ऐतिहासिक खण्डकाव्य : वीराङ्गना शूरप्रभा

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~

खण्ड:
१. पृथ्वीको आज्ञा र हुङ्कार
२. वीरताको शङ्खघोष क
३. वीराङ्गना शूरप्रभा अ
४. वीरताको शङ्खघोष ख
५. युद्धको विभिषिका
६. शूरप्रभाको सपना
७. शिवराम िसंह बस्न्यातमाथि छल
८. मृत्यु सन्देश
९. वीराङ्गना शूरप्रभा आ

प्रारम्भ

कहानी हाम्रो भन्दछु राम्रो गोर्खाले नेपाल बनायो
झण्डा यो उच्च राख्नलाई हेर वीरले ज्यान गुमायो ॥१॥ Continue reading →

Posted in खण्ड-काव्य | Tagged | Leave a comment

कविता : पराजित तिमी

~श्रीधर शर्मा~

चैते हावासँगै
नववर्षको उन्माद बोकेर
भुवादार बादलको
तन्ना ओढी
आँखामा उल्लास भर्न
बगैँचा-बगैँचा हुँदै
उत्साही पैतालाहरू
टेक्दै-टेक्दै
लमकलमक
फड्को मारेर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : केचनाको उचाई

~प्रेम राई परिक्षित~

सगरमाथाको गन्तव्य
आधि बाटोमा यात्रा बिसर्जन
एउटा अपुरो अनि असफल यात्रा
दोष लिएर बाच्नु छैन मलाई
होचै सहि बरु सिङ्गो केचना भएर
ठिङ्ग उभिनु फरक पहिचान
सफलताको गिनिज बुक भित्र Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : चारा नदेखाउन मित्र

~अनिता भण्डारी पौडेल~

भोकले सताएको बेला चराको चारा नदेखाउन मित्र
मित्रताको नकाब भिरी फोस्रो नारा नदेखाउन मित्र

भोको पेटमा पटुकी कसी कति दिन पो बस्ने हो र
जहिले पनि तिम्रो मात्रै नौटंकी पारा नदेखाउन मित्र Continue reading →

Posted in गजल | Tagged | Leave a comment

छन्द कविता : नारी

~गोविन्दराज विनोदी~

छन्द : भुजङ्गप्रयात

म नारी हुँ मेरो अनौठो चिनारी
कसैकी म छोरी कसैकी बुहारी ।

मपत्नी बनी थाम्छु गार्हस्थ सारा
र आमा बनी पोख्छु वात्सल्य धारा ।
कसैकी आमाजु कसैकी म नन्द Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

कथा : रमाकान्त सर

~दिलिप पौड्याल~

होचो होचो कद। सधै जसो सेतो सर्ट पाईन्ट र कालो ईस्टकोट अनि त्यसमाथि ढाका टोपी। यस्तै साठी बर्ष जतिको रसिलो र कसिलो छाला।चिल्लोसंग दाडि काटेर त्यसमाथि चिटिक्क मिलेको जुँगा।आफु हिड्ने बाटो भन्दा बढी दाँया र बाँया पट्टि लहरै उभिएका भबनहरुमा पल्याक पुलुक हेर्दै हिडिरहेको नेपालि देखेपछि मैले साईकलमा ब्रेक लगाए। बाटोको साइडमा उभिएर दुइहात जोडी नमस्कार गरे। बाटोमा एक्कासी एउटा नेपाली केटोले नमस्कार गरेको देखेर होला उहाँ एकैछिन अलमल पर्नु भयो। सातसमुन्द्र पारीको यो अपरिचित ठाँउमा यसरि खाट्टी नमस्कार पाइएला भनेर उहाँले सोच्नु भएको पनि थिएन होला।

“नमस्कार र..र… बाबुको घर कहाँ पर्यो ?” उहाँले अलि संकोच माने जस्तै गरेर सोध्नुभयो। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : हाम्रो कालापानी

~आविष्कार कला~

छिमेकीको अतिक्रमण देश रूदैछ आज
जनता बनौं बलभद्र बनौं बहादुर शाह ।।

नेतृत्व लिई अघि बढ नकमाउ खुट्टा
सीमाबाट हटाउनु छ विस्तारवादी जुत्ता ।। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

विनीत ठाकुरका दश मैथिली हाइकु : ( मानवता विशेष )

~विनीत ठाकुर~

१.
ज्ञान उपर
अहंकारक पर्दा
जीवन नष्ट ।

२.
विशुद्ध प्रेम
आदान–प्रदान सँ
मोन मे शान्ति । Continue reading →

Posted in मैथिली हाइकु | Tagged , | Leave a comment

कथा : दुर्लभ समय

~लक्ष्मी गाइजू~Laxmi Gaiju

एउटा निजी कम्पनीका एक सामान्य कर्मचारी राकेश, स्थानीय विद्यालयमा आयाको रूपमा काम गर्ने राकेशकी श्रीमती सुमित्रा, नियमित विद्यालय जाने बहिनी रोजी, छोरा रोहण, छोरी रोहिणी र सधैं घरधन्दा र व्यवहार व्यस्त रहने आमा मनकुमारी, सबैको आ– आफ्नै छुट्टाछुट्टै दुनियाँ थियोे । कसैलाई आफ्नो कार्यबाट कहिले फुर्सद मिलेको थिएन । एकले अर्कोको हालचाल जान्ने बुझ्ने समय कसलाई थियोे र सबैजना बिहान बेलुका औपचारिकताका लागि मात्र भेटघाट हुन्थे । भन्नलाई त एउटै परिवार हो तर कसैको मनको गहिराई नाप्न कसैलाई फुर्सद थिएन ।

त्यो घरको आड भरोसा भनेकै विशेषगरी राकेश नै थियोे । उनैको जागिरबाट नै घरका न्यूनतम Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

मुक्तक : यौवनको जोश

~हेम जङ्ग कार्की~

यौवनको जोश बढेर चरम चुलिमा थियो ।
विहान वेलुका सोच एउटा फुलिमा थियो ।
यात्रा टाढाको Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

अनूदित नेवारी कविता : मनूया भाय् मथूम्ह मनू जि !

~अलका मल्ल~
अनुवाद : दीपक तुलाधर

मनूत लिसे वने मस:म्ह मनू जि
खुसिनाप बा: वने गथे फै रे जि !

मनूतयत हेयेके मस:म्ह मनू जि
परिस्थिति नाप ल्वाये गथे फै ले जि ! Continue reading →

Posted in अनूदित कविता, नेवारी कविता | Tagged , | Leave a comment

छन्द कविता : गर्छौं त दम्भै किन ?

~अनिता (ढकाल) गौतम~

छन्द : शार्दुलविक्रीडित

संसारै अहिले छ शून्य दुनियाँ सम्पूर्णता खै कता
मेरै यो अझ शान, मान, धन रे भन्दै किन हो उता ?
छोड्दैछौ किन आज जन्म धरणी विर्सेर आफ्नो थलो
आमाको ममता बुझेर अहिले फर्केर आए भलो ।

व्यर्थेमा परियो त भन्छ मनले तेरो र मेरो अझै
बुढ्यौली अझ लालबाल सँगमा दुष्कर्म बन्दा सबै Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : सेतु जैसीको घर

~कृष्ण सेन ‘इच्छुक’~Krishna Sen 'Ikchchuk'

तिमीभित्र पनि मान्छेको मुटु छ भने
मुटुभित्र जीवनको ढुक्ढुकी छ भने
आऊ, एकचोटि मेरो सन्त्रस्त आगनमा आऊ
आऊ, एकचोटि मेरो सन्तप्त दलानमा आऊ
म त निर्जीव र निस्प्राण सेतु जैसीको घर
म त जड र पाषाण सेतु जैसीको घर
तैपनि मसँग
तिनको आलो रगतको कुन्ड छ
यो तिनकै चिनो हो तिमीले लैजाऊ
मसँग तिनको रातो चेतनाको पुण्ज छ
यो तिनकै नासो हो तिमीले लैजाऊ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अछुत

~डम्बर बिकेल~

हिजो एउटा समुदायले
हिजो अर्को समुदायलाई
पानी नचल्ने बनायो
भात नचल्ने बनायो
अनुहार हेर्न नमिल्ने बनायो
नजिक आउन नमिल्ने बनायो
कुनै कुरा छुन नमिल्ने बनायो
हो, बनायो आफैँले उच्च वर्ग आफूलाई Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गद्य कविता : नाति बाजे संबाद

~दिपेन्द्र सिंखडा~

यात्रा औत्तरको मध्यान रजनीमा थ्यो झरी बादल
बाटोनै कठिनाइ थीए पहरा कुंदी बनाका यिनै
नीलोद: सरिता बगेर बिचमा हूँकारदै थीन त्हाँ
मेरो शैशव काल ऐ वखतमा खोज्दै थियो टुंगिनै ।।१।।

आत्मामा पथ राखि संयमित हुँदै मै बढेंनी अघि
पूरा नै पनि भो पथै पनि त केही माइलै त्यो तव
साहारा जगमा कतै थिएन दु:खैका त दीनै बिते
देखें त्यै त पितामही शिरथलोमा ती इक्षुमालिन्की ।।२।। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मोह

~अविनाश श्रेष्ठ~

कुन्नि कुन मानसरोवरबाट थालियो
मेरो चेतनाको ब्रहृमपुत्र ।
र कुन्नि कति टाढा छ
समाप्तिको बङ्गोपसागर ?

दरिद्रयसित डराएको माझी ।
र माझीसित
डराएका माछाहरु, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : म र मेरो कथा बेगल हुन्

~वैरागी काइँला~Bairagi Kaila

(१)
म र मेरा कथा बेगल छन् र
हुन् पनि ।
मानिस र मानिसको कथा बेगल हुन् र
छन् पनि ।

तिरोहित देहबाट अङ्गप्रत्याङ्गहरूमा
महाकथाको स्थापत्यमाथि
तीर्थ जन्माएर उहिले
आँखाले पहेँलोमा मृग खेदेर दगुर्‍यो जङ्गलभित्र
र हरायो जङ्गलभित्र सधैँलाई । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : पात्र संवाद

~दीपा राई पुन~Deepa Rai Pun

सम्झनाको गहिरो तलाउमा
अनायास एउटा आकृति झुल्कन्छ
मुस्कुराउँदै भन्छ
म तिम्रो पहिलो पात्र
तिम्रै कलमको निभबाट निस्केर
तिम्रो आँखामा बास माग्ने
तिम्रै मुटुको धड्कन हु भन्ने Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : गाउँले गजनी

~प्रवीण राई जुमेली~

जुन दिन त्यसले मेरो टाउकोमा १७७९ अगिको फ्रान्स बजारेर गयो
त्यस दिनदेखि यता म एन्टेरोग्रेड अम्नेजियाले ग्रस्त छु
म भन्न सक्तिनँ कतिबेला मेरो स्मृति जान्छ र कतिबेला त्यो फर्किन्छ
भुलेकाहरुलाई सम्झिनैलाई जिउभरि झरी र बादलहरुको टाटू खोपिराखेको छु

विपनाको पत्करहरु टेक्दै जीवनको फारम भर्न Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : ठुलो परेको देशमा

~एकादेशको गगनराज~

म बस्छु संकट हा ठुलो परेको देशमा ।
प्रेम र सद् भाबका आँखा फुलो परेको देशमा।

भोका,अनिँदा सबै अनाथ टुहुरा ,नाङ्गा,
सग्लो को नै पो बमले दुलो परेको देशमा। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : आदेश भित्रको पीडा

~देविका तिमिल्सिना~

सधैँको साँझझैं आज पनि म आफ्नो तिक्ततालाई मेट्न बाहिर निस्कन्छु । घामको मन्द तेज र डाँडामुनि छिप्न खोजेको सूर्यले मेरो मानसिक धरातलमा कताकता प्रभाव पार्दछ । म टोलाएर गणेश र जुगल हिमालका थुम्काहरूमा आँखा दौडाउँछु । त्यहाँ भिन्नै किसिमको रोमाञ्चकारी आनन्द भेट्छु म । त्यहाँ भन्दा उता के होला ? एकछिन भौगोलिक ज्ञान नै दिमागबाट हराएको अनुभूत हुन्छ । एकोहोरो जिज्ञासाले पिरोल्छ मलाई । मात्र यति थाहा छ, त्यो हिमाल हेर्ने मेरा आँखा पर्यटकहरूको दाँजोमा मात्र भिन्न थिएनन्; भरियाहरू र किसानहरूका आँखाका दाँजोमा पनि भिन्न थिए । यस प्रसङ्गमा म धेरै वर्ष अघिको एउटा घटनामा डुब्न पुग्छु । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : अबशेष

~तोषल दाहाल‘अल्पभाषी’~

एउटा नोकर मालिकको छेउमा आएर मालिकको घर भन्दा माथिबाट पानी बग्न थालेको कुरा जाहेरी गर्दछ । मालिकले त्यसरी बग्दै जाने पानीलाई घरभन्दा माथितिरै थुनेर उतै रोकी घरलाई ओभानो राख्ने आदेश दिन्छन् । पानीलाई बाध बाधेर थुनिन्छ ओरालो बग्ने पानीको स्वतन्त्रता हरण हुन्छ । पानीलाई रोक्दारोक्दै अन्त्यमा त्यो बिशाल ताल बन्दछ । तालमुनि रहेको मालिकको घर धरापमा पर्दछ अझै मालिक पानीलाई बगाउन चाहाँदैनन् Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : नहेरुँ कसरी

~सदानन्द अभागी~

नशालु नजरले नहेरुँ कसरी
विषालु भवरले चुसेछन् जसरी

नपार अधर लौ रसायन् रसिला
सजाउ नयन लौ सजाई उसरी Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : मान्छे यस्तो र एउटा प्रार्थना

~मोहन ठकुरी~

सम्झन खोजिरहेछु म अहिले
आफैलाई ।
सखारै आज
गुलाफको पत्रदलमा
फुलेको छ
शीतको एउटा थोपा,
त्यहीँ अडेर बसेको थाहा छ
मेरो दृष्टि
केही क्षण ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

मैथिली मुक्तक : डाक्टर भगवानक दोसर रुप

~सुधा मिश्र~

करोना डरे बन्द बाटघाट मल हल
एहनमे अस्पताल अछि मात्र खुजल
डाक्टर सचमे Continue reading →

Posted in मैथिली मुक्तक | Tagged | Leave a comment

कविता : यस्तो कविता कसैले नलेख्नु

~स्वागत नेपाल~

बिन्दु
महासिन्धु
पौडिनु, कमिला-रहर ।

छिचिमिरा कल्पनाहरू
झ्याउँ-झ्याउँती
केही उचाइमा
पुग्छन्-खस्छन्
महङ्गा सपनाहरू । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : गोरेटो

~विक्रम सुब्बा~

सकृय पाइतालाहरुले टेकेपछि
धर्तीमा गोरेटोको जन्म हुन्छ
कुनै साइतमा गोरेटो छेउबाट सियोझैँ पस्यो
र जङ्गलको रुमालमा बस्तीहरुको बुट्टा भ-यो
हो, सबैतिरबाट सकृय भए अनेक गोरेटाहरू
र बस्तीहरूमा सभ्यताका इन्द्रेणी लर्काइदिए Continue reading →

Posted in कविता | Tagged | Leave a comment

महादेब अधिकारीको तीन तियाली

~महादेब अधिकारी~

तियाली#१
मनको चरी अर्कैको घर पिंजडा परेको
त्योदेखि मेरा नयन बाट निर्झरा झरेको
कसरी बाँचौँ मुटुनै मेरो छ अन्तै सरेको।

तियाली#२
यो संसार हामीले त छाडि जानै पर्छ Continue reading →

Posted in तियाली | Tagged , | Leave a comment

कविता : अभिसप्त सिमाना र अनागरिकहरु !

~सुनील बाबु श्रेष्ठ~

सयौ चोटी आफ्नो थातथलोलाई
पछाडी फर्कदै हेर्दै
हजारौ किलोमिटरको दूरी पार गरेर
शून्य आकाशलाई बोक्दै
एउटा सूर्यको खोजीमा
सिमानाका अभिसप्त पिलरहरुसंगै
भर्खरै काठमाडौँ आइपुगेका अनागरिक हौ हामीहरु । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : कुनै तगारो हुदैन

~अनिता भण्डारी पौडेल~

भावनामा बग्छ मन कुनै तगारो हुदैन
पग्लिन्छ मुटु मायामा साह्रो हुदैन

सम्झिनेले एकहोरो सम्झिरहे पनि
आत्मियता नभएको माया प्यारो हुदैन Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : मन अनि चरा

~प्रेम राई परिक्षित~

तिमी पखेटा फिजाएर
तल माथि अनि माथि तल गर्दै
आकाश भरि फैलिन्छौ
र मलाई सोच्न बाध्य पार्छौ

म पटक्क सक्तिन
नियन्त्रण गर्न आफुलाई Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो जन्म

~जसराज किराँती~

झुप्रामा ज्युनु र दस लाख अँध्याराहरूमा मर्नु
रुनु र बीस लाख मृत्युहरूमा विसर्जित हुनु
देश हुनु र देश नहुनु
बाटाहरू सर्प–रङको पल्टिनु र
यात्रीहरू तारा–रङमा हराउनु
लहरहरू हुनु र किनाराहरू नहुनु
एउटा राष्ट्र हुनु
लाग्छ— म त्यस बेला जन्मिएको थिएँ। Continue reading →

Posted in कविता | Tagged | Leave a comment