Tag Archives: अनुपम रोशी – Anupam Roshi

कथा : श्वेत उपत्यका

~अनुपम रोशी~ तपार्इंलाई थाहा छ, यहाँ मानिसहरू कसरी मर्छन् ? यो रुख, त्यो पहरा, तल बगिरहेको नदी वा यी छाप्राहरू, त्यो गाउँ, त्यो सहर, यी ठूल्ठूला भवनहरू सबैमा मानिसले आफ्नो शरीर सजिलै सुिम्पन्छन् । कोही झुन्डिन्छन् । कोही फाल हाल्छन् … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : अन्तिम युद्ध

~अनुपम रोशी~ यहिनेर, समयको एउटा भित्तामा लेखिदेउ शताब्दीको यो अन्तिम युद्ध किनकी तिम्रो मुठ्ठीमा पनि टिक्ने छैन यो बलवान समय एउटा साँझ सकिएर अर्को सूर्य उदाएको दिन तिमीलाई पछार्दै तिम्रो मुठ्ठीबाट फुस्केर समय आफै मुस्कुराउने छ रगतले तिर्खा मेटिन्न भने … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : अन्तरिम सपनाहरूको उडान

~अनुपम रोशी~ एकाएक उछिट्टिएर म एक अज्ञात स्थलमा आइपुग्छु। जहाँ कालो अन्धकार मात्र देखिन्छ। चारैतिर घना जंगलजस्तो, अप्ठ्यारो पहाडको खोँचमा अड्केजस्तो, कतै सुरुङभित्र थुनिएजस्तो, मथिंगलले अप्ठ्यारो अनुभव गर्छ। अनि, मभित्र त्रासका बादल एकाएक मडारिन थाल्छन्। म आँखा चिम्लेर सहरका गल्ली … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उदासी आँखा

~अनुपम रोशी~ आज फेरी उनकी श्रीमती गइन् । ‘एयरपोट गएर आएको !’ सामान्य हुन खोज्दै बोले उनी । ‘यति छिटै ’ म आश्चार्य हुदै सोध्छु । ‘नमिले पछि के गर्ने त !’ उस्तै मुद्रामा जवाफ आयो । ‘उति टाढावाट आएर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

मनोवाद : साँझको आरती, ब्रहृमनाल र जलेका लासहरू

 ~अनुपम रोशी~ भनिन्छ मृत्यु बलिदान हो । मृत्यु वीरता हो, मृत्यु सहिद हो रातो झण्डाभित्र । मृत्यु इतिहास हो, मूर्ति शालिकका सुनौला शिलापत्रमा । मृत्यु सम्झना हो बाच्नेहरूलाई तर जति नै आदर्श भए पनि मृत्यु पतन पनि हो जिन्दगीको र … Continue reading →

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

कथा : अपूर्ण प्यास

~अनुपम रोशी~ एघार बजिसक्यो, बाह्र बजेदेखि कार्यक्रम छ। छिटो गर न हो केटाकेटी, अबेर भइसक्यो भन्या। वर्षाले हतारिँदै खाना पस्कन्छे। ह्या यो मम्मी पनि जहिले पनि खाने बेलामा अत्याउनु हुन्छ, छोरी झन्किँदै बोल्छे। त्यसैले त अघिदेखि खाना खान आऊ भनेको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मान्छेको नयाँ मोडल र प्रविधि

~अनुपम रोशी~ ‘एप्पलको नयाँ मोडल आइसक्यो, के यो पुरानो मोवाइल चलाइरा’को ! मैले त हिजैदेखि घरमा फ्यालीदिए पुरानो आइफोन ।’ ‘४५ हजार रे ! हिजै नेटमा हेरेको । क्या खतरा मोडल छ । डाइरेक्ट यूटुब, गुगल । इन्टरनेटको मात्रै ९ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment