कविता : शून्य अवतरण

~राजन मुकारुङ~

रात र दिन
या अँध्यारो र उज्यालो
जोसँग रुने र हाँस्ने हविगत सकिएको छ ।
ट्वाल्ट्वाल्ति पर-परसम्म
बजारमा
सुदूर भविष्यहरु पनि बेचिन्छन्
अस्वस्थ भाग्यका अगेनाहरु भुर्भुराउँछन् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

Translated Microstory : A Vote for the master

~Binaya Kasajoo~
Translation : Deepak Thapa

“So, did you vote, Rajaali?” asked Bikas.

“Yes, master. I did.”

“Who did you vote for? I hope you didn’t make a mistake,” said Bikas, pointing to the sample ballot paper on the wall.

Rajaali went closer, and aiming to please his master with what he h Continue reading →

Posted in Micro Story, Translated Story | Tagged , , | Leave a comment

गजल : सती गए

~आशांक उपाध्याय~

तिमीसंगै मेरा सबै खुशीहरु सती गए
हास्न खोज्ने ओठको पनि न्याउली कै गती भए

किन मलाई यसो गर्यौ सोध्न पनि नसकिने
संगै जिउने कसम खाएँ पराइ तिम्रा पति भए Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : उल्टा दिशा रहेछन्

~अहम् स्रष्टा~

सुल्टा भनेर आयौँ उल्टा दिशा रहेछन्,
आँखा दिवा रहेछन् आँखा निशा रहेछन् ।

भिञ्ची नभेट्नुमा को दोषी थियो विधाता,
धर्तीभरी हजारौँ मोनालिसा रहेछन् । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

केस्रा : उपरान्त

~व्योम जी अवतार~

सेतो काँक्रो हरियो बाँसमा
थुक्दै लुक्दै नहेर्नु लासमा

अब उपरान्त के पो छ र ! Continue reading →

Posted in केस्रा | Tagged | Leave a comment

गजल : सोचे जस्तो छ साथी!

~श्रीभक्त पौडेल~

मेरो ‘सरकार’ त जबर्दस्त, सोचे जस्तो छ साथी
थाहा छैन तेरो ‘सरकार’, कस्तो कस्तो छ साथी!

दम्ब छ उ सङ्ग कानुन गोजिमा, बन्दुक बोकिकन
शिखरै नपुगी हेर तलतलतल, तलै खस्दो छ साथी! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : शहिदकाे गाउँकाे खबर ।।

~शिव चालिसे ‘प्रभात’~

डियर कमरेड
मेराे खाली पेट, नाङ्गो खुट्टाले अझै राहत पाएकाे छैन ,
मेरी अामाकाे च्यात्तिएको चाेली फेर्न पाएकाे छैन,
श्रीमतीका सपना अहिलेपनि माटोमा खेलिरहेछन
स्कुल पठाउन पाएकाे छैन,
दाईजो दिन सकिनर त बैनी अझै माइतीमै छे,
उसका अासाहरु मैले निरन्तर मारिरहेकाे छु,
मेराे बुवाकाे तस्बिरमा झुन्डिएको माला फेर्न सकेको छैन ।।

डियर कमरेड Continue reading →

Posted in कविता | Tagged | Leave a comment

मैथिली कविता : प्रीत वर्षारहल गगन

~सुधा मिश्र~

नहि करु अँहा अतेक गुमान
तौलु नहि धन सँ अपन इमान

खेत पथार भरल बखारी
सँजोगि करब कि महल अटारी?
जुडाउ किछु कनि अपनो जियाके
मुनिक नयन दुनु सुनु हियाके Continue reading →

Posted in मैथिली कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : सघन तुवाँलो उपन्यासमा रामकृष्ण बान्तवा

~शेखरकुमार श्रेष्ठ~

उपन्यासकार रामकृष्ण बान्तवा (जन्मः२०२३) डायस्पोरियन उपन्यासकार हुन् । उनले नेपाली साहित्यको उपन्यास, नाटक, कविता र गीत विधामा आफ्नो सिर्जजशील क्षमता प्रस्तुत गरेका छन् । उनको नेपाली साहित्यमा खरानी (सन्१९८८), आत्मा(सन् १९९६), राधाराम (सन् १९९७), आमाछोरी (सन्१९९८) र सघन तुवाँलो (सन् २००७) औपन्यासिक कृति अशिक्षाको प्रताप (सन् १९९५) र मायाजाल (सन् १९९९) नाट्यकृति, मिर्मिरे कविता सङ्ग्रह (सन्१९९९) र आधुनिक गीतहरू भाग १ र भाग २ प्रकाशित छन् । उनी मूलतः उपन्यासकार पछि गीतकार, नाटककार र कवि हुन् ।

सघन तुवाँलो उपन्यासको विश्लेषण Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : करोना

~शोभा गुरुङ्ग~

करोना , त कति धेरै रिसाईस
समस्त प्राणी जगतसँग रिसाईस
सानाठुला, धनीगरिबसँग रिसाईस
अखिर किन ब्रह्माण्डमै खैलाबैला मच्चाईस !

सफाईमा ध्यान नदिदा रिसाईस कि ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : कोरोना

~दिलिप पौड्याल~

संसारभरी कालो बादल छायो कोरोनाको
मनभरि डर त्रास छायो कोरोनाको

जे छुदानी मनमा डर भाइरस छ कि भन्ने
सयौ पल्ट हात धुदा नि यो मनले नमान्ने Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रयत्न

~छेनाम~

प्रयत्न
परीकल्पनाको बक्र आकृतीलाइ सब्दले आकार दीन खोज्दै
मडारीर्हेको कालो बादल मा तैरीएर
एक अध्येय कोर्न खोज्दै छु

खोक्रो सीद्धन्तलाइ नकार्दै Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : उन्मादीत प्रकृति

~अलका मल्ल~

रातको चकमन्नतामा ताराहरु अन्धकारलाई बाजी मार्ने अभिमानले चम्कींदै फुर्कीरहेको थियो । सूर्य पनि ताराहरु भन्दा निकै तेजीलो शक्तिशाली प्रतिक सम्झेर ताराहरु बिचको राजा बन्दै गमक्क पर्दै थियो । ढल्कंदै गएको रात पछि कुखुरा बास्न थाल्यो र उषःकालको शुरुवात भयो । उषाको किरण संग संगै चराचुरुङ्गीहरु ची ची गर्दै आफ्नो आहारको निम्ति भौतारिंदै थिए । बिहानीको मिर्मिरे उषाले फूलहरु अनि पातहरुमा सितका थोपाको ताजगी देखिन्थ्यो । हिमालका सेता हिउँ प्रष्ट रुपमा देखिन थाले मिर्मिरे उषा मख्ख पर्दै धर्तिमा हेर्दै आफ्नो वर्णन गर्दै स्वछन्दतामा दिनको काम गर्नको Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

चुड्का : नोट भए भोट

~डा.मेघराज ढकाल~

नोट भए भोट
सत्ता–साँचो लिइन्छ
राजनीति गरिन्छ X२ ।
१

दिए देऊ भोट
नदिएमा केही छैन
रित्तो बाकस पारिन्न X२ ।
२

दाजू बितेपछि
भाउजूलाई अंशमा
राजनीति पारिन्छ X२ ।
३

सोझा औंँलाबाट
घीऊ कैलै झिकिन्न
पैसा त्यसै कमिन्न X२ । Continue reading →

Posted in रोइला / चुड्का | Tagged , | Leave a comment

कविता : बाच्नुपर्छ तिमी

~रेखा पन्त~

पठाउनु छ मैले
आफ्ना इष्टमित्र लगायत
गाउँका
सयौं युवाहरुलाई परदेश
जहाँ पाइन्छ पसिनाको मुल्य
र
भित्रिने छ महिनै पिच्छे
आसुँको ढिका पैसा बनेर
बल्नेछ गरिवको चुलो
पाक्नेछ साँझ बिहान
रोटी र आटो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : कल्पना आइदिन्छ

~नविन ध्यार~

अतीत त्यो बिर्सेकै हुन्छु बिच्मै कल्पना आइदिन्छ
निदरीकै दौडानमा हुन्छु बिच्मै सपना आइदिन्छ ।

पाइला टेक्दा पनि मरुभूमि मै,चिसो आत उस्तै छ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : कोसँग च्याट गरेको ?

~सोम डेमनडौरा~

“कुन केटीसँग च्याट गरेको ?”

उसको श्रीमतीले सोध्यो । उ एकछिन् घोरियो । बुढीले उसलाई शंका गर्छ कि जस्तो लाग्यो । केहि बेरपछि उसले अलिक संकोचपूर्ण जवाफ दियो ।

“होलीको शुभकामना पठाएको थियो । रिप्लाई गरेको । उनी के, हाम्रो पसलमा आउने गर्थिन् नी । कस्तो नामै भुलेको । उसको बहिनी के । श्यामसरको बहिनी । त्यै मधुरानी ।”

साँच्चै नै हरिलाललाई यो प्रश्नले उसलाई कहाँ देखि कहाँ पुर्यायो । उसले आज यो प्रश्नको सामना गर्न धेरै ठुलो Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मेरी आमा मेरो प्रेरणा

~डा बच्चु कैलाश कैनी~

मेरी आमाले औंठाको छाप लगाएर
शिशु कक्षामा मेरो नाम लेखाउँदा
मलाई स्कुल भर्ना गराउँदा
मलाई थाहा थिएन
हामी किन त्यहाँ पुगेको थियौं
त्यहाँ के हुँदै थियो ?
त्यो दिन मेरो मानसपटलमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : जानी जानी गल्ति भयो

~इलामेली टीकाराम दुलाल~Ilameli Tikaram Dulal

छ लोभी आखा र पापी मन जानी जानी गल्ति भयो
धैर्यताको बाध फुट्यो झन जानी जानी गल्ति भयो

पहिला बोल्नै गारो थियो म जबजस्ती बोल्न खोज्थेँ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

छविलाल खड्काका तीन मुक्तकहरू

~छविलाल खड्का~

(१)
लेखेर कहिल्यै नसकिने कथा भयो
छेकेर कहिल्यै नछेकिने व्यथा भयो
तिम्ले छाडी गा देखि थिरमा छैन मन
जिवन अधुरो पिरतीको गाथा भयो ।

(२)
प्रेमिल पत्रका खात भयो Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : कर, कर र करकर

~ब्रजेश~Brajesh Khanal

तपाईं फाइँफुट्टीराजको पुरानो पाठक हुनुहुन्छ भने थाहै होला, उसलाई सधैं रत्नपार्कमा गएर टोपीले मुख छोपेर सुतेपछि मात्र फाइँफुट्टी फुर्छ  । यस पटक भने यहाँहरूलाई चकित पार्नका लागि फाफुराले विनिर्माणको शैलीमा नयाँ तरिका अपनाएको छ । आज उसलाई एउटा चुट्किलाबाट फाफुरा उवाच सुरु गर्ने मुड आएको छ ।

‘एक पटक कुनै एउटा बारमा केही पहलमानहरू बसेर बियर पिइरहेका थिए । सबै सात फिटभन्दा अल्गा, घरका पर्खालजस्ता छाती, मेलम्चीको पाइपजस्ता मोटा पाखुरा भएका भीमकाय र बलिष्ठ पहलवानहरू । कुरैकुरामा एउटा पहलमानले एउटा कागती लिएर त्यसलाई निचोरेर बियरको ग्लासको आधा जति रस निकालिदियो । अनि उसले अरूलाई चुनौती दिँदै भन्यो— यो खोस्टोबाट निस्कन सक्ने जति रस मैले निचोरिसकें । अब यसबाट अरू कसैले रस निकाल्न सक्दैन ! अर्को पहलमानलाई त्यो हाँक खपिनसक्नु भयो । उसले न्वारानदेखिको बल निकालेर त्यसबाट अर्को दुई थोपा रस निचोरेर देखाइदियो । तेस्रो पहलमान पनि के Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गोधूलि दिनेशका बर्षा यामका पाँच हाइकु

~गोधूलि दिनेश~

पिन्चे आकास
पारिजात झरेछ –
खोई त प्रभु ? ।१।

असारे झरी
कमिलाका लहर,
नागको भोटो।।२। Continue reading →

Posted in हाइकु | Tagged | Leave a comment

कविता : हत्यारा सपना

~कोमल प्रसाद श्रेष्ठ मल्ल~

आँखाबाट,
पवित्र गंगा बहिदिन्छ,
सायद मृत्युसँग डराएर हो
दिन पातलिनु
रात बाक्लिनुले
भयंकर डरलाग्दो सपना बोकेर
सायद सताएर हो ।

उसले जिन्दगी उडाउँछ
सुन्दर शहर देखाउँछ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : लघु संस्मरणमा शंकर दाइ

~नगेन्द्र शर्मा~

अभूतपूर्व लेखनकला, वैचारिक प्रखरता र विभिन्नताका धनी, कथावस्तु विनाका कथाका पनि जन्मदाता । नेपालीमा हाइकुका प्रथम प्रयोक्तासमेत रहेका शंकरदाइ ‘इम्प्रेसनिज्म’ जस्ता नौला साहित्यिक धाराहरूको स्वाद हामीलाई चखाउने प्रथम व्यक्ति पनि थिए । कुरैकुरामा एकदिन मैले उनलाई सोधेको थिएँ, ‘दाइका प्रेरक साहित्यिक गुरुहरू लरेन्स डुरेल र सारोयानमध्ये कुन चाहिँ हुन् ?’

‘मलाई त्यस्तो दम्भ गर्न मन त लाग्दैन । तर, कहिलेकाहीँ म स्वयम् शंकर सारोयान र लरेन्स लामिछानेमध्ये कुन चाहिँ बढी हुँ, ठम्याउनै सक्दिनँ !’ Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

गजल : घरको न घाटको

~रवि प्राञ्जल~

घरको न घाटको ।
हकदार छ लातको ।

मक्किएको रूखलाई,
भर हुन्छ र पातको ? Continue reading →

Posted in गजल | Tagged | Leave a comment

भलाकुसारी : साहित्यकार अमरकुमार प्रधानसँग वार्ता

~अमरकुमार प्रधान~
प्रश्नकर्ता : डा. मधु माधुर्य

२०११ मंसीर १७ को दिन भीमेश्वर नगरपालिका २ नक्छेँ टोल, दोलखामा जन्मेका लब्धप्रतिष्ठित साहित्यकार अमरकुमार प्रधान यतिखेर आफ्नो जीवन संगिनी शशी प्रधानको साथमा संयुक्त राज्य अमेरिकाको भ्रमणमा हुनुहुन्छ | नेपाल सरकारको निकायमा उपसचिव (सेवा निवृत्त), बालसंसार प्रा.लिका प्रबन्ध निर्देशकको रुपमा कार्यरत हुँदा पनि वहाँ नेपाल भाषा एकेडेमी, नेपाल बाल साहित्य समाज, भीम उच्च माध्यमिक विद्यालय व्यवस्थापन समिति, रमेश विकल साहित्य प्रतिष्ठान, दोलखा पर्यटन विकास समिति,दोलखा विकास मञ्च, द्वाल्खा गुठी, दोलखा स्रष्टा समाज, कालिञ्चोक युवा क्लब (पूर्व अध्यक्ष),भीम पुस्तकालयलगायत दर्जनौं सामाजिक संघसंस्थाहरुप्रति आवद्ध हुनुहुन्छ | झन्डै चार दशक अघि नै नेपालीमा एम.ए.गर्नु भएको प्रधानको साहित्यिक व्यक्तित्व र कृतिबारे एम ए थेसिस तयार गर्ने क्रममा वहाँको साहित्यिक योगदानबारे यादव श्रेष्ठ,समिरा बस्नेत र मन्दिरा दुलालले अध्ययन – अनुसन्धान गरिसक्नु भएको जानकारी प्राप्त भएको छ | प्रतिभा सम्मान २०५८ (प्रतिभा समूह काठमाडौ), तन्नेरी प्रतिभा सम्मान २०६१ (तन्नेरी द्वैमासिक), आमा सम्मान २०६३ (सुनकोसी साहित्य प्रतिष्ठान), दोलखाली रत्न सम्मान २०७० (ज्ञानगुन साहित्य प्रतिष्ठान),दीपा जनमत सम्मान २०७१, वैजयन्ती सम्मान २०७२ जस्ता सम्मानहरुबाट वहाँ सम्मानित हुनुभएको छ| Continue reading →

Posted in साहित्यिक भलाकुसारी | Tagged , , | Leave a comment

कार्यपत्र : नेपाली उपन्यासमा आञ्चलिकता : परम्परा र प्रवृत्ति 

~डा. धनप्रसाद सुवेदी ‘श्रमिक’~

१. विषय सन्दर्भ 

कुनै खास क्षेत्रविशेषमा केन्द्रित रहेर त्यस क्षेत्रका प्राकृतिक, सामाजिक, सांस्कृतिक आदि मौलिकता एवं विशेषताहरूको उजागर गर्ने प्रवृत्ति वा मान्यतालाई आञ्चलिकता भनिन्छ । ‘आञ्चलिकता’ खास गरेर साहित्य, कलाका क्षेत्रमा एउटा अलग्गै प्रवृत्ति र सिद्धान्तका रूपमा रहेको छ । संसारका हरेक भाषाको साहित्यमा धेरथोर रूपमा आञ्चलिकताको प्रयोग पाइन्छ । मान्छेमा स्वभावैले रहेबसेको, देखेभोगेको प्राकृतिक, सामाजिक तथा सांस्कृतिक पर्यावरणको प्रभाव पर्छ । त्यसमा पनि साहित्यकार त झन् आफ्नो Continue reading →

Posted in कार्यपत्र | Tagged , | Leave a comment

कविता : फूलहरुले चित्त दुखाएका छन्

~डा. मधु “माधुर्य”~

पाखाभरि यो साल पनि
ढकमक्क फूल फुलेका छन्
बतासमार्पल् बास्नाको निमन्त्रणा पठाउँदा पनि
आँखाहरु डुल्न आएनन्
पूmलहरुले चित्त दुखाएका छन् । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : माइलालाई रमिता छ

~सुधीर छेत्री~

अहिलेदेखि झण्डा बोकेको होइन माइलाले।
माइलालाई रमिता छ।

माइलाले नै बोक्नुपर्छ
जातीय अस्मिताको भारी अनि भारीमाथि सुपारी।

माइलाले बाँधिबस्नु छ सधैँ राष्ट्रिय अपरिचयको हेम्मरी, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवन ?

~पुष्प मूनंकःमि~

मेरो जन्म पछि
दुध पैचों मागेर टारेकी थिइन रे मेरी आमाले !
बक्षबाट दुध ननिस्केपछि
मेरो बाबाले लिटो ल्याएको थियो रे उधारोमा !
यसरी चल्दै थियो मेरो घर
हजुर बुबाहरुको पालादेखि ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : रिडर रेस्पोन्स थियोरी – एक प्रक्षेप

~जय क्याक्टस~

च्वाट्टै पारेर छिनाउँछे
मानेको गुबाजस्तो
परस्त्रीगामी पतिको छुल्बुले पुरुषत्वलाई
एउटी स्वाभिमानी स्वास्नीले।

आरोपित हुन्छ अनेकौँ कथा
अनि थुप्रै उपकथा
पाठकीय अभिप्राप्तिको सिद्धान्तले। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : ल्हासामा भृकुटीलाई भेट्दा

~रुपा जोशी~

संसारको शायद सबैभन्दा अग्लो ठाउँमा रहेको ल्हासाको पोटाला दरबारको साँघुरो कोठामा एक–एक गरी पंक्तिबद्ध भएर हामी अगाडि बढ्दैथियौं । तस्वीर खिच्न नपाइने त्यहाँ अघि बढ्दै जाँदा गुफा जस्तो ठाउँको कलेजी रंगको भित्तामा लहरै चार–पाँच वटा मूर्ति देखिए । नजिकै पुगेपछि चिनियो, तिब्बती सम्राट स्रङ सङ गम्पो, दायाँतिर उनकी नेपाली पत्नी भृकुटी र बायाँतिर चिनियाँ वेङचुङ कोङजोका मूर्ति रहेछन् ती । घुम्टो ओढेकी, टीका लगाएकी, हात जोडेको पोजमा उभिएकी ‘नेपाली’ अनुहारकी भृकुटी (हे. तस्वीर) लाई देखेर Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment