संस्कार परिचय : मुम्प्रा : थामी जातिको मृत्‍यु संस्कार

~बिरबहादुर थामी ‘लिले’~

थामी जातीको मृत्यु सँस्कार एक बिषेस महत्वको छ । परम्परा अनुसार थामीको लास डाँडामा लगेर पोल्ने र गाड्ने चलन छ । लाश पोल्ने र गाड्ने निश्चित ठाँउ हुन्छ । यसलाई मोशान डन्डि भनिन्छ । मृत्यु सँस्कार आफ्नै जातीको गुरु (झाकृ) द्धारा गरिन्छ थामी जातीको कुनै पनि काज कृया गर्नको लागी गुरुको ठुलो भुमिका रहेको हुन्छ । थामीको मृत्यु भय पछि गुरुलाइ बोलाइन्छ । गुरु आएपछि मृतकलाइ घर बाहिर राखीन्छ र मेर्काङ् बजाइन्छ मृत लाशको लागी लाश नापेर माराЄसेЄ (बाघको हड्डी) ल्याउँछन् । कोही घर भित्र मृतकको लागी एक माना चामलको भात नचलाई पकाउँछन् । यो ठिक एक मानाको हुन्छ । यसलाईकापुतेको इसा भनिन्छ । Continue reading

Posted in संस्कार - संस्कृति परिचय | Tagged | Leave a comment

गजल : म त हाँस्न पुगेछु

~नेत्रबहादुर श्रेष्ठ ‘बिवस’~

आँशुको सागरमा डुबेर पनि म त हाँस्न पुगेछु
छाती भरी चोट बोकेर पनि म त बाच्न पुगेछु ।

मनको व्याथा भन्न खोज्दा सुन्ने कोही पाईन
आखिर मर्न खोज्दा यो जीन्दगी किन बाँच्न पुगेछु Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : भ्रष्टचारमा नाम आयो

~श्रीबाबु कार्की ‘उदास’~Shreebabu Karki 'Udas'

उद्घाटन भन्दा पनि भ्रष्टचारमा नाम आयो
त्यसैले त अख्यितायरको बडालामो खाम आयो ।।

सबै कुरा ठीकै थियो केबल भुडी बढेको हो
सुत्केरीको भत्ता खाँदा अति धेरै दाम आयो ।। Continue reading

Posted in गजल | Tagged | Leave a comment

गीत : तिमी बिनाको जिन्दगी

~सम्झना लामा~

तिमी बिना यो जिन्दगीको न कुनै सार भो
आशा सारा निराश भए चारैतिर अन्धकार भो

बाटो हेरी बसेकी छु फर्की आउछ्यौं भनी
कति बसौं अब मैले सधैं निराश बनी Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : नारीको आवाज

~सपना श्रेष्ठ~

नारीलाई घरभित्रको चुलो चौको गर्ने साधन मात्र नसम्झ ऊ पनि
आफ्नो देशको लागि केही गर्न सक्छे नारीलाई बेहुली भएर पराइघर
जाने मात्र नसम्झ ऊ पनि देश चलाउन सक्छे नारीलाई केवल
सन्तान जन्माउने यन्त्र मात्र नसम्झ ऊ पनि राष्ट्रको लागि बलिदान Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमीलाई सम्झिरहनेछु

~उपेक्षा श्रेष्ठ श्रेया~

धमिला साँझहरु
पटयारलाग्दा दिनहरु
तिमिले थपिदिएका घटनाक्रमहरु
हरेक एकान्त
हरेक साँझ
सम्झिरहनेछु ।
तिम्रो चन्चले मन Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : के भो जिन्दगी

~आबेश~

के भो जिन्दगी
भावना बुझ्न पाइएन
के भो जिन्दगी
तृष्णा मेरो मेटाउन सकिएन ।

के भो जिन्दगी
आशुँ झारेर म रोइन
के भो जिन्दगी
मुस्कान छरेर म हाँसिन । Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : जुनहरुको माझमा

~सञ्जिव खड्का~

रातभरी कल्पी बस्छु जुनहरुको माझमा
कस्तो होला त्यो दिनहुँदा तिम्रो साथमा ।

रातभरी कल्पी बस्छु जुनहरुको माझमा
कस्तो होला त्यो दिनहुँदा तिम्रो साथमा । Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

नेवारी गीत : द्धाल्खा मे

~भानु श्रेष्ठ~

उ द्धाल्खा छिजि खेङ, उ बस्ती छिजि खेङ
उ गाउ छिजि खेङ, उ देश छिजि खेङ
भीमेश्वर न वियनतय, उ भाषा छिजिखेङ

कुमारी व ट्वाकल प्याखन छिजि सम्पती खेङ Continue reading

Posted in नेवारी गीत | Tagged | Leave a comment

कविता : मेरो जन्मभूमि दोलखाको सम्झनामा

~हिरा तिमिल्सना~

अखण्डताको परिचय दिने यी मेरा शब्दहरु
सायद परिवेशमा गएर अड्किनेछन् ।
परिस्थतीमा रुमल्लिएका यी मेरा वाक्यहरु पूर्णविरामको
खोजीमा भौतारिरहेछन् , दोलखा को शब्द बोकेर

स्प्नसिलमा रमाउने यी परिवेश त्यसैले हो यो अर्थहिन
प्रकृतिमा जगमगाउने यी परिकल्पनाहरु स्वप्न को उदाहरणीत छन् । Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो नयाँसडक

~ओशिला~

बर्दली सम्म उक्लिएको कुहिरे बिहानी
दोकानदारले बेच्न राखेको कुनै स्वादिलो पुष्टकारी झैं
मेरो नयाँसडक ।

हेर्ने आँखाहरुको लागि, Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : भानुभक्त बाँचेको भए …

~डीग बहादुर तामाङ्ग~

यदि आज भानुभक्त बाँचेको भए
भानुभक्तजीले हामीलाई सोध्नु हुन्थ्यो ।
किन गछौं आलोचना गाउँ फर्केकोमा
यदि तिमी त्यसको प्रयोगशालमा बाँच्छौ भने ।
किन गछौं विरोध पञ्चायतको
यदि तिमी त्यसको दासी बन्छौं भने ।
निर्दलीय गए कागजमा, बहुदल आए कागजमा Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : दिनको मृत्युपछि

~अनिलचन्द्र श्रेष्ठ~

जव दिनको मृत्यु हुन थाल्दछ
मानव वस्तीभित्रको एकान्तमा
एकाएक कोलाहल र्कर्कस
अनि
मृत्यु उस्सवमा रमाउनेहरुको वथान हा……..हा र हु..हु
गर्दे छिर्न थाल्छन्

देहात त्यसमाथि अज्ञानताका Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : फेरी भेट्न आउँला नी म

~शंकरहरि खालिङ्ग राई~

यस्तै यस्तै माया पाए, फेरी भेट्न आउँला नी म ।
प्रतिगामीको गला रेट्न, तिमी सँगै जाउँलानी म ।

तिर्खा लाग्यो भनि रह्यौ, लागी रहोस तिर्खै–तिर्खा
अन्यायले सिमा नाघे, जंगलवाटै धाउला नी म । Continue reading

Posted in गजल | Tagged | Leave a comment

मनोन्यास : जलेको हृदयमा फूलेको प्रेम

~हस्त गौतम “मृदुल”~

आदरणीय मित्र गीताजी,

मेरो नमस्कार। तपाइको परम कुशलतालाई म आफनो कुशलता ठान्दछु। तपाइलाई पहिलोपल्ट यो पत्र लेख्दै छु। मलाई थाहा छ अब यो पत्र हेर्ने चासोमा कमी आई सकेको छ ’cause मेरा जीवनका अक्षरहरु निकै गरिब भइसके। यो पुँजीवादी समयमा यस्ता दरिद्र अक्षरको केही अर्थ छैन। यी निरही र अभागी अक्षर पढ्ने तपाईका कोमल नयनहरुमा परिवर्तनको झलक आइसक्यो। तपाईका नजर खानदानी अक्षरतिर आर्कषित भइसके। मात्र, आजसम्म मेरो उर्त्सग प्रेम र विर्सन नसकिने विगतका ती दिब्य यादहरुले गर्दा अन्तिम पत्र लेख्न विवस् छु। Continue reading

Posted in पत्र साहित्य, मनोवाद / स्वगत | Tagged , , | Leave a comment

कविता : महत्व

~आचार्य प्रभा~

तिमी सूर्य
प्रत्येक बिहान उदाउनु अनी
हर साँझ अस्ताउनु तिम्रो
दैनिकी हो
तिम्रो नियम हो
तिम्रो स्वधर्म हो
धर्तिको साथ चाहदाचाहदै पनि Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : लर्के र निरुको

~आनन्द पौड्याल~

नेपाल राज्यको कुनै प्रदेशको कुनै एउटा गाउँमा पाँचजनाको परिवार छ । त्यो परिवारका सदस्यहरुमा बाबु लर्के, आमा निरु, जेठो छोरा सुरे, कान्छो छोरा सम्फे र एक छोरी चमेली वस्दछन् । पाँच जनाको सो परिवार आर्थिकरुपले निम्न वर्गीय परिवार हो । परिवारको सम्पत्तिको नाममा दुई तीनवटा भिराला बारीका पाटाहरु छन् । दुई तीन मुरी धान फल्ने टारी खेत पनि छ । गोठमा दुईवटा भैँसी र छ वटा गाई गोरु छन् । लर्के अति नै परिश्रमी छ । लर्केले विदेशमा नोकरी गर्छ । तर, लर्केको हौडे खालको स्वभाव पनि छ । बोलीमा सत्यताको निखार पाइँदैन लर्केमा । समाजमा लर्केको भन्दा निरुको बोली विक्ने गर्दछ । लर्केको बोली क्षण क्षणमा परिवर्तन हुन्छ । अति नै महत्वाकांक्षी र घमण्ड गर्ने बानी छ लर्केको ।समाजका अधिकांश मान्छेले लर्केले भनेको कुरा पत्याउँदैनन् । नैतिकतामा पनि लर्के केही Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सङ्क्रमित मन

~लक्ष्मी गाइजू~Laxmi Gaiju

चारैतिर मेरै खोजी भइरहेको थियो । रेडियो, टेलिभिजन, अनलाइन समाचारहरूबाट मेरै बारेमा बोलिरहेका थिए, खोजिरहेका थिए, । मानौँ म कुनै आतङ्कारी हुँ । बाहिर पुलिस बुट बजाउँदै आएका थिए । तिनीहरू पनि मेरै खोजीमा थिए ।

“म कुनै चोर हुँ ?” आफँैलाई प्रश्न गर्छु । “म कुनै हत्यारा हुँ या आतङ्ककारी हुँ ?”

आफ्नै मन चिच्याउँछ र मनैले जवाफ दिन्छ, “होइन” । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

छन्द कविता : छाडेर गाउँ सब पो गुमाएँ

~डा.मेघराज ढकाल~

छन्द: उपजाति

छन्दैहरूमा उपजाति यौटा
ती इन्द्रवज्रा र उपेन्द्रवज्रा
मिलाइ लेख्दा सहजै यो फुर्छ
मिठास पढ्दा मनभित्र पर्छ ।

साहित्य संसारभरै त चल्छ Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कथा : लकडाउनमा न्याय !

~दिपक अभिमन्यू~

जय बिक्रमको मुद्धामा सर्बोच्चले अन्तिम फेसला सुनायो । शुरु अदालतले गरेको ५ बर्ष कैद बिगो बराबरको जरीवाना र दाबी बमोजिमको बिगो भराउने गरि गरेको शुरु  फैसलामा आँशिक उल्टी गरेर एक बर्ष मात्र कैद र रु ५०००००। अक्षेरुपी पाँच लाख जरीवाना र बिगोको हकमा लिए खाएको मिसील संलग्न प्रमाणबाट नदेखिदा बिगो भराउने गरि गरेको हदसम्म फैसला उल्टी हुन्छ बिगो दाबी पुग्न नसक्ने ठहर्छ । यसरी फैसला भएपछि उनी आफुलाई सम्मानित सर्बोच्च अदालतको शरणमा सुम्पिए । अदालतले उनलाई न्याय दियो दिएन त्यो त फैसला विश्लेषण कै पाटो भयो तर जय बिक्रमका लागि निर्णय भने दियो । उनी अदालतको निर्णय कार्यान्वयनका लागि अदालत त गए तर उनको Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कोरोना त्रासद

~जीतबहादुर कटुवाल~

आज लक डाउन भएको तेह्रौ दिन । घरमै क्वारेन्टाइन सरहको बसाइ छ । बिहान र बेलुका समान्य घरायसी काम गरेर समय बित्दैछ । दिउँसो र राती टिभी र रेडियोमा समाचार हे¥यो ,सुन्यो । अनलाइन समाचार पढ्यो ,पुस्तक पढ्यो । साथीहरुसँग फोनमा कुरा गरेर विचार आदान प्रदान ग¥यो । अनि बीचबीचमा फेसबुक खोलेर गाउँघर देश दुनिया नियाल्यो । नियमित कार्यतालिका नै बनेको छ ।

बिहानभरिको दैनन्दिन कार्यमा परिवारजनलाई सघाएँ । बिहानको खानापश्चात पलङमा पलेँटी कसेर बसेँ । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : अन्तिम मौका

~यकिना अगाध~

सर्पले भ्यागुतोको आधी जीउ निलिसकेको थियो ।

अब कसैगरी आफू बाँच्न सकिन्न भन्ने भ्यागुतोलाई थाहा थियो । यसकारण सबैसँग विदाई माग्दै ऊ कारुणिक स्वर निकाले क्याँक क्याँक रोईरहेको थियो ।

त्यो दर्दनाक समयमा एउटा फटिङग्रो उच्छिटिएर भ्यागुतोको मुख छेउमा पछारिन आईपुग्यो । भ्यागुतोले Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लिम्बू भाषी गजल : लोक्मा आधाबिधालिक्

~दिल पाक्सावा~

पिचाक् पिचाक् पिम्मा लोक्मा आधाबिधालिक्
मक्थाआङ् चामाइ माहाङ् सोक्मा आधाबिधालिक्

चुक्पा चुक्पा ता?जेङ्अ हेप्मार लोक्माआङ्
मेल्लुङ् मेन्ने आखी तोक्मा आधाबिधालिक् Continue reading

Posted in लिम्बू गजल | Tagged | Leave a comment

समीक्षा : नरेन्द्रकुमार नगरकोटीको ‘सन्नाटाको लय’ कविता

~शेखरकुमार श्रेष्ठ~

१. विषयपरिचय

नरेन्द्रकुमार नगरकोटी (जन्म : २०४१) नेपाली साहित्यको कविता विधाको उदयमानकवि हुन् । काभ्रे जिल्लाको पनौती–१ मा जन्मिएका नगरकोटीको सन्नाटाको लय कवितासङ्ग्रह २०७६ भाद्र महिनामा प्रकाशित कवितासङ्ग्रह हो । यस कवितासङ्ग्रहमा आवरणसमेत गणना गर्दा ९२ पृष्ठ रहेको छ जसमध्ये अग्रभागमा आवरणबाहेक ६ पृष्ठको छ भने कविता ८१ पृष्ठमा लेखिएको छ । यस सङ्ग्रहको आवरण पृष्ठमा निलो रङलाई कालोले ढाकिएको चित्र छ । निलो शान्तिको प्रतीक हो भने कालो भय, अन्धकार, अशान्ति र विद्रोहको प्रतीक हो । यस आवरण कलालाई हेर्दा शान्तिलाई अशान्ति, अन्धकार वा भयले Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

कथा : आत्मिय साथिको अनुत्तरित प्रश्न

~आदर्श प्रधान~

कहाँबाट शुरु गरु अनि सम्बोधन नै के गरु अह मलाई थाहा छैन उसको बारेमा भन्नको लागी सायद यहाँ कोरीएका शब्दले मेरो मनको शब्दसग भिडन्त गर्न सक्दैन भनौ हार खानु पर्छ वा यस्ता शव्दहरुमा मात्र सिमीत छैन । त्यसैले त मलाई थाहा छैन । जवदेखि उसगको भेटमा जतिपनि कुराकानि गरे त्यस्ता कुराकानिको माहोलले आज अनायसै मलाई विसौ बर्ष पुरानो परीचित मित्रताको जस्तै आभाष भएको छ । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : यथार्थ

~लक्ष्मण ओझा~

रामे एउटा गरीब केटो हो ता पनि उसको पढ्ने चाहनालाई वुवा आमाले नकार्न सक्दैनन् । वुवा आमाले उसलाई ऋण गरेर अनेक दःुख कष्ट परि समस्या खपेर अनि उसलाई काठमाण्डांै वातावरणसंग उ त्यति परिचित हुदैन । उसको संगत विस्तारै गाजा रक्सी जाड खाने तास खेल्ने केटिहरुलाई डुलाएर हिड्ने फिल्म हेर्ने संग हुन्छ । उसले समय वितेको पत्तै पाउदैन । उसलाई लाग्छ जीवन भनेको केहि होइन । Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

मैथिली मुक्तक : नव साल

~सुधा मिश्र~

भौतिक दुरी बढाक समाजिक दुरी घटायल
स्वर्ग होइत छै अपन गाम दिव्य पाठ पढायल
लकडाउन सँ भरिरहल Continue reading

Posted in मैथिली मुक्तक | Tagged | Leave a comment

अनूदित कथा : फाँसी

~जर्ज ओर्वेल~
अनुवाद: महेश पौड्याल

कुरा बर्माको हो। बिहानको समय थियो, वर्षातको सिमसिमे पानीले हल्का भिजेको। कारागारका अग्ला पर्खालहरूमाथि खसेको घामको मधुरो प्रकाश जस्ताको पातलो, पहेँलो परतजस्तो देखिन्थ्यो। हामी त्यस श्रापित कालकोठरीको बाहिरपट्टि प्रतीक्षारत थियौँ। दुई लहर बार लगाएका कोठरीबाहिर लहरै खडा भएका थिए केही झुपडीहरू, जनावर राख्ने साना पिँजडाजस्तै। प्रत्येक कोठरीको लम्बाइ दस फिट र चौडाइ दस फिटजति थियो र भित्रपट्टि एउटा तख्ताको खाट र पिउने पानीको एक पात्रबाहेक अरू केही पनि थिएन। तीमध्ये केहीभित्र फुस्रा मानिसहरू टुक्रुक्क परेर शान्त बसेका देखिन्थे भित्री बारभित्र, जिउभरि कम्बल ओढेर। यी ती अभियुक्तहरू थिए, जो आगामी एक वा दुई हप्ताभित्र दिइने Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

कविता : रानी पोखरी

~प्रेम राई परिक्षित~

घण्टाघरका
सुमधुर घण्टिहरुले
रानीपोखरी ब्युझाईरहन्थ्यो
स्निग्ध तरङ्गहरुमा डल्फिन झैं
घन्टिका तालहरुमा
रङ्गिन माछाहरु लोक भाकामा
गरिरहन्थे कला प्रदर्शन

छेवैमा त्रीचन्द्र कलेज Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : करोना सन्देश

~शोभा गुरुङ्ग~

जन्मिएर वुहानमा गर्दैछ यात्रा बिश्वभरिको
सर्बत्र फैलिएकोछ महामारी कोरोनाको ।

घरभित्रै बसौ, भिडभाडमा नजानु है
संकमणको त्रास झनझन बढ्दैछ कोरोनाको ।

मास्क लगायौ, हाछ्यु गर्दा रुमालले मुख छोपौ Continue reading

Posted in कविता | Tagged | Leave a comment

Essay : A letter to Homo sapiens

~Saguna Shah~

Yours is the weaker sex, please realize:
It is the beard, in which all power lies,
And though there are two portions of mankind,
Those portions are not equal, you will find:
One half commands, the other must obey;
The second serves the first in every way.
– Molière: “The School for Wives,” 1663

Hello Homo sapiens, Continue reading

Posted in Essay, पत्र साहित्य | Tagged , | Leave a comment

Essay : Diamond Shumsher : A Doyen of Nepali Literature

~Sarad Pradhan~

Do you know the rise and fall of the Rana Regime? This question brings together fact and friction in a very vivid style in Seto Bagh, a legendary historical novel based on the rise of Rana Regime in Nepal. It shapes the narrator’s search for the connection for the recovery of lost information or repressed experience for the details of great trauma or joy that have receded in the archives of public or private memory. And, the narrator of this family profile is no other than the member of the same family which ruled Nepal for 104 years- Diamond Shumsher Rana, the doyen of Nepali literary circle. Continue reading

Posted in Essay | Tagged | Leave a comment