Tag Archives: युवराज नयाँघरे – Yubaraj Nayaghare

गजल : अब कहाँ झुक्लान ?

~युवराज नयाँघरे~ उठेका छन् हातहरु अब कहाँ झुक्लान ? जुटेका छन् मुठ्ठीहरु अब कहाँ फुक्लान ? तातो रगत बगेर मुटु पनि तातेको छ चारैतिर दन्केका राँकाहरु अब कहाँ निभ्लान् ?

Posted in गजल | Tagged | Leave a comment

नियात्रा : भाग् कुइरो भाग् !

~युवराज नयाँघरे~ ‘यस्तो पो स्वागत !’ मैले काँडेमा पुगेपछि कुइरोको अन्धमुष्टि देखेर भनेँ मनमनै । पानीको बिर्बिराइ र कुइराको बाक्लो खातमा काँडेले झुलुक्क मुख देखायो । बीस÷बाइस घर थिए त्यहाँ । घरमा व्यापारका सूचनापाटीमात्र थिए । मलाई त्यस्ता सूचनापाटीले पोखरामै … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : टोपीटाले भेट्न खोल्सी !

~युवराज नयाँघरे~ कर्णाली तरेँ बल्ल आज ! हुम्ला कर्णालीका किनारैकिनार हिँडेको यतिका दिनपछि आज तर्ने मौका मिल्यो । यो नदीका छालले छोएथे । यसका बाछिटाले हिर्काएथे । यसका लहरले हृदय तानेथे । यो नदीका सङ्ला तरङ्गले मलाई डाकेथे । सेतो, सङ्लो खोला । धारिलो र चिसो लहर … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा: सारनाथमा नेहरु शर्त

~युवराज नयाँघरे~ निकै बसेँ म सारनाथमा ! वाराणसी पुगेपछि प्रायःजसोको बसाइ गङ्गा वरपर भए पनि म सारनाथमा बसेको थिएँ । तिब्बती मन्दिर नजिक बसेको हुनाले यहाँबाट वरपर जतै पनि पुगिन्थ्यो । पर्बल र सानो लामा थिए मेरा साथी । ती … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : ज्याद्रो लिगलिगकोट !

~युवराज नयाँघरे~ चारै बजे ब्यँुझायो कोकले कराएर ! हिजोको लम्काइले खुट्टामा कैँडा लागेथे । थिल्थिलाएको जीउ गलेथ्यो झरीले । पानीमा भिजेका लुगा उसिनिएर गन्हाएका थिए । तैपनि यी सबै कुरा थन्किए त्यत्तिकै । आँखाको बिख मरेथ्यो मज्जाले । मैले मनलाई … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

निबन्ध : बिँडो थाम्ने हतार

~युवराज नयाँघरे~ निधारका मुजामा बितेका वर्षहरूको खित्का। त्यो अनुहारमा धेरै-धेरै कुराको तह। आँखाले अटेसमटेस हेरेका दृश्यहरू। कानले सुनेका अथाह शब्दहरू। छातीले धड्किएका अपार अनुभूतिहरू। यो बूढो मान्छे। निधारमा, गालामा, कञ्चटमा खुम्चेको मासु। नाकमा मोटो चस्मा छ। उसले खेलेको आँगनमा हरेक … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

संस्मरण : स्काइपको टीका

~युवराज नयाँघरे~ हाङपाङ छोड्दा नन्दलालसँग आठ छोरा थिए। मधेश झरे उनी। पहाडमा खानलाउनकै दुःख थियो। झोडा फाँडेर उनी छाप्रो हाली बसे। त्यै छाप्रोमा अरु तीन भाइ जन्मे। एक रात बूढा पिसाब फेर्न पिढीँमा बसेका मात्र थिए – गोमनले ठुङेछ। ठाउँका … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

नियात्रा : मेरिल्याण्डका उडुस

~युवराज नयाँघरे~ उडुसको खानीमै परिएछ— सोफा, ओछ्यान, कुर्सी, टेबुल, चकटी जताततै उडुसको सिलिङबिलिङ, दिनरात उडुसकै चर्चा ! अपार्टमेन्ट नम्बर ६१२ मा बसेकै दिनदेखि शरीरभरि डाबर देखियो । राति ग्यास स्टेसनमा काम गर्ने कुइरे बूढा उज्यालो खसिनसक्तै आइसक्थे । कामविहीन म … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

संस्मरण : सिन्जाको माटो शिरैमा !

~युवराज नयाँघरे~ जानैपर्छ र ?’ गोठिजिउला पुगेपछि साथीहरूले बोली फेरुँलाझैं गर्न थाले । एक रात, एक बिहानको बाटो लगाएर पुगेका थियौं गोठिजिउला । त्यहाँ पुगेपछि थाहा भयो– सुर्खेत जाने गाडी एउटा मात्र रहेछ । त्यै पनि अबको एक घन्टामा हुँइकिइहाल्ने … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

निबन्ध : मृत्यु फरवार्ड

~युवराज नयांघरे~ शोकका खबरले भरिएको छ मेरो इमेल बक्स ! जीवनकै अङ्ग भएको छ-सूचना । आँखाले पाना पल्टाउने अखबारभन्दा हातले माउस चलाउने प्रविधिमा सूचनाको सेरोफेरो बलियो भएको छ हिजोआज । भव्य र खर्चिलो नभए पनि साधारण खालको ल्यापटपले आकुलव्याकुलमा साथ … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : हाइ, हाइ हिमाल

~युवराज नयांघरे~ मनबाट बाहिर निस्के हिमालहरू । कहांबाट थालूं हिमाललाई हेर्न । कुन बिन्दु हो हिमाल बुझने । कसरी बुझूं हिमालको सम्पूर्णता । यसरी भटाभट निस्किरहेछन् रहरका हिमचुली । हिमाल, मेरा प्यारा हिमाल । हिमाल, मेरो प्रिय हिमाल ।। गोरखाको … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

व्यङ्ग्य कथा : अनिकालको बीउ

~युवराज नयाँघरे~ आकाश हेररिहेकाहरू धर्ती हेर्न थाले । पानी नपरेर धर्ती फुटिरहेथ्यो पटपटी । बल्ल मौसम बदलियो र पोखियो दसैँभरि। आकाश नबर्सिउन्जेल जताततै त्राहिमाम् । सबै भरमाथिकै । मास्तिरबाट थोपै नचुहिएपछि परेन त बित्यास । तै मनसुन ओर्लियो । अब … Continue reading →

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

नियात्रा : रोसीका हजार छाल

~युवराज नयाँघरे~ वैशाखको पहिल्यै दिन थिएँ म रोसी तीरमा ! विचित्र हुन्छ कहिलेकाँही । यदाकदा नसोचेकै कुराको जोरजाम हुन्छ । हठात्मा घुमन्ते भइन्छ, जोहो न सोहो । मेलोमेसोविनै डुलन्ते हुन पुगिन्छ । अपुताली लाभ भनेकै यै होला—अचम्मैले घुमघाम गर्न पुगिन्छ … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

कथा : भुँवरीमा भिखम

~युवराज नयाँघरे~ विमानस्थलको भीडमा छ भिखम ! उसले कहिल्यै घर छोडेन । छोड्ने परिस्थिति नि पर्दै – परेन । आज ऊ जाँदैछ बाहिर । बाहिर भनेको मकाउ । उसको सानैदेखिको रहर – आकाशमा उड्ने ।

Posted in नेपाली कथा | Tagged | Leave a comment

नियात्रा : घान्द्रुकसँग घम्साघम्सी

~युवराज नयाँघरे~ सिङ्गो जिल्ला त एउटा टोल पो ! नयाँ पुलको अर्को नाम रहेछ, सल्ल्यान । राप्ती अञ्चलको सल्ल्यान जिल्लामा थिएनौँ—गण्डकीको एउटा टोलमा यतिखेर थियौँ हामी । पोखराबाट सँगै आएको नागबेली बाटो लर्कियो बाग्लुङतिर । हो, त्यहीँबाट बाटो छुट्टिँदो रहेछ … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

संस्मरण : इनरहार्बरको नयाँवर्ष

~युवराज नयाँघरे~ अबको केही घन्टापछि सुरु हुनेछ अर्को नयाँ वर्ष ! अर्थात् नयाँ वर्ष सन् २००८। हामी त्यहाँ महान् समयको उल्लास-उत्सवमा मिसिन पुगेथ्यौँ, डाउन टाउन। मेरील्यान्ड राज्यको मुख्य सहर बाल्टिमोर। यसै त सधँै हिस्सी पर्दो र गगनचुम्बी महलको सौन्दर्यले मोहनी … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : तपाईंको देशमा

~युवराज नयाँघरे~ कुदिरहेको रेलमा तीनजना नेपाली छौं । रेलभरि मान्छे छन् थरीथरीका । एशियाली, अफ्रिकी, युरोपेली आदि अनेक हुलिया बोकेका अनुहारको हुल छ रेलमा । होमराज आचार्य, डा.भट्टराई र म आमनेसामने छौं । हाम्रा आँखा जुधाइ कम भए पनि कुरा … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

समालोचना : देशपरदेशका तस्वीर

~युवराज नयाँघरे~ सम्झना गर्छु त्यो पहिलो पाइलोलाई १ पाइलासँग आउने मनग्गे कुरा छन् । ‘घुम्’ शब्दले बोकेर ल्याएका प्रशस्त अर्थमा घुमन्ते, घुमुवा, घुमघाम, घुमफिर, घुमाइजस्ता धेरै भाव पाउँछौं हामी । यात्रा त्यही सर्न्दर्भले जोडिएर आउने पक्ष हो । यात्रा, नियात्रा, … Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment

Translated Memoir : Wow ! Himal

~Yubaraj Nayaghare~ Translation: Dr. Govindaraj Bhattarai The himals came out of this mind. From which point should I start to watch the himal? Which is the point of reference to understand the himal? How can I understand the completeness of … Continue reading →

Posted in Translated Memoir | Tagged , | Leave a comment

निबन्ध : भोग

~युवराज नयाँघरे~ किनारमा छु रगते आहालको ! सधैं त काठमाडौं छोडेर घरै पुग्थें दशैं मान्न । यो पालि खै के लाग्यो, यो उपत्यका छोड्न मानेन मन । थच्चिएं यै उकुसमुकुसमा । लाग्यो, यो कान्तिपुरको दशैं हेरौं ! यसको पोल्टामा थच्चिनेका … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

नियात्रा : हेल्सेको रेडियो

~युवराज नयाँघरे~ टाइम्स स्क्वाएरमा बसिरहन पाइएन । ‘आज रातभरिमा तीन–चार कार्यक्रम नबनाई भएकै छैन !’ सहदेवले भने । न्युयोर्कको मुटु टाइम्स स्क्वाएर । साँझ सकिएर रात ओर्लिएको छ । हुलका हुल मान्छेको घचारो । खास गरी एशियाली अनुहारको भीड भेटिरहेछु … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : मेरील्याण्ड का उडुस

~युवराज नयाँघरे~ उडुसका खानिमा परिएछ ! हो, उडुसैउडुसको गुँडमा पुगेछु म त । जहाँसुकै र जतासुकै उडुसको सिलिङबिलिङ । सोफा, ओछ्यान, कुर्सी, टेबुल, चकटी सर्वत्र उडुसको डरलाग्दो आतङ्क । दिनरात उडुसको चर्चा । रातोदिन उडुसको बयान । उडुस आतङ्कले म … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : हिलेखर्कमा हाइसन्चो

~युवराज नयाँघरे~ भई त गयो बियाँलो अनेक परिबन्द मिलाउँदा मिलाउँदै ढिला भयो । छिम्काको लेकबाट विदा हुन साह्रै हम्मे प¥यो हामीलाई । धेरैतिर बिदावारी हँुँदाहुँदै ढल्किहाल्यो दिन । हिलेखर्क हिँडेर पुग्छु भन्नेहरूको ताइँ ढल्दो दिनले लिने भो मज्जैले । वरपरकाहरू सुनाइरहेथे … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

कथा : कवि कुरूपको कविता

~युवराज नयाँघरे~ लेख्दालेख्दै डायरी भरिए टन्नै ! कति मात्रै लेख्नु ! के मात्रै लेख्नु !! फेरि नलेखी बस्नै पो सकिन्छ र !!! यस्ता कुराका सिर्कनाले स्वाँट्ठ हान्छन् । कवि कुरूप कतार पुगेको पाँच बर्ष नाँघ्यो । 

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : चाल्दै–चाल्दै जीवन धूलो !

~युवराज नयाँघरे~ चाल्न थालेको जीवन उमेर जत्तिकै भो ! जीवन चाल्दै छु म । चालेर हात थाके, आँखा गले, औँला बाउँडिए । तर नसकिने स्थितिमा छु जीवनलाई चाल्न । जानेदेखि बुझेर चालेँ । नजान्दै पनि चालिआएकै हो जीवनलाई । अँहँ, … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : भन् भगवती !

~युवराज नयाँघरे~ आज चैँ चर्कियो कलह ! यो कलह मानिस नहुँदाको । बरु मानिस हुँदा झगडा हुँदैन्थ्यो होला । आज पल्टा खाइरहेको अवस्था छ गाउँमा । आँगन जोडिएको दुइ घरमा मानिस छैनन् ।

Posted in नेपाली कथा | Tagged | Leave a comment

नियात्रा : रेडियो ?

~युवराज नयाँघरे~ टाइम्स स्क्वाएरमा बसिरहन पाइएन । ‘आज रातभरिमा तीन? चार कार्यक्रम नबनाई भएकै छैन !’ सहदेवले भने । न्युयोर्कको मुटु टाइम्स स्क्वाएर । साँझ सकिएर रात ओर्लिएको छ । हुलका हुल मान्छेको घचारो । खास गरी एशियाली अनुहारको भीड भेटिरहेछु … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : बेथान्चोकको वरमाला

~युवराज नयाँघरे~ हिउँदे ठिटिले लखेट्यो हामीलाई। मलिन र हावा मिसिएको घाम थियो बेथाञ्चोक नारायणथान। हिमालको जगजगी थियो। मनै अँगालिहाल्ने ति हिमाल अनेक पाटामा रङ, स्पर्श र अनुभूतिको बिछट्टै घोलघाल थियो। दक्षिण देखिएका सुन्दर फाँट र तराईली समथर। उत्तरतिर हुनसम्म ठडिएका … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

कथा : फेसबुकमा फत्तेमाया

~युवराज नयाँघरे~ हराएका मान्छे भेटिए भटाभट हो, थुप्रै  मान्छेहरू हराएका थिए । हृदय र शरीरहरू हराउने करम बढिरहेथयो । हिजोआज ती भेटतै छु विस्तारै-विस्तारै । सूचनाको जालोले नबेरएिको घर रहेन । खबरको अँगालोबाट अलगगिएको पिँढी अछुतो रहेन । अनि घर र पिँढीबाट … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बाटो म्याद

~युवराज नयाँघरे~ घर पुग्न बिहान र बेलुका दुई घन्टा नछुट्टाए हुन्न ! मैले अरु सबै समय काममा लाए नि यी दुई घन्टा पर्छन् विशेष । जागिर, भेटघाट र किनमेल एउटै कालखण्डमा गाभ्ने गर्छु म । तर घरबाट निस्कँदा र घर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : झिम्केको झोला

~युवराज नयाँघरे~ एयरपोर्टको मुखैमा छ झिम्के ! दिउँसोको दुईबजे झिम्के उड्दैछ कतार । वरिपरि साथी छन् । अलि-अलि जुँगा उम्रेका केटाहरुको हुलमा छ ऊ । काँचा केटाहरुको बगालमा छ झिम्के । एयरपोर्टको मुखैमा ठूलो गेट छ । गेटको उत्तरपूर्व ठूलो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment