समीक्षा : बैरागी काइँलाका कृतित्व, व्यक्तित्व : सामान्य परिचय

~अप्सरा लावती लिम्बू~

ब्रम्हाण्डका सृष्टीहरू नासवान छन्,जीववनस्पती सम्पुर्ण । तर मानवजीवन एक यस्तो अलौकिक बरदान हो, जो भौतीक शरीरको त्याग र बिलय पछि पनि आफ्नो काम प्रतिको साधना, तपश्याका कारण सदियौ बर्ष जीविन्त रहन सक्दछ ।तिनै निष्ठाहरूको कारणपुष्तौ पुष्तासम्म अमरत्व प्राप्त गर्दछ र विश्वसामु पहिचानका वृष्टि छर्दछ।

तर यी यथार्थहरूका बाबजुद पनि हिजोआज मानिसहरू स्रोत र साधनको ब्यापक प्रयोग र उपलब्धीका कारण दिनदिनानु मानशिक तप र शारिरीक जागरुकतामा निष्कृय हुने क्रम बढ्दोछ । नयाँ जीवनशैलीको प्रभावले सृजानात्मक क्षेत्रबाट बिमुख हुने क्रम बढ्दोछ ।

यसरी यी सन्दर्भहरूको चर्चा गर्दै गर्दा नेपाली साहित्यिक फाँटमा छुट्टै पहिचान र परिचय निर्माण गर्न सफल,तेस्रोआयामका प्रवर्तक, प्रचारकबैरागी काइँलाका बिषयमासामान्य चर्चा गर्न चाहेकोछु ।

उहाँको जन्म वि. सं. १९९६ साल साउन २५ गते आमा सरस्वती देवी लावती र बुबा खड्कबहादुर नेम्बाङको चौथो सन्तानको रुपमा पाँचथरको पौवासारतापमा भएको थियो । उहाँको वास्तविक नाम तिलबिक्रम नेम्बाङ भएता पनि उहाँ बैरागी काइँलाको नामले परिचित हुनुहुन्छ ।

ऊ बेलाउहाँको बुबा बाजेहरूकोे पुस्ता डबल सुब्बाको नामले चिनीनुहुन्थ्यो । उहाँहरूको चर्चा परिचर्चा आसपासका जिल्लाहरूमा समेत बढो चाखलाग्दो ढङ्गलेहुन्थे । गाउँ घरमा बुढापाकाहरूले उहाँहरूको खानदानको बिषयमा चर्चा गरेको सुन्दामिथकिय लाग्दथ्यो । यस्तै सन्दर्भहरूमा तिलबिक्रम नेम्बाङ्ग भन्ने नामको गुञ्जाइस हुन्थ्यो ।त्यो समयमा सुनेको तिलबिक्रम नेम्वाङ्ग नै, बैरागी काइँलाका नामले परिचित हुनुहुन्छ भन्ने ज्ञातधेरैपछिसम्मभएन मलाई ।

उहाँको परिचय यतिमा मात्र सिमीत रहदैन । तिनै मिथक झै लाग्ने नाम तिलबिक्रम नेम्वाङ्गआज बैरागी काइँलाका नामले देश र समाजको निम्ती एक नक्षत्र बनेर रहनुभएकोछ ।

उहाँ दार्जीलिङ्ग बसेर पढ्ने क्रममा २०२० सालमा इन्द्रबहादुर राई र ईश्वर वल्लभको साथमातेस्रो आयामको अभियान सुरु गर्नु भयो । यो आयामेली लेखनको अभियानले तत्कालिन सृजना र समालोचनामा एउटा चुनौतीनै खडा ग¥यो । यसले संरचनावादी चिन्तनको जरोलाई ढलपल गराई नयाँ शैलीको प्रयोगलाई अगाडी ल्यायो ।त्यसै समयमा फुल, पात,पत्झर प्रकाशनमा ल्याएर, यो अभियानको प्रचारप्रसार गर्नेे शिलशिला अपनाउनु भएको थियो ।

त्यसो त उहाँका कविताहरू पढ्दा, कविता लेखनमा जातिय सास्कृतिक बिम्बहरूको प्रयोगको थालनी पनि उहाँले नै गरेको आभास गर्न सकिन्छ ।

यसै सन्दर्भमा उहाँको “प्लान्चेटको टेबल” कविताको केहि हरफहरू–

आह ! थाकेको छु !
हत्केला भरिको रेखामा
खडा गरी घेरैबाट युद्धविराम रेखाहरू
अब, किनभने युद्धहरूपनि बिसाउने मन गर्छन मसित

म, केहिबेर….आराम …गर्दछु !

भो उचाल्न सत्तैनन् जिजीविषा
एक कप चियामा !
यी हातहरू !
यत्ति ध्यान देऊ
मान्छे मान्छेमा बार हालेरउठ्न नपाउन् तकि रेखामाथि बर्लिनका पर्खाल !
आह ! म थाकेको छु !
म केहिबेर बिसाउन चाहान्छु
कुइनाले थिची वर्तमानलाई टेबलमाथि,
विगत बाँधेर परेलाले आँखामा
अलिकति !

अनुहार टाँसेर खण्डहरू
समेटेर पत्थरहरूमा जिन्दगी
अजन्ताको स्तम्भहरूमा चियाउँछ स्थापत्यबाट–
विवश आँखाहरू !
ढुङ्गामा खाँदिएका आँखाहरू !

निरोह र टीठलाग्दा संघर्षले
इतिहासभरि
फुकाउँछ जिउबाट आवरण
ताडपत्रमा यौटायौटा शताब्दी सुकाएर !
हतास–हतास जिन्दगी !
आत्म–पीडनको सम्मोहनमा उदास
महत्वाकांक्षाहरू !
अब पीडित क्लोथोकोवियाबाट
नङ्गयाउँछन् निराशामा आफूलाई
जिग्गुरत र कोणार्कको कोठाभित्र जङ्गलमा !
उफ् ! रनीबास उप्काउँछ तरुणीको आँङबाट सभ्यता
विपत उम्रिरहेछ….
रोयल काउस्लीपका पोथ्रामा शहर ढाकिरहेछ
गाउँ–गाउँ निलिरहेछ….
तरबार उचालेर झरिलो ओन्दोङ पूmल
चुलिएर वीर मसानमा जङ्गलीको अनुहार
हामीले चारकिल्ला बाँधेको रेखा मिच्छ मानचित्रमा
फुक्छ….उडाउँछ रेखाहरू…

त्यति मात्र नभएर लिम्बु समुदायले गर्ने विभिन्न संस्कार र विधिकामुन्धुमहरूश्रुति परम्परा मै सिमित रहि धरायसी बन्दै गइरहेको बेला, संकलन गरी खण्डकाव्यका रुपमा प्रकाशन गरेर पुर्नसंरक्षण गर्नु भएकोछ । ती संकलित एवं प्रकाशित मुन्धुमी काव्यकुतिहरू लगायत अन्य भाषिक लेख रचना र भाषिक कर्तब्यबोधहरू निम्नअनुसार रहेकाछन्–

महागुरु फाल्गुनन्दका उपदेश र सत्यहाङ्मा पन्थका भजनमाला २०४७, साप्पोक् चोमेन् २०४८, नाहेन् मुन्धुम् २०५१, साम्सोघा मुन्धुम् २०५१, ससिक् मुन्धुम् २०५२, तङ्सिङ् तक्मा मुन्धुम् २०५२, चइत् मुन्धुम् २०६० रहेका छन् । त्यसै गरी नाम्सामि–केसामि मुन्धुम् २०७०, मुजिङ्ना खेयङ्ना मुन्धुम् २०७०, लाहादङ्ना–सुहाम्फेबा मुन्धुम् २०७०, खाप्पुना मेल्लङ्हाङ्मा मुन्धुम् र लुप्लिना वन्दनामा मुन्धुम् २०७०, र पाजाइबा मुन्धुम् २०७०, जस्ता लिम्बु जातिको महत्वपुर्ण मुन्धुम्हरूको जटिल खोज अनुसन्धान गरी समुदायको संस्कार, सस्कृतीका विधिहरूको जगेर्ना गर्नु भएकोछ ।

यसरी नै उहाँले सम्पादन र अनुवादमा पनि उत्तीकै उल्लेखनिय योगदान गर्नु भएकोछ । तेस्रो आयाम मासिक पत्रिका २०२०, याक्थुङ् साप्सक् नु साक्थिम् २०४९, लिम्बु ग्रन्थ सूची २०५०, लिम्बु भाषा तथा साहित्य विचार गोष्ठी २०५०, राष्टिय भाषाका कविता सँगालो २०५५, किरात जागरण गीत(अनुवाद)–लेखक खड्कबहादुर नेम्बाङ २०३८ र लिम्बु–नेपाली–अग्रेजी शब्दकोश २०५९ रहेकोछ ।

आयामेली लेखन अभियानका महारथी काइँलाले यसअघि“बैरागी काइँलाका कविताहरू” २०३१ सालमापाठकहरू माझ ल्याउनु भयो ।त्यस पछि निकै लामो समान्यतरमा अर्को कविताकृती “अन्धा मान्छेहरू र हात्ती नामक” २०७३ मा प्रकाशन गर्नु भएकोछ ।हुन त उहाँले नेपाली भाषामा उती धेरै रचनाहरू गर्नु भएन । तर जती रचना गर्नु भयो, ती सबै कालजयी रचना थिए । र, त्यो मध्यावधिमा नेपाली साहित्यमा रचनात्मक उपश्थिती नदेखिए पनि भाषिक विधाका थुप्रो खोज अनुसन्धानमुलक कार्यहरूमा तल्लीन रहनु भएको थियो ।

तत्पश्चात अद्यावधि उहाँको नाम एक चम्कीलो नक्षत्रको रुपमा स्थापित छ । तै पनि उहाँले केहि आलोचना र आरोपहरू खेप्नु परेको गुनासाहरू पनि छन् ।

एकपटक हामी एउटा कार्यक्रमबाट फर्कने क्रममा संयोगबस एउटै गाडीमा थियौ । बाटामा केहि अनौपचारीक गफहरूभए । यसै सन्दर्भमा फिका हासोसगै भन्नु भयो— “बढो गा¥हो छ, काम गर्नु । केहि समुदायको चित्त बुझेन भने ढ्याङ्गै एकथोक भनेर आरोप लगाउछन् । एकपटक एउटा कार्यक्रममा गएर बोलेकै भरमा, केहि हाम्रा दाजुभाइलेश्रदाञ्जलीसम्म दिन भ्याएँ ।”

उहाँको यो मिजासिलो र गफ गर्ने साधुता शैलीले जो कसैलाई तुरुन्त निकट आभास गराउँछ ।

फेरी दुखेसो पोख्नु भयो— “नेपाली भाषामा लेखेको हुनाले जनजाती समुदायका केहि ब्याक्तिहरूले बाहुन लेखक भनेर फरेब लगाएँ ।

जब २०४७ सालमा “महागुरु फाल्गुनन्दका उपदेश र सत्यहाङ्मा पन्थका भजनमाला” प्रकाशनमा ल्याउनु भयो । त्यसपछि मुलधारका लेखक, साहित्यकारहरूले जातीवादी लेखक भनेर आलोचना गरेको गुनासो पनि गर्नु भयो ।

वास्तवमा उहाँलाई त्यसरी उपेक्षा गर्नु भनेको आफ्नो टाउकोमा आफै बज्रपात गर्नु हो । आफुले आफ्नै शिरछेदन गरेको स्व–सरह हो भन्ने लाग्छ ।

उमेरको उत्तरार्धमा पुग्दै गर्दा विश्राम लिनुको अलाबा, समुदाय र साहित्य जगतमा गर्नु पर्ने काम अझ थुप्रो थाती रहेको र पुर्णता दिने हतारो र चिन्ता रहेको बताउनु भयो ।यी कामहरू कतै अधुरै छाडेर जीवनलीलाको समाप्ती नहोस भन्ने आतेस ब्याक्त गर्नु भयो ।

यसैले म त भन्छु– दुबै क्षेत्रमा (आफ्नो समुदाय र नेपाली साहित्यमा) रथका दुई पाङ्ग्रा झै सन्तुलित ढंङ्गले साधना गरी योे उचाइ हासिल गर्न अबका आउदा पुस्ताहरूले कमै मात्र सक्नेछन भन्ने कुरामा दुइमत छैन ।उहाँले नेपाली साहित्यिक पाटोबाट र आफ्नो ंसमुदायलाई खोज उत्खननबाट पु¥याएको अतुलनिय योगदानको कारण यो समाज र राष्ट सदैव श्रmणी रहनेछ ।

उहाँको उर्जाशिल समयहरू नेपाली साहित्य जगत र भाषिक क्षेत्रमाब्यतित गर्नु भएकोले लिम्बु समुदायका चोतलुङका रुपमा, माङ्गेनाका रुपमा रहि रहनुहुनेछ । यो राष्टमा अजेय धरोहरका रुपमा सदैव पूजितरहनुहुनेछ ।

(स्रोत : ब्दसोपान डट कम)

This entry was posted in समीक्षा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.