~सबिना मिश्र~
देखेपछि लाग्यो यो पुरानो तसवीर
अब मातृभूमि भो पुरानो तसवीर
के के सम्झाउने मलाई के के बिर्साउने
धेरै कुरा अटेको यो सानो तसवीर
मेरो सहाराको यो मेरो गल्लीको
मेरो आभासको न्यानो तसवीर
तसवीर झूठो हो कि रूप झूठो
सोध्छ आज मेरो पुरानो तसवीर
Sabina Mishra
USA
(स्रोत : अभिव्यक्ति – दुइ महिने साहित्यिक पत्रिका – वर्ष 46 | पुर्णाङ्क 89 | Baisakh-Jestha,2063)
