कविता : ऊ आयो

~धीर कुमार श्रेष्ठ ~

एक छाति बिश्वास एक काँध आस्था सामु
सिउँदो साँध लाएर बगेको अग्निनियन्त्रक फोहरा
चुरा–पोतेको पहरा फोड्दै
मार्च गर्ने बुट र बारुदहरुबाट प्रतिक्षामा छोडिएको Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : यो कस्तो अवस्था हो

~विवश सुवेदी ‘इश्वर’~

स्याल र गिद्धको युद्धमा ,
नेपालीको मासु हराईरहेछ ।

पापी र जालीको मरुभूमीमा ,
नेपालीको रगत सुकीरहेछ ।

अभाव र अशिक्षाको शहरमा , Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो देश र देशवासी

~शंकरहरि खालिङ राई~

उठ जाग देशका, युवाहरु हो ।
तिम्रै लागि भनि यहाँ, गर्छन अरुको ।
कर्म गर्दै आफ्नो लागि, अघि बढ्छ जो ,
उदाहरण बन्छ आज, विश्वकै लागि त्यो ।

स्वाबलम्बि बन्नै पर्छ, आफ्नै लागि साथि,
जसले गर्छ सतकर्म, उही हुन्छ माथि । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरी प्रभा

~देवीबहादुर श्रेष्ठ~

रत्तिम किरण छरेर ,गल्ली र चौतारीहरुमा
उज्येली छर्दै ,गाउँ वेशीलाई व्यूँझाउँदै
मुर्चुङ्गा र विनायोको तालमा,लैवरीको भाकामा
नेपाली संस्कृतिसंगै ,नेपाली माटो संगै
निर्थक्कताका साथ, सबैसंग हातेमालो गर्दै
मेरी प्रभा तिमी आऊ ।। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : कलम

~राजु चेम्जोङ (जे.के. प्रदेशी)~

भावी दिनहरुमा पनि कहिल्यै नथाकून ति हातहरु र कलमहरु पनि
अक्षरका खेती गर्नेहरु कहिल्यै थाक्दैनन् भोक निद पनि भन्दैनन्
बेच्दैनन स्वाभीमान पैसामा, रातलाई रात र दिनलाई दिन नै भनेर
लेख्छन, र यस्लाई नै आफू हुनुको यथार्थता सम्झन्छ्न् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : पाईला

~मिलन काफ्ले~

पाइलामा छ हाम्रो जिन्दगी
पाइलामा विश्वास गर्दैनौकी

पाइलामा नै दुःख हाम्रो छ
पाइलामा नै सुख हाम्रो छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

मैथिली मुक्तक : कोरोना

~सुधा मिश्र~

हे देवो के देव हे महादेव धर्ती पर फेर त्राहिमाम
हे विषधारी हे निलकंठ कोरोनाके करियौ रोकथाम Continue reading →

Posted in मैथिली मुक्तक | Tagged | Leave a comment

किराँती लोककथा : साङगिते र राङगीते

~सङ्कलन : धनहांग सुब्बा~

उहिले नै थाबाःमा (तमुर) नदीको थूममा दुइ जना दाजुभाइ बस्स्थे । दाजुको नाम साङगीते थियो भने भाइको राङगीते । दाजु गीत गाउनमा पोख्त थिए भने भाइ नाच्नमा । त्यस बेला थाबाःमा थूम जंगलले ढाकिएको थियो । चारै तिर ठूलाठूला रुखपातहरु मात्र थिए । उस बेलाका मानिसहरुले खेतीपाती गरी अन्न पात उर्मान जानेका थिएनन् । बनमा भएका कन्दमूल, गिठ्ठा–भ्याकुरहरु खनेर आहार खान्थे र जीवन गुजार्थे ।

थाबाःमा नदीको एकहोरो सुसाई र छाँगाबाट झरेका झरनाको कल कल ध्वनी र चरा चुरुगीहरुका चीरबिरे आवाजले वातावरण संगीतमय बनेको थियो । एक दिन साङगिते गिठ्ठा–भ्याकुर खन्न र ल्याउन जंगलतिर पसे । Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

कविता : अनुरोध

~नरेस राई~

अकस्मात शून्य कानमा ताजा
समाचारहरु गुञ्जिए
आङ जिरिङ्ग हुने गरी त्यही
पुनः हत्या हिंसाका शब्द दोहोरिए
लाग्छ अब नेपालको अस्मितामा
ठूलो दाग लाग्नेछ
सहिदहरुको सपना नेपाली Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : परिक्षा मर्यादित हुनैपर्छ

~तोषल दाहाल‘अल्पभाषी’~

फलामको ढोका भनेर
चर्की चर्की कराउछन्
उत्सुक विद्यार्थीको मनोवल गिराउदै
निरीह अभिभावकको सपना चिराउदै
जो अगुवा उही बाटो….. भनेझै
परीक्षाको मर्यादा जोगाउन खटिएका Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो घर छेउको ग्याविङ

~माधब श्रेष्ठ~

मेरो घरको छेउमा लगाइएको ग्याबिङ्ग
बर्षै पिच्छे फेरिन्छन्
ट्याक्टरले किचेर होला, बर्षातको भेलले होला
यस्तै अड्कल काटिन्छ, फेरी म हेर्छु
अन्तका ग्याविङ्गहरु, जहाँ बस,ट्रक जस्ता
धेरै यातायातहरुले किचिन्छन्, बर्षातको भेल एकै हो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ बाटो रोजेछौ

~कल्पना मगर~

स्यावास !
पाराङ्ग दाइ
स्यावास ! !
तिमीले एउटा नयाँ बाटो रोजेछौ
नयाँ यात्राको शुरुवात गरेछौ
अब कसले भन्छ
दिनमा मात्र उज्यालो आउछ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : आँसुहरु खुन जस्तो

~विमला तुम्खेवा~

बगाएर तिम्रो खातिर आँसुहरु खुन जस्तो
बल्झिएर सबै मुटु ओइलिएको जुनजस्तो

धेरै भयो हाँस्न छोडे गोरेटोको चापहरु
होइन होइन जीवन पनि कस्तो विना नूनजस्तो Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : नफुलेको काँस हो यो

~अञ्जु अञ्जली~

समयले पिल्सिएर नफुलेको काँस हो यो
शान्ति हेर्न घिटघिटोमा अड्किएको सास हो यो

जताततै रगतले पातिएको यो वेलामा
नचिन्नै यहा सकिन्न है खै कसको लास हो यो Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : नचिने झै जस्तो लाग्छ

~विजय सुब्बा~

विरानो भो आफनै ठाउँ नचिने झै जस्तो लाग्छ
हिडेकै छु तर किन नहिडे झै जस्तो लाग्छ

धेरै थोक किनेको हुँ बजारमा तर
आज हेर्दा केही पनि नकिने झै जस्तो लाग्छ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : फेला परेको छु

~इन्द्र कुमार श्रेष्ठ~

जाली मूर्ख फटाहाको फेला परेको छु
माथि जान खोज्दा सधै तल झरेको छु

पापी–घातीहरु भई भरिसके मुरी
मैले भने पसिनाको मुठी भरेको छु Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : वसन्त आएर के भो ?

~जे.वि.थुलुङ्ग “जीतविन्दु”~

हरपल फूल रोइरहेछ वारीमा वसन्त आएर के भो ?
लाखौ पेटहरु भोका छन् मैले मीठो खाएर के भो ?

झुत्रे झाम्रे दाजुहरु नाङगै आङले पहाड मधेस झर्छन्
ढाक्रे भरियाको त्यही ताँतीमा मैले सुकिलो लाएर के भो ? Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : समय पिडा र तिमी

~राजेश राई~

लामो यात्रापछि
युगजेता द्धारा गर्भवती भएकी समय
प्रसव पिडा बोकेर
सुरक्षित प्रसुति गृहको खोजी गर्दागर्दै
नयाँ अन्वेषण
नयाँ प्रक्षेपण
र नयाँ अध्यायसँगै
जन्माउन बाँकी,
एउटा अन्तिम सन्तान जन्माउनलाई Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मरुभूमि र जरुवा

~जोतारे धाइवा~

भेडीगोठको
दुर्घन्धित घेरोमा कैद
कुनै चतुवाको जस्तो
हेर्दै विवशताको कथा
पाइला–पाइलामा
उम्रिएर साथ लाग्छ,
झोपडीको Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : आतङ्कित दृश्य

~सन्त थुलङ(सुब्बा)~

नियालिरहेछ
पीडा–दृश्यहरु
संवेदित अनुभूतिले
छामिरहेछु–आफैभित्र
दुखाइका अनन्त घाउहरु
हेरिरहेछु निर्निमेष
आत्मीयहरुको लाशको पहाड
र कहालिलाग्दा
आँशु र रगतका भेल Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : भोकभोकै मर्न लागे कवि–कलाकार

~गोकुल जोशी~

क्रान्ति गर्ने हिंसावादी हुने भएदेखि
तिमी नै हो हिंसावादी नगरन सेखी ।
गरिबको सुस्केरामा रुन्छ तिम्रो आत्मा
वेचिदिन्छौ जिन्दगी नै विदेशीको हातमा ।

ऋण तिर्न नसकेर विदेशमा झर्छौ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : चमेराहरु

~गोविन्द विकल~

चमेराहरु
रुखमा उल्टो झुण्डिन्छन्
र, हरेक कुरालाई उल्टो देख्छन्
सडकमा जुलुस कुदिरहेछ
जुलुसमा लाठी, ढुगा–मुढा बर्सिरहेछन्
कतिको टाउको फुटिरहेछ
र रगत बगिरहेछ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : धर्मसंकट

~दिनेश अधिकारी~

केवल
आफूलाई अविश्वास गर्न सकिने
विश्वास मात्र बाँकी रहेको यो वेला
उफ !
फेरी यो कस्तो धर्म–संकट आइलाग्यो ?
स्कूलको वादविवाद प्रतियोगितामा
भाग लिने तयारीमा जुटेको
मेरो सानो छोरो
मसँग बारम्बार Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : उम्किएको माछो

~पर्शुराम पार्के नेपाल~

ठूलो शहर विराटनगरमा विवाह भएकोले रमिता मिठा–मिठा कल्पना बुन्दै झ्यालबाट वाहिर पुलुक्क हेर्छिन । ठूलो बजार, बजारको बिचमा घर कति मज्जाका, सासु–ससुरा घरको अवस्था हेर्दा उनको खुशीको सिमा रहेन आफनो गाउँमा प्रेम गरेको विवेकलाई धोका दिएकोमा आनन्द र खुशी महसुस गर्छिन ।

तर दिन प्रतिदिन उसको श्रमिानको ड्रग्समा लत बस्दै जान थाल्यो । झगडाले ठूलो रुप लिन थाल्यो । रमिताको Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

एकाङ्की : विभेदको परिणाम

~जेवी घलेमगर~

(लाग्छ, खुल्ला आकाश नै मञ्च । खुल्ला मैदान नै मञ्च । मानौ, मैदानलाई मञ्च परिकल्पना गरिएको छ । मञ्चको एकछेउबाट शान्तिको आगमन)

शान्ति : (अट्टहास छोड्दै) हा . . . हा . . . हुँ . . . शान्ति हुँ म शान्ति । तिमीहरुले मलाई चिनेनौ ए ! दुनियाका पाजी हो ! हा . . . हा . . . मलाई किन सम्बोधन गर्दैनौ ! अनि किन सम्मान गर्दैनौ । बोल सबै बोल । ए पाजी हो ! छिटो सबै बोल ।

विभेद : (विभेदको प्रवेश) को हो त्यो ! ठूलो ठूलो स्वरमा ढाडस दिने ? जसले यो दुनियालाई दिग्भ्रमित पारेको छ । Continue reading →

Posted in एकाङ्की | Tagged | Leave a comment

कथा : हनीमून

~रमेश दियाली~Ramesh Diyali

बोली सुन्न बितिक्कै मेरो आँखा रसायो। उनि कामीरहेकी थिईन। डरले ओठ थर्रथयाईरको थियो। केहि भन्न खोजे झै। मेरो निन्द्रा छुट्यो। अहं! पटक्कै निदाउन सकिन। उनी मेरो नजिक आईन र अंगालो हालेर ग्वा..ग्वा… रोईन। उनको आसु मेरो छातीमा लतपत्यो। मेरो धड्कन बड्न थाल्यो। निधारका केही भागमा पसिनाका दाना उम्रिदै थिए। म सान्तवना दिदै सम्हालिदै थिए। बिस्तारै अंगालो बाट हट्दै मेरो आखामा हेरेर बोलिन-“ अब हामी मर्छौ होला है ? फेरी सुक्क सुक्क गर्दै आँसु बगाउन थालिन। आखा राता राता थिए। म मौन भए। शब्दहरू एका एक बिलिन हुदै हराए। अझ भनौ म आफै हराए , एउटा सुन्यतामा। फेरी उसै गरि च्याप्प च्यपिन। मेरो बिस्तारै बोली फुट्यो- “ केही हुदैन, न डराउ! म छु नि तिम्रो साथमा। डरको सास सुस्त सुस्त बाहिर फ्यकिन र आँखा बन्द गरिन। म छुट्याउन सक्दिन। तिम्रो Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

Micro Story : Poems in Eyes

~Eagam Khaling~

A college girl was travelling in a local bus. A man just sited next to her seat, exaggerates about her eyes. They talk on many topics. While parting, the man tells her that there are poems in her eyes. At that moment, she just ignores, but later that eats all of her peace of mind. She starts feeling her life more beautiful than before though she regrets forgetting to ask the name of the gentleman. That day, she quickly completes her Continue reading →

Posted in Micro Story | Tagged , | Leave a comment

थामी भाषी कविता : होसीजासी थाको

~अनुपम ‘नवोदित’~

ए ! देशेमीपाली
आट्ठे आरीको फान्दु
कुता होइ माचिइनिस्दु
आट्ठे असबापको
कोरोना भाइरस राहान
का भाइरसए
सारा देशेमीपालीकाई
लोङ्से दुङ-दुङ्ङा Continue reading →

Posted in थामी कविता | Tagged | Leave a comment

कथा : कोरोनाले खोसेको बेहुली बन्ने सपना

~जीतबहादुर कटुवाल~

वसन्तको रमझम क्रमशः प्रकृतिको अधरबाट फुस्किँदै छताछुल्ल हुन खोज्दैछ । वृक्षहरुमा पलाएका नवपालुवाले वातावरणलाई सुरम्य बनाएको देखिन्छ । सिरसिर हावाले वृक्ष पल्लव यताउता गरिरहेका छन् । म आफ्नै घरको छतमा बसेर वरिपरि पर्यवेक्षण गरिरहेकी छु । दिनको बैँस ढल्कँदो छ । सूर्य नम्र स्वभावका बन्दै बिस्तारै क्षितिजपारि पुग्ने हतारोमा छन् । एक जोडा भ्याकुर अमलाका बोटमा बसेर एक अर्काका चुचो जोडेर मादक प्रेमालाप गरिरहेका छन् । वातावरण मनोरम छ । म भने आफ्नै व्यथाबाट गाँजिएकी छु । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कसम

~दिपक अभिमन्यू~

अफिसबाट घर फर्किदै गर्दा टाढैबाट आफ्नो घरतिर हेर्दै कौतुहलताको दृष्टी लगाउँदै नियाल्दै लालबाबु घरतिरको बाटोमा पाईला अघि बढाईरहेको थियो। आज घरमा कुनै चालचुल छ कि छैन, या त घर नै रित्तो छ यस्तै यस्तै अनुमान लगाउँदै घरतिर कदम बढाईरहेको थियो।

उसको मन भर्खरै पात झरेको सालघारी झैं उजाड भए झै लाग्दै थियो। मन ढक्क फुल्दै थियो छाती कि हिजो अफिसबाट फर्किदा सडक पेटीमा हिड्दा हात समाउदा उसले बाटोमा नि के हात समाईराको भन्दा Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : आँटेकी छैन

~छविलाल खड्का~

तिमी बाहेक अरू, आँटेकी छैन
कसम सानु केही, ढाँटेकी छैन ।

जतन साथ राखें, यो तन मन Continue reading →

Posted in गजल | Tagged | Leave a comment

अनूदित कविता : छोरी मुर्मूको लागी कविता

~निर्मला पुतुल~
अनुवाद : विक्रम सुब्बा

उनीहरू तिम्रो सँस्कृतीमा
सिकारी चालले तिम्रो आउँनेछन्
र आएर तिम्रो नृत्यको प्रशंसा गर्ने छन्
तिम्रा आँखाहरूको प्रशंसामा
कथाहरु पढनेछन्
ती मानिस को हुन् ? Continue reading →

Posted in अनूदित कविता | Tagged , | Leave a comment