गजल : खस्रा थिए छाला

~प्रकाश लामिछाने~

हिजोसम्म झुस्स थियौ, खस्रा थिए छाला ।
प्रधानमन्त्री भएपछि, चिल्ला भएछन गाला ।

देश हाम्ले हाँक्न पाए, के के गर्छौँ भन्थ्यौ,
अ‍ैले चाबी अन्तै भन्छौ, कस्ले खोल्छ ताला? Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : जाँगर देऊ आमा

~प्रेम बिनोद नन्दन~

मलाई अलिकति धैर्य र जाँगर देऊ आमा
खहरेको भेल होइन, सघन, सागर देऊ आमा

यी बलिया पाखुरी र फराकिला छातीहरु
यी हत्केलाभरी उत्साहको, संसार देऊ आमा Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : गाह्रो भो

~राकेश कार्की~

आँखा जुध्याजुध्यै भयो हटाउन गाह्रो भो
पुरै रात कोल्टे फेर्दै कटाउन गाह्रो भो

मुटु चल्यो नशा चल्यो जताततै असर
गति बढ्याबढ्यै भयो घटाउन गाह्रो भो Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : धेरै पछि देखे आज

~सागर साउद~

तिम्रा साथ हिड्नेलाई धेरै पछि देखे आज
त्यसैले त सम्झनामा एउटा गीत लेखे आज ।।

तिमीलाई देखे पछि उस्कै याद आयो मलाई
वेदनाले झर्ने आँशु गहभित्रै रोके आज ।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : कहिले पनि तिमी हजुर

~कोमल प्रसाद श्रेष्ठ मल्ल~

नहिंड है मस्किएर कहिले पनि तिमी हजुर
सम्हालेर मनलाई मुटुभरी फूल हजुर..

बरालिनु हैन राम्रो बन तिमी मेरै हजुर
अंगअंग नशा नशा माया छरी डुल हजुर Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : नेतालाई लड्न पाए भैगो

~कोमल भट्ट~

हाम्रो देशका नेतालाई लड्न पाए भैगो
जसरी नि कुर्सी माथि अड्न पाए भैगो

काग जति कराउंछ पिना सुक्दै जान्छ
महँगा र राम्रा वाहन चड्न पाए भैगो Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल ; लालित्य पोखेर आयौ

~सरुजी~

स्निग्ध चेहरामा भरोसाको लालित्य पोखेर आयौ
उसले भन्दा बढी दिन्छु भनि माया जोखेर आयौ ।

हरा भरा उनको जिन्दगीको त्यो आंचलमा खेली
हतारमा ममताको बिउ खोई किन रोपेर आयौ । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : देख्या होलाऊ तिम्ले

~नारायण तिवारी~

बसी-बसी खाने मान्छे, देख्या होलाऊ तिम्ले
काम गरि खाने पनि, लेख्या होलाऊ तिम्ले

सुति-सुति खानपाए गर्नुहुन्न काम ?
मनैमन गुन्ने मान्छे छेक्या होलाऊ तिम्ले Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : म चिकित्सक – मेरो दायित्व

~सुयोग अनुप झा~

मेरो देशको सुरक्षाको रहेको मेरो दायित्व आज पूरा गर्नु छ
हे नेपाल आमा, काल कोरोनाको अब विनाश ल्याउनु छ
यस धर्तीमा आएको सबै महामारीसँग लड्ने काम छ मेरो
बिरामीको मुस्कान फेरि फिर्ता ल्याउनुमा नै आराम छ मेरो

देशको कर्मठीको शकुशल जीवन बचाउनु मेरो दायित्व छ
यहि हामी चिकित्सकको मनले मानेको एक पूर्णतव छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

तिलकराज चुँँदालीका चार हाइकु

~तिलकराज चुँँदाली~

लजायो फुल
किसान मुस्कुरायो
फल लाग्ने भो!

विहानी फूल
संगीत भमराको
सुगन्ध रोयो! Continue reading →

Posted in हाइकु | Tagged | Leave a comment

गजल : उमेर ढल्के पछि

~सरोज फुयाल~

बा साच्चै नै बा जस्तै लाग्छ उमेर ढल्के पछि ।
जन्म दिनमा निकै मुठ्ठा मैन बत्ती सल्के पछि ।

आमा नहुँदा बा ले कहिलै काँचो खुवाउनु भएन
बा आमा जस्तै लाग्छ पेटको खाना सक्के पछि । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : मात्तिएर हिँड्छौ अरे

~हेम जङ्ग कार्की~

कोरोनाको नामले तिमी मात्तिएर हिँड्छौ अरे
साना ठुला राष्ट्र नभनी बत्तिएर हिँड्छौ अरे

रुप रंग कस्तो तिम्रो कसैले देख्न सकेन
ओल्ले देखी पल्लो किनार पात्तिएर हिँड्छौ अरे Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : शहिद हाेईन याेद्दा बन

~शिव चालिसे ‘प्रभात’~

मेराे देश
मेराे अवस्था
निरीह जनताहरुकाे व्यवस्था
एक आङ कपडा
एक पेट आटाे
एक शरीर छानाे र जमिन
एक मुख जवाफ नभएकाहरु
बहुमतमा छन
हाे तिनैका लागि युद्ध गरेर सहिद बन्न
म तयार छैन ।
उनिहरुका लागि सधै याेद्दा बन्नेछु रणभुमिमा
शहिद भन्ने शब्दकै अपमान भएपछि Continue reading →

Posted in कविता | Tagged | Leave a comment

Translated Story : Betrayal

~Kabita Kabya~
Translation : Bhawana Chaudhary

I did not have any interest about you. If there is relationship with you then only, I had interest too. From now I have no any concern about you. what kinds of relationship we had? That always gives me happiness. Now that’s also broken. Now I think, our present and future life must be better. I do not want to remember my past life. I’m alone beloved, naughty, lovely daughter in my family. Whatever I asked, immediately I found it. I was just like shining star among lecturers and friends. I was active in studies and extra- Continue reading →

Posted in Translated Story | Tagged , | Leave a comment

कविता : हारिरहेछ मान्छे

~राज अनुराग~

रम्दै खुल्दै जान्छ कसैको आवाजमा बोल्दैन प्रकृति
शोषण गर्ने सोस्छन् चुस्छन् रत्ति पनि डग्मगाउँदैन प्रकृति ।
सबैलाई खुला विना भेदभाव रम्न दिने प्रकृतिको संस्कृति
मान्छेको खेलले आजित हुँदा अवतार लिन्छ तर हार्दैन प्रकृति ।

घमण्ड गर्छ मान्छे जित्छु भन्छ प्रकृतिलाई तर त्यसको मापक छैन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता: बन्दी

~पिपला ढुङ्गाना~

‌सोच्दैछु ति खाली बाटाहरू
के गर्दै होलान् यतिबेला!
मैले सम्झिएजस्तै,
कल्पनाको पाइला लम्केजस्तै,
यिनीहरू पनि सम्झन्छन् कि सम्झदैनन् होला,
आफ्नाे सदाबहार बटुवालाई?

एउटा घेरा लगाइएको
खुल्ला आकाशमुनि Continue reading →

Posted in कविता | Tagged | Leave a comment

सुधा मिश्रका नौ मैथिली हाइकु

~सुधा मिश्र~

नव सालमे
खाइ सतुवा गुड
तँ शत्रु नाश

जुरशीतल
एक चुरुक पानि
शुभ आशिष Continue reading →

Posted in मैथिली हाइकु | Tagged , | Leave a comment

कथा : पसले साहुनी

~नवराज शमीर~

चन्द्रमानको अफिसको छेउमा एउटा खाजा पसल थियो । त्यो पसललाई मानिसहरु अरु पसललाइ भन्दा फरक नजरले हेर्थे । पसले सहुनीलाई सबैले रमलादेबीको नाउले चिन्थे। उनकी एक्ली छोरी सबिना हदै सुन्दरी थिई । चन्द्रमानले सविनालाई हदै मन पराउथ्यो । सायद उ शिक्षा कार्यालयमा सरुवा भएर गएको एक बर्ष पुगेको हुदो हो एउटा अचम्मको घटना घटेथ्यो । सबिनालाइ उसकै हेड मास्टरले बलत्कार गर्न खोजेछ । चन्द्रमानले क्रोधलाइ थाम्न सकेन । प्रहरी कार्यालयमा गएर हात छोडि दिएछ । हेड मास्टरलाई आखामा चोट लाग्यो । उ कुनै पार्टिसग जोडिएको रहेछ उनका कार्यकताले चन्द्रमानको कार्यकक्ष घेराउ गरे । उनी कार्यालयको एकाउण्टेन्ट , उ देखि उसको हाकिम पहिल्यै देखि बेखुशी थियो । खाजा शिर्षकको तीन लाख रकम बाढेर खाउ भन्ने हाकिमको प्रस्ताब उसले कहिल्यै Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : इच्छाहरू मार्नु छ

~शीतल शर्मा~

मनका धेरै दर्द सहेर इच्छाहरू मार्नु छ
तिमीलाई भट्ने सबै भाखाहरू सार्नु छ ।

मृत्युकाे आभाषलाई मनबाटै निकाल्न
बाँच्नुकाे अनुभव संगाल्न धैर्यतालाई खार्नु छ । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : यो धर्तिको सलाम

~अलका मल्ल~

आफ्नाहरु आफ्नोबाट पर पर भागी रहे ।
पाहुना सम्मान चलन सब हराए झै भए ।।
चाडपर्व , रितिरिवाज खै कता गए गए !
समय यस्तै छ चित्कार र त्रास कोरोना को।।

मानिस बिनाको गाउँ सहर लक डाउनमा टोलाई रहेछन् । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : नआऊ भुकम्प, जाऊ कोरोना

~डम्बर बिकेल~

सम्झिन्छु, २०७२ वैशाख १२ गते
र्थिर्कएको जमिन, हल्लिएको धरती
भत्किएका घरहरु, ढलेको धरहरा
धेरै धनको क्षति, धेरै जनको मृत्यु
बाँच्नेहरु पाएनौँ घरभित्र बस्न
बाँच्नेहरु बाध्य भयौँ घरबाहिर सुत्न
आयो भुकम्प, ल्यायो भुकम्प प्रकृतिले Continue reading →

Posted in कविता | Tagged | Leave a comment

सडक नाटक : गाउँघरको कथा

~डा. गोविन्दसिंह रावत~

(नाटक सुरु हुनुअधि सूत्रधार मञ्चमा आउँछ)

सूत्रधार : नमस्कार उपस्थित दिदीबहिनी तथा दाजुभाइ, म यो नाटकको सूत्रधार । अब म यहाँहरूको मनोरञ्जनका लागि एउटा नाटक प्रस्तुत गर्दैछु । नाटक सुरु हुनुअघि एक पटक जोडले थप्पडी बजाइदिनुहोला ।

धन्यवाद ! अब म तपाईंहरूलाई नाटक देखाउँदै छु । एउटा गाउँ थियो । गाउँमा एउटा ठाउँ थियो । ठाउँमा एउटा नाउँ थियो । त्यो नाम हो…… ।त्यो नाम म भन्दिन । तपाईंहरू नाटक हेरेर थाहा पाउनुहुनेछ । त्यो नाम । अब म नाटक नै सुरु गर्छु । फेरि एक पटक जोडसँग ताली बजाइदिनुहोला ।

(सूत्रधार मञ्चबाट निस्कन्छ । ४०/४५ वर्षको व्यक्ति, थोत्रो चस्मा सफा गर्दै आउँछ, उसको पछि पछि १५/१६ वर्षकी युवती आउँछे) Continue reading →

Posted in नाटक | Tagged , | Leave a comment

गजल : लेखिदैछ सपना

~सुरेन्द्र थेगिम~

जो-जो जँहा भएपनि लेखिदैछ सपना
आँखा खुल्लै राखेपनि देखिदैछ सपना

सुक्खा मरुभूमिमा भेडा चराऊदै गर्दा
पसिनाको थोपामा नि भेटिदैछ सपना Continue reading →

Posted in गजल | Tagged | Leave a comment

भलाकुसारी : मानिसको जीवन नै एउटा हास्य हो

~श्रीधर खनाल~
प्रस्तूती : माणिकरत्न शाक्य

शाक्य– हास्यव्यङ्ग्य लेख्नु भनेको एक प्रकारले गाली गर्नु होइन ?

खनाल– प्रकारान्तरले त्यसलाई गाली भन्न सकिएला तर हास्यव्यङ्ग्य लेख्नु र गाली गर्नु एउटै कुरा होइन । हुन्थ्यो भने कोही पनि लेखकले म हास्यव्यङ्ग्य लेख्छु भन्नुको सट्टा म गाली गर्छु भन्नु पर्ने थियो । अशिष्ट, असभ्य, अश्लिल र अभद्र कुरा गालीगलौज हो भने त्यसको विपरित शिष्ट, सभ्य, शालीन र भद्र आलोचना हास्यव्यङ्ग्य बन्छ ।

शाक्य– कुनै पनि व्यङ्ग्यकार, कलाकार तथा कार्टुनिष्टलाई उसको कृतिका आधारमा कसैले मार्ने धम्की वा मुद्दा हालेमा हामीकहाँ स्थापित निकायले त्यसको प्रतिकार गर्ला त ? Continue reading →

Posted in साहित्यिक भलाकुसारी | Tagged , | Leave a comment

कविता : आत्मीय दुश्मनसंग

~रक्ष राई~

सोंचे थें,
हामी फेरि घमासान युद्द लड्ने छौं
किल्ला किल्लामा ठोक्किने छौं
सीमानाहरुमा सिंगौरी खेल्ने छौं
मेरो हातमा फेरि बलभद्रको खुकुरी जाग्ने छ
हामी फेरि नालापानी युद्द लड्ने छौं ।

सोंचे थें, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : मनभित्र देवकोटा छचल्किँदा

~तेजेश्वरबाबु ग्वंगः~

छपन्न वर्ष लामो कालखण्ड । सिङ्गो एउटा मान्छेको जीवनभित्र । मान्छे उभ्याउने डोबहरूसित । छचल्किरहेथे । अनिदि्रत तन्द्रासित मानो मन एक सागर । न प्रकार एउटा सिङ्गो आकाश । जसको न लम्बाइ । न चौडाइ । न उचाइ । न गहिराइ । न आकार । न प्रकार । शून्यमा शून्यसरी बिलाउने मानिस । शून्यमा शून्य जस्तै आकाश । न यसको छ ब्यास । न कुनै प्यास । छिल्लिन खोज्यो छिल्लिन्न । यो हर्मन हेसले अपन शङ्कर लामिछानेको प्याज माथिको अमूर्त चिन्तनभन्दा भिन्न । हर्मन हेसले मान्छेलाई प्याजसित तुलना गरे । Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

लघुकथा : त्याे बा

~डा. विदुर चालिसे~

निंद्रा लागिरहेकाे थिएन् । एउटाले थ्यास्स फ्रेण्ड रिक्वेष्ट पठायाे । लाग्न लाग्न लागेकाे निंद्रा कता भाग्याे भाग्याे थाहै भएन । मैसेन्जरमा म्यासेज अायाे ।

–“डल्ली ! कति बज्याे र अहिलेसम्म नसुतेकाे, छिटाे ?”

म त झसङ्ग भएँ । भरखरै अाएकाे फ्रेण्ड रिक्वेष्ट पछिकाे मेसेजले मेराे दिमाग तिल्मिलायाे । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

नैतिक कथा : दुःखको स्वाद

~सङ्कलन : अज्ञात~

एकजना बादशाह आफ्नो कुकुरको साथ डुंगामा यात्रा गरिरहेका थिए । नाउँमा अन्य यात्रुहरुको साथमा एकजना दार्शनिक पनि थिए । कुकुरको लागि डुंगाको यात्रा पहिलोपटक थियो । यसर्थ, कुकुर केही डराइरहेको थियो । कुकुर यताउता गर्दै दौडिरहेको थियो ताकि केही दुर्घटना हुनेवाला छ । उसको गतिविधिले कसैले पनि चयनले बस्न पाएका थिएनन् ।

डुंगाको नाविक कुकुरका कारण केही यात्रुले गर्नसक्ने अस्वभाविक गतिविधिका कारण डुंगा डुब्न सक्ने Continue reading →

Posted in नैतिक कथा | Tagged | Leave a comment

कविता : प्रेमको रंग १

~दीपा राई~

म अनि पुर्व दिशा
एक अर्काको आखाको दहमा
डुबेका छौ
परेली झिमिक्क नगरी
म पर्खिरहेको छु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अनन्तमा लुकेको क्षण

~बिपिन शर्मा~

हाम्रो दुई जीवन रेखा विच
कहीं कतै मिलन विन्दु छ
जहाँ,
अलग आँखाले देखेका

स्वप्नहरुको समागमवाट
निरन्तर खुसीहरु जन्मिरहेका हुनेछन्,
सोचौं Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : माओ जेदोङ, साइँला दाइ र शहीदहरू

~हाङयुग अज्ञात~

ओ ! माओ जेदोङ
तिम्रा कविताका हरफहरूमा
जब शहीदहरू रून्छन्
र आसुहरू हिउँ बनेर वषिर्न्छन्
तब सोच्नु तिम्रो देशमा
फेरि त्यो रातो तारा उदाउने छैन
फगत ढल्नेछ बाटो ढाकेर पुरानो रूख
र छेक्नेछ मानिसहरूको यात्रा,
रगत उमाल्ने Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : रहर

~दीपा राई पुन~Deepa Rai Pun

आसाका पहाडहरू
पैह्रो बनेर
मनको संघारमा खस्दा
जीवनको आलीमा बसेर
खुइया गर्न नपाउँदै
रूझेको छु पीडाको
दर्के झरीमा लछेप्रै Continue reading →

Posted in कविता | Tagged | Leave a comment