छन्द कविता : व्यार्थैको रै’छ लेखनी

~डा.मेघराज ढकाल~

छन्द: अनुष्टुप्

मर्दैन भोकले मान्छे नारा भए अघाउँछ
चहिन्न सीपको खेती भाषणले फलाउँछ ।
बारी र खेतका पाटा बिना मान्छे हराभरा
बन्न सक्ने भए साँच्चै के खाँचो नर वा चरा ?
१

समृद्ध देश बन्ने छ खेदिएमा युवाहरू
नोटमा भोट बढ्ने छ पञ्चायती कथाहरू
पुनरूत्थान नै होला विद्या ज्ञान परै सरे
सम्सेर रूप नै चल्छ ईष्टमित्रहरू भरे । Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

नेपाली लोककथा : सुनकेशरी मैयाँ

~सङ्कलन : तुलसी दिवस~

एकादेशमा एकजना राजा थिए। तिनका तीन भाइ छोरा र एउटी छोरी थिइन्। छोरीको सबै कपाल सुनका थिए। त्यसैले उनलाई सुनकेशरी भन्दथे।

उनका कति केशहरु छन्, तिनका हिसाब गरिएको थियो। एकदिन खोलामा नुहाउँदा उनको एउटा केश हरायो। यसरी केश हराउँदा उनकी आमाले जसले मेरी छोरीको हराएको केश पाउला, उसैसँग मेरी छोरीको बिहे गरिदिन्छु भनिन्।

मान्छेहरु उनको हराएको केश खोज्न थाले। सन्जोगले गर्दा, त्यो केश Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | 1 Comment

Poem : Some snapshots of poor

~Pravin Rai Jumeli~

Many people marked that destiny has written the poor

Other many used to state that God created that creature

By seeing and reading this word it seems simple

and as this is made of four letters only Continue reading →

Posted in Poem | Tagged | Leave a comment

कविता : विद्रोह

~बिभोर बराल~

कुहिरोमा रुमल्लिएको
त्यो चीसो पलको
मीठो सम्झना
अझै ताजा छ मनमा

आकासबाट चमचम गर्दै
वर्षिरहेका थिए हिउँका डल्लाहरू Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : मापदण्ड

~इन्द्रकुमार श्रेष्ठ~

गतवर्षहरूमा झैँ यस वर्ष पनि परिणाम घोषणा गरिनुभन्दा एक हप्ताअगावै शिक्षकहरूको सरसल्लाह बैठक बस्यो। मूल प्रश्न थियो, ‘कस्ता विद्यार्थीहरूलाई उत्तीर्ण गराउने?’ प्रायः सबैको चिन्ताचाहिँ एउटै थियोः ‘हाम्रा विद्यार्थीहरू किन यति कमजोर भए?’ तर पढाउनेहरू आफैँ भएको हुँदा यो विषयमाथि धेरै छलफल भएन । बरू सरहरू शिर झुकाउन बाध्य भए। जे भए पनि बढीभन्दा बढी विद्यार्थीहरूलाई पास गराउनुपर्छ भन्ने कुरामा भने सबैको मतैक्य रह्यो ।हेडसरले प्रश्न राखे-‘पास त गराउने, तर यसको आधार र मापदण्ड पनि त Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : के थाहा भोली

~सुजित सिग्‍देल~

शान्तिका प्यसमा सुकेका कण्ठ्हरु हो
नरसंहारका दृश्यले थाकेका आँखाहरु हो
एकै छिन पेट भरि भरि शान्ति पिउ
एकै छिन आँखाहरुलाई बिश्राम देउ
के थाहा भोली कस्तो बनेर आउँछ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : नभुल तिमी मलाई

~कृष्ण लामीछाने~

नभुल तिमी मलाई दुखको शागरमा डुबाएर
सक्तीन हाँस्न म मुटुको ब्यथा लुकाएर

तिम्रो मायाको तरङ्गमा डुब्दै थिए
पत्त्तै भएन कहिले यो मुटु तिमीलाई दिए Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

लोकतान्त्रिक कविता : होशियार नेताहरु

~देव गुरुङ~

खै लोकतन्त्र आयो, तर देश र जनताको मुहार फेरीएन
टोल,चोक,वाटो र केहि थोत्रो बोर्डहरुको नामै त फेरीयो
वाँकी जस्ताको तस्तै,उहि नेता,उहि वुद्घ,ि उहि चाल र उहि र
च्यातिए जनताका सारा सपनाहरु, मेटाए शहीदका रगतहरु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : एकदिन नारद कान्तिपुर पुगि गया

~ऋतुराज~

एकदिन नारद कान्तिपुर पुगि गया दर्शन म गर्छु भनी
राजा त्याहीं थिया पर्‍या चरणमा राजन कि जय होस् भनी ।
नारद् विन्ती गर्‍या जसै निकट गै विँणा विर्साईकन
गाथ्मा मंगल छैन कि किन हजूर वेचैन देख्नु तन ।

नारद्का यी कुरा सुन्या जसै नृपजीले बोल्या विचारीकन
हे नारद् के कहूँ परेँ सकसमा थिर् छैन मेरो मन ।
देश्भरका सब जन् थिया चरणमा रैतीसरीका थिया
ऐले ती सबजन् बन्या रिपुसरी राज् छाड्न नारा दिया । Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : काठमाण्डौ

~स्नेह सायमी~

काठमाण्डौ नदेख्दै
ऊ जब
काठमाण्डौ सुन्छ
काठमाण्डौ सपना देख्छ
काठमाण्डौ कल्पिन्छ
ऊ आफै
काठमाण्डौ नैं काठमाण्डौ हुन्छ
र
काठमाण्डौ हेर्ने अवसर खोज्छ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : झझल्को

~रेणु राई~

मृत्यु, यो शब्द किन लाग्छ मलाई अति घृणा
जीवनको प्यासी छु, मेटाउने कहिले तृ्ष्णा
घाईते बघिनी झैं म गर्लम्म ढलेकी छु
उठेर हिड्ने चेष्टा म गरिरहेकी छु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : घाम भनी थापे

~भुपेन्द्र महत~

राप हो कि ताप,जे भए नि घाम भनी थापे
छानै जलाई सेकाको अन्न माम भनी थापे

मल र जलको भलले थिचिएकी गंगा
मन्दिरको किनरा पुगेछी,धाम भनी थापे Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गीत : बिर्सेंर आफ्नै ढुकढुकी

~देव बहादुर थापा मगर~

बिर्सेंर आफ्नै ढुकढुकी म अन्त कहाँ जाउँला
बिश्वस गर हे प्रिय मेरी म चाडै आउँला

सजौला केश फुल बनि लाली बनि आहार
चुरा बनेर नारी अनि गजल बनि नजर
सिन्दुर बनेर तिम्रो उजाड सिउदो सजौँला Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : मेरी छोरी ! आऊ एउटा पुस्तक पढौँ

~निर्मलमणि अधिकारी~

(१) सुप्रिया !
आऊ आज एउटा पुस्तक पढौँ —
त्यही पुस्तक,
जुन भुलेको थिएँ मैले
उहिल्यै पढूँला भन्दाभन्दै —
आऊ हामी आज पढौँ
तिमी र म मिली —
उही पुस्तक ।

(२) छोरी ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : सूक्तिसिन्धुका सय वर्ष

~पद्मा अर्याल~

आऊ प्रिय! नगर बेर भनी मलाई
राखेर काखबीच हात दुवै समाई
ती लाल ओठ मुखनेर पुर्‍याउनुभो
लौ भन्न सक्तिनँ म ता पछि कुन्नि के भो?

पछि जरुर केही भो! यो त्यही कविताको अंश हो, जुन कविताका कारणबाट आजभन्दा सय वर्षअघि नेपाली साहित्यको इतिहासमा एउटा ठूलो हाहाकार मच्चियो। त्यसबेला प्रथम विश्वयुद्धमा जान लागेका सिपाहीहरू र दरबारका युवतीमा यौन उत्तेजना बढाएर तिनलाई बिगारेको आरोपमा चन्द्र शमशेरले थुप्रै कविलाई दण्डित गरे। ‘बालामुग्धोक्ति’ शीर्षकको यो कविता त्यस बेला अति चर्चित र विवादास्पद रहेको शृंगारिक कवितासंग्रह ‘सूक्तिसिन्धु’मा छापिएको थियो। यसका लेखक राधानाथ लोहनीलाई सार्वजनिक रूपमा कान समातेर उठबस गराई अपमानित गरिएको थियो। अरु कविलाई Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

कविता : सखा ! जून र घाम पनि हौ तिमी

~डा. वानीरा गिरि~

भन्नेहरू त
कतिसम्म भन्छन्‌ भने-
तिम्रो हृदयको नदेखिने पानामा
सम्भवत: एउटा प्रणयी-अक्षर कोरिएको थियो रे !

कुन हौ त्यो अक्षर ?
के हो त्यो अक्षर ?
को हो त्यो अक्षर ?

तिमी स्वयम्‌को खोज त होइन त्यो अक्षर ?
अथवा मेरो तिमीसँगको
अनवरत यात्राको शिरबन्दी त होईन त्यो अक्षर ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : ईश्वर-स्तुति

~लेखनाथ पौड्याल~

जय जगदीश्वर ! जय अविनाशी
जय जय भगवन । करुणाराशि ।
शक्ति छ प्रभुको अपरम्पार
घुम्दछ जसमा सब संसार ॥१॥

जलचर, थलचर, ग्रहगण, तारा
सूर्य लगायत सुर, मुनि सारा ।
केवल प्रभुको करुणा पाई
गर्छन् निज-निज कर्म रमाई ॥२॥ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : कथा लेखन थालेका छौ

~टेक थजाली मगर~

हामी पनी देशको कथा लेखन थालेका छौ
जिन्दगीका लोडसेडिङमा दियो बालेका छौ

देशको लागी बाँच्नुपर्छ देशको लागी मर्नु पर्छ
बन्दुकको होईन लडाई बिचारको लड्नु पर्छ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : तिमीले सिकाएको क्रान्ति

~खगेन्द्र विष्ट~

बन्दुकका नाल तेर्साएर आफ्ना
अभिष्टताहरु खोज्दै
पहाडका कुनाकाप्चा र तराइका गाउँमा
अधिकारका नाममा निर्दोषका
सम्पतीमाथिको पहिलो हमला Continue reading →

Posted in कविता | Tagged | Leave a comment

अनूदित कथा : बुख्याँचा

~सत्यजित रे~
अनुवाद : खगेन्द्र संग्रौला

उनीहरू पनाघरमा पुग्न लागेका के थिए, मृगान्कोबाबुको आशंकाको पुष्टि भइहाल्यो। उनका कारको पेट्रोल सकियो। निकै समययता पेट्रोल देखाउने यन्त्रले राम्ररी काम गर्न छाडेको थियो। आज बिहान बाटो लाग्नुअघि उनले यो कुरा उनको चालक सुधीरलाई बताएका थिए। तर सुधीरले टेरपुच्छर लगाएन। वास्तवमा कारमा पेट्रोल यन्त्रले देखाएको भन्दा कम थियो।

‘अब तिमी के गर्छौ ? ’ मृगान्कोबाबुले सोधे।

‘म हिँडेर पनाघर जान्छु र पेट्रोल लिएर आउँछु,’ सुधीरले जवाफ दियो।

‘पनाघर कति टाढा छ ? ’ Continue reading →

Posted in अनूदित कथा | Tagged , | Leave a comment

बाल कथा : झाँक्री हैन अहेवा

~नेत्र तामाङ~

दावा र उसका बा पासाङ चिहानघर कुरिरहेका छन् । चिहानडाँडामा चकमन्न अध्याँरो छ । बेलाबेला चिसो स्याँठले माझघरे झाक्री बा जलाएको चिहानघरबाट केही झिल्का आगो उड्दै खरानी बन्छ । दावाले मोबाइलमा हे¥यो, १२ बज्नै लागेको थियो । चिहानडाँडाको वरिपरि बुट्यानै बुट्यान भएपनि देखिरहेको थिएन । जाडो र डर यी दुबैले दावालाई यहाँ बसिरहन मन लागेन ।

‘ह्या बा, अब जाने बेला भएन भन्या,’ मोबाइलमा गेम खेलिरहेका दावा झर्किए । भाँतेजाँड पिइरहेका पासाङ छोरोको झर्काईले झसंग भए । छोरालाई अल्मलाउन उसले कथा सुनाउन शुरु गरे । Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

गीत : तिम्रो तस्वीर

~अनमोल पीडित खालिङ~

अतितको ब्यथ यो मुटुमाझ मैले साँच्न सकिन
बियोगको कथा साँचेर एक्लै मैले हाँस्न सकिन!

खोला बनी बग्छ जीवन मैले एक्लै छेक्न सकिन
आँशु बनी झर्छ जीवन मैले एक्लै रोक्न सकिन! Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : बाँसुरी बजाइराख

~ज्ञानुवाकर पौडेल~

निरोले झैँ बाँसुरी बजाइराख
हो, देशलाई यसरीनै जलाइराख ।

को आफनो यहाँ अब को पराई ? Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : भो मलाई चाहिंदैन घुम्ने कुर्सी

~शोभित नेपाल~

कसैले दान दिएको
बाहिरकाहरूले मान दिएको
‘असल छिमेकी’ ले पिठ्युँमा
धाप मारेर सम्मान दिएको
दुई ठाउँमा हारेकाले
लाजमर्दो उठान पाएको
दुई ठाउँमा जितेकाले
दुःखलाग्दो बैठान खाएको
भो चाहिंदैन मलाई घुम्ने कुर्सी !!
Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो देश अँध्यारो नै छ

~जिबीहाङ राई~

गुन्द्रिबाट पलङमा सरेपछि त
निन्द्रापनि राम्रै लाग्दो रहेछ क्यारे !!
डसनामाथि शिरक ओढेपछि त
सपनापनि राम्रै देखिन्छ क्यारे !!!
बार्दलि उक्लेपछि कुन्नी आकाशमात्र देखिन्छ क्यारे !!!!
कौशिमा चढेपछि त भुइतलाको चिसो थाहा हुँदैनकी कसो ?? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : कस्तो हो यो मेरो

~गणेश पुर्बछाने मगर~Ganesh Purbachane Magar

कस्तो हो यो मेरो जीवन को बेदनारु
जहा एकै थोपा पनी सुखको आशु छैन
कस्तो हो यो मेरो जीवन को सुरुवात
जून यो मस्तिस्क मा कुनै लक्छ्य नै छैन ।

कस्तो हो यो मेरो जीवनको इच्छा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : जन्म दिनको शुभकामना छोरा

~रेखा पन्त~

खुशी त्यो दिन पनि थिएँ उत्तिकै
जब निस्कन्थे खादै नखाएको खाना
शरीर तातो अनुहार रातो भएर
दुर्गन्ध मिश्रित
बाँकी हुन्थ्यो त केवल
रित्तो आमाशय !!

रित्तो आमाशयमा
भरिभराउ गर्भाशय
आपसमा ठोक्किदा निस्कने मधुर धुनमा
महसुस गरेकी हुँ कयौंपटक
जहाँ तिमी नाच्यौ मयुर सरी
कलिला दुइ हात फिंजाएर
दाँया कोख देखि बायाँ कोख सम्म !! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : के हो पवित्रता?

~तिर्थराज जोशी~

सुन् गोठाले सुन्।
अनि भन्!
म अब कसरी तेरि रहिन?
कसरी?
पवित्रता के हो तैँ भनिदे मलाई?

यदि कुमारीत्व पवित्रता हो भने Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : कलियुगका जोगी

~डा. एकप्रसाद दुवाडी~

केही वर्ष पहिले गगन गैरे उर्फ कमल लुम्बिनी विकास समितिका अध्यक्षका हैसियतले न्युयोर्क गएर संयुक्त्त राष्टसंघका तत्कालिन महासचिवसंग भेटेर नेपालको तर्फबाट अन्तराष्ट्रीय सयोग जुटाउन जोडदार लबिङ गर्न सफल भएका छन् । महासचिव बान कि मुनसंगको भेटमा उनले लुम्बिनी गुरु योजनाका बारेमा मात्र छलफल गरेनन् बल्कि बान कि मुनलाई पछिल्लो वर्षको मार्चमा नेपाल आउन राजी बनाएपछि बृहत्तर लुम्बिनी अन्तराष्टिय विकास समितिको बैठक महासचिव बानको न्युयोर्क स्थित अफिसमा गराउन अनुरोध गर्न समेत भ्याए ।

कमल ठूलो धनराशी (करिब ३ अरब) भित्र्याएर लुम्बिनी गुरुयोजनाको विकास गर्न एपिइसिएफ संस्थाको एक Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : आउँदै छु है भनी

~शीतल शर्मा~

धेरै पटक निम्ता दियौ आउँदै छु है भनी ।
दुविधामा परिरहें होइन जस्तै मानी ।।

लगातार सायरीका वर्षाहरु वर्षे ।
करै लाग्यो स्वीकार गर्न आफ्नै जस्तै मानी ।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : झल्को

~आनन्द पौड्याल~

धेरै समृद्धिबाट प्रभावित हुँदै जाँदा,
अरुको उन्नतीदेखि नतमस्तक हुँदै,
मातृभूमिको पूर्व झल्को दिन्छु मैले,
उच्च समृद्धि हेर्न आतुर हुँदैछु आज म,
ज्ञान बुद्धि र सीप विकास निम्ति,
निरन्तर अघि वढ्ने प्रण गर्दै, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : मातृत्व

~शोभा गुरुङ्ग~

गोफ्ले कुकुरलाई अति मन पराउथ्यो। कुकुर पाल्ने साह्रै हठ गर्न थाले पछी गोफ्लेकी आमा डोलमायाले एउटा कुकुरको छाउरा ल्याई दिईन । गोफ्ले साह्रै खुशी भयो । संगसंगै खेल्ने, खाने, सुत्ने, बाहिर घुम्न जाने गर्थ्यो । घरका सदस्य गोफ्ले र कुकुरको छाउराको माया हेरेर दंग थिए । एक दिन स्कुल जादा गोफ्ले साथिको घर गएको थियो । साथिको घरमा दुई वटा कुकुर पालेको रहेछ । उ पनि के कम । साथीको दुई वटा कुकुर मलाई Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment