Translated Poem : The Moment of Your Birth

~Bhim Darshan Rokka~

You are dancing
Your dance
A palace
In which are thousands of mudra and arms Continue reading

Posted in Translated Poem | Tagged | Leave a comment

पुस्तक समीक्षा : असमवासी नेपालीहरूबारे असमीया भाषामा लेखिएको एउटा गहकिलो पुस्तक

~अविनाश श्रेष्ठ~

एक दिन बिहान दाइ रोचक घिमिरेले फोनमा भन्नु भयो “अविनाशजी, असमबाट तपाईंको नाममा पठाइएको एउटा पुस्तक मकहाँ छ । पठाइदिंदै छु । पढेर यस पुस्तकबारे केही लेखिदिनुहोला ‘रचना’का निम्ति ।”

कसको पुस्तक ? कुन विधाको पुस्तक ? रोचक दाइले केही नभन्नु भएकोले पुस्तकबारे मनमा कुतूहल उप्जनु स्वाभाविकै थियो । त्यस दिन क्याम्पस पुग्दा खामबन्द गरिएको त्यो पुस्तक मेरै प्रतीक्षामा रहेछ । हतारिंदै खामबाट पुस्तक झिकेर हेरेपछि मनभरिको कुतूहल त्यसपछि प्रफुल्लतामा, प्रसन्नतामा अनुवाद भएको थियो । धेरै दिनपछि असमीया भाषामा लेखिएको कुनै पुस्तक मेरो हातमा परेकाले म विभोर बनेको थिएँ । झन् Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : स्वाभिमान

~धुस्वां सायमि~dhuswan-sayami

मेरो
कातर भैसकेको विवशतामा
करुणालाई जोडेर
तिमीले मेरो आवाज माग्यौ,
मैले बुझेर पनि
मेरा सम्पूर्ण स्वरहरू
तिमीमा समर्पित गरिदिएँ,
फेरि Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : वीरतालाई हेर

~सदानन्द अभागी~

म भन्छु तर्कभन्दा वीरतालाई हेर
इतिहास बाँच्न देऊ शुद्ध शब्द केर

पुर्खाको हो यो आर्जन नेपालको शान
शान मान थप्ने कर्म गर्नुपर्छ धेर Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : खूनीदारा छोप्नेहरू

~इशहाक हुसेन~

सुनचाँदीका आवरणले खूनीदारा छोप्नेहरू
मौका परे आत्मघाती धारे छुरा रोप्नेहरू

राष्ट्र प्रेमी न्यायप्रेमी भनाउँछन् आफूलाई
देशको इज्जत सुन-चाँदी डलरमा जोख्नेहरू Continue reading

Posted in गजल | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : परिवर्तनको लहर र मेरो रहर

~चूडामणि खनाल~

म आफू हिन्दूधर्मी भएकाले होला, सधैं बिहान सबेरै उठेर देवीदेवताहरूको स्तुतिगान गर्छु । गानाबजाना सहित बुद्धवन्दना गरेपछिमात्र आफ्ना अन्य कामधन्दामा लाग्छु । मेरो राष्ट्र धर्मको हिसाबले हिन्दूधर्मी भएको वेलामा पनि मलाई बुद्धवन्दना गर्न कसैले रोकेको थिएन ।

आज नियमित बुद्धवन्दना गरिसकेपछि आजको भान्सा दरो बनाउनुपर्‍यो भन्ने इच्छा मेरो मनमा उब्जियो । त्यसै विचारले म दयावीर बगरेको ‘दयालु पसल’ नाम गरेको मासुपसलमा मासु लिन गएको त त्यो पसल बन्द पो रहेछ । म तातै खुट्टा फर्किएँ । मलाई घरतिर फर्किन लागेको देखेर बगरे दयावीरले भन्यो- ‘आज त औंसी हो नि, बाज्या थाहा पाउनुभएन <‘ अस्ति नै ठूली एकादशीका दिनमा पनि बाज्या यसरी नै रित्तो हात फर्कनुभाथ्यो, ‘होइन त बाज्या’ ! घरमा एउटा पात्रो त राखिराख्नुपर्छ नि ‘बाज्या’, यसरी नै झुन्ड्याउनुपर्छ बाज्या’ भनेर Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

लघुकथा : श्री भ्रष्टाचाराय नमः

~विनय कसजू~

देशमा घुसखोरी, कमिसनतन्त्र, भ्रष्टाचार बढेकोमा चिन्तित हुँदै बुद्धिजीवीहरुले भ्रष्टाचारको विरोधमा आन्दोलन चलाउने निधो गरे ।

भ्रष्टाचार विरुद्धको आन्दोलन शुभारम्भको शुभअवसरमा आन्दोलन सफलताको कामना गर्दै वुद्धिजीवीहरुले सिद्धिदाता Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कौशिला रिसालका छ मुक्तकहरु

~कौशिला रिसाल~

माया किन्ने यहाँ बजार हुँदा रैछन्
झुठो आश्वासन दिने हजार हुँदा रैछन्
मुटु दुख्दा झरेका नुनिला आँशुका
आफैँ तर्न नसक्ने जँघार हुँदा रैछन् ।

जनताको हितमा ऊ सरकार भएछ Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

Translated Story : A Pigmy Spider’s Web

~Saurav Kiran Shrestha~
Translation : Ram C. Khatri and Shankar Babu Acharya

It is pouring relentlessly. Some of the days are so boring. It is the month of Bhadra.This is the time for crunching the roasted maize, but I have been following other’s commands all throughout the days. Sometimes I feel frustrated. What an unlucky day it was when I took this job! Instead of being serious in my studies during my school days, what did I do? Now I am under someone else’s command. Right now at home, Mother might be roasting the maize, sitting crosslegged on the kitchen floor. There was a severe drought this year, so the yield of the maize crop can’t have been good. Still, the maize roasted by Mother is excellent! Ah! It is a great thing to have maize Continue reading

Posted in Translated Story | Tagged , , | Leave a comment

केस्रा : तानातान

~व्योम जी अवतार~

सबैको आ-आफ्नो पारा
झार्छन मुखले तारा ।

को भन्दा को कम यहाँ
छ सिद्धान्तवाद नारा Continue reading

Posted in केस्रा | Tagged | Leave a comment

कथा : बज्यै

~एमपी केयरलेस~

भोमिट गरिरहेकी थिएँ, मेरो पेट दबाउँदै रश्मीले भनी ‘त्यस्ती बज्यैकी यस्ती नातिनी । दुई पेगमै भोमिट गर्छे !’

भोमिट बन्द भइसकेपछि मुख धोएर ऐनामा हेरेँ, आफ्नो अनुहार बज्यैको जस्तै लाग्यो । अनि लाग्यो बज्यैले हाम्रो हिस्साको पनि सप्पै रक्सी पिइदिनुभएछ ।

ऐना म हेरिरहेकी थिएँ, अनुहार बज्यैको थियो । खैरो जिरिङ्ग परेको कपाल, पातलो जिउ, भित्र गढेका आँखा, Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : देखियो कि कता कति

~आशांक उपाध्याय~

पुष्पवेली नझुकेको देखियो कि कता कति
रवी पुगे कवि छुटे लेखियो कि कता कति

कर्तव्यपथ भुल्दै जाने संकेतले बताउदैछ
वेद अनि पुराणहरु मेटियो कि कता कति Continue reading

Posted in गजल | Tagged | Leave a comment

संस्मरण : मेरो गृह गाउँमा

~डा. रामदयाल राकेश~

मेरो गृह (घर), सिसौटिया गा.वि.स. वडा नं. ५ मा अवस्थित छ । यो सर्लाही जिल्लामा पर्दछ जस्को सदरमुकाम मलंगवा हो । मलंगवादेखि ३ कोश पश्चिममा अवस्थित यो गाउँमा अझसम्म बिजुली बत्तीको व्यवस्था छैन । मैले होश सम्हालेको ६ दशक बितिसक्यो तर मेरो गाउँ जस्ताको तस्तै छ । अहिले पनि मलंगवाबाट पैदल हिंडेर गयो भने तीन घण्टा समय लाग्ने गर्दछ । साइकलबाट गयो भने एक घण्टा र मोटर साइकलमा आधा घण्टा । गाउँमा एक दुइ जनासँग ट्रयाक्टर छ जसबाट सीमित मात्रामा खेती पाती गरिन्छ । बाँकी खेतीपातीको काम परंपरागत ढङ्गबाट प्रति साल सम्पन्न हुन्छ । परंपरागत ढङ्गबाट अर्थात् हलो र गोरुको सहयोगबाट खेतीको काम हुन्छ । विद्यार्थी जीवनमा तीन घण्टा Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : आधुनिकता

~दीपक कुमार ज्ञवाली~Deepak Kumar Gyawali

हो मनिषा , तिमी भन्दा म अलि पछि नै छु । यसो भनिरहँदा मलाई कत्ति पनि हिनताबोध छैन । किनकि म समयको बहावसंगै बगिरहेको छु । तिमी र म मा यत्ति फरक छ कि मनिषा तिमी अलि अली कुदेकीछौ , तिमी म, भन्दा अलि बढी दौडीएकी छौ । समयलाई समाऊन, परिस्थितिलाई आफ्नो पोल्टामा पार्न । यस मानेमा म अलि पछाडी छु तिमी भन्दा । यत्ति नै त हो हामी दुईमा फरक ।

के भन्यौ अभिनव, म समयलाई समाऊन दौडीएकी हुँ,? म समय परिस्थिति , देश काल बुझेर हिड्ने एउटा सवल र सक्षम स्वास्नीमानिस हूँ । अझै तिमीलाई लाजलाग्दैन समयको बहावसंगै हिडीरहेको छु भन्नलाई ।

लौ सुन, अभिनव मेरो दृष्टिमा तिमी कस्तो मानिस हौ भने, पुरा का पुरा पुरातनवादी , पुरातनमा जकडीएर आधुनिकताको आभाषसम्म पाउन नसकेको ब्यक्ति । कुवाको भ्यागुतो जस्तो । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : हाकिम साहेब भन्दा त पियन दाई नै राम्रो

~विष्णु सुवेदी~

हाकिम साहेब भन्दा त पियन दाई राम्रो
कम्तिमा पियन दाईले बसौं हजुर त भन्छन् ।
गजधुम्म आकाश झैं हाकिम साहेब
सुन्निएको बिरामी जस्तो
चुपचाप चुपचाप मनमा कुरा खेलाएर
आफ्नै धुनमा मस्त रहन्छन् । Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : यो पुरानो तसवीर

~सबिना मिश्र~

देखेपछि लाग्यो यो पुरानो तसवीर
अब मातृभूमि भो पुरानो तसवीर

के के सम्झाउने मलाई के के बिर्साउने
धेरै कुरा अटेको यो सानो तसवीर Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : आऊ हामी मुस्कान साटासाट गरौं

~नरेश शाक्य~

आऊ, हामी मुस्कान साटासाट गरौं
मुस्कुराऔं
हाँसौं
नाचौं ,
गाऔं
जिन्दगी झंकृत साज भई उठोस्
तिम्रो हृदय कमलिनी फुलोस्
मेरो पनि ।
दुइ पलमै बितिजाने हाम्रो जिन्दगी होइन
बिहानी उदाएर साँझ अस्ताउने Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा संग

~विजय ध्वज थापा~

आमा तिम्रो माया लाग्छ
तिमी राम्री भइदियौ
हिमाल ,पहाड,तराइ मधेश
तिम्रा गहना भइदिए
लाली गुँरास सुनगाभामा
तिमी सुगन्धित भइदियौ
असंख्य झर्ना, हिम नदीले
तिमी सुसज्जित भइदियौ
Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : मोडिएको माया

~सृजना श्रेष्ठ~

काठमाण्डौबाट करीब १५ १६ कि मी पर धार्मिक स्थल र प्रकृतिले सजिएको प्रसिरु स्थान साँखुको ठूलो फाट रहेको छ । साथै त्यहाँको स्थानिय वासिन्दाको आरुनै रहनसहन र रितिरिवाज पनि देख्न सकिन्छ । पुराना तथा आधुनिक घरहरुले सजिएको साथै त्यस स्थानमा फूलहरुले आरुनो सुगन्ध र उज्यालोको प्रहर दिएको आभाष हुन्छ । सोच्दा स्वर्गको सुन्दर बाटिका जस्तो लाग्ने । प्राकृतिक सुन्दरता जसलाई अवलोकन गर्दा कुनै पनि व्यक्तिको मनमा हजारौ कुरा खेल्ने स्थान बन्छ । निकै सरल सोझा अनि मेहनेति व्यक्ति र त्यहाको समाज देख्दा नै लोभलाग्ने त्यस स्थनले कयौ युगल जाडिहरुलाई मायाप्रिति र विश्वास साट्ने सहारा दिएको छ । धेरै Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : बसन्त तर्सन्छ “आन्दोलन”

~डा. मधु माधुर्य~

देश नाराजुलुसभित्र हराई रहेको थियो
जीतबहादुर देश खोज्न गयो
देश देखाउन गोली उस्को छातीभित्रै छिर्यो
“देश त छातीभित्रै पो रहेछ”
ऊ बेहोस भयो ।

देश “प्रजातन्त्र” भित्र हराइरहेको थियो
हर्षबहादुर देश खोज्न गयो Continue reading

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : जून र दिनकरसँगको दोलखायात्रा

~धीरकुमार श्रेष्ठ~

दशकौँअगाडि आफन्तसँग कुनै कुराले चित्त नबुझेपछि बुबाले परिवारको स्वीकृतिबिना जन्मभूमि छाड्ने निर्णय लिनुभएको थियो । त्यहाँबाट हिँडेपछि जागिरका सिलसिलामा उहाँ मधेस पुग्नुभयो र त्यतै नयाँ घरबार जोड्नुभयो । त्यो चाल पाई मेरी आमा पहाड छाडेर मधेस पुग्नुभयो तर उहाँको भेट बुबासँग हुन सकेन । निराश भएर मेरी आमा फर्केकी खबर पाएर बुबाले पनि आमालाई खोज्न थाल्नुभयो । अन्ततः “सानैमा बुबाले बिहे गरिदिएकी रोगी र मरन्च्याँसे, अहिलेसम्म त सिद्धिसकी होली ।” भनिएकी मेरी आमा र दोस्री माताको भेट भयो । उहाँहरूको भेट भएको मधेसको सोनराको धूलोमा दोस्रो सन्तानका रूपमा मैले आँखा खोलेँ । Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

भलाकुसारी : हाम्रो समाज जहाँ पुगेको छ,  साहित्य त्यसै तहसम्म पुगेको छ

डा.तारानाथ शर्मासँग कपिल सिटौला, कमला सरुप र किरण सिटौलाको कुराकानी

नेपाली साहित्यको वर्तमान अवस्था कस्तो छ?

नेपाली साहित्य जीवित जनताको बौध्दिक अभिव्यक्तिहुनाले गतिशीलनै रहँदै आएको छ । वर्तमान कालमा जनताका रुचिहरु बाँडिएकाले मोटामोटी रुपमा हेर्दा साहित्यका लेखन, प्रकाशन र पठनपाठनमा केही घट्ति पो आउन थालेको हो कि जस्तो लाग्न सक्ला । वास्तवमा तथ्य त्यस्तो निराशाजनक छैन । साहित्य अझ प्रभावकारी र समृध्द हँुदै गएको छ ।

विश्व साहित्यमा नेपाली साहित्यको स्थान कहां छ ?

साहित्यले समाजका गतिशीलताको प्रतिनिधित्व गरेको हुन्छ । नेपाली साहित्यमा नेपालका माटाको सुगन्ध Continue reading

Posted in साहित्यिक भलाकुसारी | Tagged , , , | Leave a comment

कविता : आऊ एउटा कविता लेखौं

~कमला सरुप~

तिमी म र हाम्रा हातहरुसँग
यो वस्ति गाउँ र शहरहरुसँग
म त आमालाई विदाइ गर्न सक्दिन
ववाको विदाईमा
तिमीलाई पत्र कोर्न पनि सक्दिन
भैगो, धेरै आँशु बगि सकेका छन्
आऊ रेखै रेखा कोरेर यो मेरो देशको सीमाना भरि Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आस गरौं तर भर न परौं

~गोबिन्दसिंह रावत~

तेह् वर्षे बहुदलको राज र रजाई
अनि त्यसमा नेताहरुको दूई नम्बरी कमाई
थाङ्नेले पनि करोड देख्न पायो
जनतालाई चुसेर पञ्चे झै बहुदल पनि मोटायो

हिजोका ती सर्वहाराका सहारा
बहुदलले भोटको ब्यापारी बनायो
जनतालाई सुखको सपना देखाएर
तातो गोलीमा सुतायो Continue reading

Posted in कविता | Tagged | Leave a comment

Poem : The shadow

~Dhara Prabha~

House at the midst of the forests’ tray
Hush and alone nauseating all the day
Seems cast off a long time in a way
Lights up whole always in gloomy array

Makes a shadow behind hanging shutter
Mystery with cents people inside gather
Man in the stage leading those in gesture Continue reading

Posted in Poem | Tagged | Leave a comment

Micro Story : Who is she?

~Eagam Khaling~

In a Coffee Café, a lady seated on a chair expresses her feelings by singing some pieces of self-composed songs to a stranger and even asks his name and mobile number through a song. But the man without any interest in the lady keeps drinking his coffee. After sometimes, the lady gains a huge frustration from the attitude of the man, and suddenly snatches the cup from his hand, and bangs on the floor, then gets straight her way out, Continue reading

Posted in Micro Story | Tagged , | Leave a comment

गजल : टोपी लगाउन पर्दैन प्रिया

~सदानन्द अभागी~

राष्ट्रियताको कुरा गर्दा टोपी लगाउन पर्दैन प्रिया
दिलमा हुन्छ राष्ट्रियता पोशाकमा यो सर्दैन प्रिया

आडम्बरी राष्ट्रियता यो देशकै लागि घातक हुन्छ
कृतिम रुख रोप्यो भने सच्चा फल झर्दैन प्रिया Continue reading

Posted in गजल | Tagged | Leave a comment

पुस्तक समीक्षा : ११११ गजल भित्र डुब्दा

~चेतप्रसाद उपाध्याय ढकाल~

सरदऋतुमा पुर्ण चन्द्रमाका साथ ताराहरु धर्तिलाई लजालु बनाउदै खेल्ने,झर्ने,चम्कने,गर्दै धर्तिलाई विभिध रंग रोगनले सिगारे झै कलापुर्ण ठुला अक्षरले ११११ गजलहरु भनि गातामा सिङ्गारीएको र यदाकदा विरलै नाम पर्ने अभिजीतनक्षेत्रको चौथो पाउँमा , सत्ताइसौं नक्षेत्र भित्र पर्ने धुर्बतारा झै अठाईसौं नक्षेत्रका रुपमा उदाएका गजल तारा खडानन्द तिमीलसिना देखिन्छन ।

वहाँको जन्म विक्रम संवत २०३७ साल माघ १७ मा सिन्धुली जिल्लाको सीरुटार भन्ने ठाँउमा एक कृषक परिवारको निर्धन कुलमा जन्मिनु भयो बाल्यकाल सगै प्रथामीक शिक्षा क्रमश माध्यामीक तह पास गरी लाम्पनटार बहुमुखी क्यापसबाटै स्नातक पास गरे पनि अघाडीको पारीवारीक आर्थिक कमजोरी समस्यको Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कथा: प्रमिस डेमा उनीसँगको संवाद

~खडानन्द तिमलसिना~

२०२० जनवरी ११ प्रमिस डेको दिन थियो , बेलुका साँझको कुरा हो म मेरो प्रिय मान्छेसँग सामाजिक सञ्जालमा अभ्यस्त थिए हरेक साँझमा मिठा मिठा प्रेमिल कुराहरू भई रहन्थे हामी बिचमा, मलाई लाग्थ्यो यो पनि माया प्रेम नै हो मैले म्यासेन्जरमा सोधे “कता हो ? ”

उताबाट उत्तर आउँछ “ म बुनेलाई सुताउँदै छु बुने निदाई केही छिन भान्सामा जान्छु ”

मैले प्रश्न गर्छु “ कति खेर आउने त ?”

उनले अत्यन्त जिज्ञासा राख्दै “ कहाँ आउनु ? ” भनेर सोध्छिन् ” Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नसोचेको शहर

~अस्मिता दाहाल~

मनत केबल मननै रहेछ । हासो, खुशी सब त्यागेर दुखलाइ समायोजन गर्न चाहादैन मन खुशिलाइ साथी बनाउने मनले पिडासँग घुलमिल हुन चाहादैन यदि दुबैलाइ चाह राख्थ्यो भने त्यो मान्छे साच्चै मान्छे हुन्थ्यो होला मान्छेको नामले परिचित खोल मात्र ओढेको जस्तो लाग्छ कसैलाइ चोट लाग्दापनी दयाको भाबनाले हेर्दैन कोहि धनी छ भने दुइचार हजार फालिदिन्छ तर त्यो दया गरेर दिएको हैन त्यो त आफ्नै धन को घमण्ड ले दिएको हो अनि गरिब छ भने आफुलाइ त नभाको के दिन्थ्यो र अर्को मध्यम बर्गकोलाइ धनी बन्ने सपनाको कारण सहयोग Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : साथीभाइ वारिपारी सम्झेर

~टेक विवश आर सी~Tek Biwash RC

घरपरिवार, साथीभाइ वारिपारी सम्झेर,
बाझै छोडेर आएको खेतबारी सम्झेर

अचेल एकान्तमा रोइरहन्छ एउटा परदेशी,
भोको पेट र काधको जिम्मेवारी सम्झेर Continue reading

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : डर

~शोभा गुरुङ्ग~

सानी निकै ज्ञानी छिन । विहान सवेरै उठि फे्रस भई कालो चियामा घरमा भएको विस्कुट, रोटी खाई साईकल समाई घर देखि ४ किलोमीटर टाढा टयूसन पढन जानु उनको विहानीको दैनिकी शुरुवात हो । टयूसनबाट फर्किए पछि घरमा एकै छिन यताउती गरे पछि खाना खाईवरि स्कुल ड्रेस लगाई ५ के.जी. को झोला बोक्छिन । नअटाएको मोटो किताब हातमा बोकि साथीहरुसँग रमाईलो गर्दै ठिक टाईमा स्कुल पुग्छिन । राष्ट्रिय गान पछि स्कुलमा हुने कार्यक्रममा प्राय: निर्धक्कका साथ विषयवस्तु भित्र रहि बिचार दिने गर्छिन । उनको यो बानीबाट स्कुलका शिक्षक शिक्षीका सवै उनीसँग खुशी छन । यो बाहेक सांस्कृतिक कार्यक्रममा नृत्य गर्ने, खेलकुदमा Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment