~सुयोग अनुप झा~
मान्छे बिर्सिसकेका रहेछन्
यो पृथ्वी त साझा घर हो
जति तिम्रो उति नै मेरो
जति मेरो उति नै हाम्रो
मनमा घमण्ड पलाइसकेको रहेछ
म सँग महल आलिसान छ
सुविधा सम्पन्न मोटरकार छ
घरमा काम गर्ने तीन चार छ Continue reading
~सुयोग अनुप झा~
मान्छे बिर्सिसकेका रहेछन्
यो पृथ्वी त साझा घर हो
जति तिम्रो उति नै मेरो
जति मेरो उति नै हाम्रो
मनमा घमण्ड पलाइसकेको रहेछ
म सँग महल आलिसान छ
सुविधा सम्पन्न मोटरकार छ
घरमा काम गर्ने तीन चार छ Continue reading
~टि माया राइ~
पत्थरलाइ खोपेर
सिल्पी मुर्ती बनाउँछन
सिल्पीको स्पर्ष पाउनु अघी
त्यो एउटा ढुङ्गा नै त हुन्छ,
एक छेउ लडिराको त्यो ढुङ्गा
जब कल्पना साक्षात्कार हुन्छ त्यस्मा,
ती सिपालु हातहरुले Continue reading
~श्रवणकुमार ढुंगना~
यसपालि
म आफ्ना कवितामा भएपनि
नयाँ वर्षलाई बोलाउन चाहन्छु
किनभने नयाँ वर्षको फूल फुल्ने मेरो आँगन
सरकारी सडकले बगाएको छ
मेरो बारी कंक्रिटका उन्नतिहरूले सेपिएको छ।
हुन त Continue reading
~अनिता (ढकाल) गौतम~
छन्द : शार्दुलविक्रीडित
नौलो बर्ष उमङ्ग भाव भरियोस् नेपाल हाँसिरहोस्
राखी मौलिकता समग्र घरमा भातृत्व फैलिरहोस्
उद्विग्नै पर होस् प्रसन्न वर होस् नेपाल बाँचीरहोस्
हाँस्दै लम्किरहोस् खुशी अझ बढोस् नेपाल चम्किरहोस् ।
१
चाँडो न्याय पुगोस् नेपाल भरमा आँसु सबैको सुकोस्
फाटेको मन यो सिएर अव ता खाटा सबैको लुकोस् Continue reading
~सुधा मिश्र~
प्रमेक गंगा बहे अँगना
शिर पर शोभे ताज गहना
दिर्धायू स्वस्थ चिंरजिवी रही
नव वर्षके अछि शुभकामना
खन्कबैत हाथक कंगना
गबैत मधुर वन्दना Continue reading
~रमेश भट्टराई ‘सहृदयी’~
छन्द : शार्दुलविक्रीडित
लोभै हो मनको र दम्भ तनको बोकेर हिँड्छौ कति
आए ती र गए सबै जन यहाँ छोडेर त्यो सम्पति
आयो सङ्कट लौ भयङ्कर यहाँ बाँच्नै छ ठूलो कुरा
दाह्रा धस्न सिपालु राहत सबै चाल्छन् अनौठा छुरा । १ ।
सीमा पार गुहार गर्छ जनता आशा भरोसा गरी ।
माटाको ममता बुझेर उसले पोख्दै छ त्यो जीवनी Continue reading
~आविष्कार कला~
एउटै सरहद भित्रका
जेठाहरु, कालेहरु
माईलीहरु,चमेलीहरु
उमेर बढ्दै जादा
बहादुरसिंह र कुमारी बन्छन् ।।
हुत्याउछ हिमालको हावा Continue reading
~शिव चालिसे ‘प्रभात’~
(१)
दुःखको विच्छाउना विछ्यार
अभावको सिरक अाेडी
सुतिरहेको मेराे प्याराे गाउँ
दुःखले गरिबी
गरिबीले अभाव
अभावले राेग व्यादी
दिनहुँ जन्माई रहेकाछन् ,
अाधुनिक युगकाे
र
विकासकाे नाममा, Continue reading
~मनु ब्राजाकी~
रुन्चे हाँसो हाँस्दै आयो बूढो नव वर्ष
सधैँ रुनेलाई कुनै बिस्मात न हर्ष
घाउजस्तै फुल्न थाले वसन्तमा फूल
मखमली पात पनि सिस्नोको स्पर्श Continue reading
~कणाद महर्षि~
म मान्छे ! मलाई मान्छेको गन्ध मन पर्छ
मान्छे बलेको पनि मन पर्छ, चितामा । हुन पनि हो, मान्छे जल्दाको गन्ध बेग्लै हुन्छ, त्यो गन्धको तुलना, मेरो सोचाइमा अरू कुनै पनि जीवको मासु पोल्दा पनि हुन सक्दैन । त्यसैले म–
त्यसैले म आमाले पख ! पख !! भन्दा भन्दै पनि नटेरी आएँ ।
हाम्रो गाउँकी एउटी बूढीको लास अगिअगि छ, उसका दुई छोरा एक छोरी जिउँदै छन् । छिमेककी बूढी हुँदी उसका शुभचिन्तकहरू अहिले मलामी भेषमा निन्याउरो कवाज खेल्दै पछिपछि छन् । मसानतिर प्रस्थान Continue reading
~नेत्र तामाङ~
मनसरा र धनसराले स्कुलबाट फर्केपछि पिढींमा बसेर खाजा खाए । आमाले दुबैका लागि सानो डोको, नाम्लो र हसियाँ तयार पारिन् ।
‘लु है, दुबैजना आओ, घाँस त आज अलि धेरै ल्याउनुपर्छ’ आमा आँगनमा पुगिन् ।
‘म त जान्नँ के, ताल्चावाला झोला नकिने जाँदैजान्न’, मनसरा ठुस्किइन् । Continue reading
~सीता अर्याल~
अनायासै तिमीसँग चौतारीमा भेट भयो
आँखा आँखा बात गरे मायाँ प्रिती सेट भयो
भाग्य हो की संयोग हो ठम्याउनै गाह्रो भयो
त्यहि भेटले हामीलाई छुटाउनै साह्रो भयो Continue reading
~राजेश्वर देवकोटा ~
चरी, तैंले मेरो बाली सखाप पारिस्
जुन फल पाक्छ त्यो तँ नै खाइदिन्छेस्
अनि बूढो मान्छे म के खाउँ ?
मलाई शाकाहारी जानी तैंले धेरै हेपिस् ।
बाजे, तिमीले भकारीभरि थन्क्याउन जान्यौ Continue reading
~प्रवीण राई जुमेली~
खरले छाएको झोपडी थियो
भोटेबार थियो छेकनी
लहरै भुईंमा सुतिन्थ्यो
कालान्तरमा त्यो झोपडी भत्काइयो
कोठै-कोठा भएको घर बनियो
झोपडीमा सुत्दा बाँटिने गफहरु
नयाँ कोठाहरुमा थुनिए Continue reading
~कृष्ण उफान~
बाल्यकालमा आमा बुबाले,आफन्तजनले आफ्ञ्ना नानीहरूलाई फकाउन, डर देखाउन भूत आयो भूत आयो भन्दै तर्साउने गर्दथे ।रोएर हैरान पारेमा तै चुप लाग्छन् कि भनेर हाउगुजीले खान्छ भनेर तर्साउनु हुन्थ्यो । त्यसको असर जिन्दगीभर पर्दोरहेछ । अहिले पनि भूतको कुरा गर्दाँ आङ सिरिङ्ग हुन्छ । डरले सातोपुत्लो जान्छ । लुगलुग काँप्न थाल्दछु । होसहवास सबै उडेर चेतनशून्य हुन्छु । रातको समयमा भूतहरूको चलखेल हुन्छ भन्ने कुरा त जोसुकैलाई पनि अवगत भएकै कुरा हो । मध्यरातमा उनीहरू खुब रमाउदै यताउति हिड्छन् । दिनचरहरू रातमा हिडडुल गरेमा उनीहरूले सिकार बनाउछन् रे। त्यसो भनेपछि त झन् डर लाग्छ मलाई त । आफ्नो ज्यानको माया त लागिहानछ नि । बाँचे संसारमा यी दुई टोड्.का आँखाले अनेक कुराहरू देख्न पाइन्छ । यी दुलो परेको दुई कानले अनेक Continue reading
~लैनसिंह वाङ्देल~
सन् १९५१ को अप्रिल महिना । कलकत्ताबाट म ‘प्रभात’ नामको मासिक पत्रिका निकाल्ने तयारीमा थिएँ । ‘प्रभात’मा प्रकाशन गर्न एउटा कविता पठाउन मैले कवि सिद्धिचरण श्रेष्ठलाई चिठी लेखेको थिएँ । उनले मेरो अनुरोध सहृदयताका साथ स्विकारे र ‘प्रभात’ शीर्षकमै एउटा कविता पठाए । उनले आफ्नो शुभकामना र आशीर्वादसहित त्यो कविता पठाएका थिए । उनको त्यो कविताले मलाई निकै खुसी र उत्साहित बनाएको थियो, किनभने उनी मेरा प्रिय कवि थिए । ‘प्रभात’का निम्ति उनको आशीर्वाद समयमै प्राप्त भयो र कवितामा उनले यसप्रकार आफ्नो भावना व्यक्त गरेका थिएः
‘प्रभात रे, प्रभात रे, नवीन ज्योति खुल्छ रे,शताब्दीदेखि मुर्छित, अचेतन प्राण उठ्छ रे ।’ Continue reading
~कमला सरुप~
वी.पी. कोइरालाको साहित्यको विशेषता भनेको मानवीय प्रकृतिको दुःखान्त चेतना, भावविम्वको उपस्थापना र यौनगत अनुभूति हो । उनको साहित्यमा स्वच्छन्दतावाद, विसड.गतिवाद र दार्शनिकताको प्रमुखता रहन्छ । तसर्थ यहाँ स्पष्ट के भन्न सकिन्छ भने वी.पी. कोइरालाको साहित्यले स्वतन्त्रताको वकालत गरेको छ, प्रेम र मानवीय सम्बन्ध वीचको जीवन्ततालाई स्वीकारेको छ र मानव पीडालाई सहजता प्रदान गरेको छ । हुनत वी.पी.को सुम्निमा पढ्दै जाँदा अमेरिकी लेखिका सुसन विगसको वहुचर्चित उपन्यास व्रिमर रोजमा देखिएको यौन मनोविश्लेषणको विषयमाथि केन्द्रित Continue reading
~लोकेन्द्रबहादुर चन्द~
“तिमीलाई पराई हातमा सुम्पिसकेका छौं छोरी ! अब हामी के पो गर्न सक्छौं र ? जसका खट्टा धोई शिर चढायौं उससँग कचकच गर्न, झगडा गर्न अथवा मुद्दा खेल्न हामीहरूलाई सुहाउँदैन । हो, तिमीलाई खान-लाउन दुःख हुन्छ भने निर्धक्क भएर भन्ने गर्नू, वर्षको एक-दुई छाल लुगा र चार-पाँच सय दामका लागि धन्दा नमान्नू !” कान्छी आमाले भनेकी थिइन् । नगिचै चिया पिइरहेका कान्छा बा पनि सबै कुरा कान थापी सुनिरहेका थिए र भनेका पनि थिए- “छोरी, यो तिम्रो व्यक्तिगत मामिला हो । हामीहरूले बाहिरबाट हस्तक्षेप गर्दा कुरो झन् बिग्रेला । ‘लोग्ने-स्वास्नीको झगडा परालको आगो’ भन्ने त उखान नै छ । बिस्तारै परिस्थिति मिलाउँदै गर, सब ठीक भइहाल्ला ।” Continue reading
~कुश सुनुवार~
उस्ले भाेगेकाे म
अनि मैले भाेगेकाे म
आकास र पातलकाे फरक छ।
उ झाङ्गिएकाे म
म नाङ्गिएकाे म
म त म नै हाे याे सानाे फरक छ।
ऊ हजुर वाला म Continue reading
~हेम जङ्ग कार्की~
विश्वमा हात हतियारको होड, चलिरहेको वेला ।
ठुलाठुला आणवीक र क्षेप्यास्त्र, अव नपार्नु भेला
कोहौ तिमी कस्तो छ रुप तिम्रो, विश्व भरी नै उड्यौ ।
शस्त्र अस्त्र नै यो ठुलो मान्नेलाई, शिक्षा गतिलो दियौ ।
मान्छे ती छिचिमिरा भै छचन्नाई, हिडेका थिय यहाँ । Continue reading
~दिपेन्द्र सिंखडा~
छन्द : शार्दुलविक्रीडित
ओर्लंदा धर्तीमा रोयाँ बाल: च्याँ च्याँ, देखेर काल: याँहा
हाँसी हाँसी धाई लिन्थीन हातमा, मुस्कुराँउथिन् आमा
जन्मदै काल: त्यो ढुकेर बसेको, दैलोमै थ्यो घरको
पठाँउन्न कृष्णै पनि नर याँहा, उपार्जन बिनाको ।।१।।
भौतिकऐश्वर्य र दम्भ शक्तिको, छोड होडै पनि यो Continue reading
~राकेश कार्की~
सिसाको उता पट्टी उनी
सिसाको यतापट्टि ऊ
हात बढाएर त्यही छेको छुनु परेको छ
फेरि साबुन पानीले हात धुनु परेको छ
बिरामी भए श्रीमान् बिरानो देशमा
फर्किन सकिनन् श्रीमती छोरो साथमा Continue reading
~नरेश गिरी राजा~
जब मया , प्रेम , मन , मुटु साट्नु ठेश भो ।
तब जुन तारा टाडा बसेकै बेस भो ।
र त दुनीयामा अस्तित्तव दुबैको शेष भो ।।
~बालकृष्ण गजुरेल~
साधुराम शहरको बासिन्दा हुन् । अधिकृतमा जागिर खाए । अाजकाल पेन्सन पकाएर बसेका छन् । बुढेसकालमा भेटघाटमा जमेका छन् ।
…
उनले काठमाण्डुको मुटुमा घर बनाए । घर घँडेरीहरु जोडे । लक्ष्मीले राम्रो साथ दिइन् । के चाहियो र ? खोजेकै मिल्यो । छोरा छोरीहरु राम्रै पढाए । अाफ्नो जीन्दगी खुशियालीमा बिताए। Continue reading
~पूर्ण राई~
किशोरी वसन्तको आगमनको मृदुल आभास दिंदै, चैते हुरीको उग्रतालाई सम्हाल्दै फक्रन थालेका वर, काब्रा र आरूका ती ङ्याल्डुङ पालुवाहरू वैशाखको सुरुआतसँगसँगै केही फक्रिएका, केही मौलाएका छन्। जागरूकता, मृदुलता, उष्णताको स्पर्श दिने पालुवा डांडाहरू, चिलाउने पाखा र माथि – माथिका जङ्गलबीच कोइली बास्न सुरु भइसकेको यो क्षणलाई तुवाँलोको धूमिल, पारदर्शी तप्कोभित्र लपेटिएर हल्का छरिएका ती पर – परका उदास – उदास पाखाहरू, माथि आकाश र गाउँ – बस्तीहरू – अहो! यहाँ यसरी नै, यहीं नै यिनीहरूमाझमै आफू आत्मसात हुँदा सांच्चै तिम्रा यी, यस्ता वाक्यहरू पनि प्रेरणा भएर आउँछन् – Continue reading
~बसन्त चौधरी~
आधा उमेर आफ्नो सपना छरेको छु
कुन्नि कति फलेको छु, कति झरेको छु
त्यसो त जीवन यात्रा मरुभूमि झैँ थियो
सपनामा चाहिँ धेरै, खोला तरेको छु Continue reading
~गोपालप्रसाद रिमाल~
नभन प्रिया ! यिनलाई पिन्चे आँसुकण
यही मेरो युगयुगको सञ्चित धन
होइनन् यी प्रिय ! विवशताका चिह्न
नैराश्यमा आँसु सुक्छन्, म त उत्साही अविच्छिन्न
१
म मानव, मानवताको छ सीमा ममाथि Continue reading
~बिपिन शर्मा~
जीउनलाई जिन्दगी यो, सहारा केही हुन्
गन्न मलाई आकाशमा तारा केही हुन्
हराएझैं लाग्छु म अन्योलमा कतै
चल्न मलाई यहाँ इशारा केही हुन् Continue reading
~अनिता भण्डारी पौडेल~
१. अन्तिम सास
कस्तो मृगतृष्णा
तिम्रो प्रेमको
२. अपुरो माया ,
निस्सासिएको प्रेम
तड्पेको मन
३. कुण्ठित मन
संकुचित भावना
अदृश्य सोच Continue reading
~कवि लिम्वु ‘आँशु’~
हर्ष विस्मात
केवल आँसु दियो
वैगुनी माया
लागेन घाम
आक्रोश भै वादल
रोई रहयो Continue reading