी
घरभित्र भोकमरी बाहिर महामारी

संसारमा सबैसँग माया गाँस्ने मन छ
नजिक भई हात समाई हाँस्ने मन छ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

अनूदित बाल कथा : माटाको खुत्रुके

~एच सि एन्डरसन~
अनुवादकः शान्तदास

खेलौनाहरूले भरिभराउ एउटा कोठा थियो । त्यो कोठा केटाकेटीहरूको थियो । दराजमाथि माटाको एउटा खत्रुके थियो । सुँगुरका ढाडमा पैसा खसाल्ने प्वाल थियो । त्यो प्वाल पहिले त सानो थियो तर पछि ठूला सिक्काहरू पनि सजिलै पसुन् भनेर त्यसलाई ठूलो पारिएको थियो । त्यसभित्र थुप्रै सिक्काहरू खसाल्दा टिङ्रिङ्ग बज्न छाडिसकेको थियो । यौटा जाबो खुत्रुके सुँगुरले त्यसभन्दा बढी के चिताउन सक्थ्यो र ! उसले दराजबाट तल हेर्यो । तल खेलौनाहरू छरिएका थिए । उसलाई राम्ररी थाहा थियो अहिले उसका पेटमा रहेका पैसाले तल छरिएर रहेका सबै बस्तु किन्न सकिन्थ्यो । यसउसले ऊ अलि घमन्डी भएको थियो । Continue reading →

Posted in अनूदित कथा, बाल कथा | Tagged , | Leave a comment

कविता : आत्महत्याराको देश

~राजेन्द्र तारकिणी~

यो देशको प्रथम प्राइममिनिस्टरले
घोर अपमानको विष पिएर आत्महत्या गरेदेखि
महाशय,
देशले कति क्युबिक मिटर विष पियो
के मापन गरेका छौ कहिल्यै आत्महत्याको गणित?

लण्डन म्युजियमबाट भीमसेनको टाउकोले
क्यालकुलेशन गरिरहेको भए Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : एकछिन पर्ख घाम

~सदानन्द अभागी~

बिहानीको सङ्गम हो यो एकछिन पर्ख घाम
सीताजीको इच्छा पूर्ति गरिछाड्छन् आज राम

जवानीमा हुँदो रैछ जोश अनि गतिशीलता
गरेको छु विन्तीभाव नसुनेता चक्काजाम Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : “डेज अफ ग्लोरी” र लज्जित इतिहास

~टंक वनेम~Tanka Wanem

बाँच्नेहरुको लागि
इतिहासको निर्माण हुँदै गरेको वेला
ज्ञान,विज्ञान र धन दौलत
भारतवर्षबाट अन्यत्र जान्थ्यो
धोका,षड्यन्त्र,फट्याई र कुटनीति
युरोपबाट एशिया आउँथ्यो
हो त्यहीँ – Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : रूङ्री बिनाको शहर

~देवेन्द्र खेरेस राई~

रूङ्रीः समय
रूङ्रीः चेतना
रूङ्रीः जीवन

जीवन यौटा आस हो
र, साहास पनि हो, मानौ
तर अर्थ तेसै खुल्दैन
छोपिएका पानाहरू नपल्टाएसम्म ।

सिङ्गो पाना पढ्नु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : टल्कीन्छ पुष्प डालीमा

~आशांक उपाध्याय~

पोखिंदा झुल्को लालीमा, टल्कीन्छ पुष्प डालीमा |
लालित्य रुप गालीमा, देखियो हर्ष मालीमा ||

पखाल्दो बाग लौ हेर, शीतको थोपा झरेर |
उडायो रात्री निशानी, मुस्कायो दिन पालीमा || Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : उनको युगको प्रत्येक साँझ…

~ज्ञानेन्द्र खतिवडा~

हामी-
केटाकेटी नै थियौं,र
गएको प्रत्येक साँझ भुलेर नै
दिनभरि खेल्थ्यौं
साँच्चै त्यो डरलाग्दो साँझ
हामी खेलेरै भुल्थ्यौं

हामी केटाकेटी नै’थ्यौं Continue reading →

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : चोर माथिको पनि चण्डाल

~कृष्ण उफान~

“जो चोर उसको ठुलो स्वर”भन्ने उखान त पक्कै पनि सुनेको हुनु पर्छ । सुन्नु मात्र हो र जिन्दगिमा कयौँ पटक यस उखानको प्रयोग गरेर अर्कोलाई हियाउनु प्रयास पनि गर्नुभयो होला । जो जसले चोररै जिन्दगीको रथ हाकिरहनु भएको छ । यस्ता व्यवसायी चोरहरूलाई तँ चोर होस् भने-र दोस लगाउँदा खासै आपत्ति पर्दैन । चोरलाई चोर त भन्यो नि तर यो पङ्क्तिकार के आरोप लगाउन चाहन्छ भने तपाईंहरू सबै जना चोर हुनुहुन्छ । नाथे चोरले के फूर्ति देखाउनु Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : किन यस्तो ?

~कमला दाहाल~

भगवान बदल्नेले सम्मान पाउने
तर
नमान्नेलाई किन गाली गर्ने ?

भगवान, ईश्वर, परमात्मा
संसार रचेको इनले
सबैलाई जन्माएको इनले Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : अपरिचित टेलिफोन नम्बर

~डा. संगीता स्वेच्छा~

रातको एघार बजे प्रतिघण्टा पचास माइलको गतिमा आइरहेको हुरीले रूखहरू ढाल्नेछन्, फूलहरू सबै मार्नेछन् भन्ने महसुस भइरहेको थियो ।

लिली घर पछाडि गराजतिरबाट लुकेर विस्तारै ढोका उघार्दै घरमा पस्छिन् । उनकी आमा सजना पनि विस्तारै भर्‍याङ ओर्लेर तल झर्छिन् । १५ वर्षकी छोरी यसरी राति ११ बजे त्यो पनि हावाहुरी चलेको बेला लुकीछिपी घरभित्र पस्नुलाई उनले राम्रो त अवस्यै मानेकी छैनन् ।

‘लिली, कहाँ गएर आएकी ?’ Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment