कविता : जित्छौं

~प्रकाश सापकोटा~

जितेर जित नकार्छ को ?
हारेर हार स्वीकार्छ को ?
सम्झौतामा मन मार्छ को ?
चाहेर अन्तरआत्माले हार्छ को ?

सीमा काटेर जित्छन् कोही
पल-पल ढाँटेर जित्छन् कोही
आदत छाँटेर जित्छन् कोही
हार्नै आँटेर जित्छन् कोही ।

समयले सिकाएकै छ
परिस्थितिले देखाएकै छ
जित्नेहरु हार्छन् कतै
हार्नेहरु जित्छन् कतै
कच्चा हुन्छन् – जित्दै जित्दै हार्नेहरू
सच्चा हुन्छन् – हार्दै हार्दै जित्नेहरू ।

हारसँग हार नमानौं
हार्नेले जित्नेको खुट्टा नतानौँ
सङ्र्घष्ा खेल खेलौँ न बरु
दुःख अलिकति झेलौँ न बरु
छैन त्यो टाढा कहाँ-कहाँ अनन्तमा
जित्छौँ हामी पक्का जित्छौं अन्तमा
र्झछ अराजकता त्यो कुहिन्छ, गल्छ
जो बीउ रोप्यौं गणतन्त्रको आखिरीमा फल्छ ।

(स्रोत : नेपालीकविता डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.