Tag Archives: Narendra Kumar Nagarkoti

समीक्षा : नरेन्द्रकुमार नगरकोटीको ‘सन्नाटाको लय’ कविता

~शेखरकुमार श्रेष्ठ~ १. विषयपरिचय नरेन्द्रकुमार नगरकोटी (जन्म : २०४१) नेपाली साहित्यको कविता विधाको उदयमानकवि हुन् । काभ्रे जिल्लाको पनौती–१ मा जन्मिएका नगरकोटीको सन्नाटाको लय कवितासङ्ग्रह २०७६ भाद्र महिनामा प्रकाशित कवितासङ्ग्रह हो । यस कवितासङ्ग्रहमा आवरणसमेत गणना गर्दा ९२ पृष्ठ रहेको … Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

कविता : रापिलो कविता

~नरेन्द्रकुमार नगरकोटी~ खोरमा बाख्रालाई ओछ्यान हालिएको छ किताब यसमा मेरी आमाको कुनै दोष छैन अक्षरमा रङ र किताबमा कागत मात्र चिन्ने मावलका हजुरबुबाको पनि दोष छैन किताबको ओछ्यानमै पिसाब फेर्ने बाख्राको पनि दोष छैन

Posted in कविता | Tagged | Leave a comment

गजल : ध्यान कहाँ छ

~नरेन्द्रकुमार नगरकोटी~ यी मान्छेहरुको ध्यान कहाँ छ ज्ञान कहाँ छ, विज्ञान कहाँ छ किताब पढिरहेको बालकलाई सघाउने अभियान कहाँ छ

Posted in गजल | Tagged | Leave a comment

कविता : होटलमा

~नरेन्द्रकुमार नगरकोटी~ घरिघरि ऐना हेर्छु र कानमाथिबाट मिलाउँछु छरिएका कपाल मिलाउँछु आफ्नै कमाइले अस्ति भर्खरै फुटपाथमा किनेको सर्टको कलर मनमा खेलिरहने कुराहरू भने कहिल्यै मिलेर आएनन् जतिचोटि बल्छ ग्याँसको चुल्हो

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य-कविता : मेच

~नरेन्द्रकुमार नगरकोटी~ भएरै पनि चार खुट्टा हिँड्न सक्तिनँ म मानिसहरूले अंकमाल गरेर नापेदेखिन् मेरा पुर्खाको छाती निस्प्राण भएँ म र फेरियो जात पनि थाहा छैन– कोको आए र गए कोको बसे र छुट्टिए मलाई थाहा छ– मच्चिँदा–मच्चिँदै कलिलो बालकले

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : माटोमाथि उभिएर

~नरेन्द्रकुमार नगरकोटी~ जून नउदाएको रात कसरी हेर्नु माटोको परिचयपत्र ! वर्षौं भयो बिर्सिएर आफूलाई समेत खोजिरहेछौं हिउँमा कुँदिएका पाइतालाका डोबहरू हामीले नै टेकेका हौं पहिलो पाइला लेख्नेहरूले लेखिदिएछन् – ‘दोस्रो पाइला टेकेका हौ तिमीहरूले’

Posted in कविता | Tagged | Leave a comment