~राजेन्द्र चोथाले~
किन रोऊँ एउटा टाढा भयो भनेर
संकोच छाडी देउता छाडा भयो भनेर
रोपेको पनि फूल नै हो फुलेको नि फुलै हो
स्वधर्म छोडी तिखो काडा भयो भनेर | Continue reading
~राजेन्द्र चोथाले~
किन रोऊँ एउटा टाढा भयो भनेर
संकोच छाडी देउता छाडा भयो भनेर
रोपेको पनि फूल नै हो फुलेको नि फुलै हो
स्वधर्म छोडी तिखो काडा भयो भनेर | Continue reading
~प्रवीण राई जुमेली~
नेपथ्य खण्ड
नेपथ्य
“हन यो कस्तो पर्दा लाग्यो हाम्रो सामुन्ने?” बुडोले अचम्भ मान्दै सोध्यो।
“अब बिस्तारै हामी नेपथ्यका पात्रहरुमा परिणत हुँदै जाँदैछौं बुडा!” अर्कोले भन्यो र फेरि थप्यो, “मञ्चमा हाम्रो खेलको समय सकियो। अब यहाँ खेल्नेहरु नयाँ पात्रहरु हुनेछन्, बुझ्यौ?” Continue reading
~अमर गिरी~
इतिहासको अँध्यारोमा
खनिएका थिए
तिम्रा यात्राका डोबहरू
दुःखदायी मूर्च्छनामै इतिहासको
शिलान्यास गरिएको थियो
तिम्रो राजप्रासादको
तर आज
सबै थोक बद्लिएको छ महाराज
समय ब्यूँझिएको छ
इतिहासको मूर्च्छनाबाट । Continue reading
~तु फु~
अनुवाद: तिर्थराज वन्त
ताइशान किन आज यस्तो विधि
बनिरहेछ अलौकिक –
हेर यो कसरी उभिरहेछ चि र लु माथि
कहिल्यै नघर्टाई हलुका नीलो वैभव आफ्नो !
सुरु-सुरुमा भएर सम्पन्न उत्साह यस्तो,
यसको एकातिर घमाइलो अनुहार Continue reading
~देवब्रत घिमिरे~
पूर्वोत्तर भारतका एकजना सशक्त कवि गोपीनारायण प्रधानको जन्म ७ जनवरी १९३५ मा नागरी फार्म चियाबारी दार्जिलिङमा मङ्गलमान प्रधान तथा लक्ष्मी प्रधानका कोखबाट भएको थियो। प्रधानले नेपाली विषयमा स्नातकोत्तरसम्मको शिक्षा प्राप्त गरी पूर्वाञ्चल भारतको विशेष गरेर मेघालयमा रही त्यहाँको शिक्षा र नेपाली भाषा साहित्यलाई कर्मक्षेत्र बनाएका हुन्। संधै आफ्नो जतीय पहिरणमा सजिएर हिँड्नु कवि प्रधानको एउटा छुट्टै व्यक्तित्व रहेको देखिन्छ। उनले १९६०को दशकदेखि नै नेपाली कविता साहित्यमा सेवा पुर्यालउँदै आएका हुन् भन्ने तथ्य पाइन्छ। आफ्नो शिक्षा समाप्त गरेपछि प्रधानले शिलाङको सेन्ट एन्थनी कलेज नेपाली विभागका विभागाध्यक्षको पद सम्हालेर धेरै वर्षसम्म शिक्षा क्षेत्रमा सेवा पुर्याकएका थिए र सन् १९९६ मा उक्त पदबाट Continue reading
~इश्वरवल्लभ~
त्यो बेहानको उज्यालोले कहीं दाग छोडेको छ ,
कहीं आकाशनिर नीलो आवाज छोडेको छ ,
झङ्कृत तुल्याएर पूरा परिवेशहरुलाई ताराहरु जस्तै,
म आउनेछु भन्दै पहेंला फूलहरु टेक्तै,सुम्सुम्याउँदै ,
छाम्दै उकालो ओरालोहरुलाई ,
Continue reading
~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~
खण्ड:
१। सुदर्शनको जन्म
२। मृत्युस्मरण
३। सुदर्शनको जीवन
४। सुदर्शन जन्मस्थान जान्छ
५। महाशून्य
सरस्वती प्रार्थना
आमा सरस्वती तिमीलाई प्रणाम मेरो छ है ।
गर्दै भक्तिभाव तिम्रो यो खण्डकाव्य लेख्छु है ॥
१। सुदर्शनको जन्म Continue reading
~प्रा.डा. गोपीन्द्र पौडेल~
समीक्षाका अनेक अर्थ , आशय र आकार एवम् बान्की हुन सक्छन् । तर समीक्षाका नाममा गरिने बनावटी भक्ति र प्रशस्तिप्रति मेरो सख्त विमति छ । यो भनेको लुकाएर पनि नलुक्ने बैगुनी स्वभाव हो । स्रष्टाका आफ्नै आग्रह हुन्छन् , पाठकका आफ्नै आग्रह अनि कनीकुथी समीक्षा गरी टोपल्ने समीक्षकका पनि आफ्नै आग्रह हुने नै भए, हुन्छन् । सबैजसो स्रष्टा चाहन्छन् – आफू र आफ्ना सिर्जनाका बारेमा गरिएको टिप्पणीमा कहीँ कतै घोचपेच नहोस्, उचनीच नहोस् र चसचसी घोच्ने टर्रा वचनवाण नहोऊन् । प्रत्येक शब्द र वाक्य अनि प्रत्येक पङ्क्ति सुकिला–मुकिला र बान्की परेका होऊन्, लरक्क परेका लोभलाग्दा होऊन् । आफू र आफ्नो कृतिबारेको समीक्षाका पाना पल्टाउँदै र पढ्दै जाँदा मनै बहलाउने पिरामिड बनोस् । स्रष्टाको मनोविज्ञान र समीक्षकको वस्तुतथ्यात्मक ज्ञानका बिचमा अनौठो वैपरित्य Continue reading
~मधुश्री~
एकै छत मुनि हुर्कि बढी ठूला भयौँ साथी
बुद्धी आफ्नो बिवेकले ज्यूँदै हामी गयौँ साथी
अधिकार लेख्थ्यौ तिमी ब्यवहार खोज्थेँ मैले
समानता भन्थ्यौ तिमी खण्डहर देख्थेँ मैले Continue reading
~भोला दुलाल~
सानु मैचा कागती गाउँकी केटी हुन। ऊनी अहिले कक्षा सातमा पढ्दैछिन। असाध्यै मिहिनेती सानु मैचा पढ्नमा खुब मन लगाउछिन। कक्षामा राम्रो चित्र कोर्ने, मकैका दाना जस्तै हार मिलेका अक्षर लेख्न सिपालु ऊनी सर-मिसको माया पाएर झन हौसिएकि थिइन। पोहोर साल बाबु धन बहादुर मरेपछि ऊनी टुहुरी भइन। अघिपछि सधैं हसिलो अनुहार हुने सानु मैचा आज अलि फरक देखिन्छिन। निन्याउरो र मलिन अनुहार लिएर विद्यालय आएकी सानुमैचालाई उनको मलिन अनुहारको बारेमा हेडसरले सोधपुछ गर्नुभयो। “किन सानुमैचा? तिमि एकदुई दिनदेखि बेखुसी देखिन्छेउनी?” हेडसरको प्रश्न भुइँमा खस्न नपाउदै सानुमैचाको आँखाका डिलमा आँशु तर्कियो। हेडसरले फेरी खै गर्नुभयो। Continue reading
~संकलक : नेत्र तामाङ~
वाई हाजी वाई हाजी च्यागो आले
नाका मामा कोतेक्ची
वाई हाजी वाई हाजी च्यागो आङा
चिङ्ना ल ब्ला माजी
कोतकोत कोतकोत, खित्खित् खित्खित् Continue reading
~Dilip Poudyal~
I was bored. Sorting out the stuffs and put them on the shelves was not an exciting job at all. But I had no choice. I got the job, I picked it up. It used to pay me $15:00 per hour. It was a dollar store named, ‘Dollar Tree’. Every stuffs in the store was a dollar and quarter or less. Most of the stuffs were shipped from rural part of china. 99.9 percentage merchandise were labelled as ‘Made in China.’ Anyway, it was not my business. I had to do the job what was assigned to me to do.
I was not only the staff bored while working long hours. There were cashiers who did not have anything to do during slow hours. When I had a break, I used to chit chat with them Continue reading
~हेम जङ्ग कार्की~
प्राकृतिक प्रकोप नियन्त्रण गर्ने चुस्त शक्ति बनाउ सरकार ।
बाडी पहिरो आँउन सक्छ, नियन्त्रणको तयारी गर सरकार ।
भुकम्प आउँन सक्छ, आवश्यक तयारी अग्रिम गर सरकार ।
आगो लागि हुन सक्छ, दम्कलमा पानी भरेर राख सरकार ।
मैले त भन्ने हो सरकार, म त बाटो बिराएको मान्छे । Continue reading
~भिमदर्शन रोका~
रात केवल एक प्रहर बाँकी छ
तीन प्रहरको अन्तिम असर बाँकी छ
पश्चिममा पुगेकी एक्ली चाँदनीलाई
केवल यौटा मेरै भर बाँकी छ
रात केवल एक प्रहर बाँकी छ । Continue reading
~श्यामल~
बस्, एउटै कुरामा छ आनन्द
कन्याइरहनुमा
कविता, कथा र चित्र लेख्ने हातहरुले
फगत आङ कन्याइरहनुमा
विद्रोहमा उचालिने हातहरुले
आफ्नै शरीरका कापहरुमा
चलाइरहनुमा ।
लुतो लागेपछि
हराउँछ सोच र दृष्टि Continue reading
~लेखनाथ पौड्याल~
जुटाइ शिरमा लटा वदन-क्रान्ति फुस्रो गरी
बसी वजन ठाउँमा नयन नासिकामा धरी ।
विचार कुन तत्वको गरदछ्यौ अकेली बनी
सखी ! भन वियोगिनी हुनगयौ कि या योगिनी ?।।१।।
शरीरभर बाहिरै झलकदा नशाजाल यो
विशेष-रुचि-भङ्गको स(श) कल चित्तले देखियो ।
झुकीकन महेशको गरदछयौ पुकारा पनी
सखी भन वियोगिनी हुनगयौ कि वा योगिनी ? ।।२।। Continue reading
~जसराज किराँती~
वैशाखमा ओभरकोट ओढेर
आलो घाम,
मरुभूमिको यात्राबाट
आज राति मेरो कोठाभित्र वास खोज्न आइपुग्दै छ ।
आ, कत्रो अत्यास लागेको मलाई
सम्पूर्ण आकाश मध्यराततिर नाङ्गिएर ऐठन गर्न आउँछ
प्यारा प्यारा सम्झनाहरु
र मीठा सपनाहरु
अङ्गालोबाट उम्किन्छन्
भागे तिनीहरु मर्ला निहत्था ठानेर Continue reading
~विनय कसजू~
‘बाबु, होमवर्क सिध्यायौ ? ’
‘अघि नै सिध्याइसकेँ मामु !’
‘त्यसो भए अब किताब पढ । गेम खेलेर नबस ।’ Continue reading
~नरेश शाक्य~
हिलो मै फुलोस् त्यो कमल
तर म त्यसलाई टिप्न चाहन्छु,
काँडामा नै होस् त्यो फूल
तर म त्यसलाई चुँड्न चाहन्छु, Continue reading
~एच सि एन्डरसन~
अनुवादकः शान्तदास
गाउँमा गर्मीको रमाइलो मौसम थियो । सुनजस्तो पहेँलो मकै, हरियो जौ र चौरमा चाङ मिलाएर राखिएका परालका कुन्युको दृश्य राम्रो देखिन्थ्यो । सेतो सारस राता लामालामा खुट्टाले हिँडदै नबुझिने भाषामा कुरा गर्थ्यो । उसले आफ्नी आमासँग त्यस्तो भाषा सिकेको थियो । मकै बारी र चौरको चारैतिर ठूलो जङ्गल थियो । त्यसको माझमा गहिरो पोखरी थियो । गाउँमा घुम्नु साँच्चै रमाइलो थियो । खोलाका छेऊमा घमाइलो ठाउँमा किसानको रमाइलो पुरानो घर थियो । घरदेखि खोलासम्म ठूलाठूला पात भएको काउसोको झयाङ उम्रेको थियो । झयाङ यति अग्लो थियो कि त्यसभित्र केटाकेटीहरू उभिए पनि देखिँदैनथे । त्यसभित्र बस्दा जंगलको माझमा बसेजस्तो लाग्थ्यो । यस्तो आरामदायी ठाउँमा एउटी पोथी हाँसले गुँड बनाएर बसेकी थिई । त्यो हाँस आफ्ना फुलबाट चल्ला कहिले निस्कला भनेर पर्खिरहेकी थिई । चल्ला Continue reading
~डा. विदुर चालिसे~
दुर्नाम बगरकाे एउटा किनारामा
जब अाँखाहरू सुतिदिन्छन् बेखर
उज्याला प्रहरहरू पनि बाैलाएर
तब सडकमा छताछुल्ल पाेखिन्छन्
मनसँग हररातका निंद्रामा अालश्यहरू
याे समय कस्ता, कस्का हुन् बेहदहरू Continue reading
~नरेश नाति~
हिडिरहेँ छातीभरि पीर बोकी बोकी
धेरै मोडे चाहनालाई आसुँ रोकी रोकी
कोही भने Continue reading
~चोक गुरुङ~
काम छोडी आउँनु ए मेरो हजूर दोबाटो घुम्तिमा
लाउँला है मायाँ खाउँला है कसम यो जीबन भरिमा
कहिले काहि एकान्तमा तिम्रै नाम जब्छु
हत्केलामा तस्बिर राखि छात्ति माझ टास्छु Continue reading
~टंक वनेम~
कोशी भत्किन्दा बिटुलो परेको बस्ति
खेतका गहराहरु हरियो नभई
समाहामा पानी नभएर उडेको बुङबुङती धुलो
रातो माटो पोतिएझैं नदी किनार
तुवालो चिरेर हाँस्न खोज्ने सूदुर पर्ूवको गुल्मोरी सडक
धर्तीको क्यानभासमा कोलाज हो शायद Continue reading
~अन्जु अञ्जली~
ढोकालाई सिमाना बनाएर
भित्र र बाहिर उभिएका थियौं
तिमी र म,
आँखाभरी अव्यक्त रारा बोकेर
मनभरी शुषुप्त ज्वालामुखी बोकेर
वायाँ छातिमा प्रेम
दायाँ छातिमा कर्तव्य सिउरिएर
विदा माग्यौ तिमीले Continue reading
~पूर्णिमा रानामगर~
दोषी मै हुँ कि यस्तो, या हो परिस्थिती
शुन्य महासुन्य, लाग्छ छैन कोहि वरिपरी
ओइलि झरेको फुल भएछु, फेरी म फुलुकसरी –
भत्किएको छ मनको मुहान कसले भन्ने कठैबरी Continue reading
~बिक्रम चेतनशील राई~
यतै फाटयो उतै फाटयो टालें जिन्दगीलाई
गर्नसम्म माया गरें साले जिन्दगीलाई
हत्केलाले बार हाली उज्यालोलाई जोगाइरहें
सफलताको कामनामा दियो बालें जिन्दगीलाई Continue reading
~भोगेन एक्ले~
भो एहोई अब लेख्दिनँ कविता
कति लेख्नु –
बोकेर सम्झना मुहानको
बगेर समुन्द्रमा बिलाएको खोला
डालीको माया सम्झन्दै न्यानो
चुडिएर हुरीसँगै उडेको पात
सपनामा देख्ने आफ्नो आगन
बिपनामा खेप्ने मुङ्लाने कर्म Continue reading
~विनीत ठाकुर~
नहि भटकु धामे–धाम राखु मानवता पर ध्यान
लागु दीन–दुखी के सेवा मे भेटत ओतहि भगवान
भीतर सँ तोडि़ देलक मिथिला के दुःख आ गरीबी
मन्दिर के बाहर दुःखिया बनल अछि परजीवी Continue reading
~अनिता (ढकाल) गौतम~
छन्द : शार्दुलविक्रीडित
जन्मेको घर खेल्न आँगन सबै छाडेर जानै छ यो
कस्तो यो विधि हो परत्र घरको नासो भनेको छ यो
भन्छन् लौ घरमा समस्त जनले कस्तो विभेदै भयो
छोरीको मनमा त घाउ गहिरो चोटै परेको छ जो ।
१
मेटिन्नन् सब यी सुसृष्टि दिन हो विधान यस्तै छ यो Continue reading
~डा बच्चु कैलाश कैनी~
तिमीले केही लेखे मिठो गीत हुन्छ
बोले झन् त्यो सुमधुर संगीत हुन्छ ।
मायामा समर्पण जोड्ने हो भने
युगौंसम्म बाँच्ने अमर प्रित हुन्छ । Continue reading
~देबेन्द्र बस्याल~
घना जंगलको मुनी
मेरो सानो घर छ
हरियो घाँसको बीचमा
मेरो उजाड बास छ
मेरो घरको पारीपट्टी
माटोको थुप्रैथुप्रा छन्
थुप्राको वरीपरी दुलैदुला छन् Continue reading