गजल : नेपाली बनि मर्नेछु देशमा

~इलामेली टीकाराम दुलाल~Ilameli Tikaram Dulal

देशको खातिर् नेपाली बनि मर्नेछु देशमा
तिर्नलाई भारा बीर् गति प्रप्त गर्नेछु देशमा

भोलीका पुस्ता स्वतन्त्र बनि हासेर जिउनेछन्
शान्तिको शन्देश उजागर गरी छर्नेछु देशमा Continue reading →

Posted in गजल | Tagged | Leave a comment

विचार मन्थन : समय “सत्य कि झुट”

~भरत खत्री~

उकाली निस्कदै गरेको बुवाले सिरको टोपी हातमा समात्दै चौतारीमा थयाच्च बस्नु भयो । पुरानो कोटको खलतीमा हात राख्दै, पुरानो झुत्रो कुसुमे रुमाल निकाल्नु भयो । कपालका कापा बाट निधार हुँदै मुख तर्फ झर्दै गरेका पसिनाका ढिक्का पुछ्दै यसो भन्नू भयो ” अनुहारमा बनेका बाङ्गा टिङ्गा रेखाहरुले अनुहारमा चाउरी पनाको संकेत गर्दैन, यसले परिपक्वता र अनुभव झलकाउछ ।”

उहााँको कुरा एउटा सानो वाक्यांशमा सकियो तर उसले दिने भावको छाप म मा अहिले सम्म रह्यो र त्यसैको Continue reading →

Posted in विचार मन्थन|चिन्तन | Tagged , | Leave a comment

कविता : ईश्वरको अदालतमा बयान

~राजेन्द्र तारकिणी~

गरिखानु जत्रो ठूलो अपराध
शिरछेदन गर्नु होइन !

ईश्वर,
म अपराधी थिएँ !

मरन्च्याँसे आइमाईको पेट च्यातेर
जबरजस्ती लोकमा छिर्नु पहिलो अपराध थियो
चुहिने छानामुनि भोकले आन्द्ररा खोतलेपछि Continue reading →

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : मुसी नाटकको समीक्षा

~मुकुन्दप्रसाद शर्मा~

क) नाटक पूर्वकथन

पुसले दुर्गम पहाडको कुनाकन्दरा ठिहिर्‍याइरहेको बखत पहाडी जिल्ला रुकुमको तापक्रमको पारो भने एउटा समाचारले उकालोतिर लागिरहेको थियो । त्यो थियो मुसिकोट राज्य स्थापना सम्बन्धी कथानकमा आधारित रही साहित्यकार पूर्ण ओलीले लेखेको मुसी नाटक  छिट्टै प्रदर्शित हुँदैछ भन्ने समाचार । उक्त मुसी नाटक राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमको व्यवस्थापनमा तयार गरिँदै थियो । छायाङ्कनको जिम्मा पत्रकार अमरराज पुन र भरत चन्दले लिएका थिए । नाटकमा कर्णाली प्रलेस अध्यक्ष गिरिप्रसाद बुढा, राप्ती साहित्य परिषद जिल्ला शाखा रुकुमका अध्यक्ष मनलाल ओली लगायत सुनिता Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

नियात्रा : वीरताको इतिहास दर्साउने स्थानबाट

~आविष्कार कला~

घुम्नु आफैमा रमाईलो मात्र होइन , घुम्नु कोठामा बसेर अध्ययन गर्नु भन्दा ज्ञान हासिल गर्ने एउटा महत्वपूर्ण माध्यम पनि हो । घुमाई आफैमा मलाई एक उत्साहजनक कार्य लाग्दछ । मलाई घुमाई बालपनदेखि नै रमाइलो लाग्दथ्यो । जुन दिन देखि मैले श्रम बेच्न शुरु गरे ती कार्य नहिडेसम्म पुरा नहुने थिए । देशका बिभिन्न ठाउँमा गई अध्ययन गर्नु पर्ने भएकोले पेशाप्रतिको जिम्मेवारी र मायाले गर्दा आफ्नो प्रमुख जिम्मेवारी निर्वाह गर्दागर्दै अर्को उपहार रुपमा आउछ देशको हरेक भूगोलको संस्कृति, भाषा ,रहनसहन र प्रकृति आदिका बारेको जानकारी यसरी मेरो पेशा “एक पन्थ अनेक काम” भईरहेको छ ।

इतिहासमा राज्य विस्तारको अवस्थाका लागि एकअर्को राज्य विचमा लडाइँ भई जुन पक्षले युद्धमा जित हासिल Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

गजल : पिंजडा रहेछ

~छविलाल खड्का~

जागिर भन्नु त केवल, पिंजडा रहेछ
गणेश प्रवृत्तिको मात्र, अखडा रहेछ ।

गणेश गणेश रहे , कुमार कुमार नै
नियम कानून त मात्रै, बखेडा रहेछ । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : अस्मिताको अस्मिता

~सिमियोन रोक्का~Simiyon Rokka

अनुत्तरित हजार प्रश्नहरु हुन्छन, जस्को बर्तमानमा कुनै जवाफ हुँदैन । अपवादमा कसैको बिगत राम्रो होला तर अक्सर नराम्रा बिगतले बर्तमानमा अप्ठ्यारा प्रश्नहरु खडा गराइ राख्छन । जस्को उत्तर कहिले पाउनै सकिन्न त कहिले उत्तर, असाधारण र अनुपेक्षित हुने गर्छन् । यहाँ म संग त्यस्तै प्रश्नले भरिएको बिगतले बिगारेको बर्तमानको कथा छ ।

म नामले अस्मिता, नाम सुन्दा कति सरल र अर्थपूर्ण छ । नाम जस्तै जीवन अर्थपूर्ण हुने भए ? यो मेरो कथा हो । शब्दार्थमा अस्तित्वको अर्थ लाग्ने आस्मिताको अस्तित्व बिहिन कथा ।

पौष महिनाको जाडोमा, २२ लागिसकेका यि ओठहरु काप्दै थिए, जव उसका हातहरु मेरा कम्मरमा थिए । उ Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : धेरै मन्दिर धाएकोछु

~डा बच्चु कैलाश कैनी~

तिमीलाई पाउन मैले धेरै मन्दिर धाएकोछु
बदलामा मैले यहाँ तिमीलाई पाएको छु ।

सुख दुख आउँछन् जान्छन सबै भोग्नु पर्छ
तिमी मेरी मनको देवता मैले ढोग्नु पर्छ । Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : भिजिट नेपाल

~दिल थापा~

ऋतुहरुले प्रकृतिको रङ्गहरू प्रयोग गरेर
मेरो देशको हिमालहरुमा
तराईका फाँटहरुमा
अनि हिमाल र तराईको
न्यानो मायाँ पाएको पहाडहरुमा
मनको आँखालाई खुसी बनाउने द्श्यहरु कुँदि रहन्छ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : आस्था र विश्वास डग्मगाएको छ

~दीपक कुमार ज्ञवाली~Deepak Kumar Gyawali

श्रावण महिनाको कृष्ण पक्षको रातमा
जुनकीरीको पिल पील उज्यालोमा
जीवनको गन्तब्यमा हिडीरहेका बटुवाहरु
भालेको डाँकसँगै सूर्याेदयको प्रतिक्षामा
सहज जीवनलाई तिलाञ्जली दिएर
देश र समाज बदल्ने अठोटले Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : समवेदना मरेको बेला

~कृष्ण प्रसाई~

अभ्यस्त भैसकेका छन् अखबारका पानाहरू-
सहज बनाउन दिनहुँ रगतका खबरहरूलाई,
कति सस्तो भएको छ मृत्यु !
कति बोधो भएको छ समवेदना ! !
आफू हराउँदा आफै खोज्न सक्दैन ।
आफ्नो अन्तेष्टिमा आफैं रुन पाउँदैन । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मलाई उत्पन्न गराउने संयोगहरूप्रति

~डा. कविताराम श्रेष्ठ~

योजनाहीन मान्छेको जुनी पाएको छु ।
न मेरो पूर्वयोजना थियो यसमा ।
न मातापिताकै माया ।
न कसैको चाह
न भगवनकै वरदान ।
काकतालीले म यहाँ उत्पन्न भएँ ।
तथापि म भन्दिनँ कि Continue reading →

Posted in कविता | Tagged | Leave a comment

एकाङ्की : अमर कथा

~टंक ‘विकल्प’~

लाक्पा सोनाम आँगनमा बसेर एकहोरोसँगले सगरमाथा तर्फ हेरिरहन्छ । ऊ पासाङको प्रतिक्षामा झै देखिन्छ । र्मिर्मिरे  बिहानको सिरसिर बतास सगरमाथाको देखि चौरी खर्क हुँदै ओरालो लाग्छ । प्रभाती चराहरूको चिरविर ताना र लामो स्मृति धुन गुञ्जिरहन्छ । लाक्पा सोनाम सगरमाथा क्षितिजबाट ताराहरू बिलाउँदै गएको हेर्छ र एक्लै बर्बराउँछ ।

लाक्पा सोनाम – आज पनि झरेन त्यो तारा । प्रत्येक बिहान धेरै ताराहरू झरेर गए जस्तै त्यो पनि सगरमाथाकै बाटो गरेर यहाँ चौरीखर्कसम्म आइपुग्छ कि ठान्छु, तर झर्दै झरेन, आज पनि झरेन (भाव बदलेर) सगरमाथा ! तिमी मुस्कुराउन थाल्यौ फेरि ? तिमी मुस्कुराएको देख्दा यो मुटु घायल हुन्छ बुझ्यौँ ? ईर्ष्या लागेर आउँछ तिमी प्रति । म पनि त मुस्कुराउँथे सानैदेखि उनी पनि मुस्कुराउँथिन तिमीलाई हेरेर । त्यही अपूर्व खुसी थियो मेरो । तर आज मेरो खुसी … ? मेरो खुसी त त्यही आलोप भएको छ, चिसिएको छ, मेरो आनन्द तिम्रा हिउँका थाकहरूमा पुरिएर (फेरि भाव बदलेर) अलिकति पनि दुःख लागेको छैन है तिमीलाई ? मेरो पीडामा मर्माहत Continue reading →

Posted in एकाङ्की | Tagged | Leave a comment

कविता : मेरी छोरी, मेरा कथा र चित्रहरू

~गणेश ईजम~

मेरी छोरी तिमी ठूली भइसक्यौ
अब आमालाई सघाउ
चुला जलाउने अभ्यास गर
पानी तताउने कोसिस गर
स्कूलको होमवर्क आफै सिध्याउने गर
आफ्नो कपाल आफै सम्याउ
मेरी छोरी तिमी ठूली भइसक्यौ,

मैले तिमीलाई धेरै पटक एस्सै भनेको थिए, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : भक्षक रक्षक

~सुमिना अभिलाषी~

दाजु ,
मलाइ याद छ बालापनको त्यो दिन !
दशैको बेला
टीका र जमरा थालभरी राखेर
हजुरलाइ पनि मेरो आडमै राखि
आमाले आशिर्वाद दिदै गर्दा
अक्सर यहि भन्नुहुन्थ्यो ,
भोलि म रहुँला नरहुँला
बाबु बहिनिको सधै रक्षा गर्नु है ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : मुटु जब छुन्छ हजुर

~धीरेन्द्र प्रेमर्षि~

वेदनाको लहरले मुटु जब छुन्छ हजुर
ढुङ्गा जस्तो मुटु पनि त्यतिखेर रुन्छ हजुर

रुन सक्नु भनेको नि वीरताकै निशानी हो
छल-छाम, अहङ्कार आँसुले नै धुन्छ हजुर Continue reading →

Posted in गजल | Tagged | Leave a comment

मैथिली कविता : व्यवहार

~विनीत ठाकुर~

ऐना केँ की मोल आन्हरकेँ शहरमे ।
भेल उन्टा मुँह सुन्टा अपने नजैरमे ।।

ज्ञानक सूरमा लगाकऽ जे बजबैए गाल ।
व्यवहारमे देखल ओकरो उहे ताल ।। Continue reading →

Posted in मैथिली कविता | Tagged | Leave a comment

कविता : दृष्टि अन्तर

~दीपा राई पुन~Deepa Rai Pun

आँतभेऊ कै नग्नता
भरि बजारमा लिलाम सुन्दा
म तिमीप्रति
एउटा फूल सम्झेर
मुस्कुराएकै छु ।
अजम्मरी हृदयवत प्रेम
पत्रै-पत्र खोलेर
मन्दिरमा होस्
या, अन्तस्करणको बागमा
नाङ्गिएर
शतरुपाको सृष्टि तिमी Continue reading →

Posted in कविता | Tagged | Leave a comment

Poem : Miss Word Contest

~Pravin Rai Jumeli~

Sprinkling the intoxication of elegance

the obstinate hips and breasts of words

C~A~T~W~A~L~K

on the ramp of poetry Continue reading →

Posted in Poem | Tagged | Leave a comment

कथा : ट्वान्टीवान

~स्नेह सायमि~

हिजो हरिले अचानक चुन्नेभैरव मार्ग अर्थात् चुन्नेपाखामा देख्यो ट्वान्टीवान । यहाँ बस्न आएको ७ बर्षपछि अचानक ट्वान्टीवानलाई देख्नासाथ हरिका बाल्यकालका घटनाहरू फिल्म झैँ आँखा अगाडि घुम्न थाले । हरिभन्दा केही महिनाले मात्र जेठो थियो ट्वान्टीवान । उनीहरू सडकमा, भूतघरमा, मकैबारीमा, केराउबारीमा, खोलामा, हात्तीपाइला दहमा, केदारको बाको आँगनमा, कहाँ कहाँ खेलेनन् सँगै ? कहाँ कहाँ चोरेनन् सँगै ? कहाँकहाँ माछा मारेनन् सँगै ? अहिले जस्तो मोबाइलको गेममा खेल्ने हो र ? पसिना छुटाएर आफै प्रमुख पक्षी विपक्षी भएर लाइभ खेल्ने हो जहाँ धेरै थोरै दर्शकहरू पनि हुन्थे । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : सपनामा

~गोपालप्रसाद रिमाल~

मेरो हरघडीमा जपना,
तिमी आज सपनामा आए !

यही आशाको पिलपिले बत्ती लिएर यो आधारातमा
म आफूलाई निद्रको घोर जङ्गलमा छोडिदिन्छु
बत्ती हुरीमा निभ्ला, म अललिउँला, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : तिम्रो चाहना…

~बसन्त चौधरी~

म कथा बनाउन चाहन्छु
तिमी व्यथा सुनाउन चाहन्छौ ।

म सूर्य छाप्न चाहन्छु
तिमी बादल ढाक्न चाहन्छौ । Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : रात ढल्दासम्म

~शीतल शर्मा~

कुरिराख्छु तिमीलाई रात ढल्दासम्म
बिहानीको मिर्मिरेमा भाले बास्दासम्म ।

झुल्के घामको किरणले लाली फूल्दासम्म
सन्ध्याकालिन आरतीको घण्टी बज्दासम्म । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : अरूलाई हँसाउनेहरू देखेँ

~भीम विराग~

आफू रोएर अरूलाई हँसाउनेहरू देखेँ
अरूमाथि हाँस्नेमाथि हाँस्नेहरू देखेँ

सहन त सक्ने रहेछ मानिसले पीडाहरू
चोटले त ढुङ्गा पनि टुक्रिरहेको देखेँ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : थुनामा राख्न खोज्दैछन

~जैनेन्द्र जीवन~

पक्रिएर हावालाई थुनामा राख्न खोज्दैछन,
पन्छाएर देउतालाई कुनामा राख्न खोज्दैछन ।

कुनै कमी छैन पाखण्डहरुको यो दुनियाँमा
समुन्द्रका छाललाई दुनामा राख्न खोज्दैछन, Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : जिस्काइदिउँ झैं लाग्छ

~तिलाचन चापागाईं~

कहिले काहीँ उनलाई हेरी, जिस्काइदिउँ झैं लाग्छ।।
मेरो घरको झा्यल खोली, चिहाइदिउँ झैं लाग्छ।।

नसालु छ उनको हेराई, तर पनी डराइ डराइ
उनकै लागी एउटा गीत, गाइदिउँ झैं लाग्छ।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : भगवान्ले भलो गरुन् !

~गोरखबहादुर सिंह~

“वृद्धहरूको आदर-सम्मान गर्नुपर्दछ, उहाँहरूजस्ता पाकालाई उभ्याएर हामी बस्नु लाजमर्दो कुरा हो । ल, तिमी पनि उठ र उहाँहरूलाई बस्न देऊ ।” एउटा अधवैंसे जोडीले सिट खाली गरिदियो र पहिल्यैदेखि सँगै उभिएका वृद्ध दम्पती खाली गरेको सिटमा बसालिए।

लामो समयदेखि उभिन विवश वृद्ध दम्पतीले बस्न पाएकोमा सन्तोषको सास फेर्दै बस्ने ठाउँ दिने दम्पतीलाई Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

व्यक्तित्व समीक्षा : लघुकथाका एकलव्य रवीन्द्र

~श्याम रिमाल~

छोटो बसाइमा पढ्न सकिने आख्यान उपविधा ‘लघुकथा’ साहित्यकारका लागि कति प्रिय भइसकेछ भने खोज, अनुसन्धान, निबन्ध र प्रबन्धमा समर्पित भएका र कवितामा पनि औधि रुचि लिएका छयासी वर्षीय साहित्यकार कमल दीक्षितसमेतले यो उमेरमा ‘लघुकथा’(खण्ड १ र २) भर्खरै ल्याएका छन् । लघुकथा कुनै विषयवस्तुलाई मार्मिक र सङ्क्षिप्त रुपमा पाठकसमक्ष पु¥याउन प्रभावकारी भएको छ । “अहिलेका व्यस्त पाठकसित लामा निबन्ध र कथा पढेर बस्ने फुर्सद छैन, त्यसैले विषयवस्तुलाई पाठकसमक्ष राख्न लघुकथा Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

संस्मरण : अक्षरहरूसितको भेट

~नारायण तिवारी~

गोरखबहादुर सिंहका बारेमा लेख्न बसेको छु । स्मृतिमा चलचित्र भाँति विभिन्न सन्दर्भ, स्थान र घटनाहरू आउँछन् । गोरखबहादुर सिंहको हँसिलो प्रिय अनुहार आउँछ स्मृतिमा ।

साहित्य यात्रामा लागेका धेरै यात्रीहरू पत्रपत्रिकाहरूमा प्रकाशित रचनाहरूबाट, पुस्तकहरूबाट परिचित भइरहेकै हुन्छन् । तर साक्षात् भेटघाट नजुरिरहेको हुन सक्छ । कहिल्यै भेटघाट नभएर पनि यो यात्राका यात्रीहरू यात्रामा एकअर्कालाई पढिरहेका भने हुन्छन् । एकअर्काको छवि मन–मस्तिष्कमा निर्माण गरिरहेका पनि हुन्छन् । रचनाको तेजले छवि निर्माणमा राप र तापको काम गरिरहेको हुन्छ । गोरखबहादुर सिंहलाई पनि मैले पत्र–पत्रिकामा पढ्दै आएको थिएँ । र, उहाँको रचनाको तिक्ष्णताले मभित्र उहाँको छवि निर्माण पनि Continue reading →

Posted in संस्मरण | Tagged , | Leave a comment

नियात्रा : नाङ्गा पहाडका कथा

~दामोदर पुडासैनी ‘किशोर’~

फरक हुनुपर्छ प्रत्येकको पहिचान। बेग्लै परिभाषामा बाँच्दै छन्, रङ्गीन पहाडहरू जिजीविषाका।

मैले सानैदेखि देखेँ- पहाडहरू भनेपछि रूखबिरुवाहरू हुन्छन् नै। हरियोपरियो र खेतीपाती हुन्छ नै। सके पोखरी र कुलाहरू होलान्, घाँस-स्याउला गर्नेहरू गीत गाइरहेका होलान्, बाली लगाउने, हुर्काउने र बाली काट्नेहरूको उछिनपाछिन भइरहेको होला। जति नजिक भयो, त्यति हरियो र जति टाढा भयो, त्यति नीलो होला पहाड। पहाड भएपछि बेँसी अवश्य हुन्छ नै। मान्छेहरू लेक-बेँसी गरिरहलान्- पहाडलाई आधार बनाएर। त्यो सबै सोचाइले पल्टा खाएको छ मुस्ताङमा। Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : अनगिन्ती कथाहरू

~लामा दोर्जे पासाङ~

म कति लेखूँ
विक्षिप्त मनहरूका वेदनाको कथा
चुहिएका छानाहरूको, बगाइएका बस्तीहरूको
बर्दिया र जाजरकोटको निको नहुने घाउहरूको
अनगिन्ती कथा
कथाहरू पढ्नु पनि त पर्छ
म कति पढूँ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : श्वेत उपत्यका

~अनुपम रोशी~

तपार्इंलाई थाहा छ, यहाँ मानिसहरू कसरी मर्छन् ? यो रुख, त्यो पहरा, तल बगिरहेको नदी वा यी छाप्राहरू, त्यो गाउँ, त्यो सहर, यी ठूल्ठूला भवनहरू सबैमा मानिसले आफ्नो शरीर सजिलै सुिम्पन्छन् । कोही झुन्डिन्छन् । कोही फाल हाल्छन् । कोही जहर पिएर यही कुनामा विश्राम गर्छन् । कसैले गोली ठोक्छन् र रगत बगाउँछन् । तपाईं यतिबेला पूर्ण आत्महत्याको सहरमा हुनुहुन्छ । एउटा अज्ञात स्तनधारी बोलिरहेको थियो । म मौन भएर उसको कुरा सुनिरहेको थिएँ ।

तपाईं एकपटक यो बाटो भएर जानुहोस् । ऊ मलाई निर्देशित गर्छ । म उसको पछि लाग्छु । यतिबेला उसको Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment