Tag Archives: अमृता बुढाथोकी – Amrita Budhathoki

कविता : बिहानी हरायो

~अमृता बुढाथोकी~ हिजो पनि घाम थियो तर, चारैतिर अध्यारो थियो आज पनि उस्तै छ सायद, विहानी हुन बिर्सिए झैं लुछाचुडी गर्दै छन् व्याँसाहरु बिहानीको पर्खाइमा बसेकाहरु अन्धकारको छटपटाहटमा तड्पिरहेन् । अन्कन्टार जंगलमा कुहिरोको काग झैं हराइरहेछन् बिहानीहरु

Posted in कविता | Tagged | Leave a comment

कथा : क्याबिनको काम

~अमृता बुढाथोकी~ चुरोटको धुँवाले रगमगाएको क्याबिनबाट मन भरिएको बेला उनका आँखा क्षितिजतिर टोलाउँछन् । धुवाँ, कोलाहल र प्रदूषणले आकुलव्याकुल भएको त्यो क्षण उनलाई क्षितिजको उषा पनि मधुरो लाग्छ । मानौँ, क्यानभासमा आफ्नै अस्तित्वविहीन प्रतिबिम्ब ठिङ्ग उभिएर आफैलाई प्रतिप्रश्न गरेझैँ लाग्छ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : परिवर्तन नहुने माया

~अमृता बुढाथोकी~ पतझड जस्तै दुनियाँले तिरस्कार गरेको तिमीलाई सजीव बनाउन सके भने माया दिएर जीउन सिकाए भने म दुनियाँलाई चुनौति दिएर भन्छु म सही छु । चारैतिरबाट आक्रान्त तिम्रो जीवन क्षदविच्छेद तिम्रो पाइलामा हरपल मलम लगाउन सके भने म गर्भ … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : व्यापार केन्द्र

~अमृता बुढाथोकी~ मलाई त्यो दिन आज पनि याद छ । खुसीले उन्मत्त मेरो मन हावासरी घरीयता घरीउत्ता नाचिरहेको थियो । मेरा लागि त्यो दिन सायद बिहानीले साझलाई र साझले बिहानीको प्रतिक्षा गर्नै हम्मे थियो । दिन र रात लुकामारी खेल्ने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : गुमनाम मान्छे म

~अमृता बुढाथोकी~ मिलनमा निराकार तिमीलाई पूर्णआकार दिने पूर्ण वृत्त म, अनकन् उपमाले सजिने तिम्रो हृदयेश्वरी म तिम्रो आँखाको पूर्ण चन्द्रसूर्य म । तिम्रो आदेश मानुन्जेल आदर्श छोरी, दिदी, बहिनी र पत्नी म ।

Posted in कविता | Tagged | Leave a comment

कथा : दीप–शिखा

~अमृता बुढाथोकी~ फागुनको महिना थियो । प्रकृति पनि उजाडिए झैँ देखिन्थ्यो । वनस्पतिले आफ्ना नयाँ पालुवा फेर्नलाई सबै पात झारी सकेको थियो । मानसिक रूपमा विक्षिप्त दीपका बुबा आगनमा बसेर आफ्नै सुरूमा कराउँदै थिए । क्षयरोगले थला परेकी आमा अगेना … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उन्यु पुनः टुसायो

~अमृता बुढाथोकी~ चैत्रको महिना, दिउसोको त्यस्तै तीन बजेको हुँदो हो, टन्टलापुर घामले टाउँको खप्नै नसक्ने गरी पोलिरहेको थियो । ललितपुर ज्वागलकको युएन पार्कमा लगाइएका काइयो, मसाला, बकाइनो प्रजातिका वनस्पति एकले अर्कालाई गिज्याउँदै आआफ्ना नयाँ पालुवा फेर्नमै व्यस्त थिए । उनीहरुलाई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : तिमीलाई जित्नु किन पर्‍यो

~अमृता बुढाथोकी~ हेरेर चित्र तिम्रो मन्द मुस्कान भर्दै जुनेलीमा सजाएछु सपनीमा तिमीलाई बरु मेरै धरातल भुलेर कल्पनामा । उजागर गरेछु मेरा मृत इच्छा आकाङ्क्षाहरू फन्को मार्दै सम्झनाका तरेलीमा बचाएर राख्न सकिन आफ्नै अस्मिता

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : महिला सशक्तीकरण

~अमृता बुढाथोकी~ महिलालाई अर्को शब्दमा नारी, स्त्री, जननी आदि नामले सम्बोधन गरिन्छ भने सशक्तीकरण भनेको सशक्त बनाउने, सबल पार्ने, सुदृढीकरण वा स्रोत, साधन, अधिकार आदिले सशक्त, सुदृढ वा सबल पार्ने कार्यलाई नारी सशक्तीकरण भनिन्छ । सम्पूर्ण विश्वमा रहेका मान्छेको मानवीय … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कथा : मेरी अनिच्छित छोरी

~अमृता बुढाथोकी~ असोज महिनाको अन्त्यतिर एक समूह मानिसको हुल पीपलको बोटमुनि बसेर राजनैतिक, सामाजिक तथा समाज परिवर्तनका कुरा गरिरहेका छन् । तिनै समूहमा बीर्खे ठुलो स्वरमा कराइरहेको छ । ‘मैले यो दुनियाँलाई राम्ररी चिनेको छु । अबको हाम्रो बाटो भनेको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment