स्रष्टा परिचय : भोजपुरी र नेपाली भाषाका सर्जक गोपाल अश्क

~मोहन दुवाल~

भोजपुरी भाषामा साहित्यका बिम्बहरू कोर्दै आएका सिद्धहस्त लेखक गोपाल अश्कले हिन्दी र नेपालीमा पनि तीखो कलममार्फत् आफ्नो साहित्यिक व्यक्तित्व देखाउन सफल छन् । गोपालप्रसाद सर्राफबाट गोपाल अश्कको नाम बोकेर साहित्यिक क्षेत्रमा देखापर्दै आएका यिनले भोजपुरी भाषामा धंधोर (५५) पहिलो महाकाव्य लेखेर यस भाषाका पहिलो महाकाव्यकार बने । गजल लेख्न पनि सिपालु यिनले प्रेमजस्तो अत्यन्त मार्मिक र संवेदनशील विषयलाई लिएर गजलमा प्रेमान्तर महाकाव्य प्रकाशित गराएर आफ्नो खुबी र क्षमता देखाए । मधेशको माटोबाट सशक्त ढङ्गको साहित्यिक मर्म लिएर देखापर्दै आएका गोपाल अश्क एकजना सफल साहित्यकार हुन् ।

वि.सं. २०१८ असोज ३ गते पर्सा जिल्लाको भेडीहारीमा पिता स्व. सुरुज साह सोनार र माता स्व. पतियादेवीका आठौं सन्तान भई जन्मेका गोपालले जीवन–क्रममा धेरै खालका अनुभवहरू बटुल्दै औपचारिक शिक्षामा हिन्दी विषयमा स्नातकोत्तरसम्मको अध्ययन गर्न भ्याएका छन् ।

साहित्य यिनको प्रियवस्तु भएकै कारणले विद्यालय पढ्दादेखि नै यिनले साहित्यमा मन दिँदै आएका हुन् । नेपाली राष्ट्रभाषा र हिन्दी र भोजपुरी राष्ट्रियभाषा गरी तीनवटा भाषामा नै आफ्नो छवि र गरिमामय उपस्थिति साहित्यिक सिर्जनामा देखाउन सफल यिनी साहित्यमार्फत् समाजलाई नयाँ बाटो दिन सफल छन् । उपन्यास, कथा, नाटक, कविता, गजल यी विविध विधामा आफूलाई रङ्गाउन सफल यिनी साहित्य बहुसङ्ख्यक जनताका हितका लागि लेखिनुपर्छ भन्ने मान्यता राख्छन् । २०२२ सालमा पत्थरको हृदय कथा आरती साप्ताहिकमा छपाएर आफूलाई साहित्यकारका रुपमा चिनाउन आइपुगेका यिनी खोजी, अनुसन्धानमा आफ्नो खुवी देखाउन सफल साहित्यकार हुन् ।

भोजपुरी भाषामा लेखिएको फुलवा उपन्यासमार्फत् गंकी–वसुन्धरा पुरस्कार प्राप्त गरेर भोजपुरीभाषाकै गौरव राष्ट्रमा फिँजाइन यिनी सफल रहे । आधुनिक शब्द शैलीमा भोजपुरी भाषामा महाकाव्य, उपन्यास, गीत, गजल, नाटक, कथा लेखेर भोजपुरी भाषालाई धनी र समृद्ध बनाउन लागिपरिरहेका गोपाल अश्क सबैले आ–आफ्नो राष्ट्रियभाषाको उत्थानमा लाग्नुपर्छ भन्ने मान्यता र दृष्टि राख्छन् । वीरगञ्जजस्तो अत्यन्त व्यावसायिक नगरमा रहेर त्यसमा पनि बैंकिङ सेवामा पनि सक्दो सेवा गरिसकेका यिनी साहित्यमा आफ्नोपन देखाइरहन सक्नु यिनको विशिष्ट गुण हो । गोपाल अश्क वीरगञ्जकै एउटा साहित्यिक नाम हुन् । गोपाल अश्क भोजपुरी भाषाका एकजना सशक्त साहित्यकार हुन् । त्यसैले जोड दिएर भन्न सकिन्छ गोपाल अश्क मधेशकै एउटा साहित्यिक बिम्ब हुन् ।

छन्दमा÷बेछन्दमा, गीतमा÷गजलमा, कथामा÷उपन्यासमा, नाटकमा÷वार्ता संवादमा यी अनेकौं विधामा साहित्य लेख्दै आफ्नो साहित्यकार व्यक्तित्व राष्ट्रमा चिनाउँदै आएका यिनका प्रकाशित भोजपुरी कृतिहरूमा १. कजरी (खण्डकाव्य, २०४७), २. कवि के जन्मकुण्डली (गीतिकाव्य, २०५१), ३. नइहर के चुनरी (कथासङ्ग्रह, २०५३), ४. अभी बाँकी वा (गजलसङ्ग्रह, २०५४), ५. धंधोर (महाकाव्य, २०५५), ६. एक बित्ता के दूरी (नाटक, २०५७), ७. उ भोर ना भइल (गीतसङ्ग्रह, २०५९), ८. शङ्खनाद (२०६८) छन् । यस्तै गरी नेपालीमा गजल, सोधग्रन्थ, गजल महाकाव्य, कथासङ्ग्रह गरी ३ थान पुस्तकहरु र हिन्दीमा कविता, गीत÷ गजल गरी चारवटा पुस्तहरु प्रकाशित गराएका छन् ।

अनुवाद कलामा पनि आफ्नोपन बनाइसकेका यिनले रामभरोस कापडि, सनत रेग्मी, वसन्त चौधरी, नूर, व्रmामरणका लेख÷रचनाहरु हिन्दी, भोजपुरी र नेपालीमा अनुवाद गरेर आफूलाई अनुवादकका रुपमा पनि चिनाएका छन् । लेखन गर्नु आफ्नो इच्छाको कर्म हो, त्यसैले त उनी निरन्तर लेख्न मन पराइरहेछन् । साहित्यमा सधैं केही लेखिरहन, केही खोजीरहन रुचाइरहने यिनले शोधकार्यमा पनि आफूलाई कृयाशील तुल्याएका छन् । नेपाली, भोजपुरी, हिन्दी साहित्यको इतिहासको खोजी र अनुसन्धानमा पनि मन दिँदै आएका यिनले भोजपुरी भाषाका सामाजिक, सांस्कृतिक, साहित्यिक पक्षका थुप्रै कुराहरू खोज गरेका छन् ।

डा. धु्रवचन्द्र गौतमका आख्यानबाट विशेष प्रभावित यिनले अलिखित उपन्यासलाई भोजपुरी भाषामा अनुवाद गरेका छन् । उपत्यका बाहिर रहेर सेवा पु¥याउनेहरू, राष्ट्रियभाषामा महत्वपूर्ण सिर्जनात्मक योगदान पु¥याउनेहरू ओझ्ेलमा रहने हाम्रो देशको वातावरण थाहा पाएर पनि यिनी यसै क्षेत्र र कर्ममा सेवा पु¥याउन तल्लीन छन् । निरन्तर सेवा र सिर्जनालाई सम्प्रेषण गरिरहन सक्नुपर्छ, एकदिन गति र मति अवश्य खुल्छ यिनले यी दृष्टिबिम्ब मनमा खोपेका छन् । त्यसैले यिनले भोजपुरी भाषालाई समृद्ध बनाउन दिलोज्यानले लागे । नेपाली, भोजपुरी भाषा र साहित्यको इतिहासको खोजी गर्दै यिनले यस भाषाको लोकगीत, लोककथा, लोकनाटक, लघुकथा यी आदि विधाका प्रक्रिया, पाठ, व्याकरण सबैको खोजी र अनुसन्धान गरे ।

साहित्यका सबै विधामा कलम चलाउँदै आएका यिनले भोजपुरी साहित्यिक पत्र–पत्रिकाको सम्पादनमा पनि आफ्नो दक्षता र कौशलता देखाएका छन् । गमक, अञ्जन, भोजपुरी सम्मेलन, सयपत्री, अङ्कुश यी पत्रिकाहरूको सम्पादन गरेर आफ्नो सम्पादन कला देखाइसकेका सम्पादक अश्कले कक्षा ९ र १० का भोजपुरी पाठ्यपुस्तक पनि लेखेका छन् । बहुमुखी प्रतिभाका धनी व्यक्तित्व गोपाल अश्कले नारायणी अञ्चलको एउटा सर्जक बिम्ब बनेर राष्ट्रमा चिनाउँदै मात्र आएका छैनन् नारायणीलाई चिनाउन यिनले नारायणी वाङ्मय प्रतिष्ठानको सचिव बनेर, नेपाली आख्यान समाज बारा पर्सा शाखाका अध्यक्ष बनेर, राष्ट्रिय भाषा उपसमिति तराईका सदस्य भएर अनि जनमतको पर्सा साहित्य विशेष र भोजपुरी साहित्य विशेषमा अतिथि सम्पादक रहेर सम्पादन सेवामा सक्रिय छन् । जनमतको एउटा अङ्कमा यिनी विशेष भई समेटिएका पनि छन् ।

गोपाल अश्क वीरगञ्जमा बसोबास गर्छन् । त्यहीँ सेवा र कर्म फुकाउँछन् । तर उनी ललितपुरमा बसोबास गर्दै सिर्जनामा तल्लीन हुँदै आएका साहित्यकारहरूभन्दा कमजोर देखिँदैनन् । वितृष्णा रोपेर, विचारमा दरिद्रता खोपेर आफूलाई महान् हुँ भन्नेहरूको विजय निरर्थक हुन्छ इतिहासमा । क्षणिक उच्चारण, केहीञ्जेल तडकभडक जबरजस्ती प्रदर्शनले कुनै पनि व्यक्तिको नाम भविष्यसम्म कायम रहिरहँदैन । तर मनैदेखि गर्छु भनेर लाग्नेहरूले निरन्तर आफूलाई थाहै नपाई समर्पित तुल्याइरहेका हुन्छन् । ती व्यक्तिहरूकै हूलमा लामबद्ध हुँदै आएका एकजना कर्मशील साहित्यकार हुन् – गोपाल अश्क । विभिन्न राष्ट्रिय भाषाका लेखकहरू जनमतमार्फत् चिनाउने क्रममा चिन्न पाएका गोपाल अश्कलाई चिन्दै र अध्ययन गर्दै जाँदा मलाई लाग्यो यिनी जनमतका विशेष लेखक भन्न सुनाउने कर्मठ लेखक हुन् । धेरै गरे, धेरै लेखे तर थोरै मात्र उच्चारण भएको गोपाल अश्कको मुहार खोप्न मन लागेर यो पोट्रेटमा गोपाल अश्क खोपिरहेछु ।

साहित्य मेरो दुःख र पीडाकालको अभिन्न मित्र हो । त्यसैले त यिनको जीवन–मित्र साहित्य बन्यो । स्वान्त सुखाय र बहुजन हितायलाई विषयवस्तु बनाई लेखेको साहित्य मनपराउने यिनी साहित्य समाजको दर्पण हो भन्छन् । साहित्यकारको गुरुत्तर भार हुन्छ समाजको उन्नति र प्रगति गर्न, समाजप्रति जिम्मेवारी नलिने साहित्यकारहरू समाजका लागि भार मात्र हुन्छ – यिनको ठम्याइ र बुझाइ छ । सामाजिक चेत् राखेर लेख्नेहरूले मात्र समाजलाई बाटो देखाउन सक्छन् यिनको आफ्नो दृष्टि छ । हिन्दी साहित्य विशेष अध्ययन गर्न पाएका यिनी प्रेमचन्द, बच्चन, नीरज, सन्त कवीर विशेष मन पर्छ भन्छन् । नेपालीमा देवकोटा यिनका प्रिय कवि हुन् ।

साहित्यलाई अभिन्न कर्म बनाइसकेका यिनका गजलका केही हरफहरू तल प्रस्तुत गरिएका छन्:
जातपात उचनीच को धनी र गरीब को
कुरा गरी सारा गाउँ सत्य ढा“ट्न थाल्यो ।
०००
आयो वसन्त फूल फुल्यो तर मेरो मन फुलेन
फुल्यो सारा वनउपवन तर मेरो मन फुलेन ।
०००
कठिन बेला आएको छ अश्रुवादल छाएको छ
देखिँदैन बाटाहरू जिन्दगानी धाएको छु ।
०००
नखोल झयाल नखोल ढोका जथाभावी मनको
बाहिर निकै गर्मी भित्र लागिरहेको जाडो छ ।

यस खालका काव्य अनुभूतिहरूमा जीवन÷जगत् खोज्दै साहित्यिक सिर्जना र कर्ममा लागेका गोपाल अश्क साहित्यिक जगत्का एकजना निरन्तर प्रयत्नरत साहित्यिक योद्धा हुन् । वीरगञ्जको कोलाहलमय वातावरणमा सिर्जनाका फूलहरू फुलाउन तल्लिन रहेका यिनका समर्पण साहित्यिक जगत्का लागि उल्लेखयोग्य विशेषताहरू हुन् । ६० वर्ष नपुग्दै साहित्यिक क्षेत्रमा एउटा बिम्ब खोप्न सफल यिनी साहित्यका एकजना सुन्दर शिल्पी हुन् । यात्रामा लाग्दालाग्दै थाक्नेहरू थुप्रै छन्, तर मलाई लाग्छ यिनी अब यात्रामा थाक्ने छैनन् । किनभने यिनले यात्रा गर्न जानेका छैनन् । साहित्यिक क्षेत्रमा यिनको प्रवेश वजनदार छ ।

मनमा उत्कण्ठा पालेर सिर्जनामा रम्न जानेकाहरू थाकेको इतिहास छैन । त्यसैले भन्न सकिन्छ, गोपाल अश्क साहित्यिक यात्रामा थाक्ने छैनन् । यिनले साहित्यिक यात्रा र सिर्जनाको क्रममा साझा पुरस्कार, वनिता सम्मान, मानचित्र सम्मान, धनर्सी साहित्य सम्मान, विश्व नारी नेपाली साहित्यिक सम्मान, धुस्वाँ साय्मि वसुन्धरा पुरस्कार प्राप्त गरेको देखिन्छ । २०२२ सालदेखि अद्यावधिसम्म निरन्तर साहित्यिक यात्रा, सिर्जनामा सक्रिय रहँदै आएका यिनी अगम यात्रामा रमिरहन सकोस् – शुभकामना छ गोपाल अश्कलाई ।

This entry was posted in स्रष्टा परिचय and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.