Tag Archives: प्रयास लामा – Prayash Lama

कविता : अपेक्षा

~प्रयास लामा~ जिन्दगी त थियो नै गाह्रो। मलाई छोडी उ हिडी, मन बुझाउनै साह्रो। कोरोनाको हावा छ चारैतिर। कहिले काहिँ त सोच्छु, पिडा पनी यसरीनै सरी दिए, सायद उसले बुझथ्यो। हात छुदाँ माया पनी सर्ने भए पुग्थ्यो।

Posted in कविता | Tagged | Leave a comment

कथा : रणमाया

~प्रयास लामा~ “आज साझँपख सडकै सडक पर सम्म हिडेर पनि आउनु पर्यो र यसो ठुलो छोरालाई पनि फोन गर्नु पर्यो।” त्यस दिन रणमायाले बाहिर बरण्डामा घाम तापि रहेको प्रणयलाई चिया दिदै भनेको थियो। शहरमा किराया घर लिएर बसेको रणमायाको कान्छा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : किष्णे

~प्रयास लामा~ किष्णे त्यसको सबैले बोलाउने डाक नाम । शीतकालीन बिदा सकेर बिध्यालयहरू पुनः खोलिने तरखरमा छ। त्यसलाई भने बिध्यालय चाडोँ खोलियोस र नयाँ कक्षामा जाउँ जस्तो भईसकेको हो। पुरानो सेकेण्ड हेण्ड किताबमा नयाँ खोल हाल्यो त्यसले र डोरेमोनको नक्शा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मखुन्डी

~प्रयास लामा~ “ओई त्यो केटीले त हामीलाई हेरिरहेको जस्तो छ हेर त।” कुईनोले मलाई कोट्टाउँदै टासीँले भन्यो। “आ छोडन भाई, स्वाट्ट पारी हालन् घर जानु ढिलो भैसक्यो।” सम्झाउने सुरमा त्यसलाई भन्दै थिए तर मेरो आखाँ भने त्यसले देखाए तिर नै … Continue reading →

Posted in नेपाली कथा | Tagged | 1 Comment

कथा : नुमा

~प्रयास लामा~ सिलगुडीको कोर्ट मोड़ साधारण मान्छेहरूमा कोर्ट को लागी नभएर बस सट्याण्डको रुप मा प्रचलित ठाउँ हो। यहाँ बाट बिशेष भारतकै दुईवटा अन्तर्राष्ट्रीय सिमावती क्षेत्रको निम्ती बस सेवा चल्ने गरेको छ। पुर्वमा बङ्लादेश अनि पच्छिममा नेपाल रहेको सिलीगुडीले भारतलाई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment