कविता : उपहार

~विष्णुकुमार श्रेष्ठ~

अञ्जली भरी फूलका थुंगा तिमीलाई उपहार ।
उपहार मेरो खुसीको संसार तिमीलाई उपहार ।।

यो नीलो आकाश जति म देख्छु तिमीलाई उपहार ।
म खेली हिडने पाखा र चउर तिमीलाई उपहार ।। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

Poem : My Alibi

~Bhim Thatal~

I enter TV set
And exploring through the channels
Reach the tumultuous forests of Africa.

Riding the turbulent waves of the tranquil forest
There is a woman Who has
Spent her entire legacy
Amongst the sprouting hopes in ruins of life and Continue reading →

Posted in Poem | Tagged | Leave a comment

बाल कथा: निमाको अनुशासन

~भोला दुलाल~

शनिबारको छुट्टी थियो। निमा,पासाङ,राजु र उर्मिला बुढानीलकण्ठ स्थित शिवपुरी डाडामा रहेको गुम्बामा घुम्न जाने सल्लाह गर्छन। “भोलि बिहान चाडैं आउँ है सबैजना!” राजुले भन्यो। कतिबेला जम्मा हुने हो हामीहरु?” निमाले सोधी। ठीक आठ बजे हामी सबै नारनथानको बसपार्कमा जम्मा हुने हो।” राजुले सबैलाई सम्झायो। उर्मिलाले सबैको कुरामा हो हो मात्रै भनी तर कुनै प्रतिक्रिया जनाइन। Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

कथा : स्वास्नी

~मधु श्री~

“….बिक्रम तिम्रो अफिस छुटेपछि अन्त जानु त छैन नि ?”

“छैन”

“उसोभए मलाई लिन आउ है । आज बैठकमा अलि ढिलो हुन सक्नेछ । धेरै एजेन्डसहरुको छिनोफानो गर्नु छ ।”

“सक्दिन म । सधैँ के को मिटिङ नि ? थपक्क घर नबसेर !”

“किन यस्तो भनेको ? यो त हाम्रो संघठनको मिटिङ हो नि । तिमीलाई नि थाहा छ यो कति जरुरी छ ।” Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : के दिएकी थियौ तिमीले ?

~प्रनिता शर्मा~

“खोई म त नया छु यो क्षेत्रमा सर के हुन्छ हुन्छ मलाई थाहा पनि छैन । प्लीज सर मलाई हेल्प गर्नु ल !” रेस्टुरेन्टको मेरो बगलको सिटमा बसेका दुईजना मध्ये सानी पातली सत्र अठार वर्षकी जस्ती देखिने केटीले साठी वर्ष पनि काटेको जस्तो बुढो तिर फर्केर भन्दै थिइ ।

“मलाई तिमीले सिकाउनु पर्दैन । म त्यस्तो मान्छे हो जस्ले धेरै लाई बनाएको छ । तिम्रो यही एक स्टेप बाट नै म तिमीलाई तिम्रो क्षेत्रको राजदुत नै बनाउन सक्छु । तर तिमीले मलाई त्यसको बदलामा के दिन्छौ ? ” Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : विछोड !!!

~अर्जुन उपाध्याय~

यतै कतै हुरि रहेछ
सम्झनाको खरानी तिम्रो
त्यसै बाट बनेर बर्ष
आएछ श्रावण मेरो
पिई त्यो वर्षातको पानी
रगत झन बलियो भो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : न्याय को बाटो

~रितु खनाल~

न्याय को बाटो मा देखाऊ हिडेर तिमी
यो देश तिम्रो हो , बन्नु पर्छ नेता तिमी

दुनियाको रिति , भन्नु हुन्न कसैलाई तिमी
सत्यता को बलमा सधै अगाडी बढ्नु तिमी Continue reading →

Posted in कविता | Tagged | Leave a comment

यौन कविता : अर्ग

~पुष्कर लोहनी~

सम्पूर्ण आफूलाई चोखो राखेर
अझ चन्द्रमालाई साछी
उत्तानो पारेर थापेको अर्ग
यौटा लामो केरा
छोरो पाउने रहरमा लोग्नेलाई प्रसाद । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : चटक र क्रान्ति

~नर्मदेश्वर प्रधान~

त्यस जादुगरले
झोलाबाट
क्रान्ति झिक्यो…
भोटो जात्रामा भोटोलाई झैँ उसले
चारै कुनाबाट देखायो….
म विस्मित, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरा सपना छन्

~इश्वरवल्लभ~

म भित्र फूलझै फक्रिरहेका सपना छन्
म तिमीलाई दिन सकूँ
हरेक हरियालीबाट सरसता टिपी
तिमीलाई सुम्पन सकूँ
कि मेरो निम्ति एउटा गीत बनोस्
तिम्रा कोमलताहरूले, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : आस्थाहरु स्वतन्त्र हुन खोज्छन्

~इश्वरवल्लभ~

म एकफेरा निर्लिप्त हुने मन गर्छु
ती अँध्यारा कोठाहरुझैं, जो सधैं कुनै बेस्यहार परेको
– परिवेश जिउँछ,
तिमीहरु भन्छौ, ती अघिल्ला झ्यालहरु पनि अनुहार हुन्,
जस्तै बगिरहेका खोलाहरु,
जस्तै अल्झिरहेका बार्दली र झ्यालहरु,
तिमीहरुले जस्तै, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सन्देह

~रामगोपाल आशुतोष~

सफलताको पहाड झरेर
पीडाको नदी तर्नु
आकाश बिछ्याएर छातीमा पाताल ओढ्नु
विश्वासको छाताबाट
छलको छुरी मुटुमाथि तपतप खस्दा
रगत जमेको घाउ सिएर बाँच्नु
कठिन हुँदो रहेछ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

‘इखालु’ रमेशका पाँच हाइकु-सेन्र्यू

~‘इखालु’ रमेश~

१.
डुबेनी चन्द्र
उषाको आगमन
संघर्ष गर

२.
भुलेर पिडा
संघर्ष हो जीवन
मन सम्हाल Continue reading →

Posted in सेन्र्यू, हाइकु | Tagged | Leave a comment

कविता : प्रश्न ?

~देवब्रत घिमिरे~

उत्तरविहिन जीवनका प्रश्नहरूले
प्यसा मच्छर झैं कान वरिपरि
रन्थनिएर कोलाहल मच्चाइदिँदा
समाधानका प्याट्ट प्याट् लबटाहरूले
प्रत्येक असफल प्रयास
आफ्नै गाला नमिठो चहर्याेइदिन्छन्।

एकान्तले एउटा कोलाहल मच्चाएजस्तो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

स्रष्टा परिचय : समालोचनाकी देवी

~सेवा भट्टराई~

लक्खीदेवी सुन्दास, २५ जेठ १९९१ – ३० साउन २०७६ । कोलकातामा जन्मिएकी लक्खी (बङ्गाली भाषामा लक्ष्मी) कालान्तरमा नेपाली भाषाको साहित्यमा सरस्वतीकै वरदान बनिन्।

हँसिलो अनुहारमा सेतै फुलेको कपाल, लर्बरिएको बोली र धुमिल स्मृति । मैले दुई वर्षअघि सिलिगुडीको एउटा अपार्टमेण्टमा भेट्दा विदुषी डा. लक्खीदेवी सुन्दासको छायाँ मात्रै बाँकी थियो । तर उनको मीठो बोली र मिजासिलो स्वभाव भने जस्ताको तस्तै । उनै लक्खीदेवीको मुटु रोगका कारण ८५ वर्षको उमेरमा ३० साउनमा सिलिगुडीकै एक नर्सिङ होममा निधन भयो ।२५ जेठ १९९१ मा भारत पश्चिम बङ्गालको कोलकातामा जन्मिएकी लक्खीदेवीले सम्भवतः एक जुनीमा एक मानिसले गर्न सक्ने भन्दा धेरै गरिसकेकी Continue reading →

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

कविता : संघर्ष गर्ने गर

~अर्जुन दुलाल~

मान्छे हुन्न कतै निस्वार्थ मनको आमा समानै यहाँ
खोजे जे पनि लौ सँधै श्रम गरी भेटिन्छ संसारमा
खोजौँ है मनले सँधै भरी अब यो जिन्दगीको घर
हुन्छन् साथ सबै जिते पछि यहाँ संघर्ष गर्ने गर
!!१!!

देखिन्नन् दुधमा अहो घिउ कतै भेटिन्छ संघर्षले Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : किन गाउन दिंदैनन् जीवनको गीत

~यकिना अगाध~

आमा !
किन गाउन दिदैनन्
त्यो मास्टरले
मलाई आफ्नो जीवनको गीत ।

हातमा छडी लिएर
उचाईंको हिसाब सिकाउछ र भन्छ
सगरमाथाको गीत गाउ
आदर्श भट्याउछ र भन्छ
सीता र भृकुटीको गीत गाउ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : पाखा पखेरा भरि नाँच्‍न पाऊँ

~इलामेली टीकाराम दुलाल~Ilameli Tikaram Dulal

छन्द कविता : ईन्द्रबज्रा

डाफेँ जुरेली चरि साथ घुम्दै
अग्ला हिमाली चुचुरा नि चुम्दै
नेपाल मेरो सब ठाउँ जाऊँ
पाखा पखेरा भरि नाँच्‍न पाऊँ ।१।

सौभाग्य मेरो र छु भाग्यमानी
सोचेर पानी म त हुन्छु पानी
जन्मेर आए यहि बाच्‍न पाऊँ
पाखा पखेरा भरि नाँच्‍न पाऊँ।२। Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

आविष्कार कलाका तीन मुक्तकहरू

~आविष्कार कला~

(१)
क्षितिज भन्दा परको स्वर्ग चाहिँदैन
क्षितिजको पारी पट्टी नजर लाईँदैन
आँधी हुरी मात्र होइन ज्वाला बन्छु म
साम्राज्यवादी खुनी नङ्गा यहाँ चाहिँदैन ।

(२)
अनुदानको डोकोभित्र विषको ठूलो पोको Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : जागृति सन्देश

~ताराप्रसाद श्रेष्ठ~

तराई पहाड सुन्दर हिमाल, “एमसीसी”ले खाने भो नेपाल
राष्ट्रियता स्वाभिमान बन्धकमा पारी ।
स्वाभिमानी जनतालाई बोकाइ ऋणको भारी ।।
पुर्खाका ती गौरवगाथा इतिहास सान ।
शहिदका सुन्दर सपना लागे वेचि खान ।।

बहुमतको सरकार आएर, जाने भयो देशलाई खाएर
अङ्ग्रेजलाई भगाउने विराङ्गना, विर । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : बिकी सकेको म मान्छे

~विश्व बल्लभ~

पसलबाट बिकी, सकेको म मान्छे।
आँखाबाट सबको, झरेको म मान्छे।

आकाश बाट झरेर हराएको, तारा।
सबले छोडिदिएको, पहाडको धारा। Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

समीक्षा : नेपाली क्रान्ति कथा

~प्रदीप नेपाल~

नेपाली क्रान्ति कथा, बिहारका प्रसिद्ध कथाकार फणिश्वरनाथ रेणुको पुस्तकको शीर्षक हो । बिहारका भए पनि उनले नेपालको कोइराला परिवारसँग जोडिएर २००७ सालको क्रान्तिमा भाग लिएका थिए । उनले आपूm पनि त्यो क्रान्तिमा जोडिएको चर्चा गरेका छन् । त्यही पुस्तकको एक ठाउँमा उनले लेखेका छन्– काङ्ग्रेसीहरू मलाई यहाँ थुनेर क्रान्ति गर्छु भनेर मनमोहन अधिकारी भुत्भुताइरहेका थिए’ । अक्षरशः यही होइन । तर कुन कुरो प्रस्ट बुझिन्थ्यो भने नेपाली काङ्ग्रेसको मुक्ति सेनाले मनमोहन अधिकारी र उनका कामरेडहरूलाई जोगबनीको कुनै कारखानामा थुनेको थियो र रेणु लगायतका काङ्ग्रेसीहरूलाई सुनसरी, झापातिरको मोर्चामा खटाइएको थियो । Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : हायमनदास राई किरातको चौकिदार कथा

~अज्ञात~

चौकिदार कथाको कथाबस्तु :-

हायमनदास राई किरातद्वारा लिखित चौकिदार कथा चिया कमानलाई अंगालेको छ ! चौकीदार भनेको केहिकुराको सुरक्षाकर्ता हो ! यस कथामा चिया कमानमा चौकीदारले भोग्नु परेको व्यर्था पाईन्छ ! चौकीदार चाकरी गर्दा रात्रीको समयमा आफ्नो पत्नीसित समय बिताउँन सक्तैन यसैले सिम्मा घरमा सदैव रात्रिको समयमा एकली हुन्छिन् ! पत्नीलई समय दिन नसक्ता आफूसँग काम गर्ने अर्को चौकीदार धनबीर सिम्म सित लहसिएको कुरा थहाँ पाएर पत्नी -पतिबीच आगो सल्किन्छ ! दूईबीच बोलिचाली बन्द हुन्छ ! Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

गजल : बोक्राभित्र छु

~एकादेशको गगनराज~

उधार्दिनौ फेरी लाटी! बोक्राभित्र छु ।
छामिहेर तिम्रै छेउको धोक्राभित्र छु।

अ मिलोछु,गुलियो छु टर्‍रो पनि आफैँ
रस मात्र पियौ म त छोक्राभित्र छु। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गीत : तिमी सुन्दर छौ तिमीलाई

~किरण खरेल~

तिमी सुन्दर छौ तिमीलाई अझ सुन्दर पार्न मन लाग्यो
त्यो इन्द्रेणी सिउँदोमा सिंदूर छर्न मन लाग्यो

शरदको जून राम्रो हुन्छ वर्षामा रुझेको झन राम्रो
रेशमी बादलबिच लजाई आधा लुकेको अझ राम्रो Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : मन उपवन

~पद्मावती सिंह~

आकाशभरि रक्तिम लालिमा छरेर सूर्य डुब्ने तरखरमा थियो । दिनलाई धकेलेर साँझ धर्तीमा ओर्लिसकेको थियो । हेर्दाहेर्दै चन्द्रमा पूर्ण यौवनावस्थामा उदाइन् । मैले यौवनावस्थाकी चन्दालाई झलक्क सम्झेँ । जीवनका कति कुराहरू भन्न चाहेर पनि भन्न सकिरहेका हुँदैनन् तर ती भन्न नसकेका कुराहरू मनको सूक्ष्मतम् भावनाहरू व्यक्त गर्नमा अधिक शक्तिशाली हुँदारहेछन् भन्ने कुरा आज आएर उद्घाटित भए । मेरो जीवनमा चन्दाले भरखरै जुन कुरा भनिन्, ती कुराहरूले आज उनको मनको पत्रपत्रमा लेखिएका पङ्क्तिहरूलाई मेरो सामु तीस वर्षो अन्तरालमा छिन्नभिन्न पारिदिइन् उनले ।

तीस वर्षो लामो अन्तरालमा चन्दा र मेरो भेटघाट हुँदैछ उनको पतिगृहमा । समयले मानिसको बोलीचाली, Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : ईश्वरहरू -१

~अल्पविराम~

किसानहरू
कोही थाप्लोमा
कोही काँधमा
कोही हात पाखुरामा
हलो, कोदालो
र डोको भरि
ईश्वरहरू बोकेर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : घोडाको तबेलामा !

~मबि सिंह~

खुल्लेयाम आएथ्यो गधा, घोडाको तबेलामा !
भाग्य छल्र्ने नियतले परे लातको फेलामा !

समीक्षक, सहभागी सबै, सबैका बिरोधी
निर्णय नगर्ने निर्णय चांहि भयो भेलामा ! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

बान्तावा राई भाषी कविता : हतुवागढि

~पदम राई~

आखोमाङ,
सुनाहाङ, कर्महाङ, अट्टलसिं
आन्सुन्तुम्चि हाङकाचि ममुवाङा
हतुवागढिदा आन्केन हाङकाचि मुन्येन
इदेङ, किरावा यवा ममासा खाइसा ।

आय,
किरावाचिओ ह Continue reading →

Posted in बान्तावा कविता | Tagged , , | Leave a comment

कविता : गाँस्नु पर्ने मनहरु

~रमा अधिकारी ‘कादम्बरी’~

मनहरु
एकताको मालामा गाँसिएकै जाति हुन्छ
मनहरु
मायाको धागोमा उनिएकै बेस हुन्छ
मनसँग मन टाढिएको सुहाउँदैन
मनले मनलाई रुवाएको शुभ हुँदैन ।
मन फाटेपछि
घृणा साटेपछि
हिंस्रक हुन्छ मान्छे
त्रासद हुन्छ समय Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : कुशल ड्राइभरविनाको यात्रा

~कैलाश भण्डारी~

मोटर मात्रै भएर के गर्नु र ?
देशमात्रै भएर के गर्नु र ?
चाहिन्छ कुशल ड्राइभर
देश हाँक्ने ड्राइभर ।

तर, विडम्वना हेनुस् वासुदाइ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सम्बन्ध सूत्र

~मणि लोहनी~

विस्फोटमा ध्वस्त मन्दिरको बूढो पूजारी
बाबु जलाएको खरानी बगाउने
निर्दयी खोलाछेउ उभिएको, त्यो उदास बालक
र कुनै किशोर प्रेमीले लेखेको प्रेमपत्रजस्तो
सुरक्षित छ भन्दाभन्दै असुरक्षित बन्न पुगेको नागरिक
यतिखेर मेरा सहयात्री बनेका छन् ।

अब आफ्नो भन्ने कोही बाँकी रहेनन् Continue reading →

Posted in कविता | Tagged | Leave a comment