समीक्षा : समालोचकका रूपमा डा. लक्खीदेवी सुन्दास

~नवीन पौड्याल~

१. विषय प्रवेश :

नेपाली साहित्यमा डा लक्खीदेवी सुन्दास एउटा आदरनीय नाम हो। उनी एक प्रखर साहित्य समालोचक, कवयित्री, कथाकार, साहित्यकी गहन अध्येता हुन्। उनका व्यक्तित्वका अनेक पाटाहरू छन्। उनी एक आदर्श शिक्षिका, एक कुशल प्रशासक र एक चिन्तक हुन्। उनको जन्म २७ मार्च, सन् १९३४ मा कलकत्तामा भएको हो। पेशाको हिसाबले मुख्य गरी दार्जीलिङ सरकारी महाविद्यालयको नेपाली विभागमा प्राध्यापन गरी पछिबाट Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

कविता : गराको चपरीमा

~इश्वरवल्लभ~

धरती रजस्वला हुन्छ
अलि पर आकाशदेखि टाढीएर बस्छ;
किन यो धरती असमय रजस्वला हुन्छ?

वर्षमा कहिले तीन फेरा हुन्छ
कहिले हुँदै-हुँदैन
कहिले दिनमा निकै फेर चुहिन्छ
आकाशले हार खाइसक्यो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : प्रतिबद्धता

~मधुश्री~

अंजुली भरी यो माटो लिई कसम खानुछ
सन्तान थरी-थरिका मिली संघर्ष गर्नुछ
खराब बृक्ष रोपेछौँ अब उखेली फाल्नुछ
विरुवा नयाँ सारेर गल्ति सुधारी जाग्नुछ

बिज्ञान ज्ञान खोज्नुछ बृद्धि उब्जनि कृषिमा
श्रमको पूजा गर्नुछ सुन फुलौँन धर्तीमा Continue reading →

Posted in गीति कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : किरा नलागेको बन्दाकोभी पल्पसा क्याफे

~आहुति~

१. डा. ऋषिराज बराल झोँकमा भन्थे, नेपालमा राम्रा पाठक नै छैनन् । त्यतिबेला असहमति राख्न सकिएन, अहिले पाइएन किनभने उनी भूखण्डमा कतै गुप्त छन् । धेरैजना राम्रा पाठक मध्येका एक नारायण वाग्लेको उपन्यास ‘पल्पसा क्याफे’ पढ्ने इच्छाले मनपरी राइँदाइँ गर्छ । पुस्तकको मूल्य धरापजस्तो लाग्छ, तर “माघ १९’ पछि आर्चरीको अन्तर्राष्ट्रियकरण” शीर्षकको सम्पादकीय लेख्ने उपन्यासकारको पुस्तक छाड्न पनि सक्तिनँ । राम्रा पाठक एक फड्कोमै राम्रो लेखक बन्न सक्छ भन्ने आफ्नो भूमिगत मान्यताबाट हौसिएर ‘नेपालय’ले थापेको एम्बुसतिर अघि बढ्छु । Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

बाल कथा : गाउँ पो राम्रो

~भोला दुलाल~

राजुको आमाले हिउँदको छुट्टीमा मामाघर लाने वाचा गर्नुभयो। पाँच-सात वर्ष गाउँ र शहरको भेद छुट्याउन नसक्ने बेलामा राजुलाई मामाघर लगेको रे। तर राजुलाई धेरै सानो भएकोले होला गाउँको बारेमा उतिसारो थाहा भएन। कक्षामा म्यामले मामाघर गएका छौ भनेर प्रश्न सोधिरहनु हुन्थ्यो। राजुले टाउको हल्लाउँथ्यो मात्रै। यसपटक भने राजुलाई जसरीपनि मामाघर जानु थियो। राजुको मामाघर काठमाडौं बाट टाढा सिन्धुपाल्चोक जिल्लामा थियो।

राजुलाई गाउँको बारेमा बुझ्नु थियो। साइतपनि जुर्यो। Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

लघुकथा : मोतीप्रसाद

~गोरखबहादुर सिंह~

सडकवारि मोतीप्रसाद छटपटाइरहेको थियो । सडकपारि दुईजनामा भकुराभकुर चलिरहेको थियो । त्यसलाई भकुराभकुरभन्दा पनि बलियोको कमजोरमाथिको जबरजस्तीभन्दा बढी यथार्थ हुन्थ्यो । विचरा निर्धो रक्ताम्मे भएर भाग्न खोज्दा भाग्नसम्म पनि पाइरहेको थिएन । बलियोले निर्धालाई एकतर्फी हिसाबले निर्दयतापूर्वक भकुरिरहेको थियो ।

मोतीप्रसाद सडकपारिको त्यही भकुराई देखेर छटपटाइरहेको थियो । ऊ जतिसक्दो छिटो सडक पार गरेर Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

मैथिली गजल : सएह जनु अदालत छै

~धीरेन्द्र प्रेमर्षि~

चण्ठ-अदा लत करै, सएह जनु अदालत छै
लण्ठ मोहब्बत करै, सएह जनु अदालत छै

गीताकेर गञ्जनलए सप्पतटा खुआ-खुआ
झूठकेँ जे सत करै, सएह जनु अदालत छै Continue reading →

Posted in मैथिली गजल | Tagged | Leave a comment

Translated Poem : Words of Felicitation to Prithvi Narayan Shah, the Supreme Leader of Unity

~Nirmala Mani Adhikary ‘Ayoddhaumya’~
Translation : Shashi Bhandary

1.
That was a dream of a mother –
A day comes once in one era,
that day had come
in the form of your mother’s dream,
to that mother who swallowed
‘Surya-Narayan'[1] in her dream,
and, gave the birth to ‘Prithvi Narayan'[2] Continue reading →

Posted in Translated Poem | Tagged , | Leave a comment

तामाङ भाषी लघुकथा : दु:ख

~भिम दोंग तामाङ~

आले सिका ङ्हि भाउले । ग्यालाम ला कुनिसे खाबा ल्हेङ्मोसे ङाला गोङ्मा ल्हेआखम्जी । म्राङ्जी नाइपाला खेप्पा ह्रीबा म्हि ग्याम कुनिरी ।

ङ्योइजी ङै

“धिम खालाङरि आखेला ?” Continue reading →

Posted in तामाङ लघुकथा | Tagged , | Leave a comment

कविता : आमा

~दीपक कुमार ज्ञवाली~Deepak Kumar Gyawali

देउरालीमा बस्दा बस्दै
आमाको दर्शन पाएँ
साक्षात् देवि आमा तिमी
कुन लोकमा तिमी थियौ
अनाथ बनाई बालकलाई Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : रोकिन्छ, टुक्रिन्न रे ।

~डा.मेघराज ढकाल~

छन्द: शार्दुलविक्रीडित

पैलेका दिनमा अखण्ड मन भो ऐले विखण्डन् भयो
बोल्नै खप्पिस छन् त काम अहिले सारै वितण्डा भयो
शास्त्रै छैन यहाँ सुदृष्टि अहिले जाने कता हो कता ?
मान्छे छन् रनभुल्ल रे ! अझ यहाँ माटो हरायो यता ।
१

कस्तो ज्ञान भयो अहो ? जगतमा बस्तैन मान्छे भने Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : आईमाई फूल हो ?

~यकिना अगाध~

जसरी लोग्नेमान्छेलाई दाजिन्न केहीसित
आईमाई किन आईमाई भएर बाँच्न पाउँदैन
आईमाई किन मान्छे बनेर बाँच्न पाउँदैन ?

जसरी लोग्नेमान्छेलाई बनाईन्छ बहादुर
आईमाईलाई किन फूल बनाईन्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गद्य कविता : गाउँ कै यादमा

~आनन्द पौड्याल~

धरती र मातासँग स्पर्ष भए पश्चात्,
हिँजो, आज र भोलिलाई आत्मसात् गर्दै,
माया, ममता जस्ता शब्दको सम्झना गर्दा,
गाउँ कै यादले चिथोरिरहन्छ आज मलाई,
गाउँ र शहरबीच समीक्षा गर्दै जाँदा,
अत्यन्तै गहिराइमा डुवी कल्पना मै घोत्लिँदै,
सधैँभरि आत्मीय भावनाको झल्को आउँदा, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : म जन्मेको दिन

~शोभा गुरुङ्ग~

त्यो प्रशव बेदनाको, त्यो जीवन मरणको
संघर्ष गर्दै गर्दा, म जन्मेको दिन ।
हारेर पनि हांसेकी मेरि आमा
म जन्मेको दिन ।

पढ्न स्कुल हिडेकी मेरि आमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : रहरहरु बढेर आयो

~शीतल शर्मा~

तिमी आयोै भेट भयो रहरहरु बढेर आयो
थाहा थिएन माया भन्ने आज गढेर आयो ।

मरुभूमि जस्तै थियो मन सबै सुक्खा
सिंचाइ तिम्ले गरिदियोै हरियाली बढेर आयो । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

Translated Poem : An Ode to God

~Gopal Bhandari~
Translation : Raja Puniani

You jolted the consciousness
In the dawn of civilization.

You started rising with the sun.
You started shining from within
The lightning.
You started soaring in the pitchblende cloud Continue reading →

Posted in Translated Poem | Tagged , | Leave a comment

गजल : नेपालकै माटो बनोस्

~भोला धरातल~

जहाँ टेकूँ यी पाइलाले, नेपालकै माटो बनोस्
कोदालीको पातो पनि समृद्धिको बाटो बनोस्

जब जब देशमाथि, अशान्तिको बज्र पर्छ
त्यहीबेला मेरो लास, बचाउको साटो बनोस् Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : अस्थायी सम्झौता

~शर्मिला खड्का दाहाल~Sharmila Khadka Dahal

दिनभरिको व्यस्ततापछि प्रकृतिले दिएको फुर्सदिलो समयको भरमग्दुर सदुपयोग गर्दैछन् सिर्जन र सिर्जना बिछ्यौनामा । साँच्चिकै भगवानले जुराइदिएका छन् उनीहरू लोग्नेस्वास्नीको एउटै नाम । सिर्जन मायालु भावले बोलाउँछ पत्नी सिर्जनालाई – यता आऊ न !

“हजुरलाई खालि यस्तै कुरामा मात्र जोश आउँछ हैन … विजयी हुन लागेको सिपाही झैँ । अरु घरको कुरामा गम्भीर बन्न पर्दैन हगि <” थर्मामिटरको पारो अलिक बढेको अनुभव गर्छ सिर्जन । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मेनेजर र म

~लक्ष्मी शर्मा~

एउटी आइमाइ मान्छेले जथाभावी नबुझी बोलिदिंदा, त्यै बोलेकै भरमा पत्र पत्रिकाले प्रचार प्रसार गरिदिंदा कुमारीमै गर्भ फालेको आरोपले प्रताडित भएकी मलाई उसले सहजै स्वीकार गर्‍यो । ऊ मेरो बैंकको मेनेजर थियो, म उसको स्टाफ कर्मचारी थिएँ । मेरो बिरामी आमा र सानो भाइ सहितको तीन जनाको परिवार थियो । आमा बिरामी भएका कारणले मैले बैंकबाट छुट्टी लिएर महिनौं दिन गोरखपुरको अस्पतालमा आमालाई स्याहार सुसार गरेकी थिएँ । महिनौं दिन म अफिस नगएको भएरै वास्तविक कुरा नबुझी मलाई आक्षेप लगाइयो । पछि यी कुरा पत्रिकामा देखेर मेनेजर मलाई भेट्न घर आयो र भन्यो- “तिमीले मलाई पहिले यी कुरा अफिसमा भन्नु पर्थेन < यत्रो दिन तिमीले मानसिक आघात आफूले मात्रै बेहोरी रह्यौ ।” म नबोली एकोहोरो रोइरहें । बिरामी आमाले मेनेजरसँग मेरो जीवनको बारेमा अनुनय, विनय भरिएका शब्दहरूमा के के भन्नु भयो Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : पानी दर्किएर गयो

~सबिना सिन्धु~

आगो बल्दा पो पानी दर्किएर गयो
तिम्रो याद फेरि पनि चर्किएर गयो

माटोले उमारिदिएको बैंसको बीज
रोपेको लहरा कता लर्किएर गयो Continue reading →

Posted in गजल | Tagged | Leave a comment

समीक्षा : इतिहासको साक्षी

~राप्रउ पोखरेल~

अरविन्द रिमालद्वारा लिखित ५६८ पृष्ठको ‘१९९७ देखि २०१७ साल एक अवलोकन’ पुस्तक अहिले मेरो अगाडि छ । प्रख्यात भारतीय अरविन्दो घोषको सम्झना भयो मलाई । यहाँ श्री अरविन्दोको उचाईसित नेपाली अरविन्दलाई जोर्न खोजेको होइन । त्यो धृष्टता म गर्दिन पनि । यति खेर यो प्रसङ्ग ल्याउने खास अभिप्राय छ । दुवै अरविन्दमा नजानिदो एउटा सामञ्जस्य कताकता म पाउँछु । युरोपेली संस्कारमा प्रशिक्षित र क्याम्ब्रिजका स्नातक अरविन्दो सन् १८९७ देखि १९०७ सम्म वंगालको क्रान्तिकारी समूहका अगुवा थिए । तिनै अरविन्दो आफूलाई भारतीय संस्कारमा पत्याउनै नसकिने गरी रूपान्तर गरेर प्रख्यात दार्शनिक सन्तको परिचय दिन पुग्छन् । Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

एकादेशको कथा : बूढा बाबु र बिनायक राम

~कञ्चन पुडासैनी~kanchan-pudasaini

उसका बाबुको विवाह केटीका बाबुहरूले उनको दुब्लै बान्कीको मुख र सानो घर हेर्दै फर्कंदै गर्ने गरेका हुनाले छब्बीस वर्षको उमेर पुगेपछि एउटा दुःखी परिवारकी एघार वर्षी छोरीसित बल्ल भएको थियो । पहिले उनको जरज्यथा थोरै देखेर केटी दिन गाहारो मानिएको थियो त पछि छिप्पिएको केटो देख्ता अझसम्म विवाह नहुनुमा उनका बैगुन अरू पनि होलान् भन्ने ठानिएको हुँदो हो । उनको पछिल्लो सन्तान छोरो तेह्र वर्षको भइसकेको हुनाले उसकी आमालाई सबैले बेत बसेकी आइमाई मानिसकेका थिए । ख्यालख्यालैमा उनको भुँडी बढ्न-उचालिन थाल्दा उनलाई लाज लागिरहेको थियो । तर ऊचाहिँ एक राति गर्भगृह छाडेर संसारमा निस्क्यो र निर्धक्कसित च्याहाँ-च्याहाँ गरेर सबका कान ठाडा गराइदियो । भर्खरकी सुत्केरी आमाले उसको नाइटामनि छामेर एउटा सुस्केरा फालेकी थिइन्- छोरीको अभागी जात थिएन ऊ । उनका केही गाउँलेहरूलाई ऊ कुनै अर्कै बाबुको छोरो हो कि भन्ने मनोरञ्जक सन्देह पनि लागेको थियो- ‘के हो ए यस्तो – बूढी आमैलाई झुक्याउन त झुक्याएन कसैले -‘ तर त्यो Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : ठेलेर कतिञ्जेल बाँच्नु !

~रासा~

दुःखको ठेला ठेलेर कतिञ्जेल बाँच्नु !
रोगको तोरी पेलेर कतिञ्जेल बाँच्नु !

जिन्दगी यौटा पाएको समस्याकै भारी
मृत्युको खेल खेलेर कतिञ्जेल बाँच्नु ! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : सफलता

~पद्म देवकोटा~

वामदेवले विश्वविद्यालयको जागिर खाएको पन्ध्र वर्ष र स्थायी भएको बार्‍ह वर्ष भइसकेको थियो । ऊ आफ्नो विद्यार्थीकालमा पार्टीको सदस्यता लिएर नेताहरूको इशारा अनुसार चल्न रुचाउने भएकोले गर्दा उसको समय कितावसँग भन्दा मान्छेसँग बढी बित्थ्यो । तर उसलाई यस विषयमा चिन्ता पटक्कै थिएन किनभने ऊ जस्ता विद्यार्थी अनगिन्ती थिए । एक प्रकारको मानिसकताले आफू जस्ता साथीहरू धेरै भएको स्थान वा अवस्थालाई स्वर्ग समान ठानिदिन्छ किनभने यसको निम्ति समूहद्वारा स्वीकृति पाउनुनै सही परिचयको चिन्ह बन्न गएको हुन्छ । शायद जीवनमा सफलता प्राप्त गर्ने विद्यार्थीहरू पनि तिनै हुन् जो ढोका बन्द गरेर कितावको कीरो बन्नु भन्दा ढोका खुला राखेर यस दुनियाँको Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : घोटे फलामलाई

~रुद्र ज्ञवाली~

इस्पात बन्छ सेतो घोटे फलामलाई
क्यै हुन्न दानभेटी अर्पेर रामलाई

खाई कसम यो देश निर्माणको निमित्त
चल्नु छ आज ठूलो ठानेर कामलाई Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : कतै समवेदना छर्दैछु

~विभोर बराल~

कतै शुभकामना कतै समवेदना छर्दैछु
जिउने नाममा औपचारिकता पूरा गर्दैछु

‘नमस्ते’, ‘धन्यवाद’ र ‘माफगर्नुस् है !’ को सहरमा
आत्मीयताविहीन सम्बन्धको जालोमा पर्दैछु Continue reading →

Posted in गजल | Tagged | Leave a comment

मनोवाद / स्वगत : साढे सातदेखि अढैयाको शनिसम्म

~कृष्ण प्रधान~

१. वास्तवमा सन् २००५ लागेदेखि वर्षभरि नै कहिले अढैया त कहिले साढेसातले छोइ नै रह्यो । आफूलाई (मीन राशीलाई) अढैया रहेछ, मार्च महिना अर्थात् २०६१ साल चैत ८ गते रातीको १२ बजे छोरा अर्पण (जेठो छोरा) बैंगलोरमा दुःखदायी मोटर दुर्घटनामा पर्‍यो । भाग्यैले मात्र बच्यो भन्नु पर्‍यो । आठ बाह्र पनि परेछ । २ लाख भन्दा बढी भारु हालेर खरीद गरेको मटिज कारको नामोनिसान रहेन । मैले त कार किन्न पटक्कै मन गरेको थिईंन । तर श्रीमती र छोरा मिलेर मैलाई समेत थाहा नदिइकन कार किनेछन् । मलाई त ६ महिना पछि पो चकित पारे । अहिलेसम्म पनि कार किन्दा राखेको बचत पत्र उकास्न सकिएको छैन । दशा लागेपछि यस्तै हुन्छ होला । कमाउने भाथ्यो छोरो, महिनाको २४ हजार Continue reading →

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

कविता : शहीद र पातहरू

~चन्द्र गुरुङ्ग~

जब जब
जन्मभूमिका अङ्ग-प्रत्यङ्गलाई
नोच्न थाल्छन् क्रूर नङ्ग्राहरूले र
आमाको निर्दोष शरीरमाथि
ताण्डव नृत्य गर्छन् अन्धा पाइतालाहरूले
तब तब
असंख्य सपूतहरू
अन्धकारको विरोधमा राँको बनेर बल्दै Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : रक्त क्यानभासको सम्मुखमा

~साम्ब ढकाल~

पृष्ठभूमिमा अहम्को छाती बोकेका धवल हिमाल लहरै छन्
छेउछाउमै जीवनलाई गति बुझाउने झरना छङ्छङ खसिरहेछ
केही तल घमण्ड तेजोबध भएका अग्ला/होचा शृङ्खलाबद्ध/ शृङ्खलाहीन पहाडहरू छन्
तलतल फराकिला मन जत्तिकै समथर भूमि लम्पसार छन्, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : नेपाली साहित्य र व्यवसायिकताको खाँचो

~बिपिन शर्मा~

वर्तमान विश्वमा हरेक विषयवस्तुले आफ्नो अस्तित्व रक्षागर्न र आफ्नो वर्चस्व कायम राख्न ब्यावसायिक बन्न जरुरी छ। हामीकहाँ ब्यावसयिक शब्दलाई यसको वास्तविक अर्थभन्दा भिन्नैगरी बुझ्नेगरेको पाइन्छ। अर्थात ब्यावसायिक भन्नासाथ नाफा आर्जनका लागि मात्र गरिने कार्य भन्ने भ्रम पर्नेगर्छ। ब्यावसायिकता (professionalism) लाई सर्वप्रथम त बृहत अवधारणावाट सोच्नु जरुरीछ। कुनैपनि क्षेत्रले आफ्नो विकास र विस्तारको लागि आवश्यक सम्पूर्ण कार्यहरु गर्न आफैं सक्षम हुने ब्यवस्था मिलाउनुलाई नै व्यवसायिकता भनेर बुझ्न सकिन्छ। Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

लघुकथा : मगर्नीको खुट्टामा मार्क्सवादको स्टील

~दिल थापा~

कमरेड योजकको भाषणले मेरो निन्द्रा हराम गरिदिएको थियो । त्यो दिनदेखि म पनि माओवादीमा हिड्छु भन्ने निर्णय गरे। स्कूल पोशाकमा नै भूमिगत भएँ । भूमिगत जीवनलाई त्यागेर सामान्य जीवनमा फर्केको यति लामो समयपछि मेरो जिन्दगीले मेरै जिन्दगीको निन्द्रा हराम गरिदिएको छ। ओछ्‌यानलाई रात कटाउन गाह्रो छ। आंखालाई निन्द्रा पचाउन साह्रो छ। जब शरीर र मनलाई शुन्यमा राखेर बस्छु । शरीर र मनलाई थोरै भएपनि सजिलो मिल्छ । म केही पनि होइन भनेर बद्धध्यानमग्न हुन्छु तर मेरो खुट्टाको मार्क्सवाद स्टीलले मलाई दुखाउछ । पीडा दिन्छ ।अनि मपनि पुर्वमाओवादी पो हुँ भन्ने मनोवैज्ञानिक तरङ्ग मनमा पठाईदिन्छ । साँच्चै म आजकाल मेरो घरको आँगनमा रोदीघर बनाउन गाडिएको खाबोको दोबहरुलाई खोज्दै सोच्ने गर्छु। माध्यामिक तह पढ्दा रोदीघरको चार Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

छन्द कविता : जस्तै रमाए पनि

~डा.मेघराज ढकाल~

छन्द: शार्दुलविक्रीडित

मेरो आँगन, बाग, कौसी घरको आयो कि माली यतै
भन्दै हेर्छ सदा त भीर, छहरा, छागाँ सुसेली अझै
केरा,बाँस झुले अति कहरिलो बाला–बुढयौली भयो
हुकार्यो जब मल्कियो त उसको यात्रा कतै बाङ्गियो ।
१

अम्बा फल्छ उता पहेँलपुर भै आओ न टिपौँ भनि
मान्छे रम्छ यता त कान्तिपुरमै को जान्छ गामै भनि ?
लेखौँ पत्रसँगै फिराद यसको बुभदैन कोही पनि Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment