Tag Archives: वैरागी काइँला – Bairagi Kaailaa

कविता : गङ्गा नीलो बग्छु

~वैरागी काइँला~ यात्री – उ भि न्छु । कुदेर बुद्विसम्म भित्र-बाहिर कति पुगिनँ-छु-ले नित्य शिलाखण्ड उभिन्छ

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : बैरागी काइँलाका कृतित्व, व्यक्तित्व : सामान्य परिचय

~अप्सरा लावती लिम्बू~ ब्रम्हाण्डका सृष्टीहरू नासवान छन्,जीववनस्पती सम्पुर्ण । तर मानवजीवन एक यस्तो अलौकिक बरदान हो, जो भौतीक शरीरको त्याग र बिलय पछि पनि आफ्नो काम प्रतिको साधना, तपश्याका कारण सदियौ बर्ष जीविन्त रहन सक्दछ ।तिनै निष्ठाहरूको कारणपुष्तौ पुष्तासम्म अमरत्व … Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

कविता : म मेरो वजनजति मेरो धरतीलाई भार भएको छु

~वैरागी काइँला~ बिना सासका जिउँदा लासहरू जिभ्रो काटिदिइएका मानिसहरू म्युनिसिप्यालिटीका धारामा थुप्रिएका रित्ता टिन र बाल्टीका खापैखापको लाइनजस्तो आफ्नो रिक्तता भर्न पनि नसकेर लजाउँदै लजाउँदै आकाशतिर हेरेर के के मागे झैँ हाम्रा घरघरमा, चुलाचुलामा, कोठाकोठामा मानिसहरू चुपचाप बस्छन् ।

Posted in कविता | Tagged | Leave a comment

कविता : म र मेरो कथा बेगल हुन्

~वैरागी काइँला~ (१) म र मेरा कथा बेगल छन् र हुन् पनि । मानिस र मानिसको कथा बेगल हुन् र छन् पनि । तिरोहित देहबाट अङ्गप्रत्याङ्गहरूमा महाकथाको स्थापत्यमाथि तीर्थ जन्माएर उहिले आँखाले पहेँलोमा मृग खेदेर दगुर्‍यो जङ्गलभित्र र हरायो जङ्गलभित्र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : तीन दशकपछिका काइँला

~आनन्द राई~ कवि वैरागी काइँला पछिल्लो समयमा कविताको सैद्धान्तिक-दार्शनिक पक्ष भन्दा समय-परिस्थितिसँग बढी एकाकार देखिन्छन्। स्वनामधन्य बैरागी काइँला (तिलबहादुर नेम्वाङ)को दोस्रो कविता कृति अन्धा मान्छेहरू र हात्ती अहिले बजारमा नयाँ छ। नेपाली काव्यजगतमा ५० वर्षदेखि निर्विवाद उचाइ बनाएका कवि काइँलाको … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

Translated Poem : A Day of Defeat

~Bairagi Kainla~ Translation : Dr. Govinda Raj Bhattarai We have merely heard of love like folk tales some of us have even read in short stories or novels or have seen on those old tattered papers glued to the small … Continue reading

Posted in Translated Poem | Tagged , | Leave a comment

कविता : मातेको मान्छेको भाषण: मध्यरातपछिको सडकसित

~बैरागी काईंला~ आधारातपछि रक्सी दोकानबाट म के निस्किएको छु : प्रत्येक खोंगी र खोरभित्रबाट पखेटा फट्फटाउँदै विद्रोहको कुखुराका भाले बासेर मेरो स्वागत गर्दछन्, यहाँको बातावरणको निम्ति यहाँको निर्जीवताको निम्ति यहाँको व्यवस्थाको निम्ति

Posted in कविता | Tagged | Leave a comment

गीत : औंलाहरू चुमेर

~बैरागी काईंला~ औंलाहरू चुमेर औँलाभरि सलाम मेरो हजुरलाई आँखाभरि सलाम, के बिराएँ ? नजरले चुमेँ ती फूल जो ओठमा फुले के बिराएँ ? हत्केलामा थापेँ ती केश जो लाजमा झुके मानेँ, कि मेरो हजुरलाई बाटोभरि साह्रै गरी लाज लाग्यो रे,

Posted in कविता, नेपाली गीत | Tagged | Leave a comment

कविता : पर्वत

~वैरागी काइँला~ घरभित्र पनि सिरान ताला उक्लिँदा डाँडा-डाँडा अग्लो डिल भरेङको प्रायजसो म उक्लिन्छु आजकाल सपनामा सधैं म पर्वत चढिरहेको हुन्छु ! जो झुक्दैनन् जति डाँडाहरू, पहाडहरू टेक्दै झुकाउँछु खुट्टाले प्रत्येक पाइलाको सँघारमाथि मेरो सडकमाथि !

Posted in कविता | Tagged | Leave a comment

कविता : वागमती लहरले उठेर बर्सिदेऊ

~वैरागी काइँला~ पानी…..पानी…..पानी वागमती लहरले उठेर बर्सिदेऊ….. पानी…..पानी…..पानी जलेको मन झैं डढेलो सल्केको वन झैं रुख र पातहरूमा दुर्लभ अभिलेखहरू झैं

Posted in कविता | Tagged | Leave a comment