गजल : पीडाको घार भएकोछु

~टिकाष्मा उदासी~

अचेल पीडाको घार भएकोछु
फेरि मान्छेको शिकार भएकोछु

बजाए धेरैले हुँदा सारङ्गी
अहिले चुँडिएको तार भएकोछु Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : आज मेची र महाकाली

~बूंद राना~

सोधिरहेछन, आज मेची र महाकाली
जागा बसेका छौ कि सुतेका छौ नेपाली ।

ओइलाई फूल सारा फूलबारी शोकमा छ,
दुस्मन कुनै पस्यो कि गद्दार भयो माली । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : चक्रबहादुर

~दिल साहनी~

हाम्रा मित्र राष्ट्रहरुका मित्रहरु
चक्रबहादुरले तपाइंको मुलुकमा आक्रमण गर्दा
हामीले आक्रमण गरेको नठान्नु होला कृपया
चक्रबहादुरले तपाइंको मुलुकमा मान्छे मार्दा
हामीले मारेको नठान्नु होला कृपया
हामी त बुद्धका चेला हौं
हामी त शान्तिका पुजारी हौं
हामी कहिले हतियार उठाउँदैनौ
हामी कहिले युद्धको मैदानमा हाम्फाल्दैनौं Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : कतै आवास छैन

~सनतकुमार वस्ती~

बसुँ भन्दा कतै आवास छैन
ऊडूँ भन्छु खुला आकाश छैन

अँध्यारोमै कटाएँ रात सारा
उषाको खै ! अझै आभास छैन

वसन्ती फूलमै अल्झिन्छ ज्यादा
जवानीको कुनै विश्वास छैन Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : विरुवा फल्छ जरुर

~डा‍. घनश्याम न्यौपाने परिश्रमी~

फल्दैनौ भन्दैछौ जुन विरुवा फल्छ जरुर
तिम्रो विचारको पर्खाल एकदिन ढल्छ जरुर

प्रतिक्षा त गर्नै पर्छ प्राप्तीका लागि
ओथ्रा बसेको पोथीले चल्ला कोरल्छ जरुर Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : एकरात माँगेको हुँ

~कृसु क्षेत्री~

हुन त तिमीसँग एकरात माँगेको हुँ
एकै रातमा जिन्दगीभरको साथ माँगेको हुँ

एक्लै बिते धेरै दिनहरु स्वप्न सँगालेर
कहिल्यै निको नहुने एक आधात मागेको हुँ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : भोक कविता

~देव भण्डारी~

भोकाएपछी
किलामा बाँधेको गाई पनि दाम्लो चुडाएर भाग्दो रहेछ
भोकाएपछी
जुवामा नारेको गोरू पनि जोतारो चुँड़ाएर भाग्दोरहेछ

भोकाएपछी
कसैले नीति-नियम केही नमान्दोरहेछ
भोकाएपछी मान्छेले खोसेर पनि खाँदोरहेछ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अम्बरधोज सुब्बा

~भुपेन्द्रा सुब्बा~

म तोते बोल्दै
टुकूल-टुकूल हिँड्ने हुँदा
जन्मेको हुनुपर्छ
मेरो बाजे स्व. अम्बरधोज सुब्बा।

त्यसपछि ऊ
कथा जस्तै हुर्कँदै गयो।

हेर्दा हेर्दै ऊ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : शुभेच्छा

~दिपेन्द्र सिंखडा~

छन्द : शार्दुलविक्रीडित

ती बितेका जुग सब देखेकै हुँ, थिए सबै मङ्गलै
हुँन्छ यो साल पनि पक्का मङ्गलै, नहोस दु:ख कतै
म जन्मदा पनि राम्रै थियो जगत्, थेनन् बेखुस कोही
म हुर्कदा पनि सुखी थ्यो जगतै, हुन्थेन कहीँ लडाइँ ।।१।।

सम्झन्छु ती दिनै पनि आज यहाँ, लेख्पढका स्कुलमा
साथीसँगी आहा कति मिलि खेल्थौ, हुन्थेन हूल्मूल त्यो Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : बुख्याँचाको देशमा

~भानुराज अर्याल~

अलि अक्करे भिरमा
कुनै आली मरेको लाशहरुले
कुनै अधकल्चो लाशहरुले
गह्राहरु छुट्टयाईएका
एउटा सानो खेत,
जहाँ,
जताततै सिनो गन्हाइराऽछ,
आलीहरुमा खुँखार देखिने Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : साला पहाडिया के भन्छ?

~कृष्ण प्रसाई~

किन ढिला गर्र्छौ राजेन्दर भैया ?
ढिला गर्दै नगर !
मौकामा चौका चलाउनै पर्छ ।
कालापानीको जमिन सारे झै,
सुस्तालाई कब्जामा पारे झै,
वर्षोनी उत्तरतिर लम्किरहेको जंगे पिलर
बढाएर रसुवा सम्मै पुर्याउनु पर्छ ।
त्यसो भयो भने काठमाण्डौ पनि हाम्रो हुन्छ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : वृद्दावस्थाको गीत

~ध्रुबराज पौडेल~

म डाँडामाथिको त्यो घाम हूँ ,
म मानवताको त्यो धाम हूँ।

यो जीवनचक्र पार गरी ,
अन्तिम क्षणको चार घडी ।
पाल मलाई र पूण्य कमाउ , Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : काँडा भए पनि राम्रोे

~प्रकाश सायमी~

फूल भए पनि राम्रो काँडा भए पनि राम्रोे
विना शर्त माया गरेँ टाढा भए पनि राम्रो

तिम्रो नाउँ कहिले रगतले लेखेँ कहिले आँसुले
नमेटिए त के भो मसी गाढा भए पनि राम्रो Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : पहाडका कुरा

~मुकुल दाहाल~

पहाडका यी कुराहरू मेरा मन नजिक छन्
त्यसैले म पहाडका कुरा गरिरहेछु
म यहाँका पुड्के थुम्काहरूलार्इ
त्यहाँका गौरवशाली चुचुराहरूसँग जोडिरहेछु ।

यी थुम्काहरू जसलार्इ उनीहरू पहाड भन्छन्
शायद ‘थुम्को’ भन्ने उनीहरूसँग शब्दको अभाव छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सैतानी ब्वाँसाहरु

~हरि अज्ञात~

सानो अनि भुन्तुने बाखाको पाठो
खान तम्तयार छन् यी ब्वाँसा हरु
मिठो स्वाद हुन्छ भन्दै |
झगडा गरेको झैँ गर्दै |
ल्वांग चपाया झैँ गरि चपौछु भनेर
तर तेती सजिलो होला जस्तो लाग्दैन मलाई | Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो साथी !

~यश घिमिरे~

तिमी बैचारिक आगो ओकल
म गर्छु उर्जा ब्यबस्थापन
किनकी
यहाँ सल्काइन्छ निस्फिक्री ‘आगो’ हरु
आफ्नै घर डढाएर बासुरी बजाईन्छ ||

देख्यौ तिमीले पनि
देखें मैले पनि Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मौलिकता

~नदीश~

हामी चेतनशीलहरु
चेतनाहरु छरपस्ट फुटपाथमा बिक्री गछौं
अनि
थोरै आधुनिक सपनाहरु खरिद गछौं
सजाउँछौं
सपनाहरु आखिर सपनै न हो
जब बासी हुन्छन् सपनाहरु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अझै दख्खिन बग्दो छ कर्णाली

~परिहास सुब्बा~

अधिकांशको साझा अबधारणा-
झण्डा एकै हो
देश एकै हो
सरकार पनि एकै हो
तर ऊ कर्णाली बासी
के मा अरु बराबरी देख्दछौ ऊ संग? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मान्छे लाश बनेपछि

~डिल्लीराज अर्याल~

बाटा, घाट, बजार शून्य सरि छन् शोभा घट्यो के भयो?
मान्छेका मनभित्र खास अहिले आँधी उठेको छ यो
काला बादल धुम्मिए गगनमा धर्ती अँध्यारै भयो
कल्ले शान्ति जुटाउला र ? मनमा उल्लास जाग्ला अहो?

लाखौं मानिस शोकसागर डुबे जस्ता हुँदैछन् जहाँ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रतिछायाँ

~राममाया अधिकारी~

म मूर्छित छु सबै माझ
म निन्द्रित छु सबै माझ
म पिल्सिएको छु तातो ज्वरोले
र त बरबराउँदै छु
मेरो सपना बेहोसमा हुन्छ
मेरो विपना पनि बेहोसमा हुन्छ
र त रमाउँछु सधैं निन्द्रित र मूर्छित अवस्थामा । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : शहिद

~कुमार रम्तेल~

छोराको छातीमा तातो गोली
छोरीको त मुटु नै छेडिएको छ
हेर्न नसकी सगरमाथा रोएको छ
आमा साह्रै विरामी छिन्
न्यानो लुगा पनि नसुकेर
छिमेकीको चोली टाल्दैछिन् । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मान्छे भित्र मान्छे

~यात्री शेखर~

एउटा फुक्को मुस्कानसंग रमाउनेहरु
भो नबोल अब म संग
भित्री वेदना नबुझी बाहिरी अबरण हेरेर तर्सनेहरु
भो नजिक नबन अब म संग
बनाउनु छ तिमीहरुले आफ्नै संसार भने
किन मसंग हातेमालो गर्न खोज्छौ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : उस्तै छ

~सङ्गीत आयाम~

मनका एकान्तका तलाउमाझ
अनायासै तरङ्ग उठ्छ
लाग्छ कुनै अतृप्त रागले
सङ्गीतका कर्णप्रिय
स्वर पाएको छ
सम्बन्धका सीमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : मित्रता

~तुफु~

आजभोलि यहाँ त्यस्ता धेरै छन्
गन्नै नसकिने,
बादल अथवा वर्षाजस्तै
सजिलैसित बदलिने,
के तिमीले ती प्राचीन महापुरुषहरू
क्वाँ चुङ र पाओ शुयालाई Continue reading →

Posted in अनूदित कविता | Tagged | Leave a comment

कविता : संघर्षका पर्खालहरू

~आचार्य प्रभा~

तिमीले उन्मुक्त हासो हास्नका लागी
धेरै संघर्षका पर्खालहरू नाघ्न पर्यो शायद …..
के अब पनी तिमी त्यस्तै मीठो आशाको अभीष्टमा
अल्झी रहेका छौ ?
या त कुनै अर्कै आशारूपी मोहमा
फसिरहेकाछौ तिमी ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : नारी

~पिपला ढुङ्गाना~

लिएर दायित्व
बढाएर जिम्मेवारी
सहेर उकुसमुकुस
जो चुपचाप मुस्कुराउँछे
आफ्ना हरुको लागि

खाली कसौँडिको आवाजलाई
निलेरै भन्छे म टन्न छु
न थाक्छे उ कहिल्यै Continue reading →

Posted in कविता | Tagged | 1 Comment

लिम्बू भाषी कविता : पुतुके

~दिल पाक्सावा~

तान्छोदिङ् चुजी नाम्से
सुरित् सुरु ताआङ्
सिङ्बुङ्ममाहा? सुरित् कुइक्पेन्न
पनुनुर मुलाङ्क येन्न
पुतुके ताआङ्
कालाङ्बा सिङ्बुङ कुजङङ युङसिन् Continue reading →

Posted in लिम्बू कविता | Tagged | Leave a comment

विनीत ठाकुरका छ मैथिली हाइकु : ( कोरोना विशेष )

~विनीत ठाकुर~

१.
धरती पर
पसरल कोरोना
खोजी दबाई ।

२.
कोरोना रोग
पसरय भिड़ मे
रही एकात । Continue reading →

Posted in मैथिली हाइकु | Tagged , | Leave a comment

निबन्ध : कोरोनाको पिडा परदेशमा

~दिलिप पौड्याल~

सबैलाई लाग्छ होला बिकशित देशहरुमा खाना र बस्नको लागि खासै समस्या हुदैन होला। यस्तो महामारीको बेला राज्यले सबै व्यवस्था गर्छ होला। दुख पाउने भनेको गरिब मुलुकमा बस्ने जनताहरुले मात्र हो। धनि मुलुकहरुमा तरकारी किन्न जान पर्दैन। दुध किन्न पशलमै जान पर्दैन होला। सबै चिजबिज घरघरमै पुर्याउछ होला। जागिरको पिर, बिहान बेलुका चुलो जलाउने पिर, ऋणको पिर सबै गरिब मुलुकहरुमा मात्र हुन्छ होला। दिनभरी मजदुरी गरेर बेलुकाको जोहो गर्ने नेपाल जस्तै गरिब मुलुकहरुमा मात्र हो।

तर कथा फरक छ।ब्याथा म आफूबाट शुरु गर्दछु। लगभग महिना दिनजति भयो यो महामारीको प्रकोप Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : मानव सङ्कटमा पर्‍यो

~दीपक कुमार ज्ञवाली~Deepak Kumar Gyawali

सुरु यात्रा ओह्रालो नैतिक पतनले ।
पयर थाम्छ कसले हा !हा !के भयो ।
कोेइली र काग चिन्ने समय थियो ।
काग भै ओरालो आज किन मर्‍यो ?

चाेंचले टिप्छ बिष्टा यता उता हेरी ।
हा हा भन्दै देखापर्‍यो मनुवा फेरी । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

इलामेली टीकाराम दुलालका केही गेडीहरू

~इलामेली टीकाराम दुलाल~Ilameli Tikaram Dulal

( पहिलो गेडी )

नेपलीनै रहन्छु, बिदेशी स्वास् लिएनि
गोर्खालीनै भन्दछन्, श्रम पैचो दिएनि
स्वाभिमान्
कहाँ बेच्छु, मैले जानाजान्

( दोस्रो गेडी ) Continue reading →

Posted in गेडी | Tagged | Leave a comment

कविता : सम्झिन सकुँ तिमिलाई युगौयुग सम्म

~हिमाल सरोवर~

थुप्रै उमंगहरु,थुप्रै उपहारहरु बोकेर आउँछ ,
कयौं अवसरहरु,कयौं चुनौतिहरु,
अनगिन्ती खुशिहरु,मुस्कानहरु,
थाहा छैन केके बोकेर आउँछ , Continue reading →

Posted in कविता | Tagged | Leave a comment