कविता : साझा पृथ्वी

~सुयोग अनुप झा~

मान्छे बिर्सिसकेका रहेछन्
यो पृथ्वी त साझा घर हो
जति तिम्रो उति नै मेरो
जति मेरो उति नै हाम्रो

मनमा घमण्ड पलाइसकेको रहेछ
म सँग महल आलिसान छ
सुविधा सम्पन्न मोटरकार छ
घरमा काम गर्ने त‍ीन चार छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : पत्थर

~टि माया राइ~

पत्थरलाइ खोपेर
सिल्पी मुर्ती बनाउँछन
सिल्पीको स्पर्ष पाउनु अघी
त्यो एउटा ढुङ्गा नै त हुन्छ,
एक छेउ लडिराको त्यो ढुङ्गा
जब कल्पना साक्षात्कार हुन्छ त्यस्मा,
ती सिपालु हातहरुले Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : कवितामा नयाँ वर्ष

~श्रवणकुमार ढुंगना~

यसपालि
म आफ्ना कवितामा भएपनि
नयाँ वर्षलाई बोलाउन चाहन्छु
किनभने नयाँ वर्षको फूल फुल्ने मेरो आँगन
सरकारी सडकले बगाएको छ
मेरो बारी कंक्रिटका उन्नतिहरूले सेपिएको छ।

हुन त Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : यो बर्षको कामना

~अनिता (ढकाल) गौतम~

छन्द : शार्दुलविक्रीडित

नौलो बर्ष उमङ्ग भाव भरियोस् नेपाल हाँसिरहोस्
राखी मौलिकता समग्र घरमा भातृत्व फैलिरहोस्
उद्विग्नै पर होस् प्रसन्न वर होस् नेपाल बाँचीरहोस्
हाँस्दै लम्किरहोस् खुशी अझ बढोस् नेपाल चम्किरहोस् ।
१

चाँडो न्याय पुगोस् नेपाल भरमा आँसु सबैको सुकोस्
फाटेको मन यो सिएर अव ता खाटा सबैको लुकोस् Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

मैथिली कविता : प्रमेक गंगा बहे अँगना

~सुधा मिश्र~

प्रमेक गंगा बहे अँगना
शिर पर शोभे ताज गहना
दिर्धायू स्वस्थ चिंरजिवी रही
नव वर्षके अछि शुभकामना

खन्कबैत हाथक कंगना
गबैत मधुर वन्दना Continue reading →

Posted in मैथिली कविता | Tagged | Leave a comment

छन्द कविता : कोरोना र दम्भ

~रमेश भट्टराई ‘सहृदयी’~

छन्द : शार्दुलविक्रीडित

लोभै हो मनको र दम्भ तनको बोकेर हिँड्छौ कति
आए ती र गए सबै जन यहाँ छोडेर त्यो सम्पति
आयो सङ्कट लौ भयङ्कर यहाँ बाँच्नै छ ठूलो कुरा
दाह्रा धस्न सिपालु राहत सबै चाल्छन् अनौठा छुरा । १ ।

सीमा पार गुहार गर्छ जनता आशा भरोसा गरी ।
माटाको ममता बुझेर उसले पोख्दै छ त्यो जीवनी Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : निजीकरण सहितको समाजवाद

~आविष्कार कला~

एउटै सरहद भित्रका
जेठाहरु, कालेहरु
माईलीहरु,चमेलीहरु
उमेर बढ्दै जादा
बहादुरसिंह र कुमारी बन्छन् ।।

हुत्याउछ हिमालको हावा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ वर्षको शुभकामना

~शिव चालिसे ‘प्रभात’~

(१)
दुःखको विच्छाउना विछ्यार
अभावको सिरक अाेडी
सुतिरहेको मेराे प्याराे गाउँ
दुःखले गरिबी
गरिबीले अभाव
अभावले राेग व्यादी
दिनहुँ जन्माई रहेकाछन् ,
अाधुनिक युगकाे
र
विकासकाे नाममा, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : आयो बूढो नव वर्ष

~मनु ब्राजाकी~Manu Brajaki

रुन्चे हाँसो हाँस्दै आयो बूढो नव वर्ष
सधैँ रुनेलाई कुनै बिस्मात न हर्ष

घाउजस्तै फुल्न थाले वसन्तमा फूल
मखमली पात पनि सिस्नोको स्पर्श Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : धुवाँको फोका

~कणाद महर्षि~

म मान्छे ! मलाई मान्छेको गन्ध मन पर्छ

मान्छे बलेको पनि मन पर्छ, चितामा । हुन पनि हो, मान्छे जल्दाको गन्ध बेग्लै हुन्छ, त्यो गन्धको तुलना, मेरो सोचाइमा अरू कुनै पनि जीवको मासु पोल्दा पनि हुन सक्दैन । त्यसैले म–

त्यसैले म आमाले पख ! पख !! भन्दा भन्दै पनि नटेरी आएँ ।

हाम्रो गाउँकी एउटी बूढीको लास अगिअगि छ, उसका दुई छोरा एक छोरी जिउँदै छन् । छिमेककी बूढी हुँदी उसका शुभचिन्तकहरू अहिले मलामी भेषमा निन्याउरो कवाज खेल्दै पछिपछि छन् । मसानतिर प्रस्थान Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

बाल कथा : ताल्चावाला झोला

~नेत्र तामाङ~

मनसरा र धनसराले स्कुलबाट फर्केपछि पिढींमा बसेर खाजा खाए । आमाले दुबैका लागि सानो डोको, नाम्लो र हसियाँ तयार पारिन् ।

‘लु है, दुबैजना आओ, घाँस त आज अलि धेरै ल्याउनुपर्छ’ आमा आँगनमा पुगिन् ।

‘म त जान्नँ के, ताल्चावाला झोला नकिने जाँदैजान्न’, मनसरा ठुस्किइन् । Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

गीत : चौतारीमा भेट भयो

~सीता अर्याल~Sita Aryal

अनायासै तिमीसँग चौतारीमा भेट भयो
आँखा आँखा बात गरे मायाँ प्रिती सेट भयो

भाग्य हो की संयोग हो ठम्याउनै गाह्रो भयो
त्यहि भेटले हामीलाई छुटाउनै साह्रो भयो Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : चरी र बाजेको संवाद

~राजेश्वर देवकोटा ~

चरी, तैंले मेरो बाली सखाप पारिस्
जुन फल पाक्छ त्यो तँ नै खाइदिन्छेस्
अनि बूढो मान्छे म के खाउँ ?
मलाई शाकाहारी जानी तैंले धेरै हेपिस् ।
बाजे, तिमीले भकारीभरि थन्क्याउन जान्यौ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : जुग यसरी बदलिरहेछ

~प्रवीण राई जुमेली~

खरले छाएको झोपडी थियो
भोटेबार थियो छेकनी
लहरै भुईंमा सुतिन्थ्यो

कालान्तरमा त्यो झोपडी भत्काइयो
कोठै-कोठा भएको घर बनियो
झोपडीमा सुत्दा बाँटिने गफहरु
नयाँ कोठाहरुमा थुनिए Continue reading →

Posted in कविता | Tagged | Leave a comment

हास्य-व्यङ्ग्य निबन्ध : भूतसभाको सन्त्रास

~कृष्ण उफान~

बाल्यकालमा आमा बुबाले,आफन्तजनले आफ्ञ्ना नानीहरूलाई फकाउन, डर देखाउन भूत आयो भूत आयो भन्दै तर्साउने गर्दथे ।रोएर हैरान पारेमा तै चुप लाग्छन् कि भनेर हाउगुजीले खान्छ भनेर तर्साउनु हुन्थ्यो । त्यसको असर जिन्दगीभर पर्दोरहेछ । अहिले पनि भूतको कुरा गर्दाँ आङ सिरिङ्ग हुन्छ । डरले सातोपुत्लो जान्छ । लुगलुग काँप्न थाल्दछु । होसहवास सबै उडेर चेतनशून्य हुन्छु । रातको समयमा भूतहरूको चलखेल हुन्छ भन्ने कुरा त जोसुकैलाई पनि अवगत भएकै कुरा हो । मध्यरातमा उनीहरू खुब रमाउदै यताउति हिड्छन् । दिनचरहरू रातमा हिडडुल गरेमा उनीहरूले सिकार बनाउछन् रे। त्यसो भनेपछि त झन् डर लाग्छ मलाई त । आफ्नो ज्यानको माया त लागिहानछ नि । बाँचे संसारमा यी दुई टोड्.का आँखाले अनेक कुराहरू देख्न पाइन्छ । यी दुलो परेको दुई कानले अनेक Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

संस्मरण : सिद्धिचरणजीको न्यानो ओभरकोट

~लैनसिंह वाङ्देल~

सन् १९५१ को अप्रिल महिना । कलकत्ताबाट म ‘प्रभात’ नामको मासिक पत्रिका निकाल्ने तयारीमा थिएँ । ‘प्रभात’मा प्रकाशन गर्न एउटा कविता पठाउन मैले कवि सिद्धिचरण श्रेष्ठलाई चिठी लेखेको थिएँ । उनले मेरो अनुरोध सहृदयताका साथ स्विकारे र ‘प्रभात’ शीर्षकमै एउटा कविता पठाए । उनले आफ्नो शुभकामना र आशीर्वादसहित त्यो कविता पठाएका थिए । उनको त्यो कविताले मलाई निकै खुसी र उत्साहित बनाएको थियो, किनभने उनी मेरा प्रिय कवि थिए । ‘प्रभात’का निम्ति उनको आशीर्वाद समयमै प्राप्त भयो र कवितामा उनले यसप्रकार आफ्नो भावना व्यक्त गरेका थिएः

‘प्रभात रे, प्रभात रे, नवीन ज्योति खुल्छ रे,शताब्दीदेखि मुर्छित, अचेतन प्राण उठ्छ रे ।’ Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

समीक्षा : वी.पी. कोइराला र फ्रायडको अस्तित्ववाद

~कमला सरुप~

वी.पी. कोइरालाको साहित्यको विशेषता भनेको मानवीय प्रकृतिको दुःखान्त चेतना, भावविम्वको उपस्थापना र यौनगत अनुभूति हो । उनको साहित्यमा स्वच्छन्दतावाद, विसड.गतिवाद र दार्शनिकताको प्रमुखता रहन्छ । तसर्थ यहाँ स्पष्ट के भन्न सकिन्छ भने वी.पी. कोइरालाको साहित्यले स्वतन्त्रताको वकालत गरेको छ, प्रेम र मानवीय सम्बन्ध वीचको जीवन्ततालाई स्वीकारेको छ र मानव पीडालाई सहजता प्रदान गरेको छ । हुनत वी.पी.को सुम्निमा पढ्दै जाँदा अमेरिकी लेखिका सुसन विगसको वहुचर्चित उपन्यास व्रिमर रोजमा देखिएको यौन मनोविश्लेषणको विषयमाथि केन्द्रित Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

कथा : ऊ पर्खिरही

~लोकेन्द्रबहादुर चन्द~

“तिमीलाई पराई हातमा सुम्पिसकेका छौं छोरी ! अब हामी के पो गर्न सक्छौं र ? जसका खट्टा धोई शिर चढायौं उससँग कचकच गर्न, झगडा गर्न अथवा मुद्दा खेल्न हामीहरूलाई सुहाउँदैन । हो, तिमीलाई खान-लाउन दुःख हुन्छ भने निर्धक्क भएर भन्ने गर्नू, वर्षको एक-दुई छाल लुगा र चार-पाँच सय दामका लागि धन्दा नमान्नू !” कान्छी आमाले भनेकी थिइन् । नगिचै चिया पिइरहेका कान्छा बा पनि सबै कुरा कान थापी सुनिरहेका थिए र भनेका पनि थिए- “छोरी, यो तिम्रो व्यक्तिगत मामिला हो । हामीहरूले बाहिरबाट हस्तक्षेप गर्दा कुरो झन् बिग्रेला । ‘लोग्ने-स्वास्नीको झगडा परालको आगो’ भन्ने त उखान नै छ । बिस्तारै परिस्थिति मिलाउँदै गर, सब ठीक भइहाल्ला ।” Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : फरक म

~कुश सुनुवार~

उस्ले भाेगेकाे म
अनि मैले भाेगेकाे म
आकास र पातलकाे फरक छ।
उ झाङ्गिएकाे म
म नाङ्गिएकाे म
म त म नै हाे याे सानाे फरक छ।
ऊ हजुर वाला म Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : कोरोना

~हेम जङ्ग कार्की~

विश्वमा हात हतियारको होड, चलिरहेको वेला ।
ठुलाठुला आणवीक र क्षेप्यास्त्र, अव नपार्नु भेला
कोहौ तिमी कस्तो छ रुप तिम्रो, विश्व भरी नै उड्यौ ।
शस्त्र अस्त्र नै यो ठुलो मान्नेलाई, शिक्षा गतिलो दियौ ।

मान्छे ती छिचिमिरा भै छचन्नाई, हिडेका थिय यहाँ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : काल गति

~दिपेन्द्र सिंखडा~

छन्द : शार्दुलविक्रीडित

ओर्लंदा धर्तीमा रोयाँ बाल: च्याँ च्याँ, देखेर काल: याँहा
हाँसी हाँसी धाई लिन्थीन हातमा, मुस्कुराँउथिन् आमा
जन्मदै काल: त्यो ढुकेर बसेको, दैलोमै थ्यो घरको
पठाँउन्न कृष्णै पनि नर याँहा, उपार्जन बिनाको ।।१।।

भौतिकऐश्वर्य र दम्भ शक्तिको, छोड होडै पनि यो Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : पीपीई बिना

~राकेश कार्की~

सिसाको उता पट्टी उनी
सिसाको यतापट्टि ऊ
हात बढाएर त्यही छेको छुनु परेको छ
फेरि साबुन पानीले हात धुनु परेको छ

बिरामी भए श्रीमान् बिरानो देशमा
फर्किन सकिनन् श्रीमती छोरो साथमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

तियाली : अस्तित्व

~नरेश गिरी राजा~

जब मया , प्रेम , मन , मुटु साट्नु ठेश भो ।
तब जुन तारा टाडा बसेकै बेस भो ।
र त दुनीयामा अस्तित्तव दुबैको शेष भो ।।

Posted in तियाली | Tagged , | Leave a comment

लघुकथा : बिकास

~बालकृष्ण गजुरेल~

साधुराम शहरको बासिन्दा हुन् । अधिकृतमा जागिर खाए । अाजकाल पेन्सन पकाएर बसेका छन् । बुढेसकालमा भेटघाटमा जमेका छन् ।

…
उनले काठमाण्डुको मुटुमा घर बनाए । घर घँडेरीहरु जोडे । लक्ष्मीले राम्रो साथ दिइन् । के चाहियो र ? खोजेकै मिल्यो । छोरा छोरीहरु राम्र‌‌ै पढाए । अाफ्नो जीन्दगी खुशियालीमा बिताए। Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : त्यो जून अनि त्यो घाम

~पूर्ण राई~

किशोरी वसन्तको आगमनको मृदुल आभास दिंदै, चैते हुरीको उग्रतालाई सम्हाल्दै फक्रन थालेका वर, काब्रा र आरूका ती ङ्याल्डुङ पालुवाहरू वैशाखको सुरुआतसँगसँगै केही फक्रिएका, केही मौलाएका छन्। जागरूकता, मृदुलता, उष्णताको स्पर्श दिने पालुवा डांडाहरू, चिलाउने पाखा र माथि – माथिका जङ्गलबीच कोइली बास्न सुरु भइसकेको यो क्षणलाई तुवाँलोको धूमिल, पारदर्शी तप्कोभित्र लपेटिएर हल्का छरिएका ती पर – परका उदास – उदास पाखाहरू, माथि आकाश र गाउँ – बस्तीहरू – अहो! यहाँ यसरी नै, यहीं नै यिनीहरूमाझमै आफू आत्मसात हुँदा सांच्चै तिम्रा यी, यस्ता वाक्यहरू पनि प्रेरणा भएर आउँछन् – Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : सपना छरेको छु

~बसन्त चौधरी~

आधा उमेर आफ्नो सपना छरेको छु
कुन्नि कति फलेको छु, कति झरेको छु

त्यसो त जीवन यात्रा मरुभूमि झैँ थियो
सपनामा चाहिँ धेरै, खोला तरेको छु Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गीत : आँखा भरी तिम्रो तस्वीर

~अम्बर गुरुङ~

आँखा भरी तिम्रो तस्वीर, छाती भरी गीत
कुनै आवेश होइन मेरो, यति दामी प्रीत

मनितो र मान होइन, कुनै इम्तिहान होइन
साहाराको हात नखोज, योत खोजी पनि होइन Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : आँसु

~गोपालप्रसाद रिमाल~

नभन प्रिया ! यिनलाई पिन्चे आँसुकण
यही मेरो युगयुगको सञ्चित धन
होइनन् यी प्रिय ! विवशताका चिह्न
नैराश्यमा आँसु सुक्छन्, म त उत्साही अविच्छिन्न
१

म मानव, मानवताको छ सीमा ममाथि Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : सहारा केही हुन्

~बिपिन शर्मा~

जीउनलाई जिन्दगी यो, सहारा केही हुन्
गन्न मलाई आकाशमा तारा केही हुन्

हराएझैं लाग्छु म अन्योलमा कतै
चल्न मलाई यहाँ इशारा केही हुन् Continue reading →

Posted in गजल | Tagged | Leave a comment

अनिता भण्डारी पौडेलका बीस हाइकु

~अनिता भण्डारी पौडेल~

१. अन्तिम सास
कस्तो मृगतृष्णा
तिम्रो प्रेमको

२. अपुरो माया ,
निस्सासिएको प्रेम
तड्पेको मन

३. कुण्ठित मन
संकुचित भावना
अदृश्य सोच Continue reading →

Posted in हाइकु | Tagged | Leave a comment

रमण पनेरुका तीन तियाली

~रमण पनेरु~

१
माया गर्ने चैँ मेराे मन
न तन-बदन न धन
मिल्छ कसरी लाै तै भन !

२ Continue reading →

Posted in तियाली | Tagged , | Leave a comment

कवि लिम्वु ‘आँशु’का पाँच हाइकु

~कवि लिम्वु ‘आँशु’~

हर्ष विस्मात
केवल आँसु दियो
वैगुनी माया

लागेन घाम
आक्रोश भै वादल
रोई रहयो Continue reading →

Posted in हाइकु | Tagged | 1 Comment