कविता : बर्बरिकको बयान

~प्रदीप ज्ञवाली~

म शिरोच्छेदित बर्बरिक
इतिहासको कठघराबाट
सुनाउँदैछु आज
आधुनिक महाभारतको एउटा ज्यूँदो कथा

पन्छाएर आफ्नो सोझो भाइलाई
गद्दीनसीन थियो
सत्तामोह र चक्रवर्ती उन्मादमा अन्धो
एउटा राजा धृतराष्ट्र
साथमा थियो उपद्र्याहा राजकुमार दुर्योधन
दिउँसै जो खेल्थ्यो मान्छेको शिकार Continue reading

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : असम पूर्वाञ्चल भारतको नेपाली कविताको विकासक्रम

~देवब्रत घिमिरे~

भारतवर्षको प्राचीन कालको इतिहासमा आजको असम, कामरूप नामले प्रसिद्ध रहेको पाइन्छ । यसलाई कतै कतै आसाम पनि भनिएको पाइन्छ । अङ्ग्रेजहरूले भारतमा आफ्ना उपनिवेश सुरु गरेपछि असम ब्रिटिस शासनअन्तर्गत चल्न थालेको तथ्यहरू पनि पाइन्छ । सम्पूर्ण भारतको ७.७ प्रतिशत भूमि ओगटेको मानिने असम सन् १९४७ मा भारत स्वतन्त्र भएपछि भारतको एउटा राज्यको रूपमा स्थापित भएको थियो र त्यस बेला यसको राजधानी सिलाङ बनाइएको थियो, वर्तमान दिशपुर बनाइएको छ । सन् १९५७ देखि असम राज्य टुक्रिएर विभिन्न राज्यमा विभाजित हुने क्रम सुरु भयो। सन् १९५७ मा मणिपुर असमबाट छुट्टिएर बेग्लै राज्य Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : अनन्तता:एक क्याच्ची जुलुस

~जय क्याक्टस~

हिडिरहेको जुलुस
क्राइस्टका कॉंटीहरू हुन्।

पराश्रव्य- अश्रव्य
तरङ्गहरू हुन्
जुलुस
आ-आफ्नै फ्रिक्वेन्सीवाहक।

मार्क्स-एङ्गेल्स हुन्
जुलुस Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो लिम्बिवान फिर्ता देऊ

~रोशन यक्सो “मूलसुब्बा”~

तिमीलाई तिम्रो घरखेत माग्दिन
तिम्रो धनसम्पती पनि मसग्दिन
काठमाण्डौ, सिंहदरवार र नारायनहिटी पनि माग्दिन
सिंहदरवारभित्रको कुर्सी
जसको निम्ती तिमी र तिमीहरूजस्तैहरू
लड्ने गर्छौ, बाझ्ने गर्छौ
त्यो कुर्सी तिमिलाई माग्दिन Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जित्छौं

~प्रकाश सापकोटा~

जितेर जित नकार्छ को ?
हारेर हार स्वीकार्छ को ?
सम्झौतामा मन मार्छ को ?
चाहेर अन्तरआत्माले हार्छ को ?

सीमा काटेर जित्छन् कोही
पल-पल ढाँटेर जित्छन् कोही Continue reading

Posted in कविता | Tagged | Leave a comment

स्रष्टा परिचय : भोजपुरी र नेपाली भाषाका सर्जक गोपाल अश्क

~मोहन दुवाल~

भोजपुरी भाषामा साहित्यका बिम्बहरू कोर्दै आएका सिद्धहस्त लेखक गोपाल अश्कले हिन्दी र नेपालीमा पनि तीखो कलममार्फत् आफ्नो साहित्यिक व्यक्तित्व देखाउन सफल छन् । गोपालप्रसाद सर्राफबाट गोपाल अश्कको नाम बोकेर साहित्यिक क्षेत्रमा देखापर्दै आएका यिनले भोजपुरी भाषामा धंधोर (५५) पहिलो महाकाव्य लेखेर यस भाषाका पहिलो महाकाव्यकार बने । गजल लेख्न पनि सिपालु यिनले प्रेमजस्तो अत्यन्त मार्मिक र संवेदनशील विषयलाई लिएर गजलमा प्रेमान्तर महाकाव्य प्रकाशित गराएर आफ्नो खुबी र क्षमता देखाए । मधेशको माटोबाट सशक्त ढङ्गको साहित्यिक मर्म लिएर देखापर्दै आएका गोपाल अश्क एकजना सफल साहित्यकार हुन् । Continue reading

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

कविता : प्यारा दुःखहरू

~राजेन्द्र तारकिणी~

अस्तु खरानीमा मिल्नुअघिको
तर डिम्बाशयको म्याराथन जितेदेखिको
बाँचिरहेको यो अन्तरिम कालखण्डमा
मलाई त दुःखहरू सबैभन्दा प्यारा लाग्छन्।

दुःखबिना संसारमा
केही/कोही जन्मेको थिएन/छैन Continue reading

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : नदुखेको कपाल यो

~रिजाल किरण~

छन्द : अनुष्टुप

नदुखेको कपाल यो किन आज दुखी गयो
जिउँ ज्यान हजारौं को किन आज चुडी लग्यो
उम्लेको यो प्रकोपैले जन जीवन अस्त छ
मान्छे का बीच मान्छे मै कस्तो विधि त्रस्त छ ।।

महगो महगो मुल्य मानै बेच्छन् भकाभक Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

Translated Story : Suffering of Civil war

~MotiRam Chaudhary `Ratna´~

‘oe! Kill kill? why are you looking?’

Major shouted on loud voice। The voice of gun firing bhatatatatatat……Just as children blast the pataka in Dipawali.
‘Look! He is running there, shoot at his head, shoot at his head´। Continue reading

Posted in Translated Story | Tagged | Leave a comment

मनु लोहोरुङ राईका चार मुक्तकहरु

~मनु लोहोरूङ राई~

नयाँ साल आउँछ, नयाँ लहर पनि आउँछ
हर कोही जिन्दगीमा फरक बहर पनि आउँछ
समयको लिकमा अघि बढ्दै जाँदा खेरी
चुनौती आउँछ यहाँ अवसर पनि आउँछ
.
खै कहाँ गयो ऊ, नजरसंग नजर मिलाएर गयो Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

लिम्बू भाषी कविता : वाभोक्ङा

~दिल पाक्सावा~

आइङ आनसान् कानिप्सु
सिक्किममा थोसिङवारक्अ
वाजाक्काङर वाहाङ्ङे
थुङ्साप, पेसाप् मुन्धुम्बा काम्न
लोक्काङल वाहाङङे
कुलेक्वाअ कानिप्साङ । Continue reading

Posted in लिम्बू कविता | Tagged | Leave a comment

कविता : मेरो जन्म ! बुद्ध जन्मिएको देशमा भएर मात्र । नत्र ….

~हेम जङ्ग कार्की~

त्यो गरिवको नाममा रकम असुल गरी खानेहरुलाई,
ति कलिला बालिका कारुणीक तवरले वलत्कार गर्नेहरुलाई,
चेलिवेटीहरु कोठिमा वेच्न लाने ति असली राक्षसहरुलाई,
राज्यलाई निकास दिन्छु भन्दै, हिड्ने असली तस्करहरुलाई,
मेरो जन्म ! बुद्ध जन्मिएको देशमा भएर मात्र । नत्र ….
भुत्ते कुखुरीले अचानामा राखी गिडगिड वनाई दिने थिए । Continue reading

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : लघुकथा र नेपाली लघुकथा

~गोविन्द गिरी प्रेरणा~

लघुकथा आख्यानको लघुतम स्वरूप हो। तर लघुकथाको परिमाषा वा परिचय कृतिपय अवस्थामा कतिपय जिम्मेवार विद्वान्हरूले अङ्ग्रेजीको सर्ट स्टोरी (Short Story) माई नै भन्ने गरेर अद्यापि गर्ती गरिरहेको पाइन्छ । तर वास्तवमा सोझो अनुवादको हिसाबले हेर्दा ‘सर्ट स्टोरी’ को अर्थ ‘लघुकथा’ देखिए पनि अभिप्रायको हिसाबले कथा-कहानी भनेर जसलाई भनिन्छ, अङ्ग्रेजीको ‘लघुकथा’ अर्थात् ‘सर्ट स्टोरी’ हो । हामीले “लघुकथा’ भन्ने गरेको आख्यानको लघुतम रूप अङ्ग्रेजीको ‘सर्ट स्टोरी’ होइन ।

हामीले ‘लघुकथा’ का रूपमा चिन्ने गरेको यस लघुतम आख्यानको स्वरूपलाई अङ्ग्रेजीमा ‘सर्ट सर्ट स्टोरी’ (Short Short Story) भनिन्छ । Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

आविष्कार कलाका एघार मुक्तकहरु

~आविष्कार कला~

सन्दर्भ : #कोरोना

हिमालको फेददेखि सागरको पारि
विश्वयुद्ध चलेको छ विना बमबारी
कति महिने यात्रालाई हिडेकी तिमी
अब हामी सहदैनौ तिम्रो महामारी ।।

बढ्दो जनसंख्या धर्तीलाई भार
बढिरहेको छ कोरोनाको मार
घन्किरहेछ पृथ्वीले एक सुत्रिय नारा
बन्द गर्नुपर्छ मानवीय अत्याचार ।। Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : बाटाहरू मिसिएपछि

~त्रिभुवनचन्द्र वाग्ले~

बाटाहरू मिसिएपछि
बन्छ दोबाटो
तर अल्ली भिन्न छ सत्य
जहाँबाट हामी छुट्टिन्छौँ त्यही हो दोबाटो

मिसिन कि छुट्टिन
बनेको हो दोबाटो ?

बाटाहरू, Continue reading

Posted in कविता | Tagged | Leave a comment

मैथिली कविता : सिखायल लकडाउन

~सुधा मिश्र~

किया अतेक उदास अतेक बिचलित अछि इ घरी
हमरा लेल त एहन क्षण एहन पल छल सर्वोपरि

किछु दिनक लकडाउन किया लगैय मृत्युु समान
जिनगीए छल लकडाउन कहाँ केलिय‌ै हम अपमान Continue reading

Posted in मैथिली कविता | Tagged | Leave a comment

कविता : मलाई तिम्रो हुने मन छ

~हिमाल सरोवर~

तिम्रो नजिकैको छिमेकी हुन सकिन ठिकै छ,
तिमिसँग दोस्तियारी गर्न मन छ,
तिम्रो गट्टा खेल्दाको साथी हुन सकिन त के भो,
तिमिसँग लुकामारी खेल्ने मन छ,
तिमी पल्लो गाउकी हौ,म वल्लो गाउँको हुँ ठिकै छ, Continue reading

Posted in कविता | Tagged | Leave a comment

Translated Poem : Who are you? What are you?

~Bikram Subba~

Seeing you the first time
It seemed I had found
my lost sun and moon
But you said –
These are my eyes!

My dream had been lost
And even while watching
It seemed I was meeting it in you Continue reading

Posted in Translated Poem | Tagged | Leave a comment

कथा : पश्चाताप

~चन्द्र रानाहँछा~

‘डम्बरीले भीरखर्केको पेट बोकी छे ।’

टोलभरि भित्रभित्रै हल्ला फैलिसकेको थियो । मान्छेहरु आपूmसित ठोक्किन आइपुगेको दोस्रो व्यक्तिसँग यही प्रसङ्ग झिकेर चर्चा गर्थे ।

‘एहै ! भीरखर्के काका र डम्बरी फूपूको बारेमा सुन्यौ ? हैन ती फूपूलाई के मति आ’को लौ !’

पँधेरामा भेट्नासाथ रामसरीले रुद्रासँग टिप्पणी गरेकी थिई, रुद्राले बिट मारिदिई– ‘काका नि त ! उहाँको झन् के भा’को मति भन्नु त ? नातिनातिनासमेत त्यत्रा ठूल्ठूला भैसके । छ्या सुन्दा पनि ।’ Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : विपना नभई बाँचिदिने

~दिव्य खालिङ~Divya Khaling

विपना नभई बाँचिदिने मभित्रका मेरा सपना
म मरे पनि रहिदिने मेरा प्यारा प्यारा सपना

आँशुसितै पग्ली झर्ने हाँसोभित्रै खेलिरहने
प्रीत नपाई रोजी हिँड्ने ती अधूरा मेरा सपना Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : मैले एउटा कविता लेख्नुछ

~बिपिन शर्मा~

मैले एउटा कविता लेख्नुछ
विद्वानहरु भन्छन् पढ्नेले मात्र लेख्न सक्छ
म नयाँ र पुराना पत्रिकाका पाना पाना पल्टाउँछु
…………….पढ्छु-
आजको रात रंगिन बनाउनुस्
सफलताको प्रतिक…….धुम्रपान स्वास्थ्यको लागि हानिकारक छ
तपाई म र ब्यागपाइपर
मदिरा सेवन गरेर सवारी चलाउनु मृत्युलाई निम्त्याउनु हो
साहसीको एक मात्र चाहना
क्यान्सरको उपचार गराउँदा गराउँदै युवक बेखर्चि
—— रेष्टुरेण्ट एण्ड बार तपाईको सेवामा सदैव तत्पर Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : शान्ति प्रयास

~बिभोर बराल~

चारैतिर
आगो बलिरहेछ


काठमाडौँ नाम गरेको
शान्त टापुमा रहेको
मेरो सुरक्षित घर भित्र बसी
फुर्सतको समयमा
लेखिरहेछु Continue reading

Posted in कविता | Tagged | Leave a comment

Translated Poem : In the lightless gloom of murky dusk

~Chunky Shrestha~
Translated by Yuyutsu Sharma

The evening
city’s lights were blown off
wide roads of Kathmandu shrank
And trees, once proud, tall and erect
crumbled to the ground
trampling the criteria of conservation
concrete buildings cropped up
and historic tower of Dharahara
wore a crest-fallen look Continue reading

Posted in Translated Poem | Tagged , | Leave a comment

बिक्रम ज्ञवालीका चार हाइकु

~बिक्रम ज्ञवाली

खुला आकाश
उदाउदै छ सुर्य
लिएर आशा ।। (१)

रुदै छ बच्चा
भोको पेट लिएर
खोज्दो हो आमा ।। (२) Continue reading

Posted in हाइकु | Tagged | Leave a comment

रुजन न्यौपानेका आठ हाइकु

~रुजन न्यौपाने~

कुलेसो बग्यो
खालि पारेर पानी
अजुँली रित्तै ।

चोखो भो जल
चेपुवा बाट भेल
पिएर लाग्ने ।

रातको माया
नजर छेउ लाए
रोपिन्न बिउ । Continue reading

Posted in हाइकु | Leave a comment

मनोन्यास : झ्याल खोल्दा

~अनिल किराती~

केहि लेख्नु छ ।र तिमीले भन्यौ केहि लेख । नमान्नु पनि कसरी तिम्रो कुरा । लेख्न बसेको एक घन्टा सात मिनेट भयो ।

झ्याल खोले । चिसो पस्यो । पानी परी रहेको छ निरन्तर बिहान देखी नै । कुहिरो पनि हल्का छ । एयरपोर्ट मधुरो देखिन्छ झ्यालबाट । तल सडकमा दुइ बालक फुटेको फुटबल तोड्दै तोड्दै हिड्दै छ । निथ्रुक्क भिजेको पनि छ तीनिहरु । उताबाट ट्याक्टर आयो । खेत जस्तै बनाएको छ सडकलाई ट्याक्टरले । बालकहरु घरेलु लघु उधमीको कार्यालयको आङ्गनको डिलमा उभिए । ट्याक्टर गयो धुवा उडाउडै । पहेलो रङ्गको एउटा कुकुर दगुर्दै आयो ।बिजुलिको पोल सुङ्घियो अनि खुट्टा उचाल्यो । तुरुन्तै अगाडी पनि बढीहाल्यो । फापरको साग Continue reading

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

गजल : अधुरा भएछु

~ईशहाक हुसेन~

म त तस्वीर अधुरा भएछु
काम नलाग्ने कुरा भएछु

आमाकै काखमा लास जस्तो
म अभागी टुहुरा भएछु Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : जब पात हल्लियो

~मनोज न्यौपाने~manoj-neupane

हावा नै नचली जब पात हल्लियो
लाग्यो नदेखिने कुनै हात हल्लियो

खस्न थाले जब ताराहरु नभका
अँध्यारोको मुटुसँगै रात हल्लियो Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : न्यानो सलाम आएकोछ

~धर्मोगत शर्मा तूफान~

जिन्दगीको आज न्यानो सलाम आएकोछ
मेरो नाममा एउटा रातो खाम आएकोछ ।

अँध्यारोमा छामछुम गर्दै खोलेँ जब दैलो
दैलोमा धेरैपछि मेरो घाम आएको छ । Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : काटमार हेरेर रुन्छ पहाड

~दिव्य गिरी~Dibya Giri

भाइ भाइको काटमार हेरेर रुन्छ पहाड
बगेको त्यहि आँशुले आफनो घाउ धुन्छ पहाड ।

दिनभर गुराँस वनमा गोठालो जान्छ उ
रातभर बम र बारुद पड्केको सुन्छ पहाड । Continue reading

Posted in गजल | Tagged | Leave a comment

लिम्बू भाषी गजल : कोरोना

~दिल पाक्सावा~

कोरोनाङा चोगुए निताङ युङ्मा एखान्लो
तुङ् ताल, सुङ्मा लम्बे चिङमा एखान्लो

माक्सेन्ङा हुन् चासोमा माक्स्ङा मिरा तेप्मा
माङघा लाम्बा सेवा चोगी हुन् रङमा एखान्लो Continue reading

Posted in लिम्बू गजल | Tagged | Leave a comment

गजल : मात लाग्न सक्छ

~गोविन्दराज विनोदी~

समालेर राख यौवन मात लाग्न सक्छ
भुलभए दु:खै द:ख खात लाग्न सक्छ ।

आजभोलि भुइँटेक्न छाडेकाछन् खुट्टा
भयो भने अति यहाँ बात लाग्न सक्छ । Continue reading

Posted in गजल | Tagged | Leave a comment