~सुषमा मानन्धर~
सोच्दै थिएँ अचानकै आउनु तिम्रो गजब भयो ।
न पठाउँदै समाचार पाउनु तिम्रो गजब भयो ।
पग्लिन्न भन्थें अब म जत्ति जे गरे पनि तिमीले
मुस्काउँदै उफ् आँखासन्काउनु तिम्रो गजब भयो । Continue reading
~सुषमा मानन्धर~
सोच्दै थिएँ अचानकै आउनु तिम्रो गजब भयो ।
न पठाउँदै समाचार पाउनु तिम्रो गजब भयो ।
पग्लिन्न भन्थें अब म जत्ति जे गरे पनि तिमीले
मुस्काउँदै उफ् आँखासन्काउनु तिम्रो गजब भयो । Continue reading
~रामकुमार पाँडे~
बोका हरायो, बोका हरायो
मेरो पार्टीको बोका हरायो ।
कतै बोकालाई बन्चरो प-यो कि (?)
कतै बोका मातृसंस्था झ-यो कि (?) Continue reading
~मनप्रसाद सुब्बा~
धरतीको धमिलो र फुस्रो पानामा
शिशिरले आफ्नै उपसंहारको
अन्तिम अरफहरु लेखिरहेथ्यो ।
खचेरासरिका क्षितिजका आँखाहरू
बुढ्याइँको तुवाँलोले धमिलिएका थिए ।
कुप्रिएका बुढा डाँडाहरू
नाङ्गा रुखहरूका लौरो टेकेर
दिनभरि मधुरो घाम तापिरहन्थे । Continue reading
~हरि आत्रेय~
“भाइ बैनी हो, भोली देखी टिफिनमा जङ्क फुड नल्याउनु है । स्कुलमा यस्तो निर्णय भएको छ ।” छुट्टी हुने बेला मिसले सुनाउनु भयो ।
भोली पल्ट स्कुल जाने बेला भयो । ममिले टिफीनमा मलाई मन पर्ने चाउचाउ दिनुभयो ।
“ममि आज देखी जङ्क फुड लानपाइदैन रे । मिसले भन्नु भाको।”
“बेलुका नै भन्नु पर्दैन त ?” Continue reading
~जीतबहादुर कटुवाल~
आज मातातीर्थ औंशीको दिन अर्थात आमाको मुख हेर्ने दिन । वैशाखको सुरम्य मौसमको मादकतामा डुबेर कोइली एकोहोरो कुहुकुहुको अविरल ध्वनि गुन्जाउँदै वसन्त उत्सव मनाउँदै थियो । बिहानको धन्दा सकेर समिरा बरण्डामा बसेर सुस्ताउँदै थिइन् । बिहानै उठेर घर सफा गर्नु , दूध दुहुनु खोले पकाउनु अनि घरका सदस्यहरूलाई चिया खुवाएर बिहानको खानाको तरखर गर्दा आठ बजिसकेको हुन्थ्यो । सानी छोरीलाई हेरचाह गर्नु , बारीमा तरकारी गोडमेल गर्नु र अरु काम पनि उनीले सम्पादन गर्नु उनको दायित्व भित्र पर्दछन् ।
बरण्डाबाट पर्तिर हेर्दै थिइन् । पल्लाघरकी कोकिला दिदी आँगनमा टुप्लुक्क देखा परिन् । उनको मुखका Continue reading
~रमेश भट्टराई ‘सहृदयी’~
छन्द : शिखरिणी
तिमी आमा मेरी हृदयतलकी मालिक धनी
पिलायौ धारा दुग्ध समन गरी सङ्कट पनि
गुथायौ जाडामा जब थरर काँप्दो तन हुँदा
तिमी छोड्थ्यौ गाँसै मकन बबुरो बालक रुँदा । १ ।
अरे संसारैले भनन जननी भुल्छ कसरी
भयो मान्छे स्वार्थी तब त ममता खुल्छ कसरी Continue reading
~पिपला ढुङ्गाना~
अँधेरो मझेरीको जून हुन् उनी
जसले सँधैभरि उदाइरहनु पर्छ
झलमल्ल भएर
बादलिने अधिकार छैन उनलाई
किनकी उनी आकास होइनन्
बादल लाग्ने अधिकार त
केवल उचाई सँग हुन्छ Continue reading
~करण बुढा मगर ‘क्रेजी’~
मेहफिलमा ,गजलको लगाव राखेर
पढ्दै छु दुईचार वटा किताब राखेर
पिएर साहित्य लेख्न मुस्किल हुन्छ
हुदै हुन्न मित्र गोजीमा सराब राखेर Continue reading
~जीवन क्षेत्री~
यो नयाँ वर्ष,
खै के नयाँ वर्ष
तुवाँलोको बादल,
आँशुको वर्षा,
आकांक्षाहरुको नदी,
अतृप्त इच्छाहरुको समुद्र
सँगुरझैं मोटाएका कुकुरहरु Continue reading
~कृष्ण राजभण्डारी ~
केही दिन अघिको साँझ म अफिसबाट आएर बरण्डामा आराम गर्दै थिएँ । “आज किन ढिला नि ?” श्रीमतीज्यूले मेरो लागि चिया लिएर आउदा आउदै बाटैदेखि म ढिला हुनुको स्पष्टिकरण माग्दै आइन्, “तपाईको आज भोलि मति विग्रिएको जस्तो छ ?”
यो सुन्ना साथ एक्कासी मेरो आँखा उनको अनुहारमा ठोकिन पुग्यो । उनको अनुहारमा आक्रोशले भरिएको थियो । उनको अनुहारमा हेरिरहे र सोचे “आज भोलि समय ठिक छैन, साँझ ढिलासम्म वाहिर नबस्नु भनेकी भए कति राम्रो हुन्थ्यो, तर फरक किसिमले भनिन् । मैले उनको भनाइको जवाफ दिन उचित ठानिन । Continue reading
~झाँक्री खोले~
झुत्रेझाम्रे महल नहुने, जातिका बासभित्रै,
धर्ती साझा श्रमिक जनका सिर्जना छन् विचित्रै ।
नारा “हाम्रो” परिचय दिने विश्वका सर्वहारा,
मेची–काली दिनदिन उँभो बढ्छ बामे उभार ।। १
आधाराती निडर मनले बास बस्दै छ बामे,
भोकनाड्डा घरघर पसी आँसु तौलिन्छ बामे ।
रुच्दो खाने गरिव जनको गाँस खोज्दै छ बामे,
दाँया वाँया दलबल लिई जड्ड घेर्दै छ बामे ।। २ Continue reading
~नरदेन रुम्बा~
टिस्टाको बगरमा रगत धोएर
खुकुरी पखाल्यौ हामीले
साक्षी छ इतिहास यहाँको
के पखाल्यौ हामीले
हामी जिउँदा मान्छे हौं
मरेका छैनौ अझै
हामी काँचो मान्छे हौ Continue reading
~बिपिन शर्मा~
भेटिएको के थिएँ तिमीले हराइदियौ
नाम नलिंदै बदनाम मलाई गराइदियौ
विश्वासको दियो निभाइ तिमीले
मेरो जिन्दगि अँध्यारो बनाइदियौ Continue reading
~रीता खत्री~
तिम्रो आँखामा
आँसुको अथाह समुद्र बगेको हेरिरहें
जब पोलेर आए आफ्नै मुटुलाई
पीरको झरिलो अगेनामा
शुष्क ओठहरू अझ शुष्क बने
निस्तेज बने आवाजहरू
तिमी बग्नु थियौ एउटा समय नदी
बग्यौ,
म अभागी बगर उभिरहें
मौन…..
जीवनको थकित किनारामा । Continue reading
~एकादेशको गगनराज~
हिजोआज मलाई आउँछ बल् साँझतिर।
एक्लै भएँ प्यारो भा’छ बोतल् साँझतिर।
जुनकिरी नै प्यासी बने अकस्मात फेरी
हुन्छ जुन्लाई मलाई हेरी तल्तल् साँझतिर। Continue reading
~सुधा मिश्र~
सजाक कलश प्रवेशद्वार
दक अरिपन लँ सिनुर पिठार
बेली चमेली गुलाब लक लाल
स्वागत अछि आउ हे नव साल
सुख समृद्धि लक ढेर
रचि उमंग उत्सवक बेर Continue reading
~सुनील बाबु श्रेष्ठ~
घुप्लुक्क घामका झुल्काहरु
धर्तीमा पोखिन नपाउदै मेरा बा कामको लागि
झिसमिसेमै घरदेखिको उकालो स्वाँ स्वाँ गर्दै
माथि माथि डाँडाको थुम्कोमा पुग्थे ।
अनि त्यसरी नै हतार हतार उही बाटो ओरालो झर्दै झर्दै
निथ्रुक्क पसिनाले भिज्दै घर पुग्थे
र, दुईचार गाँस तातो भात टिप्दै
हतारिदै हतारिदै पुनः अर्को काममा पुग्थे । Continue reading
~जनार्दन रिजाल~
म जन्मे पहाडको कन्दरामा
तराईका हरिया फाँटहरुमा
यायाबर झै घुम्दै उफ्रिदै
विताएका मेरा थाकथलो छोडेर
घरपरिवारलाई चटक्क छोडेर
पापी पेटको लागि
पर देश भासिएको
कर्म गरी एक गाँसको जोहो गर्न Continue reading
~सहदेव खड्का~
दिनमा सुनसान हुँदो हो मेरो शहर
रातको चकमन्न शुन्यतामा
कुकुरहरु धरती थर्कनेगरी घुक्दा हुन,
छर्लङ्ग आकाशमा उदाईरहेको
जुन अनि चम्किरहेका तारा हेरेर
दङ्ग पर्दै सोच्दाहुन
के भएछ काठमाण्डौंवासीलाई
किन कोइ निस्कदैनन? Continue reading
~Ismael Subba~
Sky is clear,and the birds are flying. There are uncountable faces under the same sky with different emotions and situations.Philip too is one of them.As he reads a paper,his clear and bright face seems to be darkened…The Paper wrote-Take back your words against us.,otherwise death is coming to you soon.
He goes back in time. Continue reading
~टि माया राइ~
शहीदको रगतले सिंचीत भूमि गर्वले चुम्नु भन्छ
बलिदानको पाठ इतिहास साक्षी हिम्मत भर्नु भन्छ
उद्देश्य उच्च चन्द्र र सूर्य जनहितको मन्त्र फुक्छ,
क्रान्तिकारी पाइला रोकिन्न अगाडी बढी नै रहन्छ ।
विकल्प खोज्ने मस्तिष्क पनि शहीदकै बोल बोल्छ
अँध्यारो हुन्छ चारै तीर आफ्नो सुखलाई जलाउँछ Continue reading
~Dilip Poudyal~
I was at the bank of Don river in Southern Ontario. There were people in a group of ten or fifteen on the side of the road talking each other in a louder noise than regular talking voice. A girl about ten passed by the crowd and entered in to the bush with no other friends. She was wearing a white scarf and slippers. After five minutes, another girl about fifteen wearing a black scarf and bare foot also entered into the bush through the same track.
In another five minutes, an elderly male with a cane followed them. He was wearing a red long gown as a monk. The crowd was still there and having loud discussion on computers, Continue reading
~दीपकराज जोशी~
कहिलेकाहीँ नेपथ्यबाट आवाज सुन्छु
निर्दयतापूर्वक मेरा भावनालाई कुल्चिएको
एउटा सुरुङ जहाँबाट म बाहिर निक्लन सक्दिनँ
एउटा यस्तो खाली ठाउँ जसलाई म भर्न सक्दिनँ
मेरो त्यो रात जसको बिहानी छैन Continue reading
~पिपला ढुङ्गाना~
जवानी भरीको माया भरेर
बाटेको बिश्वास को डोरीमा
धमिरा लागेपछि
सपनाहरू बिर्सिएर भोगेको
अमिलो जिन्दगीमा मिठास पस्दैगर्दा
किरा लाग्न थाल्छ भन्ने जाने देखि
प्यारी आमा Continue reading
~प्रवेश वस्ती~
औंसीको रातमा चन्द्रमा देखेँ कसरी भनुँ
तिमीलाई बिर्सीयर सारा पिडा भुलेँ कसरी
घाटमा लगि तिम्रा सारा यादहरु जलाउँदै गर्दा
जल्दै गरेको चिताबाट लाश उठ्यो कसरी भनुँ Continue reading
~डा.मधु माधुर्य~
यात्रा कसलाई मन पर्दैन होला र ? चाहे त्यो स्वदेशभित्र होस् चाहे त्यो विदेशमा होस् । यो चोटिको घरदेश–यात्रा यस्तै भयो, चितवनको सौराहास्थित राष्ट्रिय निंकुजभित्रको जंगल–सफारी र मनकामना यात्रा भ्याएर पूर्वनिर्धारित योजनाअनुसार नेपालबाट हतार—हतार दुबई उड्नु प¥यो । दुबईमा त्यहीँ चितवन सौराहाको घामबाजे मलाई बाटो कुरेर बसेझैँ लाग्यो । घामबाजे जतिखेर पनि मलाई अँगालो मार्दै सडकै सडक हिँड्थ्यो । सम्भवतः अरब र अफ्रिका बस्ने बहुसंख्यक मानिसहरू त्यस्तै रापिलो अनुभूति गर्दा हुन् । यी अनुभूतिहरू प्रकृतिले दिएको यावत् उपहार र आश्चर्यहरू हुन जुन अनुभूतिहरू हाँसी–हाँसी स्विकार्नु पर्छ भनेर आफुलाई मिनेट–मिनेटमा सम्झाईरहनु पथ्र्यो । Continue reading
~जीत सापकोटा~
झमझम झरी
बग्यो नी कठैबरी
सपनाहरु ।
सगरमाथा
छुन सक्दिन समुन्द्र
बैभव टाढा छ । Continue reading
~कला कोयु
मित्रले पत्र लेखिन
भो नपठाउ सखी शुभकामना सन्देशहरु
अर्थहिन बन्न सक्छन
नेपाल आमाको अस्तित्व धरासयमा परेको
यो दर्दनाक क्षणमा
यो सोकाकुल घडीमा
आफ्नै जन्मभुमिको कोखमा रहेको हामी नेपाली
अहिले निस्सासी रहेका छौ Continue reading
~झनक श्रेष्ठ ‘प्रज्वल’~
आयो भन्छन् गणतन्त्र
खोइ कहाँ आयो गणतन्त्र ?
आयो भन्छन् लोकतन्त्र
खोइ कहाँ आयो लोकतन्त्र ?
ए कठपुतलि हो
कता लादैछौं देशला Continue reading
~इश्वरवल्लभ~
हजार सपनाहरूको माया लागेर आउँछ
बाँच्ने रहर जस्तो फेरि भएर आउँछ
मैले बाँचेको परिवेश सानो त्यति थिएन
परदेशी जस्तो कोही एक्लो पनि थिएन Continue reading